All about Sunuwar

वल्लो किरात स्वायत्त प्रदेशको लागि ऐक्यवद्धता : आदिवासी जनजातिको नेपाल वन्द पूर्ण सफल, आ.ज. महासचिव माथि हातपात

चुप्लु दाम्लोच

७ जेठ, यालाखोम । पहिचान -रिमाचेमा) सहितको संघीयताको हुनु पर्ने जनदाबाबको लागि आदिवासी जनजातिहरुले आव्हान गरेको तीन दिने नेपाल वन्द आज पहिलो दिन पूर्णरुपमा सफल भएको छ । तीन ठूला दलको सहमतिमा नयाँ संविधान पनि तीनै एकत्मवादी हिन्दू बाहुनवादी सोँचले आदिवासी जनजातिको हक अधिकार कुण्ठीत गर्ने काम भए पछि नेपालका आदिवासी जनजातिहरुको प्रतिनिधिमूलक संस्था नेपाल आदिवासी जनजाति महासंघ त्यससँग आवद्ध सुनुवार सेवा समाज लगायत अन्य घटक संगठनको आयोजनामा तीन दिने नेपाल बन्द गरिएको हो ।

सुनुवार सेवा समाज, सुनुवार विद्यार्थी समाज, वल्लो किरात संघीय राज्य परिषदमा आबद्ध संस्था किरात जेरो रादु समाज, नेपाल जिरेल संघ, सुरेल उत्थान समाज, किरात हायु समाज, बाहिङ किरात मुलुखिम, नेपाल थामी समाज र किरात स्वायत्त राज्यको प्रस्तावक किरात र्राई यायोक्खाले कोटेश्वरमा नेपाल बन्दको लागि खटिएका थिए । छिटफूट घटना वाहेक वन्द शान्तिपूर्णरुपमा सफल भएको छ ।

बिहान पाँच बजेदेखि शुरु भएको नेपाल बन्द सुनुवार, र्राईहरुले कोटेश्वरमा कोणसभा गरेर साँझ पाँच बजे अन्त भएको थियो । वल्लो किरात संघीय राज्य परिषद तथा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले वल्लो किरात स्वायत्त प्रदेश माग गर्दा खस-बाहुनहरु खेदाउने खेदिने भन्न गलत हल्लाह अफावह प्रतिगामि, यथास्थितिवादीहरुले चलाएको छन् । हामीले वल्लो किरात स्वायत्त प्रदेश ऐतिहासिक पहिचान सहित संघीय राज्य हुनु पर्ने प्रस्ताव गरेको हौं । यसरी बल्लो किरात स्वायत्त प्रदेश हुँदा किराती वाहेक अन्य जातिलाई अप्ठेरो पार्ने पारिने, लाघार्ने हल्ला यथास्थितिवादी खास बाहुन र तीन खासबाहुनको भरौटेले चलाएको हुँदा पहिचान सहितको संघीयता भनेकै बहुभाषा, बहुजाति, बहुसंस्कृतिको सबैलाई समान अधिकार प्रदान गर्ने राज्य हुनर्ुपर्छ अवधारणा हो । यसैले आम नेपाली दाजुभाईहरुलाई निस्चिन्तसाथ त्यस्तो अफवाहबाट आतंकित नुहुन पनि आग्रह गर्नुभयो । यसै क्रममा एनेकपा -माओवादी) किरात राज्य समितिका पेशल खतिवडाले पनि राज्य पुनसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले ल्याएको सुनकोशी प्रदेशलाई वल्लो किरात स्वायत्त प्रदेश हुनु पर्ने तर्क राख्दै वल्लो किरात संघीय राज्य परिषदको आन्दोलनमा ऐक्यवद्धता जनाउनु भएको छ । आदिवासी जनजाति सभासदका संस्था ककसले यसभन्दा अगाडि नै सुनकोशी प्रदेशलाई वल्लो किरात हुनु पर्ने अवधारण प्रस्तुत  गरेको छ ।

बुटवल लगायत पस्चिम क्षेत्रका केही भूमि अहिले राती पनि सडकमा बसेर बन्द गरिरहेका छन् भने नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङ काजी सेर्पा -किसान) लाई रिसी धमालाले रिपोर्टर क्लबमा अतिथि बोलाई केही खस-बाहुन पत्रकारले हातपात गरी कार्यक्रमबाट बाहिर निकाल्ने प्रयास गरिएको छ । यस घटनाले जातीय युद्धको संकेत गरेको छ । नेपाली काङ्रेस, नेकपा एमाले समर्थित केही खसबाहुनले यस कार्यमा सहयोग गरेको सूचना प्राप्त भएको छ ।

भर्खरै प्राप्त समाचार अनुसार सरकारले वार्तामा बोलाए पनि आदिवासी जनजातिहरुले तीन दलको शीर्ष नेता र प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भएका छन् यसको लागि वल्लो किरात संघीय राज्य परिषदको तर्फबाट वार्ता टोलीमा एक जना सदस्य रहेका छन् । तर नेपाली काङ्रेस, नेकपा एमालेका सिरसा नेता भने एनेकपा माओवादीले ल्याएको समस्या भएकोले वार्तामा नबस्ने भन्ने अडानमा रहेको भन्ने अपुष्ट समाचार प्राप्त भएको छ । यसले अझ चर्को दबाबको लागि भोलि विहान ४ बजे देखि नै नेपालबन्दलाई कडा पार्ने बताइएको छ ।

हालसम्म सहयोग गर्नु हुने आम वल्लो किरात प्रेमी दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दै यस आन्दोलनलाई अगाडि बढाउन थप साथ सहयोग गर्न देशविदेशमा बसेका आम नेपाली दाजुभाई दिदीबहिनीहरुलाई सुनुवार सेवा समाज, वल्लो किरात संघीय राज्य परिषदले हार्दिक अनुरोध गरेको छ । साथै परिषदले सबै दाजुभाई दिदी बहिनीहरुलाई नेपालबन्दमा जुट्न पनि अनुरोध गरेको छ । वल्लो किरात तथा सुनुवार सेवा समाजको जिम्मा कोटेश्वरमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *