All about Sunuwar

परिपत्र

श्री …………………
……………………..
……………………..

बिषयः परिपत्र
नेपाल लोकतान्त्रिक किरात सुनुवार सघं समग्र प्रगतिशिल देशभक्त, लोकतान्त्रिक गणतन्त्रवादीहरुको सशक्त र गतिशील साझा संगठनको रुपमा विगत पाँच वर्ष देखि क्रियाशील रहेको सबैलाई बिदितैछ । सक्रमणकालिन राष्ट्रिय राजनीतिको चपेटाका विचमा अलग जातीय पहिचानका साथ राजनैतिक कार्यकर्ता निर्माण तथा राजनैतिक उद्देश्यमा स्पष्टता सहितर्का सगंठन निर्माणले नै संख्या र जातिय सबाललाई स्थापित गर्ने कुरामा दुईमत रहन्न । देशको मुल कानून संविधान निर्माणको पूर्ण सन्ध्यामा छ । यस्तो अवस्थामा हाम्रो निष्ठापूर्ण क्रियाशिलताको खाँचो अझ टडकारो बनेको छ । परिस्थितीको यस चापलाई मध्येनजर गर्दै २०६८ श्रावण २१ मा सम्पन्न केन्द्रिय कमिटिको बैठकले नेपाल लोकतान्त्रिक किरात सुनुवार सघंको दोस्रो केन्द्रिय महाधिवेशन यहि २०६८ फल्गुण १३ र १४ गते सम्पन्न गर्ने निर्णय गरेको समाचार सम्प्रेषण गर्न पाउँदा हामीलाई अत्यन्त खुशि लागेको छ । विगतमा झै सस्थाको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउनु मातहत कमिटि र सम्पूर्ण सदस्यहरुको दायित्व हो । उक्त महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न त्यस जिल्लामा विधान बमोजिम कमिटिलाई व्यवस्थित गरि तयारीको कामलाई अघी बढाउन हुन हार्दिक अनुरोध गर्दछौ ।

कमल प्रकाश सुनुवार
अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *