All about Sunuwar

Notice Board

now browsing by category

 

२५ औं वर्ष (रजन वर्ष) को उपलक्ष्यमा फूटबल खेल आयोजना ।

कोइँच (सुनुवार) हरुको खेलकुद विकासमा सहयोग पु¥याउन स्थापना भएको किरात कोइँच स्पोर्टस क्लबले सुनुवार सेवा समाजको २५ औं वर्ष (रजन वर्ष) को उपलक्ष्यमा यही २०७१ बैशाख दोश्रो हप्ताबाट फूटबल खेल आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितमा निम्न टिमहरुको सहभागिता रहने छ ।
१. सुनुवार सेवा समाज /किरात कोइँच स्पोर्टस क्लब
२. आदिवासी जनजाति महासंघ
३. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
४. आदिवासी बुद्घिजीवि टिम
५. आदिवासी जनजाति चलचित्रकर्मी तथा पत्रकार
६. आदिवासी जनजाति युवा महासं
७. आदिवासी जनजाति विद्यार्थी महासंघ
८. स्काइ सोसाइटी

सूचना ! सूचना !! सूचना !!!

रक्तदान नै जिवन दान हो

सुनुवार सेवा समाज ले निम्न मिति, स्थान र समयमा रक्त तथा नेत्र दान कार्यक्रमको आयोजना गरेको हुदा ईच्छुक ब्यक्तिहरुले उक्त दिन रक्त तथा नेत्र दान गरि पुण्य आयर्न गर्न सूचना गरि रक्त तथा नेत्र दान नै जिवनदान ब्यहोरा सहर्ष जानकारी गर्दछ ।

मिति  : २०७०÷१२÷२५गते मगलबार
समय : बिहान ९ बजे देखि दिउँसो १ बजे सम्म
स्थान : सुनुवार सेवा समाज भवन कोटेश्वर ३५, काठमाडौ

हार्दिक समावेदना

केर लाँ मालाचा लाल लाँ लाचा
लाल लाँ मालाचा बुइश-शि लाँ लाचा
हाम्रा सहयात्री मित्र, सुनुवार सेवा समाज धनुषा जिल्लाको अध्यक्ष गमबहादुर सुनुवारको पुजनीय पिताको असामायिक स्वर्गारोहण भएको हुँदा उहाँको आत्मको चीर शान्तिको कामना (बुइश-शि लाँ खोदल।) गर्दै शोक सन्तप्ता सम्पूर्ण परिवारमा देयिलिकि, इँगि, शाँदार देयिले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भनि हार्दिक समावेदना प्रकट गर्दा छौं ।
-सुनुवार सेवा समाज केन्द्रीय समिति, सुनुवार सेवा समाज जिल्ला समिति धनुषा, सुनुवार डट ओआरजि, चुप्लु समाज, दुर्दा डट कम, क्युइँतबु कल्याण कोष ।
(थप जानकारी : सुनुवार सेवा समाज जिल्ला समिति धनुषाको चैत्र १ गते हुने भनिएको जिल्ला सम्मेलन अध्यक्षको बुबाको स्वर्गारोहणको कारण स्थगित भएको जानकारी पनि जिल्ला समितिको सचिव शिव सुनुवारजे बताउनु भएको सबै कोइँच बन्धुहरुमा जानकारी गराउँदाछौं ।)

वनभोज कार्यक्रमसम्बन्धी अत्यन्त जरुरी सूचना !!!

Picnic Tickets SWS

सुनुवार सेवा समाजको २५औं रजत वर्षको उपलक्ष्यमा आयोजना गरिने विभिन्न कार्यक्रममध्ये यही आउँदो २०७० साल फागनु २४ गते शनिबारका दिन ललितपुरको बज्रबाराहीमा वनभोज कार्यक्रमको आयोजना गरिने भएकोले सम्पूर्ण सुनुवारहरुलाई उपस्थितिका लागि हार्दिक निमन्त्रणा । विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रमसहित आयोजना गरिने वनभोजमा यहाँहरुको पनि कुनै नयाँ नौलो प्रस्तुति भए कृपया सम्पर्क राखेर कार्यक्रम तय गर्न सहयोग पु¥याउन हार्दिक अनुरोध छ । यातायातको व्यवस्थासहित वनभोज कार्यक्रमको टिकट मूल्य रु. ६००।– (अक्षरेपि छ सय मात्र) तय गरिएको छ । उक्त टिकट अनिवार्य रुपमा कार्यक्रमस्थलसम्म ल्याउनहुन अनुरोध समेत गरिन्छ ।

टिकटको लागि :

मुना मुखिया सुनुवार, सुनुवार विद्यार्थी समाज, ९८१४९४६२३४

शोभा सुनुवार, सुसेस काठमाडौं जिल्ला समिति, ९८४११९८९१३

विवेक÷सुवास सुनुवार, सुसेस, केन्द्रिय सचिवालय, कोटेश्वर, ४१५४०५०, ९८४९०५२५९९, ९८४३५८५०५७

सिपि सुनुवार, सुसेस ललितपुर जिल्ला समिति, ९८४९१२४७०७

सुदीप सुनुवार, सुसेस भक्तपुर जिल्ला समिति, ९८१८८८९४८५, ९७४१००८७३०

 

सुनुवार सेवा समाज वनभोज आयोजक समिति २०७०

काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समिति, भक्तपुर जिल्ला समिति र सुनुवार विद्यार्थी समाज केन्द्रिय समिति

फागुन १0 र २४ का लागि कोइँच युवाहरु जोसिँदै छन्

हिजोअस्तिको भन्दा कम चिसो तर धुम्म छ मौसम आज विहनको । ट्याँ ट्याँ टुँ टुँ चर्को हर्नसहित गाडी आफ्नै गतिमा हुइँकीरहेको छ । सुनिको काममा हिडेका र स्कूल, कलेज जानेहरुको भीडमा जुत्ताको टक टक धुन एकापसमा बढो प्रतिस्पर्धी रुपमा जुवारी खेलीरहेका छन् । म त्यो जुवारीको साँक्षी बनेर हिड्दै छु मनमा नानाथरी कुराहरु उमार्दै । मेरो एकाहोरिएको मौन व्याँडमा फापिदुपि मडारिएर ह्वा.त्त छिर्छ, “सेउ, गोम–रो, दोत–थि ? वोनान गाअÞचा दुम–मे ?” हँ, कस्तो सधैं नजीकबाट अनुभूत गरेको उच्छ्वास । झस्किएर हेर्छु एक हुल हिजो कोटेश्वरमा सँगै नाचेका वार–चिहरुको हुल–मा पो – जीवन, सागर, लेखबहादुर, मिलन, देवराज, दुर्ग, रवि, विक्रम, मुना, मलाई नाच्ने सिकाउने हरिमाया र अरु धेरै ।
“मामे एँ, ते गाअÞचा दुम–मे ?” – मैले सबैलाई साझा शब्द गुच्छा ओकलेँ ।
“ए, गोम–रो यो, था छैन र ? पर्सि फागुन १0 गते कोइँच साँस्कृतिक कार्यक्रम हुँदै छ नि कोटेश्वरमा सुनुवार कलाकार समाजले गर्ने । हो, त्यसको लागि नाच रिहर्सल गर्न कोटेश्वर हिडेको ।”
देवराजको बोली रोकिना नपाउँदै हाँसिला फर्सिला जीवनले जोसिएर थपी गए,– “फागुन २४ गाते सुसेस काथ–मान–दु, विद्यार्थी नु युवापुकि गार–शा पिकनिक यो लानालान निकि । मेकोके तिकात योअÞथि यो गाअÞशो ।” Read More

साँस्कृतिक वृत्तचित्र निर्माण गर्न सहयोगको हार्दिक अनुरोध

कोइँच लोःको चलचित्र क्योङ बनाएर अन्तराष्ट्रियस्तरमा कोइँचको पहिचान पर््रवर्द्धन गर्न सफल क्योङ चलचित्र निर्माण टीमले पुनः अर्को चलचित्र निर्माण गरीरहेको जानकारी गराउन चाहन्छ । यसका साथसाथै यही निर्माण टीमले चलचित्र मात्र होइन कोइँचको हराउँदै गएका विभिन्न संस्कार संस्कृतिहरुको पनि श्रव्यदृश्य अभिलेखन गरीरहेको छ ।
अहिले यस टीमले कोइँचहरुको महान पितृ संस्कार ‘ख्योँगु, कास, र शाँदार पिदार’ वृत्तचित्रको थप सुटिङ तथा एडिटिङ गरीरहेको छ । यस महान कार्यमा साथसहयोग गर्न क्योङ चलचित्र निर्माता टीम सबै कोइँच तथा अन्य साँस्कृतिक विविधताप्रेमी शुभचिन्तकहरुलाई साथसहयोग गर्न हार्दिक अनुरोध गर्दछ ।
चलचित्र निर्माता कम्पनी : इन्डिजिनिअस फिल्म फाउण्डेशन
ठेगना : का.म.न.पा ७, चावहिल काठमाडौं
सर्म्पर्क : ९८४१४०५९८६
इमेल : director_as7@yahoo.com
वैंक खाता : किस्ट बैंक, ००६०००००९८०५
बैंकको स्विफ्ट कोड :
(SWIFT : KISTNPKA)
for GBP :
IBAN : GB75 SCBL 6091 04126553 57
for EURO :
IBAN : DE3751230 50000 18274904
निर्माणाधन वृत्तचित्रहरु : क) ख्येँ(छेँ)गु, ख) कास, ग) शाँदार पिदार (प्लेत-ति) ।
चलचित्र छायाँङ्कन स्थाल : प्रिती ४, ५, ८, रामेछाप ।
निर्देशक : आशिष (वाई सि) सुनुवार ।
आलेखन तथा अनुसन्धान : कोइँचबु काःतिच ।
अनुसन्धान सल्लाहार : डा. वि. वि. मुखिया, डा.लाल रापचार्,र् इश्वरकिरण सुनुवार ।
निर्माण व्यवस्थापन : अशोककुमार सुनुवार, प्रशान्त सुनुवार, सन्ध्या सुनुवार, रिना शाह सुनुवार ।
विशेषगरी अहिले यो चलचित्र निर्माण टीमलाई चलचित्रको गुणस्तर वृद्धिको लागि विभिन्न उपकरणहरुको खाँचो महशूश भएको हुँदा सो उपकरण (ग्राफिक कार्ड सकितको कम्प्यूटर, क्यामरा, साउण्ड रर्ेकर्डरं लगायत अन्य धेरै सामाग्री) हरु खरिद गर्न वा खरिद गरी उपकरण नै उपलब्ध गराइ सहयोग गर्न हार्दिक अनुरोध गरिन्छ । सहयोग गर्ने सहयोगदाताको नाम चलचित्रको श्रेयासूचिमा समावेश गर्नुका साथै चलचित्र पनि उपलब्ध गराउने व्यवस्था गरिने छ ।

हार्दिक समवेदना

condolence

जन्म: २००२ असोज २ गते

हाम्रा ममतामयी माता प्रिती-५ रामेछाप निवासी श्रीमती खड्गमाया सुनुवारको मिति २०७० मंसिर १२ गतेका दिन असामयिक स्वर्गारोहण भइ अपुरणीय क्षति भएको दुःखद घडीमा समवेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, साथीभाइहरुमा हार्दिक कृतज्ञता प्रकट गर्दै उहाँको आत्मको चीरशान्तिको कामना गर्दै जेस्पुच जिखीपुरगिसँग समहित भइ याब्ले लागामा बास होस् भनी इँगिसँग प्रार्थना गर्दै दिवंगत आत्माको चीर शान्तिका हार्दिक समवेदना प्रकट गर्दछौं ।

श्रीमानः सूर्यबहादुर जेस्पुचा
छोराहरुः रुद्र सुनुवार
अशोक सुनुवार/श्रीमती पुनम सुनुवार
छोरीज्वाइँ: सरस्वती सुनुवार/टिकाराम सुनुवार
नाति: विकल्पराज सुनुवार
छोरीहरुः पशुपति सुनुवार, सन्ध्या सुनुवार