News
now browsing by category
सुनुवार स्वायत्त क्षेत्रसम्बन्धि वहस
चुपलु समाचारदाता
काठमाडौं, ०१ भदौ । आज संवैधानिक संवाद केन्द्र, नयाँ बानेश्वरमा सुनुवार लगायत २३ अन्य जनजातिको जातीय पहिचानको आधारमा राज्य पुनसंरचना हुनु पर्ने अन्तरक्रिया सम्पन्न भयो । सो कार्यक्रममा सुनुवार सेवा समाजको उपाध्यक्ष तथा वल्लो किरात संघीय राज्य परिषदका अध्यक्ष मनप्रसाद सुनुवारले वल्लो किरात संघीय राज्य त्यहाँको जनताको माग हो तर राज्यले जबर्जस्ती सुनकोशी राज्य बनाएको गुनासो व्यक्त गर्नु भयो । त्यस्तै गरी युवराज जिरेलले पनि वल्लो किरात राज्य हुनुपर्ने प्रति जोड दिनुभयो ।
आदिबासी जनजाति महासंघको बन्दले देशभर प्रभावित
श्रावण ३०, २०६७, काठमान्डौं; समाचारदाताहरु;
चन्द्र प्रकाश, जावलाखेल;
रणवीर सुनुवार, भक्तपुर;
सु से स अधक्ष्य, कोटेश्वर;
उकुसु का:तिच्, चाबहिल;
प्रेम सुनुवार, सामाखुशि;
आदिवासि जनजाति महासंघद्वारा आह्वान गरिएको नेपाल बन्द ले उपत्यका भरिको जनजीवन सामान्य । सु से स अधक्ष्यका अनुसार कोटेश्वर बाट प्रवीन सुनुवार, मुकुन्द सुनुवार लगायत ६ जना लाइ प्रहरि द्वारा पक्राउ गरिएको छ । उकुसु का:तिच् का अनुसार चाबहिलमा व्यापक रुपमा सुरक्षा वल परिचालन गरिएको छ र धमाधम प्रदर्शनकारिहरुलाइ पक्राउ गरिंदै छ । अपरान्ह १ बजे देखि जनजीवन सामान्य रहेको छ । प्रदर्शनकारीले एम्बुलेन्स, अधिकारकर्मिका गाडि, पत्रकार तथा अत्यावश्यक कारणले चलाइएका सवारि साधनहरु वेरोकतोक चल्न दिएका छन ।
संखुवासभा, खाँदबारि सम्बाददाता इन्द्र हाँग किराँत का अनुसार सदरमुकाम खाँदबारिमा सम्पुर्ण यातायात तथा पसल कवल हरु ठप्प भएको समाचार प्राप्त भएको छ । सुनसरी, धरानका कुमार सुनुवारका अनुसार सम्पुर्ण ठुला सवारि ठप्प भएतापनि साना र अत्यावस्यक सवारिहरु सुचारु भएको व्यहोरा प्राप्त भयेको छ । नुवाकोट वाट मुना थापा मगरले पठाएको रिपोर्ट अनुसार जिल्लाका सम्पुर्ण यातायात दिन्भरि बन्द भएको छ । आदिवासी जनजाति महासंघका अनुसार देशभर आन्दोलन शान्तिपुर्ण रुपमा सफल रहेको निष्कर्श निकालेको छ । यसैविच महासंघले अबको आन्दोलनलाइ कसरि अगाडि बढाउने भनेर वैठक बसिरहेको छ । देशव्यापी बन्द साँझ ५:०० वाट खुलेको छ । प्राप्त जानकारि अनुसार आदिवासी जनजाति महासँघले भदौ १ गते समिक्षा बैठक बस्ने जनाएको छ भने भदौको दोस्रो हप्ता देखि दोस्रो चरणको आन्दोलन को कार्यतालिका सार्वजानिक गर्ने बताए । सम्वाददाताका अनुसार सभासद गोविन्द चेपाङ्ग र आदिवासी जनजाति राष्टृय उत्थान प्रतिष्ठानका दिवस राइलाइ समेत सुरक्षाकर्मिले गिरफ्तार गरेको छ ।
१६औँ विश्व आदिवासी दिवस आज भव्य रूपमा मनाइदै
सामाचारदाता, काठमाण्डौं, अगस्ट ९,
१६औँ विश्व आदिवासी दिवस आज भव्य रूपमा मनाइदै छ । नेपाल भरि बाट राजधानि काठमाण्डौंमा रहेका ४० भन्दा बढि आदिवासी समुदाय आ-आफ्ना मौलिक साँस्कृतिक झाँकि सहित राजधानि स्थित नेपाल प्रज्ञा प्रठिष्ठानको भवनमा जम्मा भै आदिवासी दिवसको अवसरमा विषेश समारोहमा सहभागि भएका छन् ।Click here for more photos
थामीहरुले आप्mनो भूमिको माग गरे
चुपलु समाचारदाता
दोलखा, २३ साउन । विश्व आदिवासी दिवस २०६७ का सन्दर्भमा नेपाल थामी समाज, केन्द्रिय समिति काठमाडौंले थामी स्वायत्त राज्यको संरचना सार्वजानिक गर्दै एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम गरेउ । थामी समाजका सल्लाहकार जगत थामीले सबैले आ आप्mनो राज्य माग्दा नेपाल थामी समाजले पनि विधि निर्माण गरि अगाडि बढाउन यो अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको बताउनु भयो । समाजका अध्यक्ष काबिराज थामीले थामी स्वायत्तको बारेमा र आत्म निर्णयको बारेमा बताउनु भयो । उहाँले अगाडि थप्नु भयो– आदिवासी जनजातिको अन्तरिम संविधानको जगमा बसेर यो स्वायत्त क्षेत्र मग गरेको छौं । भूगोल, ऐतिहासिक र साँस्कृतिक आधारमा प्रस्ताव गरिएका सम्बन्धमा बताउँदै थामी स्वायत्त राज्यको संरचनाको अवधारण प्रस्ताव गरेको छ ।
देशको विविध आन्दोलनमा थामीले एकिकृत सासन सत्ताको लागि जे जाति योगदान दिए अहिलेसम्म थामीको लागि कहिल्यै राज्यले मुल्यांकन गरेको छैन । बहुदलिय व्यवस्था आएपछि पनि उपलब्धि के पायौं । यसमा पनि हामीले मुल्यांकन गर्न अति नै आवश्यक छ । २०६२ र ६३ मा पनि भूगोलको स्वास्थ्या सबै किसिमले पेलिए । नेकपा (एकिकृत) ले बढी नै प्रयोग गर्दै आयो । २९ जना थामिले बलिदान दिए । Read More
थामीहरुले आफ्नो भूमिको माग गरे
समाचारदाता
दोलखा, २३ साउन । विश्व आदिवासी दिवस २०६७ का सन्दर्भमा नेपाल थामी समाज, केन्द्रिय समिति काठमाडौंले थामी स्वायत्त राज्यको संरचना सार्वजानिक गर्दै एक दिवसीय अन्तरक्रियात्मक कार्यक्रम गरीरहेको छ । सो अन्तरक्रियात्मक कार्यक्रममा थामी समाजका सल्लाहकार जगत थामीले सबैले आ आप्mनो राज्य माग्दा नेपाल थामी समाजले पनि विधि निर्माण गरि अगाडि बढाउने योजना भएको बताउनु भयो । समाजका अध्यक्ष काबिराज थामीले थामी स्वायत्तको बारेमा र आत्म निर्णयको बारेमा बताउनु भयो । उहाँले अगाडि थप्नु भयो– आदिवासी जनजातिको अन्तरिम संविधानको जगमा बसेर यो स्वायत्त क्षेत्र मग गरेको छौं । भूगोल, ऐतिहासिक र साँस्कृतिक आधारमा प्रस्ताव गरिएको हो ।
यायोक्खाको २३ औं स्थापना दिवस: तीन विद्यावारिधिसहित सम्मान
गणेश राई
काठमाडौं, २२ साउन २०६७ ।
किरात राई यायोक्खाले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ । यसैगरी यायोक्खाका संस्थापक १८ सदस्यलाई सम्मान गरेको छ । ललितपुरको मानवभवनमा आयोजित समारोहका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरात, यायोक्खाका केन्द्रीय अध्यक्ष चतुरभक्त राईलगायतले प्रदान गरेका हुन् ।
सम्मान समारोहमासंस्थापकमध्ये कार्यवाहक अध्यक्ष जितमान राई, पूर्वमन्त्री मन्त्री तथा सभासद् गोपाल किराती, विक्रम राई, उद्धव राई, वेदना थुलुङ राई, डा.सन्तमान राई, देविका राई, तेज राई र माओ यलुङ राई उपस्थित थिए । कावा अध्यक्ष राईले तात्कालीन पंचायत व्यवस्थालाई चुनौती दिंदै २०४५ साल साउन २२ गते ‘किरात राई सांस्कृतिक संघ’ स्थापना गरेको उल्लेख गर्दै पटक पटक राज्य प्रशासनबाट धम्की र जेलसमेत हालेको बताए । २०४६ सालको राजनीतिक परिवर्तनसँगै २०४७ सालमा संघको प्रथम राष्ट्रिय सम्मेलन उक्त संघको नाम परिवर्तन गरी ‘किरात राई यायोक्खा’ (किराया) राखिएको हो । यायोक्खा आज संसारभरि रहेका किरात राई जातिको एकमात्र सामाजिक धरोहर गौरवशाली संस्था बनेको छ । यसको देशभरि १७ जिल्लामा कार्यसमिति छन् । किरात राई यायोक्खा संस्थाको नामबाट हङकङ, ब्रुनाई, बेलायत, अमेरिका, जापान, कतार, साउदीलगायतका मुलुकमा किरात राईहरु संगठित छन् । Read More
राज्य पुनःसंरचना आयोगमा गैर आदिवासी …
सुओ समाचारदाता
यालाखोम, २१ खुबनाच । विश्व आदिवासी दिवास २०१० को अवसरमा संविधान सभा पुनः संरचना तथा राज्य शक्तिको श्रोत बाँडफाँड समितिद्वारा प्रस्तावित संघीय राज्य र राज्य पुनःसंरचना आयोग गठनको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भयो । सोह्रौं विश्व आदिवासी दिवस भएको हुँदा विभिन्न संघसंगठनमा आवद्ध अतिथिहरुले सोह्रा वटा मैनवत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिब पासाङ शेर्पाले महासंघको संघीय संरचनाको बारे अवधारण प्रस्तुत गर्दै अगाडि भन्नुभयो, संघीय राज्य र राज्य पुनःसंरचना आयोगको औचित्य समाप्त भएको छ । यसले फेरि आदिवासी जनजातिको माग बमोजिम जातिय क्षेत्रीय राज्य पुनःसंरचना गर्न नदिने षडयन्त्र मात्र हो । यदि आयोग बन्यो भने त्यस आयोगमा गैर आदिवासी राखिनु पर्दछ ।
त्यसै गरी प्रमुख अतिथि लोकेन्द्र विष्ट मगरले अहिले संघीय राज्य र राज्य पुनः संरचना आयोगको गठन लगन पछिको पोते भने जस्तो भएको बताउँदै अगाडि भन्नु भयो, आयोगको काम प्रतिवेदन तयार गरी राज्य पुनसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिलाई सिफारिस गर्नु पर्ने थियो । तर आयोगले गर्ने काम सबै समितिले गरि सकेको छ अब आयोग बनाउनु भनेको हास्यस्पाद कुरा हुन् । पुनः घुमाउरो बाटो प्रयोग गरी राज्य पुनःसंरचना खास बाहुनको पक्षमा गर्ने षडयन्त्र हो ।
आम गुरुङ, परशुराम तामाङ आदिले बोलेको सो कार्यक्रमको आयोजक आदिवासी जनजाति युवा महासंघ थियो । उक्त अन्तरक्रियामा मानिसहरुको उपस्थिति अति न्यून थियो ।
