All about Sunuwar

News

now browsing by category

 

राज्य पुनःसंरचना आयोगमा गैर आदिवासी …

सुओ समाचारदाता
यालाखोम, २१ खुबनाच । विश्व आदिवासी दिवास २०१० को अवसरमा संविधान सभा पुनः संरचना तथा राज्य शक्तिको श्रोत बाँडफाँड समितिद्वारा प्रस्तावित संघीय राज्य र राज्य पुनःसंरचना आयोग गठनको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भयो । सोह्रौं विश्व आदिवासी दिवस भएको हुँदा विभिन्न संघसंगठनमा आवद्ध अतिथिहरुले सोह्रा वटा मैनवत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिब पासाङ शेर्पाले महासंघको संघीय संरचनाको बारे अवधारण प्रस्तुत गर्दै अगाडि भन्नुभयो, संघीय राज्य र राज्य पुनःसंरचना आयोगको औचित्य समाप्त भएको छ । यसले फेरि आदिवासी जनजातिको माग बमोजिम जातिय क्षेत्रीय राज्य पुनःसंरचना गर्न नदिने षडयन्त्र मात्र हो । यदि आयोग बन्यो भने त्यस आयोगमा गैर आदिवासी राखिनु पर्दछ ।
त्यसै गरी प्रमुख अतिथि लोकेन्द्र विष्ट मगरले अहिले संघीय राज्य र राज्य पुनः संरचना आयोगको गठन लगन पछिको पोते भने जस्तो भएको बताउँदै अगाडि भन्नु भयो, आयोगको काम प्रतिवेदन तयार गरी राज्य पुनसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिलाई सिफारिस गर्नु पर्ने थियो । तर आयोगले गर्ने काम सबै समितिले गरि सकेको छ अब आयोग बनाउनु भनेको हास्यस्पाद कुरा हुन् । पुनः घुमाउरो बाटो प्रयोग गरी राज्य पुनःसंरचना खास बाहुनको पक्षमा गर्ने षडयन्त्र हो ।
आम गुरुङ, परशुराम तामाङ आदिले बोलेको सो कार्यक्रमको आयोजक आदिवासी जनजाति युवा महासंघ थियो । उक्त अन्तरक्रियामा मानिसहरुको उपस्थिति अति न्यून थियो ।

एस एल सि उत्तीर्ण विद्यार्थी सम्मानित

प्रेमकुमार सुनवार
यालाखोम, खुबनाच २२ । नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ युवा तथा विद्यार्थी विभागले २०६६मा एस एल सी उत्तीर्ण कोइँच (सुनुवार) विद्यार्थीलाई सम्मानित गरेउ । प्रमुख अतिथि नेलोकिसुसंका अध्यक्ष कमलप्रकास सुनुवारले यस्तो कार्यक्रमले सुनुवार युवा तथा विद्यार्थीहरुलाई शैक्षिक स्तर सुधार गर्न सहयोग पुराउने बताउनु भयो । अनेरास्ववियुका नवाराज पौडेल, सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार लगायत अन्य अतिथिहरुले पनि बोले सो कार्यक्रमको सभाध्यक्ष उर्मिला सुनुवारले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन मनोजकुमार सुनुवारले गर्नु भएको थियो ।

जातिय मुक्ति सम्मान विजय सुब्बालाई

समाचारदाता
यालाखोम, साउन २१ । जातिय मुक्तिको लागि साहित्य मुख्य नारासहित चौथो वार्षिकोत्सव मनाएको किरात राई लेखक संघले किरात राई यायोक्खा, कोटेश्वरको सुम्निमा हलमा विजय सुब्बालाई जातिय मुक्ति सम्मान २०६७ ले सम्मान गरेउ । प्रमुख अतिथि जीतपाल किरातले पगरी बाँधेर शीर उठाउँदै कास्य सम्मान पत्र साथ नगद प्रदान गर्नु भएको थियो ।

एस एल सी उत्तीर्ण कोइँच विद्यार्थीहरु सम्मानित हुने

समाचारदाता
यालाखोम, १८ खुबनाच । नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, युवा तथा विद्यार्थी विभाग बागबजार काठमाडौंले गएको वर्षमा जस्तै यो वर्ष पनि एस एल सी उत्तीर्ण गरेका कोइँच (सुनुवार) विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । सुनुवार युवा तथा विद्यार्थीहरुलाई गोलवद्ध गरी जातिय पहिचानको लागि निरन्तर संघर्षमा कटिवद्ध रहन कार्यक्रम आयोजना गरेको युवा तथा विद्यार्थी विभागका संयोजक उर्मिला सुनुवारले बताउँदै अगाडि थपिन, ‘यसरी सम्मान कार्यक्रम गर्दा कोइँच किशोरकिशोरीहरुलाई उत्प्रेरण प्रदान भई भोलि उच्चा शिक्षा अध्ययनको लागि हौसला प्रदान हुने छ । त्यसैले आम कोइँच सामिबुलाई कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछु ।’
उनका अनुसार विद्यार्थी सम्मान कार्यक्रम यही साउन २२ गते शनिवार दिउँसो ११ बजे विश्वाभाषा क्याम्पसको हलमा हुने भयोको छ । साथै आयोजक संस्था नेलोकिसुसंले एस एल सी गरेका कोइँच विद्यार्थीहरुलाई आप्mनो प्रमाण पत्रको प्रतिलिपि नेलोकिसुसं कार्यलय बागबजारमा उपलब्ध गराइ सहयोग गरिदिन पनि सूचना जारी गरिएको छ ।

वल्लो किरातका किरातीहरुले आन्दोलन गर्ने

समाचारदाता
काठमाडौं, साउन १५ । ‘कुनै पनि पार्टीले जातीय तथा क्षेत्रीय स्वायत्त राज्य दिन चाहदैनन् । न त हाम्रा बाहुनवादी आदिवासी नेता नै त्यस पक्षमा छन् । अहिलेको प्रधानमन्त्री चुनाव त्यसैको प्रतिफल हो । कंग्रेस संघीयतामा जानै चाहँदैन । एमालेले संघीयताका लागि बोल्न दाँतबाट पसिना निकाल्छ । त्यै एउटा माओवादी हो जातिय र क्षेत्रीय स्वायत्तको कुरा उठाउने । उसलाई पनि जातीय र क्षेत्रीय स्वायत्तता दिने मुद्दा छाड्नु पर्ने सर्तमा दुई पार्टीले असहयोग गरिरहेका छन् । बाहिर जेसुकै भने पनि भित्री गाँठी कुरा यही हो ।’ वल्लो किरात संघीय राज्य परिषदको विधानमाथि छलफल गर्दै बाहिङ मुलुखिमका महासचिब धिरेन खाटलीले अगाडि भन्नु भयो ‘अब हामी वल्लो किरातको किरातीहरु सशक्तरुपमा आन्दोलनमा जानु पर्ने भएको छ । ऐतिहासिक पहिचानको आधारमा वल्लो किरात स्वायत्त प्रदेशको प्राप्ति नभएसम्म यो आन्दोलन जारी राख्नु पर्दछ ।’ Read More

पुस्तक लोकार्पण तथा वेभसाइज सार्वजानिकीरण

चुप्लु दामलोच, काठमाडौं । चुप्लु समाजद्धारा सुनुवार भाषाको पुस्तक सार्वजनिक गरियो । खोमिग्युग्युर, गो काः आँ गिचचा, चाइँदा र शाला नु बाइकि पोइब एक समारोहकाबीच विशिष्ट अतिथि सभासद दालकुमारी, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव लोकबहादुर थापामगर र सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारद्धारा उक्त पुस्तक तथा सुनुवारसम्बन्धी जानकारीमूलक तथा सूचनामूलक वेभसाइट www.sunuwar.org र www.durdaa.com को सामुहिक रुपमा लोकार्पण तथा सार्वजानिकीरण गरियो ।
रेडियो उपत्यकाका कार्यक्रम प्रमुखज्यूले राष्ट्रमा पहिचानको लागि लडिरहेका आदिवासी जनजातिका लोपोन्मुख भाषाहरुलाई बचाउनका लागि हामीलाई जतिसक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।

ीवशिष्ट अतिति तथा सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवारज्यूले साँच्चै मैले पनि आंकलन गर्न नसकेको यो रेडियो कार्यक्रम एक वर्ष पुगेकोमा मेरो शंका पूर्ण रुपमा निवारण भएको जनाउनु भयो ।ीवशिष्ट अतिथि लोक थापामगरज्यूले जातिको मात्र नभएर आज सारा आदिवासी जनजातिहरु भषाको लडाइ पनि अगाडि बढ्दै गएको कुरामा जोड दिदै अबका दिनमा नेपालमा पनि बहुभाषिक नीति लागु गरेर राज्यले पिछडिएका आदिबासी जनजातिलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो । अर्का विशिष्ट अतिथि वक्ता सभासद दालकुमारी सुनुवारज्यूले भाषा र संस्कृतिलाई संरक्षण गर्न हामीले सकेसम्म यस्ता पुस्तक प्रकाशन तथा मिडियामा प्रचारप्रसार गरेर लैजानु पर्ने कुरा बताउनुभयो ।

धन्यवाद दिने क्रम्मा मनप्रसाद सुनुवारले विद्रोह गरेर आप्mनो हक अधिकारका लागि प्रत्यक्ष योगदान पुरयाए त्यसैगरी नेपालका आदिवासी जनजातिले पनि यस किसिमको चेतना जगाएर अगाडि बढ्नु पर्ने कुरा बताउनुभयो । साथमा कार्यक्रमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीलाई धन्यवाद दिनुभयो ।

कार्यक्रम समापन गर्दै हाम्रो लक्ष्यलाई सबैलाई काँधमा काँध मिलाएर अगाडि बढाइ अझ प्रगतिको बाटोमा पुरयाउनुहुन्छ भन्ने विश्वास लिएको भन्दै कार्यक्रम समापन गर्नुभयो ।

भाषाको साहित्य र सञ्चारको सोच बोकेर अघि बढेको चुप्लु समाजसँग अन्य सुनुवार संघ संस्थाहरु एसोसियट्स भइ सहकार्य गर्दै आएका छन् ।

www.sunuwar.orgको प्रभावले पंखा राखियो

समाचारदाता,
काठमाडौं, साउन १३ । ‘मलाई लागेको थियो म पनि केही सहयोग गरौं कि भन्ने । बल्ल बाटो खुले जस्तो लाग्यो । यो क्रम जारी रहोस ।’ न्यू साकुरा चस्म पसल, कमलपोखरीका गोपाल बहादुर सुनुवारले सुनुवार सेवा समाजको हलमा पंख राखेको एक दिन नबित्दै थप पंख राखेपछि सबि शिवानी सेकुवा कर्नर, ज्ञानचोक ताल्छीखेलका श्याम सुनुवारले अगाडि आफ्नो भावना यसरी पोखे, ‘सबैले यति हजार दिएँ उति दिएँ भन्छन् । हामी भनेको दुखजिलो गरेर कमाइ खाने मान्छे पहुँचवाला र धनीहरुसँग दाँजेर संस्थालाई ठूलो रकम सहयोग गर्न सक्ने कुरा भएन । तर धनीमानीको सहयोगले छाडेको राँटोमा बाँजो मार्ने काम चाहिँ भयो । सकेसम्म छेउकुना खनीखोस्री मलिलो पार्ने खेतलाको काम गर्ने मौका भने पाएँ भन्ने लागेको छ । बाँजा पाटाहरु धेरै रहेको त देखियो । खेतला जान सधै त कहाँ सकिन्छ र हाउ । यसो अर्मापर्मा चलाउन पाइयो भने त राम्ररी बाली थन्काउन पाइन्छ कि भन्ने लोभ हो क्या, वारचाइ । तोज मापाइ हाइः । यो मौका पनि के भन्छन् यो क्या मोरा सरोज (उन्मुक्त हाँसोमा) को डब्ल्यु डब्ल्यु डब्ल्यु डट सुनुवार डट ओआरजिले पो दियो त । बच्चाहरुले वेबसाइड हेरेर आएछन् कुरा गरिहाले, ‘बुबा सुसेसमा पंखा राखेछन् नि ।’ मैले हत्तार हत्तार अध्यक्ष (वल्लो किरात) सँग फोनमा कुरा गरेँ र बधाइ दिएँ । ‘होइन हौ अभैm बाँकी पो छ त हौ’ अध्यक्षले जवाफ फर्काइ पठाए । त्यसपछि त मलाई पनि जोस चल्यो । भनिदिएँ, ‘ल त्यो बाँकी पंखा म राखी दिने भएँ ।’