All about Sunuwar

सम्मानजनक हार : समयाभावमा प्रयाप्त प्रशिक्षणको कमी

DIGITAL CAMERAचुप्लु दाम्लोच
५ वैशाख, सानो गौचरण । “गोल गोल गोल … थुक्का । यो सानो गौचरण सुनुवारको लागि पटक्कै फापेकै भनेको । पहिला पनि यसरी नै हारियो ।’ नेपाल बैंक यू -१५ फुटबल प्रतियोगितामा सहभागी सुनुवार सेवा समाजको प्रशिक्षक सामुयल सुनुवार फन्फनी प्याराफिटमा घुमीरहेका थिए, आफ्ना खेलाडीले राम्रो खेल पर््रदर्शन गरे पनि गोल गर्न नसक्दा । मुना सुनुवार, सह-सचिव, सुनुवार विद्यार्थी समाज, चिच्चाइरहेका थिए, हान भाइ हान । होइन हौ, किन नदौडेको । ‘ठिक छ ठिक । नआत्तिकन खेल्ने ।’ श्याम सुनुवार, कोषाध्यक्ष सुनुुवार सेवा समाज ललितपुर, ले खेलाडीलाई सम्झाइरहेका थिए । ‘ओइ दौडी । यता १३ नं. लाई पास दे ।’ अतालिँदै थिए सुनुवार सेवा समाज काठमाडौं जिल्लाका सह-सचिव आशिष सुनुवार । दिउँसो दुइ बजेको टन्टलापुर घाम । पसिनै पसिना । स्याँ स्याँ फेँ फेँ । खेलाडी दौडेको दौड्याइ । दर्शक दिर्घर्ाा बेला बेलामा जाँघर त बेला बेलामा नैराश्यको खुइय्या ।
आदिवासी जनजाति कोइँच -सुुनवार) पहिचानको लागि नयाँ पुस्ताहरुलाई परिचालन गर्नु पर्ने र कोइँचलाई चिनाउने विभिन्न माध्यम मध्ये एउटा माध्यम खेलकुद पनि भएको हुँदा सुनुवार सेवा समाजले खेलकुदमा निरन्तररुपमा आफ्ना युवा सदस्यहरुलाई अन्तर सुनुवार विभिन्न खेल खेलाउँदै आए पनि बालबालिकालाई लक्षित गरेर राष्ट्रियस्तरको खेलमा भाग लिएको यो पहिलो पटक हो । कोही स्वायम्भू, कोही जोरपाटी, कोही झरुवारासी त कोही सेतीपाखा । छराछिण्डा छरिएका कोइँच बालकहरुलाई एक ठाउँमा ल्याएर यसरी प्रतियोगितामा समेट्नु आपै+mमा ठूलो चुनौति र गाह्रो काम थियो । यस कामलाई टिम मेनेजर इन्द्रबहादुर सुनुवार, गुप्तेश्वर, रामेछाप र टिम कोच सामुयल सुनुवारले सफल पार्नु भएको छ ।
‘खेलकुदमा हारजीत त भइ हाल्छ । हाम्रा खेलाडीका यत्तिको खेल राम्रो मन्नु पर्छ । सबै भन्दा महत्वपूर्ण कुरा त कोइँच -सुनुवार) को नाम अगाडि आयो । जिते पनि कोइँचको नाम लिनै पथ्र्यो हारे पनि लिनै पर्छ । कसलाई जित्यो भन्दा त सुनुवार सेवा समाजलाई भन्ने त भयो नि । त्यसरी कोइँचको नाम आए पछि अन्य जातजातिले सुनुवारलाई त चिन्ने मौका पाए । हामीले खेलको हारजितसँग होइन हाम्रो पहिचान अरुलाई देखायौं ।’
पर्ूव बक्सिङ खेलाडी तथा हाल हृयाण्डबलको राष्ट्रिय प्रशिक्षक प्रकाश सुनुवारले आज चिबाहाल र सुनुवार सेवा समाज वीच भएको खेलको वारेमा बताउँदै थिए साथीभाईहरुलाई ।
सुनुवार सेवा समाजले विगत दर्ुइ वर्षेखि पहिचानको सर्न्दर्भमा कुनै पनि सम्झौता नगर्ने वाचा नै गरेको छ । यसैले यी बालबालिकाहरुलाई हामीले भोलीका सुनुवार सेवा समाज हाँक्ने पुस्ताका रुपमा हेरेको छौं । खेलकुद युवा बालबालिकालाई एकट्ठा गरेर समाज विकासमा योगदान गर्ने विभिन्न माध्यम मध्ये एक हो । हामी ओभर ३० र अण्डर ३० को मैत्रीपूर्ण फुटकल म्याच आयोजना गरे पछि धेरै युवा र बालबालिकाहरु सङ्गठित भइरहेका छन् । सुनुवार सेवा समाजले आदिवासी जनजातिको हक अधिकार र कोइँच पहिचानको लागि खेलकुद मात्रै होइन कलाकारिता क्षेत्रमा पनि हात हालीरहेको छौं । यस्ता क्रियाकलापमा सहभागी हुनेहरुलाई नैतिक तथा सैद्धान्तिक सहयोग गरीरहेको छौं । खेलकुदका लागि धेरै कोइँचले लगानी गरेको भए पनि कोइँच पहिचानको लागि खासै गतिलो काम हुन नसकेको हामी सबैले स्वीकार गर्नु पर्छ । यसैले सुनुवार सेवा समाजले खेलकुदको नीति निर्माण तहमा कोइँचलाई पनि पुराउनु जरुरत भएकोले विस्तारै स्थानीयस्तरसम्म खेलकुद सम्बन्धि नीति ल्याउने छ । जसले हाम्रो कोइँच दृष्टिकोणबाट खेलकुदको विकास गर्न र सरकारी नीतिमा पहुँच पुराउन सकिन्छ भन्ने विश्वास लिएको छ । हामी अन्यको खेल मात्र होइन आदिवासी जनजाति कोइँचको आदिवासी खेलहरुको पनि संरक्षण र विकास गर्दै राष्ट्रियस्तरमा कसरी पुराउने भन्ने छलफल पनि अगाडि सारेको छौं । अब सुनुवार सेवा समाजले नियामितरुपमा राष्ट्रव्यापी खेलकुदमा भाग लिने छ तर सम्बन्धित खेलमा दक्षता हाँसिल गरेका कोइँच सामिबुले समाजमा आवद्ध भई निरन्तर सहभागी र सहकार्य भने गर्नु पर्दछ । हामीलाई कहाँ के हुँदै छ भन्ने थाहा नहुन सक्छ । सम्बन्धित खेलको विज्ञ साथीहरुले नै कार्यक्रम बनाउनु परेउ ।’ सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले सुनुवार सेवा समाजले युवा तथा वालबालिका जागरणको लागि समाजले लिएको नीति वारे बताउनु भयो ।
आजको खेल हामीले पेनल्टी र प्रिm किकमा हारेउँ । तर यो हार हाम्रो लागि सम्मान जनक रहृयो । किनभने हाम्रो तयारी प्रयाप्त थिएन । छोटो समयको तयारीमा हाम्रा खेलाडीले राम्रो पर््रदर्शन गरे त्यसैमा खुशी छौं । अबको यू – १६ मा केही गरेर देखाउने छौं । टिम म्यानेजर इन्द्रबहादुर सुनुवारले बताउनु भयो ।
हाम्रा खेलाडीले विपक्षीको भन्दा धेरै गुण पोल एटेकिङ गरे । प्रयास धेरै राम्रो रहृयो । तर उनीहरुलाई प्रतियोगितामा केही सम्मानजनक जालझेल हुन्छ । त्यस्ता टेक्नीकल कुरा सिकाउन पाइएन । यसका विविध कारण छन् । विपक्षीले खेल अवधिभरी तीन पटक मात्र पोल एटेकिङ गरे । यसैले हाम्रो टिम बलियो छ । मात्र कोइँचहरुको सहयोग माया ममताको खाँचो छ । हाम्रो नानीहरुले केही गरेर देखाउने छन् ।, फुटकल खेलप्रेमी समीर मुखिया सुनुवारले खेलको विश्लेषण गर्नु भयो ।
नजीकबाट खेलाडीहरुलाई दैनिक जज गरीरहेका तथा खेल सिकाइरहेका खेलाडी रमेश सुनुवारले सुनुवार सेवा समाजका खेलाडीलाई घटीमा पनि तीन महिना मात्र राम्ररी प्रशिक्षण दिने हो भने जस्तोसुकै खेलाडीलाई चुनौति दिन सक्ने दाबी गर्दै अगाडि भन्नुभयो- ‘कोइँच बालबालिकाले जस्तोसुकै काम गर्न सक्नेछन् । उनीहरु आज्ञाकारी पनि देखिन्छन् । तर सबै भन्दा त कोइँच दाजुभाई दिदीबहिनीहरुमा खेलकुद प्रतिको चेतना वृद्धि हुनु परेउ । आजको खेललाई हर्ेर्ने हो भने टिम परमेशन र केही टेक्निकल्ली प्रशिक्षणको कमी रहृयो । मुख्यतः समयको अभाव रहृयो । अबका दिनमा सुधार हुने विश्वास गरेको छु ।’
‘यो यस्तै भयो । यो पनि अनेक दौडधुपबाट सम्भब भयो । हाम्रो कुनै योजना नै थिएन र विश्वास पनि कसैलाई थिएन कि हामी यू -१५ को प्रतियोगितामा सहभागी हुने छौं । एन्फाले हामीलाई लिन्छ भनेर । यी सबै अचानक भए । यस ७० सालमा जसरी पनि हामीले कुनै न कुनै जीत हासिल गर्ने लक्ष्य लिएको छु । सुनुवार सेवा समाजले राष्ट्रिय खेलमा पनि जित हाँसिल गर्ने छ तर सबै कोइँच दाजुभाई दिदीबहिनीहरुले सहयोग गरिदिनु पर्छ । अब आउने यू – १६ को लागि सम्भवतः अर्को हप्तादेखि नै तयारी गर्ने छु । दर्ुइ तीन वटा क्लबको आँखा हाम्रा खेलाडी माथि परिसकेको छ । तर म हाम्रा खेलाडीहरुलाई अन्त जान दिन्न । हाम्रै समाजबाट खेलमा सहभागी गराउने छु । एक दर्ुइ जना खेलाडीलाई माग नै भई सक्यो । मैले पछि विचार गरौंला भनेको छु ।’ प्रशिक्षक सामुयल सुनुवारले आफ्नो प्रतिवद्धता जनाउनु भयो ।
आजको खेलमा चिवहालसँग सुनुवार सेवा समाज पेनल्टी र प्रिm किकबाट भएको दर्ुइ गोलले हारेउ । तर दर्शक तथा अन्य एन्फा अफिसियलको दृष्टिमा कोइँच खेलाडीहरु सक्रिया, जुझारु, राम्रा खेलाडीको रुपमा चिनिन पुगे ।

2 Comments to सम्मानजनक हार : समयाभावमा प्रयाप्त प्रशिक्षणको कमी

  1. सुनुवार समाजको प्रतिनिधि गरि फूबल्ल खेलमा भागलिने सम्पूर्ण खेलाडी भाइहरु.ब्यबस्थापखारू,सहयोगदाताहरु.र सम्पूर्ण खेलप्रेमी सुनुवार बन्धुहरुमा फूटबल खेलको निम्ति सहयोग गर्नुभएकोमा सुनुवार सेवा समाज र मेरो व्यक्तिगत रुपमा धन्यवाद ब्यक्त गर्दछु.

  2. सुनुवार समाजको प्रतिनिधि गरि फूबल्ल खेलमा भागलिने सम्पूर्ण खेलाडी भाइहरु.ब्यबस्थापखारू,सहयोगदाताहरु.र सम्पूर्ण खेलप्रेमी सुनुवार बन्धुहरुमा फूटबल खेलको निम्ति सहयोग गर्नुभएकोमा सुनुवार सेवा समाज र मेरो व्यक्तिगत रुपमा धन्यवाद ब्यक्त गर्दछु.

Leave a Reply

Your email address will not be published. Required fields are marked *