All about Sunuwar

कोइँच पहिचानको लागि साँस्कृतिक महोत्सव हुँदै

CIMG0494चुप्लु दाम्लोच
६ वैशाख, प्लेत-ति । कोइँच भाषा तथा संस्कृति संरक्षणको लागि सुनुवार सेवा समाज गाउँ समिति प्लेतति -प्रिती) रामेछापले बर्षैपिच्छै गर्दै आएको कोइँच साँस्कृतिक कार्यक्रम यस वर्ष कोइँच पहिचानको  लागि साँस्कृतिक महोत्सवको रुपमा आयोजना गर्दै छ । ‘गएको वर्षहरुको कमी कमजोरीलाई सच्याउँदै, केन्द्र र जिल्लाको सल्लाह र सहयोगले यस वर्ष कोइँचभूमि (ओल्लो किरात) भरिका कोइँचहरुको सहभागीतामा यो साँस्कृतिक महोत्सव गर्दै छौं । यस वर्ष ओखलढुङ्गा, सिन्धुली जिल्लाका कलाकारहरुले पनि भाग लिँदै हुनुहुन्छ । सबै देश विदेशमा रहेका कोइँचहरुलाई पहिचान र स्वायत्तताका कुरा मात्र गरेर भएन अब आफ्नो भूमिमा पनि गतिलो कार्यक्रम गर्नु पर्ने आवश्यकता भएको हुँदा महोत्सवमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।’ सुसेस गाउँ समितिका अध्यक्ष सञ्जीव सुनुवारले सबैलाई हार्दिक अपिल गर्नु भएको छ ।
‘मैले राजनीतिमा चासो लिएको दर्ुइ दशक नाघेउ । तर हाम्रो मुक्ति खस बाहुन एकल जातिय राजनीतिक पार्टीले दिँदैन भन्ने प्रष्ट भएको छु । कोइँच पहिचानको लागि कोइँचहरु आपै+m सचेत हुनु पर्दो रहेछ र आफ्नै भूमि बलियो नभएसम्म जहाँ जतिसुकै फुर्ति गरे पनि कोइँचको शान माथि नउठ्ने भएको हुँदा मैले प्लेततिलाई माथि उठाउन र चिनाउन हरपल लागि परेको छु । सबै कोइँचलाई एक पटक प्लेतति जान अनुरोध गर्दछु ।’ कोइँच साँस्कृतिक प्रतियोगिताको नियमित सौजन्यकर्ता सविसिबानी सेकुवा कर्नर ताल्छीखेल ज्ञानचोकका प्रोप्राइटर श्याम याअता सुनुवारले पनि यस साँस्कृतिक महोत्सवमा उपस्थित हुन अनुरोध गर्नु भएको छ ।
चुप्लु समाजले महोत्सवको पोस्टर, पाम्प्लेत तथा व्यानर र अन्य प्रचार सामाग्री प्रायोजन गरेको साँस्कृतिक महोत्सवको अफिसियल मिडियाको रुपमा सुनुवार डट ओआरजि, दुरदा डट कम, किङलो चुप्लु रहेका छन् ।
कोइँचको भाषा संस्कृति अक्षुण्ण राख्न यस्ता कार्यक्रमको आवश्यकता कोइँच भूमिमा उहिल्यैदेखि भए पनि हालसम्म हुन सकेको थिएन । यो शुरुआतलाई सकरात्मकरुपमा लिन सकिन्छ ।
महोत्सव यही वैशाख ९ र १० गते प्लेत-ति गाउँ विकास समिति, वडा नं. ८, रारामा हुँदै छ । अहिले प्लेत-तिका के कोइँच, के खस बाहुन, के दलित, के अन्य आदिवासी जनजाति सबैलाई आफ्नो गाउँको चिनारी दिन पाइनेमा एक जुट भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *