All about Sunuwar

सुनुवार सेवा समाज सिरहा सम्मेलन सम्पन्न

चुप-लु दाम-लोच
जेठ, सिरहा । सिरहाली कोइँच (सुनुवार) को इतिहासमा सुनुवार सेवा समाजको तेस्रो जिल्ला सम्मेलन – २०७० सम्पन्न भएको छ । २०३९ सालमै सिरहाका कोइँचहरु संगठित भएका भए पनि कोइँच हक अधिकारको लागि चेतनाको विकास भने त्यति पुरानो भएको देखिँदैन । भर्खरै सम्पन्न सुनुवार सेवा समाज जिल्ला सम्मेलनले १) कोइँच पहिचानको लागि कोइँच भेषभूषा सम्बन्धी शिप विकास तथा प्रयोगमा जागरुकता, २) आधारभूत कोइँच मातृभाषा प्रशिक्षण, ३) जनचेतना अभिवृद्धि कार्यक्रम, ४) आर्थिक अभिवृद्धि कार्यक्रम, ५) कोइँचको मानव अधिकार सम्बन्धि जनवकालता कार्यक्रम साथै केन्द्रीय सुनुवार सेवा समाज र अन्य जातीय संगठनसँग समन्वय गर्ने प्रस्ताव पारित गर्दै पृथ्वीराज सुनुवारको अध्यक्षतामा एघार सदस्यीय नयाँ जिल्ला कार्य समिति गठन गरेका छन् । डम्बरबहादुर सुनुवारको संयोजकत्वमा हिराबहादुर सुनुवार र कमलबहादुर सुनुवार सदस्य रहेको निर्वाचन समितिले उपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष तथा सदस्यहरु क्रमशः नरबहादुर सुनुवार, सन्तोषकुमार सुनुवार, कौशिल्य सुनुवार, नयन सुनुवार, सुमन सुनुवार, हिरामाया सुनुवार, कौशिल्या सुनुवार, केशव सुनुवार, दिलबहादुर सुनुवार र आशाकुमारी सुनुवार जिल्ला कार्य समितिमा रहेका छन् ।
सम्मेलनको प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले हाम्रा केही कोइँच नेताहरुलाई पार्टीले टाउको खुट्टा छोइदिए पछि मात्र चेतना आउने भएको हुँदा कोइँचको मानव अधिकारका लागि निर्वाचित नयाँ कार्य समितिले त्यस्तो भ्रमलाई चिर्ने कार्य अगाडि बढाउँदै पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान जारी गर्न अब आउने निर्वाचनमा जुन पार्टीले कोइँचको हक अधिकारको सुनिश्चित गर्ने प्रतिवद्धता जनाउँछ त्यो पार्टीलाई सहयोग गर्न तथा वल्लो किरातको लागि आवज उठाउन पनि निर्देशन गर्नु भयो ।
सुनुवार सेवा समाज केन्द्रीय प्रतिनिधिको रुपमा उपस्थित केन्द्रीय कोषाध्यक्ष कोइँच बु काःतिच (उत्तम) र सुनुवार सेवा समाज जिल्ला समिति, ललितपुरका सचिव सि.पि सुनुवारले बन्दसत्र कार्यक्रम प्रस्ताव पेश गर्ने तौरतरिका र निर्वाचन प्रक्रिया सम्बन्धि सहजीकरणको भूमिका निर्वाह गर्नु भएको थियो ।
सम्मेलनको अन्तमा सुसेस प्रथम उपाध्यक्ष रणवीर सुनुवारले नयाँ समितिलाई शपथ खुवाउनु भयो भने निर्वाचन समितिका संयोजक डम्बरबहादुर सुनुवार, सदस्यहरु कमलबहादुर सुनुवार र हिराबहादुर सुनुवारले संयुक्तरुपमा शुभकामना तथा बधाइ ज्ञापनसहित निर्वाचन सम्बन्धि सम्पर्ूण्ा कागजत नयाँ कार्यसमितिलाई हस्तान्तरण गर्नु भएको थियो ।
सिरहाको असनपुर ९, डोहटियामा सम्पन्न तेस्रो जिल्ला सम्मेलन सफल पार्न विशेष भूमिका निर्वाह गर्ने तारा सुनुवार, गंगा सुनुवार, विनोद सुनुवार र गुप्तेश्वर रामेछापका इन्द्रकुमार सुनुवार लगायत सम्मेलनमा कोइँचको निमन्त्रणा स्वीकार गरी विशेष सल्लाह सूझाव सहित सम्मेलनमा उपस्थित अतिथिहरु ताम्सालिङ संयुक्त संर्घष्ा समितिका उपाध्यक्ष देवकुमार लामा, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष डेनव लामा, आदिवासी पत्रकार महासंघका प्रतिनिधि प्रकाश योञ्जन, पत्रकार प्रतिनिधि आशिष विक र नेपाल पत्रकार महासंघका काजीमान लाङघाली मगरलाई पनि नव गठित समितिका अध्यक्षले धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालभरि सम्मेलनबाट पारित छ वटा प्रस्ताव कार्यक्रमलाई जसरी पनि पुरा गर्ने वचन वद्धता जाहेर गरनु भएको थियो ।
गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *