All about Sunuwar

News

now browsing by category

 

रेडियो लिखु ९१.३ मेगाहर्जको भव्य समारोहका साथ उद्घाटन

सुनुवार डट ओआरजी समाचारदाता ।
‘पहिचानको लागि सञ्चार’ नारा लिएर स्थापना गरिएको रेडियो लिखु ९१.३ मेगाहर्जको आज एक भव्य कार्यक्रमका साथ प्रमुख अतिथि सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा गुप्तेश्वर गाविसका स्थानीय बासिन्दालगायत आसपासका सुनुवार गाउँहरुबाट आफ्नो परम्परागत सुनुवार भेषभूषामा भव्य उपस्थिति थियो । उक्त अवसरमा सुनुवार परम्परा अनुसार नाःसो मानवीर सुनुवारले जोर सगुन राखेर पिदार गर्नुभएको थियो भने पोइँब सन्तबहादुर सुनुवार टावरको फेदमा पोइँब सिल गरी पिदार गर्नुभएको थियो ।
उक्त कार्यक्रममा गुप्तेश्वर गाविसका ज्येष्ठ नागरिकद्वय गंगाबहादुर सुनुवार र देवबहादुर सुनुवुारलाई दोसल्ला ओढाइ ज्येष्ठ नागरिकको शिर उठाएर सम्मान गरियो । नागरिक सम्मानका क्रममा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले आज हाम्रो गाउँमा सूचनाको एउटा खुडकिलोका रुपमा यो रेडियो स्थापना गरिएको र उक्त कार्यक्रमलाई यहाँका स्थानीय तथा आसपासका छिमेकीहरुले निकै चासोका हेरिएकाले अब सूचना र सञ्चारका लागि यस क्षेत्रमा एउटा कोसे ढुंगा साबित हुने कुरा बताउँदै यसलाई हामीले अझ उत्कृष्ट बनाउन सबैको अझ सहयोग चाहिएको कुरा बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका सचिव श्री चन्द्रकुमार सुनुवारले अबको दिनमा आदिवासी जनजातिलगायत यस क्षेत्रका जनगुनासो तथा विकासका प्रत्येक खुडकिलाहरुलाई रेडियोको सहयोगमा अझ अगाडि बढाइने तथा यहाँ रहेका हरेक भाषाभाषीलाई रेडियोमार्फत प्रचारप्रसार गरेर भाषा र संस्कृतिको प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।
शुभकामनाकै क्रममा सुनुवार सेवा समाज प्रिती गाउँ समितिका अध्यक्ष श्री सञ्जितकुमार सुनुवारले वर्षौदेखि दबाएर राखिएको हाम्रो भाषा र संस्कृतिको यस रेडियोमार्फत प्रचारप्रसार गरेर पुनः जागृत गराउनुपर्ने कुरामा जोड दिनुभयो । हाम्रो संस्कृति, भाषालाई जिवन्त राख्न अझ रेडियो लिखुले पनि एउटा इँटा थपिदिएको कुरा बताउनुभयो ।
शुभकामना दिनेहरुमा स्थानीय संघ–संस्थाहरु, आमा समूह, गरिबी निवारण कोष, स्वास्थ्य स्वयंसेविका समूह, परिवार स्वास्थ्य कार्यक्रम परिवारहरुले आआफ्नो तर्फबाट शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री उत्तरकुमार सुनुवारले भन्नुभयो– सदरमुकाम र नेताको आँखामा नपरेका विकट सुनुवारबस्तीमा आज आफ्नै प्रयासले सामुदायिक रेडियोको स्थापना गर्न पाएकोमा हर्षविभोर भएको र यसलाई अझ समुदायको बनाउन हरेक गाउँका बुद्धिजीवि, व्यापारी, शिक्षक, विद्यार्थी, युवायुवतीहरुको साथ चाहिएको कुरा पनि बताउनुभयो ।
कार्यक्रम सुनुवार सेवा समाज गुप्तेश्वर गाउँ समितिका अध्यक्ष श्री उत्तरकुमार सुनुवारको सभापतित्व तथा सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री मनप्रसाद सुनुवार प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

आजबाट रेडियो लिखु परीक्षण प्रसारणमा…

DSC00208सुनुवार डट ओआरजि समाचारदाता ।
रेडियो लिखु ९१.३ मेगाहर्ज ‘पहिचानको लागि सञ्चार’ नारा लिएर आज (कात्तिक १५ गते) ४:३० बजेदेखि परीक्षण प्रसारण आरम्भ भएको छ । उक्त परीक्षण प्रसारण सुनुवार संस्कारअनुसार नाःसो श्री अम्बरबहादुर सुनुवारले जोर सगुन राखेर विधिवत गर्नुका साथै सुनुवार सेवा समाजका क्न्द्रीय अध्यक्ष श्री मनप्रसाद सुनुवारज्यूबाट ‘ट्रान्समिटर अन’ गरेर उद्घाटन गरियो ।
परीक्षण प्रसारण विधिवत सुरु गरिए पनि स्थानीयबासी, पोइब, ग्याँमिसहित भोलि भव्य कार्यक्रम गर्ने कुरा एक स्थानीय समाजसेवी युवाले बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न झाँकीसहित रेडियो परिसरमा पुगी कार्यक्रम आरम्भ गर्ने कुरा पनि बताउनुभयो ।
हाल परीक्षण प्रसारणमा रहेको रेडियो लिखु रामेछाप, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, खोटाङ र उदयपुर जिल्लाका आसपाससम्म सुन्न सकिनेछ ।

रेडियो लिखु ९१.३ मेगाहर्ज परीक्षण प्रसारणमा…

सुनुवार डट ओआरजि समाचारदाता ।
निकै समयको प्रतिक्षापछि रेडियो लिखु ९१.३ मेगाहर्ज पहिचानको लागि सञ्चार नारा लिएर कात्तिक १५ गतेदेखि परीक्षण प्रसारण हुने भएको छ । सम्पूर्ण प्राविधिक कार्य पूरा भइ शुक्रबादेखि परीक्षण प्रसारण शुरु हुनेछ ।
राज्यबाट सम्प्रेषित सूचना तथा अवसरहरु यहाँका सुनुवारहरुको पहुँचमा कहिल्यै पुगेन, सदरमुकामबाट पनि हामी निकै टाढा रहेकाले हरेक कुराबाट पछि पर्यौ । अब यी खाडल केही हदसम्म पुर्ने छ भन्ने मलाई आशा लागेको छ स्थानीय एक समाजसेवी वृद्ध जोस्सिदै भन्नुहुन्छ ।
राज्यबाट प्राप्त हुने सूचनाबाट हामी निकै टाढा थियौं । अब चाहिँ यसबाट टाढा नहुने बताउँदै स्थानीयस्तरमा एफएम प्रसारण हुन लागेकाले हाम्रो पनि सूचना र सञ्चारमा केही पहुँच पुगेको कुरा स्थानीयबासी टीकाराम सुनुवार भन्नुहुन्छ ।
स्थानीय युवा सन्तबहादुर सुनुवार भन्नुहुन्छ– हामीले कुनै सूचना प्राप्त गर्न सदरमुकामै धाउनुपथ्र्यो र सूचनाको पहुँचमा पुग्दा नपुग्दै त्यसको म्याद सकिसकेको हुन्थ्यो । अनि हामी जहिल्यै पनि राज्यको सुविधा र सेवाबाट बञ्चित हुने गरेका थियौं । अब हामीलाई यस्ता सास्तीबाट केही सहज हुने कुरामा आशावादी छौं ।
रामेछाप जिल्ला गुप्तेश्वर गाविसमा रहेको स्टेशनले रामेछापलगायत ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, खोटाङ र उदयपुर जिल्लाका आसपाससम्म सुन्न सकिनेछ ।

झुप्रोबाट एफ एम रेडियो प्रसारणको तयारी

सुनुवार डट ओआरजि समाचारदाता ।
रेडियो लिखु ९१.३ मेगाहर्जको सम्पूर्ण प्राविधिक कार्य एन्टेना जडान, टावर रिपिङ, अर्थिन ढलान लगभग पूरा भएको छ । कार्तिक ६ गते २ जना प्राविधिकसहित मनप्रसाद सुनुवार, उत्तम सुनुवार र सुरज सुनुवारको टोली एफएमस्थल रामेछाप गुप्तेश्वर पुगेर कात्तिक ७ गतेदेखि निर्माण कार्य अगािड बढाएको हो । निर्माण कार्य सम्पन्न हुने वित्तिकै केही दिनमा परीक्षण प्रसारण गरिने कुरा एक प्राविधिक अधिकारीले बताए ।
पहिचानको लागि सञ्चार भन्ने नाराका साथ स्थापना गरिएको रेडियो लिखु ९१.३ मेगाहर्जले सुनुवारहरुको भाषिक, साँस्कृति, आर्थिक र राजनीतिक पक्षमा वकालत गर्ने योजना रहेको सुरज सुनुवारले बताए । रेडियो स्थापनाका लागि सम्पूर्ण सुनुवारहरुलाई सहयोगको आह्वान गरिएको र सहयोग निरन्तर चलिरहेकाले हाल झुप्रोमा नै स्टेसन स्थापना गरेर प्रसारण सुरु गरिने कुरा पनि बताउनुभयो ।
आवाजविहीनहरुको आवाजलाई बुलन्द गर्ने उद्देश्यका साथ स्थापना गरिएको रेडियोले कोइँच बस्तीमा विभिन्न सूचनाका सामग्रीहरु पस्किने र राज्यबाट भएका सूचनाका भेदभावलाई हटाउने कोसिस गरिने कुरा सुनुवार सेवा समाजका केन्द्रीय अध्यक्ष मनप्रसाद सुनुवारले बताए । हाम्रो भूमिमा राज्यका विभिन्न अवसरहरु, विकासका कार्यको पहुँच बढाउन तथा त्यहाँभित्र हुने भ्रष्टाचार, अनियमितताको सूचना सम्पूर्ण सुनुवारहरुमाझ प्रस्तुत गरी सवल र समृद्ध कोइँच गाउँ बनाउने कुरा पनि बताए ।

सुनुवार वचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

सुनुवार डट ओआरजि समाचारदाता
२३, असोज, यालाखोम । सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सुनुवार सेवा समाज भवन कोटेश्वरमा सहकारी डिभिजन कार्यालयका प्रतिनिधिको उपस्थितिमा सम्पन्न सहकारी संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो प्रतिवेदन अनुसार शेयर पूँजी सोरा लाख चौरासी हजार, वचत निक्षेप नौ लाख उनन्असी दुइ सय पचासी रुपैयाँ बत्तीस पैसा देखिएको छ भने नगद मौज्दात वीस हजार सात सय बत्तीस हजार बहत्तर, बैंक  मौज्दात आठ लाख छ हजार पन्ध्र रुपैयाँ चौरानब्बे पैसा कर्जा लगानी पन्ध्र लाख अठासी हजार आठ सय एक्काइस रुपैयाँ चार पैसा र सम्पत्तिमा एक लाख बयालीस हजार पाँच सय एकत्तार रुपैयाँ सत्तारी पैसा र सहकारी विकास वैंकमा लगानी दश हजार लगानी गरेको उल्लेख गरिएको छ ।

नेल–लि वार–चि पाइ–बा कोइँच–आनकालि चेरे दुम–ला : बाढी पीडितलाई युके महिलाको सहयोग ।

sahayogसुनुवार डट ओआरजि समाचारदाता
२०, असौज, यालाखोम । ‘आँ गालागति दुम–शो खेम वार–चि पाइबा नेल–लि कोइँचकालि थुँ हार–श–शा चेरे दुम–ला । मुलाइ यो आँ जाहानआ नोफा वार–साउ । नोफा मानेःबा दुम–ता । तामिके खोइलि ग्लोइत–ता । खिँ कोरोमि योल–ताउ । रु नेल–लि ब्लालाचिला दुम–ता । एच–चि पाल किःशा बाअÞशो नुङ । एको केतमि मुल दासाइ नुम–मे नोले खिँ सेल–नुङ । बिसेस पा किरात सुनुवार माहिला सामाज युकेङा आदेच–चे पार–मिला सुनुवार नु साल–लाहाकार बाबाना पारिस–किरितकालि चेरे–दुम–ला दे आदारनामदार थार–नुङ ।’ Read More

ठूलो पाताल सुनुवार सेवा समाज गठन

सुनुवार डट ओआरजी समाचारदाता
सुनुवार सेवा समाज जिल्ला तदर्थ समिति दोलखाले ठुलोपातल गाँउ सम्मेलन २०७०÷५÷२१ गते सम्पन्न गरेको छ ।  जसको पदाधिकारीहरु निम्न प्रकारछन् ।
अध्यक्ष लाल ब सुनुवार’उप बबिता सुनुवार’ सचिव मेघ  माया सुनुवार’ सह सरस्वती सुनुवार’ कोषध्याक्ष  बिराट बिक्रम सुनुवार’ सदस्यहरु : लाल ब सुनुवार
मिला सुनुवार’ बिष्णु सुनुवार’ वीर ब सुुनुवार’ मतीमाया सनुवार’ निर ब सुनुवार
सल्लाकार : पारशसिंह सुनुवार’ दिपा सुनुवार’ टेक माया सुनुवार