News
now browsing by category
सिङ्गापुर पुलिस फोर्सबाट रेडियो लिखुलाई सहयोग
चुप्लु दाम्लोच ।
२९ कार्तिक, काठमाडौं । पहिचान र विकासको लागि सञ्चार आदिवासी जनजाति रेडियो ः रेडियो लिखुलाई सिङ्गपुर पुलिस फोर्समा कार्यरत कोइँचहरुले आर्थिक सहयोग गर्नु भएको छ । आज सुनुवार सेवा समाजको भवनमा सिङ्गपुर पुलिस फोर्सका इनिस्पेक्टर टिकाराम जेस्पुज सुनुवारले सुनुवार सेवा समाजका अध्यक्षलाई सो सहयोग रकम हस्तारन्तरण गर्नु भएको छ । यो रकम रेडियो लिखुको स्थायी स्टुडियो भवन बनाउन खर्च गरिने रेडियो लिखुले जनाएको छ । यसभन्दा अगाडि बेलायतमा रहनु भएका कोइँच, हङकङमा रहेका स्वेच्छ वचत समूहका कोइच र ब्रुनाइमा कार्यरत कोइँचहरुले सहयोग गर्नु भएको थियो । हामीलाई कोरिया, मलेसिया, कतारमा रहनु भएका कोइँचहरुले पनि रेडियो लिखुको स्तरोन्नतिको लागि सहयोग गर्ने बचन दिनु भएको छ । विश्वभरी छरिएर रहेका पवित्र कोइँच मनहरुको सहयोग रहेमा रेडियो लिखुले विस्तारै अनलाइन मार्फत विश्वव्यापी आफ्नो सेवा विस्तार गर्ने छ, रेडियो लिखुका प्रबन्ध निर्देशकले बताउनु भयो ।
विस्तृत सहयोगदाताको नामसहितको विवरण
दुइ वर्षा नै लाभांश वितरण : सुनुवार सहकारी
सुनुवार डट ओआरजी समाचारदाता ।
२९ कार्तिक, काठमाडौं । हाम्रो लक्ष्य यहाँहरुकेा सुनौलो भविश्य मूल नारासहित कोइँचहरुले पहिलो पटक सामुहिक आर्थिक कारोवार गर्नको लागि स्थापित सुनुवार समाज ऋण तथा वचत सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्न सफल भएको छ । आज दोश्रो वाषिर्क साधारण सभामा र्सार्वजानिक गरेको लेखा परिक्षण प्रतिवेदनानुसार यस वर्षचार लाख तीन हजार आठ सय अन्ठानब्बे रुपैया त्रिचालीस पैसा आम्दानी गरेको छ । अकुपाई कोइँच ल्याण्ड सोँचसहित सुनुवार सेवा समाज आठौं सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले कोइँचहरुमा छरिएर रहेको अर्थलाई एकै ठाउँमा जम्मा गरी कोइँच युवायुवतीहरुलाई रोजगारी दिने ठूला व्यवसाय स्थापना गर्ने साथै सो व्यवसायको प्रचार प्रसार तथा आदिवासी जनजातिको भाषा, धर्म, कला संस्कृतिको संरक्षण गर्न पहिचान र विकासको लागि सञ्चार आदिवासी जनजाति रेडियो लिखु ९१.३ मेघाहर्ज स्थापना गर्ने अभियान अगाडि सारको थियो ।
सुनुवार समाज सहकारीको सदस्य हुन सुनुवार सेवा समाजको सदस्य हुन अनिवार्य छ । शुरुमा ३६ जना सुनुवार सेवा समाजका सदस्यहरु मिलेर स्थापित सहकारी संस्थाको हालको सदस्य ११२ जना पुगेको छ भने ४ जना कर्मचारीलाई रोजगारी दिएको छ ।
आसार मसान्तसम्मको शेयर पूँजी बीस लाख बयासी हजार पाँच सय छ भने संस्थाको विभिन्न कोषमा तीन लाग तेइस हजार एक सय अठार रुपैंया चौहत्तर पैसा छुटाइएको छ । त्यसै गरी उनन्तीस लाख सतासी हजार नौ सय सतचालीस रुपैया चैसट्ठी पैसा सदस्यहरुलाई ऋण लगानी भएको छ । नेपाल सरकारलाई असी हजार सात सय उनन्तीस रुपैया उनन्सत्तरी पैसा कर दाखिला गरेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले अगामी दिनमा कोइँच जेहेन्दार विद्यार्थी हौसला नगद पुरस्कार, जेष्ठ नागरिक सदस्य सम्मान, उत्कृष्ट तथा असल ऋणी पुरस्कार प्रदान गर्ने योजना अगाडि प्रस्तुत गरेको छ ।
यस वर्षजम्मा त्रिचालीस लाख तेत्तीस हजार चार सय एक रुपैयाँ अठार पैसाको कारोवार भएको छ ।
अध्यक्ष विश्वकिरण सुनुवारले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ, सुनुवार कोइँच समुदाय आर्फैमा अल्पसंख्यक पिछडीएको वर्गमा पर्ने समुदाय हो । यसैले राज्यको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक एवं व्यवसायिक जस्ता कुनै पनि क्षेत्रमा सुनुवार जातिको पहुँच नपुगेकै कारण राज्यबाट उपलब्ध हुने कुनै पनि कार्यक्रमबाट सोझा, सिधा कोइँचहरु सधैं वञ्चित हुनु परेको पाइनछ । यसैले अबको समय भनेको कोइँच समुदायमा पनि हर क्षेत्रमा समूहगत रुपमा सहकार्य गर्दै आफ्नु समुदायको प्रगति एवं उन्नतिको पथमा लम्कनु आम सुनुवार शेयर सदस्यहरुको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले सहकारी नियम परिधी भित्र रहेर आफ्नो आर्थिक कारोवार सुरु गरेको यो सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो दोस्रो साधारण सभा यहाँहरु माझ भव्यताका साथ मनाउने शुभ अवसर प्राप्त गरेको छ ।
र थाँति ब ताँति : ओखलढुङ्गाका राजनीतिकर्मीहरुको भेला
सुनुवार डट ओआरजि
महेश कोर्मोचाको आयोजनामा आज धुम्वराही सूर्य क्याटरिङमा विकासको लागि भेला भएका छन् । यो छलफल कार्यक्रम जिल्लाका सरकारी कार्यालय प्रमुखसँग बसेर जिल्लामा पनि आयोजना गर्ने जनकारी राम कार्कीले बताउनु भयो । सो कार्याक्रममा सभासद् यज्ञराज सुनुवारले रातो कितावमा कुन कुन विकास योजना परेको छ पढेर सुनाउनु भएको थियो भने सभासद् रामहरी खतिवडाले पार्टी र जाति भन्दा माथि उठेर ओखलढुंगाको विकासको लागि मरिमेट्ने बताउनु भयो । ओखलढुङ्गाको चारै जना सभासद् र जिल्ला विकास समितिको पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।
दिबासी जनजाति महिला महासङ्घ बेलायतको साधारण सभा सम्पन्न
०८ नोभेम्बर २०१४ शनिबारको दिन लण्डनको साउथहल स्थित दार्जेलिङ्ग इन रेष्टुरेन्टमा नेपाल आदिबासी जनजाति महिला महासङ्घ बेलायतको साधारण सभा अति भब्यताको साथ् सम्पन्न भएको छ l आदिबासी जनजाति महासङ्घ बेलायतका अध्यक्ष सिरी प्रसाद लिम्बुको प्रमुख आतिथ्य रहेको उक्त भब्य सभामा त्रिभुवन विश्व विद्यालयकी प्रोफेसर सुमाया राइ र हालै स्टोकहोल्म् ,२९ अक्टुवर २०१४ मा विश्व बाल बालिका क्षेत्रको नोवेल पुरस्कार अनरेरी अवार्डबाट सम्मानित समाजसेवीका इन्दिरा राना मगरको बिशेष अतिथि रहेको थियो l
बेलायतमा रहेका सम्पूर्ण जातिय सङ्घ संस्थाहरु ,महिला सङ्घ संस्थाहरु ,हेल्पिङ्ग युवा समूह, राजनीतिक सङ्घ संथाहरु ,धार्मिक सङ्घ संस्थाहरु ,सामाजिक सङ्घ संस्थाहरुका प्रतिनिधिहरुको आतिथ्य रहनुको साथै ,विश्व नेपाली साहित्य महासङ्घका अध्यक्ष बिश्वासदिप दिगेला , नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष किरण थेबे लिम्बु ,नेपाली सङ्घीय समाज युकेका बरिष्ठ उपाध्यक्ष जंग सुनुवार ,सङ्घीय लिम्बुवान परिषदका प्रतिनिधि लोकेन्द्र ताबेहांग लिम्बु ,राइ यायोख्खा बेलायतका अध्यक्ष , किरात याख्खाछुम्माका अध्यक्ष ,युरोप शेर्पा महासंघका महासचिब कर्म पहाडी शेर्पा ,मगर संघ युकेका प्रतिनिधि ,हिमालयन अर्गनाइजेसनका प्रतिनिधि भरत थापा
मगर ,किरात याक्थुम चुम्लुङ्ग युकेकी महासचिब महेश्वरी नेम्बाङ्ग ,दुरा महिला समाज युकेकी अध्यक्ष गङ्गा माया दुरा ,छन्त्याल महिला सङ्घ युकेकी प्रतिनिधि चित्र छन्त्याल ,किरात याक्थुङ्ग चुम्लुङ्ग रशमोर शाखाका अध्यक्ष नगेन्द्र नेम्बाङ्ग ,मगर महिला शंघकी अध्यक्ष हिमाली राना ,किरात सुनुवार महिला समाज (कीसुम)युकेबाट प्रतिनिधि सेविका सुनुवार हिमाल अर्गनाइजेसन युकेका महा सचिब पदम गाहा ,गोर्खा सत्य ग्रहका संयोजक प्रेम राइ , मधेशी समाज युकेका प्रतिनिधि दिलिप महासेठ ,गैर आवासिय युकेकी उपाध्क्ष शान्ति थापा कुवर ,राज्य सतताका सम्पादक, नेपाली टि भी युरोपका संचारकर्मी राजेन्द्र भट्ट ,,राइनो एफएमका इस्टाफहरु,एभरेष्टटाइम्स साप्तहिकका प्रतिनिद्जी, रेडियो बि जी डब्लु यसबाट प्रस्तोता गोमा मगर लगायत अन्य संचारकर्मीहरु ,पत्रकारहरु ,साहित्यिक व्यक्तिवहरु, बुद्दिजिविहरु ,सल्लाहकारहरु एवंम मानव अधिकारबादी बेलायती नागरिक अतिथिहरुको समेत गरिमामय उपस्थिति रहेको थियो l
समाजसेवी इन्दिरा राना मगरलाई महासङ्घकी अध्यक्ष थापा र प्रमुख अतिथि लिम्बुदुवारा उनको महान कार्यको उच्च कदर गर्दै प्रसंसा पत्र , पुष्प गुच्छा र खादाले सम्मान गरिएको थियो l यसै गरि बिभिन्न सङ्घ संस्थाबाट उपस्थित व्यक्तित्वहरु,हेल्पिङ्ग यु नामक संस्थाका वेम्ली लन्डन युवा समूह र सम्पूर्ण सहभागीहरुले रानालाई भब्य स्वागत सम्मान दर्साएका थिए l बिगत २४ बर्षदेखी प्रिजन एसिस्टेन्ट (पिए)नामक संस्था मार्फत बन्दिगृह जेलमा रहेका अभिभावकहरुको बच्चाहरुलाई पालन पोषण र शिक्षा दिने जिम्मेवारी उठाउदै आइरहेकी रानाले बिगतमा पनि दुई वटा महत्वपूर्ण अन्तराष्टिय अवार्ड हात पारिसकेकी छिन l जेल भित्र रहेका आसय बाल बालिकाहरुको निम्ति तीन वटा आवास र दुइ वटा बिद्यालय उनले स्थापना गरेकी छिन भने युवाहरुको निम्ति समेत बिभिन्न रोजगार मुलक कार्यक्रमहरु संचालन गर्ने गरेकी छिन l
अध्यक्ष थापा र प्रमुख अतिथि दुवारा पानसमा दिप प्रज्जवालित गरेर कार्यक्रमको समुद्घाटन गरिएको थियो l
नेपालको राष्ट्रिय गान र नेपाल आदिबासी राष्ट्रिय गान लगत्तै संस्थाकी उपाध्यक्ष बिमला कुमारी राइले अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पारेकी थिइन l सबै आमन्त्रित अतिथिहरुले साधारण सभालाई शुभकामना मन्तब्य व्यक्त गर्नुको साथै बिभिन्न पृष्ठभूमिबाट उपस्थित बक्ताहरुले सामाजिक ,राजनीतिक ,धार्मिक ,सांस्कृतिक ,संचार ,साहित्य, नारी आदि बिषयमा आ आफ्नो धारणा समेत व्यक्त गरेका थिए l “जति सुकै जीवन व्यस्त भए पनि दिनको एक घण्टा परोपकारिताको बारेमा सोच्ने समय छुट्टाउनु पर्छ असल समाज सेवक बन्नको निम्ति l कोहि मानिस जन्मदैमा खराब र अपराधी हुदैन l समाज र बाताबरनले नै मान्छेलाई असल र खराब बनाउछ l बच्चाहरुलाई राम्रो संस्कार दिन सकेको खण्डमा समाजमा अपराध घट्न गइ असल नागरिकहरु राष्ट्रको लागि जन्माउन सकिन्छ” l इन्दिरा रानाले आफ्नो मन्तब्य राखने क्रममा भनिन l
सोहि अवसरमा महासङ्घकी सचिब भावना परिष्कृत दुवारा लिखित, नारी ,समाज र संस्कृति माझ बिचरित कथा संग्रह “उन्मुक्त यात्रा “लाइ अध्यक्ष कमला थापा , इन्दिरा राना ,प्रोफेसर राइ र प्रमुख अतिथि दुवारा बधाई दिदै पुष्प गुच्छा ,खादा र कलम उपहार प्रदान गरिएको थियो l बेलायतमा बसेर आफ्नो पहिचान ,भाषा ,धर्म ,संस्कार र संस्कृति जगेर्ना गर्न लागि परेका जागरुक आदिबासी महिलाहरु ,राजनीतिक र साहित्य छेत्रमा पनि चासो राख्दै अघि बढ्नु बर्तमान परिपेक्षमा नितान्त जरुरी रहेको कुरालाइ जोड दिदै , प्रोफेसर राइले मन्तव्यको व्यक्त गरेकी थिइन् l बन्दि गृहबाट उद्दार गरिएका बालबालिकाहरुको सयोगार्थको निम्ति ,उन्मुक्त यात्रा कृतिबात् उठेको रकम र सहभागीहरुबाट थप रकम उठाएर अध्यक्ष थापाको हातबाट समाजसेवी रानालाई अर्पण गरिएको थियो l २२ डिसेम्बर २०१२ मा स्थापना भएको आदिबासी जनजाति महिला महासङ्घ बेलायतले छोटो समयमा निकै प्रसंसा योग्य कार्यहरु गरेको र अझ अघाडी सम्पूर्ण बेलायतबासी आदिबासी नारीहरुको चौतर्फी बिकासको निम्ति प्रमुख अतिथिबाट शुभकामना व्यक्त गरेपछि पहिलो चरणको कार्यक्रम समाप्त भएको थियो l
कार्यक्रमको दोस्रो चरणमा महासङ्घकी महासचीब बिमला सेनले प्रगती प्रतिबेदन र भावी कार्ययोजनाहरु प्रस्तुत गरेकी थिइन जसलाई सर्ब सम्मतिबाट छलफल गरि ताली बजाएर पारित गरिएको थियो l
यसै गरि कोषाध्यक्ष बशुन्धारा राइले आर्थिक पर्तिबेदनलाइ पारदर्सिता पुर्बक प्रस्तुत गरेकी थिइन जसलाई सर्बसम्मतिबाट अनुमोदन गरिएको थियो l कार्यक्रमको अन्तमा सहभागीहरु र सल्लाहकारहरुसंग बिभिन्न बिषयमा महासङ्घले छलफल समेत गरेको थियो l
अन्तमा सभाकी सभापति कमला थापाबाट सम्पूर्ण अतिथिहरु र सहभागीहरुलाई धन्यबाद ज्ञापन गर्दै सभा बिसर्जन गरिएको थियो l बिहान एघार बजेबाट सुरु भएको कार्यक्रमको पहिलो चरण महासचीब बिमला सेनेले र दोस्रो चरणको कार्यक्रम सचिब भावना परिष्कृत सुनुवारले संचालन गरेकी थिइन l Read More
सिंहदरबार भत्काएर नयाँ बनाउनुपर्छ : कुमार लिङदेन
संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङदेनले सिंहदरबार र नेपाल प्रज्ञा प्रतिष्ठान भत्काउनुपर्ने बताएका छन् । प्रज्ञा प्रतिष्ठानलाई भत्काउनुपर्छ’ शुक्रबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित २२ दलको विरोधसभामा लिङदेनले भने-‘ताप्लेजुङका जनताको समस्या नसुन्ने र अलैंचीको करमात्रै उठाउने सिंहदरबार भत्काएर नयाँ सिंहदरबार बनाउनुपर्छ ।’ अरुण पूर्व लिम्बुवान स्वायत्त राज्य नभए आन्दोलन गर्ने लिङदेनले बताए । लिम्बुवान दिँदा देश नटुक्रिने दाबी गर्दै उनले भने, ‘लिम्बुवान सदा सदा नेपालमा रहन्छौं । हामीले बनाउने लिम्बुवान सबै जातजातिको साझा लिम्बुवान हुनेछ ।’ सिंहदरवारले लिम्बुवानलाई अस्वीकार गरे आफूहरुले पनि सिंहदरवारलाई नमान्ने उनले बताए ।
कांग्रेस र एमालेले समानुपातिक निर्वाचन प्रणालीलाई अस्वीकार गरेकोमा लिङदेनले आपत्ति जनाए । ‘कांग्रेस र एमालेले समानुपातिक काटेर जान्छ भने यो देशमा विद्रोह हुनेछ,’उनले भने, ‘त्यो विद्रोह लिम्बुवानबाटै द्वन्द्व सुरु हुन्छ ।’ एमाओवादी, मधेसवादी र जनजाति पार्टीहरुको सहभागितामा आयोजित विरोधसभामा लिङदेनभन्दा पहिले बोलेका परशुराम तामाङले संविधानसभाभित्र मात्रै होइन, बाहिरका शक्तिको पनि सहमति लिनुपर्ने बताए । तामाङले संसद छाडेर सडकमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरे । Read More
सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा सम्पन्न
भानु सुनुवार
दोहा, कतार । सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा १७ अक्टोवर शुक्रबारका दिन इस्लामिक संग्राहल कर्निस दोहामा सम्पन्न भएको छ । “सम्पूर्ण कोइँच सुनुवारहरुको चाहना, जाति धर्म भाषा र संस्कृतिको संरचना” भन्ने मूल नाराका साथ कतारमा स्थापित सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभाले नर बहादुर सुनुवारको अध्यक्षताका ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । जस अन्र्तगत प्रथम उपाध्यक्ष सायमुल सुनुवार, द्धितीय उपाध्यक्ष हेम सुनुवार, महासचिव निर बहादुर सुनुवार, सचिव अर्जुन सुनुवार, कोषाध्यक्ष राजु मुखिया, सह–कोषाध्यक्ष बिर बहादुर सुनुवार, सदस्यहरुमा पदम बहादुर सुनुवार, लालमाया सुनुवार, अनिता सुनुवार र तोरण सुनुवार निर्विरोध निर्वाचित भएकाछन् ।
नर बहादुर सुनुवारको सभापत्विमा आयोजित कार्यक्रयमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका द्धितीय उपाध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्य, सुसेस कतारका प्रमुख सल्लाहाकार पुरुषोक्तम सुनुवार, सुसेस पूर्व अध्यक्ष किशोर सुनुवार, किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक र किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष अमृत राईको विशेष आतित्थ्य, महिला समाज कतारका अध्यक्ष रेखा राई, किरात राई यायोक्खाका प्रमुख सल्लाहाकार धीरज चाम्लिङ्ग, संघिय लिम्बुवान समाज कतारका उप–महासचिव डम्वर लिवाङ्ग र पत्रकार तिल बिक्रम थेवेको आतित्थ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बिभिन्न समयमा समाजलाई योदान दिनुहुने कोइँच सुनुवारहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो । उपस्थित अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरुले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति नर बहादुर सुनुवारले कार्यक्रम सफल बनाउन अहोरात्र परिश्रम गर्ने समाजका सदस्य लगाएत उपस्थित सबैमा आभार सहित धन्यवाद ज्ञापन गरे । कार्यक्रम समाजको महासचिव निर बहादुर सुनुवारले संचालन गरेका थिए ।
सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको बार्षिक साधारण सभा सम्पन्न भयो ।
सुनुवार डट ओआरजी समाचारदाता ।
२१ भदौ, काठमाडौं । सुनुवार सेवा समाज जिल्ला समिति ललितपुरको बार्षिक साधारण सभा सम्पन्न भयो । सभाको सभाअध्यक्ष सुनुवार सेवा समाज जिल्ला समितिका अध्यक्ष श्री चन्द्र प्रकाश सुनुवारले गर्नु भयो । कार्यक्रममा प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रिय समितिका अध्यक्ष श्री मन प्रसाद सुनुवार हुनुहुन्थ्यो । कार्यक्रममा सुनुवार सेवा समाज जिल्ला समितिका सचिव देव कुमारी सुनुवारले संस्थाको प्रगती प्रतिबेदन तथा भावी योजनाबारे बताउनु भएको थियो भने सोही समितिका कोषाध्यक्ष श्याम सुनुवार “खिम”ले समितिको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो । कार्यक्रममा विभिन्न बक्ताहरुले मन्तव्य दिएका थिए भने प्रमुख अतिथी केन्द्रिय अध्यक्ष श्री मन प्रसाद सुनुवारले सम्पुर्ण सुनुवार बन्धुहरु एक भएर पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि संघर्ष गर्न छोड्न नहुने बताउनु भयो । कार्यक्रममा जिल्ला समितिको गतिविधिमा साथ सहयोग गनेुहुने महानुभावहरुलाई प्रमुख खतिथि श्री मन प्रसाद सुनुवारले कदर पत्र वितरण गर्नु भयो ।


