All about Sunuwar

 सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा सम्पन्न

 

swsqभानु सुनुवार
दोहा, कतार । सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा १७ अक्टोवर शुक्रबारका दिन इस्लामिक संग्राहल कर्निस दोहामा सम्पन्न भएको छ । “सम्पूर्ण कोइँच सुनुवारहरुको चाहना, जाति धर्म भाषा र संस्कृतिको संरचना” भन्ने मूल नाराका साथ कतारमा स्थापित सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभाले नर बहादुर सुनुवारको अध्यक्षताका ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । जस अन्र्तगत प्रथम उपाध्यक्ष सायमुल सुनुवार, द्धितीय उपाध्यक्ष हेम सुनुवार, महासचिव निर बहादुर सुनुवार, सचिव अर्जुन सुनुवार, कोषाध्यक्ष राजु मुखिया, सह–कोषाध्यक्ष बिर बहादुर सुनुवार, सदस्यहरुमा पदम बहादुर सुनुवार, लालमाया सुनुवार, अनिता सुनुवार र तोरण सुनुवार निर्विरोध निर्वाचित भएकाछन् ।

 

नर बहादुर सुनुवारको सभापत्विमा आयोजित कार्यक्रयमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका द्धितीय उपाध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्य, सुसेस कतारका प्रमुख सल्लाहाकार पुरुषोक्तम सुनुवार, सुसेस पूर्व अध्यक्ष किशोर सुनुवार, किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक र किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष अमृत राईको विशेष आतित्थ्य, महिला समाज कतारका अध्यक्ष रेखा राई,  किरात राई यायोक्खाका प्रमुख सल्लाहाकार धीरज चाम्लिङ्ग, संघिय लिम्बुवान समाज कतारका उप–महासचिव डम्वर लिवाङ्ग र पत्रकार तिल बिक्रम थेवेको आतित्थ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बिभिन्न समयमा समाजलाई योदान दिनुहुने कोइँच सुनुवारहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो । उपस्थित अतिथि, विशेष अतिथि र प्रमुख अतिथिहरुले कार्यक्रमको सफलताका लागि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका सभापति नर बहादुर सुनुवारले कार्यक्रम सफल बनाउन अहोरात्र परिश्रम गर्ने समाजका सदस्य लगाएत उपस्थित सबैमा आभार सहित धन्यवाद ज्ञापन गरे । कार्यक्रम समाजको महासचिव निर बहादुर सुनुवारले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *