News
now browsing by category
ध्यानाकार्षण पत्र बुझाइयो ।
विवेक सुनुवार
भदौ ५, काठमाडौं । आदिवासी जनजाति कोइँच सुनुवारको हक अधिकार संरक्षण गर्न नेपालका आदिवासी जनजातिहरु सक्रियरुपमा सरकारलाई दबाब सिर्जना गर्न नसकेको विषयमा सुनुवार सेवा समाजले नेपाल आदिवासी जनजाति महासंघलाई ध्यानाकार्षण पत्र बुझायो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाललाई महासंघको कार्यकक्षामा ११ बुँदे ध्यानाकार्षण पत्र बुझाउँदै भन्नु भयो ः अहिले बहुसंख्याक आदिवासी जनजातिको संस्था जी एट ले अल्पसंख्याक आदिवासी जनजातिको हक अधिकार सुनिस्चित गर्न नसकेको आरोप लगाइरहेको अवस्थामा नेपाल आदिवासी जनजाति महासंघले तत्काल सुनुवार सेवा समाजको ११ बुँदे ध्यानाकार्षणलाई कार्यान्वयन गरि ठूला र साना वीचको शीत युद्धलाई अन्त गर्नु पहिलो प्रथामिकतामा राख्न अनुरोध छ । Read More
छुचुन्दरके सरमे चमेलीके तेल : विश्व आदिवासी जनजाति दिवस सम्पन्न
सुनुवार डट ओ आर जी समाचारदाता ।
आदिवासी दिवस, खुलामञ्च । ब्रिजीङ द ग्याप : इम्प्लीमेन्टेशन अफ राइट्स अफ इण्डिजीनअस पिपल्स नारासहित विश्वभरी मनाइएको आदिवासी दिवस नेपालमा पनि विभिन्न परम्परागत झाँकी सहित आदिवासी जनजाति दिवस मनाइयो । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा प्रत्येक वर्ष नेपालमा आदिवासी दिवास भव्य रुपमा मनाउँदै आउने गरिए अनुसार आजको आदिवासी दिवसको उपलक्ष्यमा आयोजित विशेष कार्यक्रमको उद्घाटन उपप्रधान तथा संघीय मामिला तथा स्थानीय मन्त्री प्रकाशमानसिंहले चार जात छत्तीस वर्णको साझा पूmलवारी भएको हुँदा सोही अनुसार अव बन्ने संविधान एक वर्षमा बन्ने बताउनु भयो ।
नेकपा एमालेका प्रतिनिधिले नेपाल वहुल जाति, भाषा, धर्मको राज्य भएको हुँदा वहुल पहिचान हुने संविधान आउने बताए भने फोरम अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजाति र मधेशीहरुको पहिचान सहितको संविधान नआए देशमा शान्ति स्थापना हुन नसक्ने र पुनः एक पटक राज्य ¬¬¬द्वन्द्वमा फस्ने बताउनु भयो । विभिन्न अन्य पार्टी, सभासद तथा सदस्य र सम्बन्धन प्राप्त संस्थाहरुको प्रतिनिधिहरु उपस्थीमा विभिन्न आदिवासी जनजातिको परम्परागत नृत्य समेत प्रस्तुत गरिएको थियो ।
वल्लो किरात ः जिन्दावाद, आदिवासी जनजाति ंएक हौं । पहिचान सहितको संविधान जारी गर जस्ता नारासहितको झाँकी दिउँसो १२ बजे शान्ति बाटिका हुँदै पुतली सडक, सहिदगेट भएर खुलामञ्चमा पुगी सभामा परिणत भयो । सो कार्याक्रममा सुनुवारहरुको उल्लेख्य उपस्थति रहेकको छ ।
संविधानसभामा आदिवासी जनजातिको हक अधिकार वाहुन क्षेत्रीहरुले सुनिस्चित गर्न तयार नभएको हुँदा आन्दोलनको विकल्पा नभएको भन्दै पूर्वआदिवासी सभासद ककसका अध्यक्ष्य श्री इन्द्रबहादुर गुरुङले खस बाहुन छुचन्द्र जस्तो रहेको टिप्पणी गर्नुभयो । जुनसुकै पार्टीमा क्षेत्री वाहुनको एक छत्र शासन भएको भन्दै क्षेत्री बाहुनलाई जतिसुकै उपकार र माया दया गरे पनि नसुध्रिने बताउनुु भयो । ‘छुचुन्दरके शिरपे चमेलीके तेल’ हिन्दी उखान उद्घृत गर्दै खस बाहुन रिजाउनतिर कुनै पनि आदिवासी जनजाति नलाग्न पनि अनुरोध गर्नु भयो ।
आदिवासी जनजातिको आडान पहिचानसहितको संघीय संविधान मूल नारा सहित सप्ताहव्यापी कार्यक्रम आज सकिएको छ । कार्यक्रममा विभिन्न आदिवासी जनजातिको ३ मिनेट नृत्य देखाइनुको साथै आदिवासी खेलकुद तथा अन्य कार्यक्रमका सहभागी तथा खेलाडीहरुलाई प्रमाण पत्र वितरण समेत गरियो ।
२०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
२१ श्रावण, ललितपुर । आदिवासी जनजातिको अडान । पहिचान सहितको संघीय संविधान ।। मुल नारा सहितको २०औं विश्व आदिबासी दिवस २०१४ को अवसरमा श्रावण २०–२१ गते सम्म मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता नेपाल स्पोर्टस साइन्स एकेडेमी, सातदोबाटो, ललितपुरमा नेपाल आदिवासी जनजनति महासंघको आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रमको उदघाटन नेपाल आदिवासी जनजनति महासंघका अध्यक्ष नगेन्द्र कुमार कुमालले गर्नु भएको थियो । कार्यक्रममा १६ टिमले आफनो संस्थाको प्रितिनिधित्व गर्नु भएको थियो जसमा प्रथम छन्त्याल समाजका गणेश छन्त्याल र तिलक छन्त्याल, दोस्रो तोपकेगोला समाजका पासाङ्ग शेर्पा र मिङ्गमा कामी शेर्पा त्यसैगरि तेस्रोमा सुनुवार सेवा समाजका टक सुनुवार, किशोर सुनुवार, मन प्रसाद सुनुवार र पाम बहादुर सुनुवार हुनुभएको थियो ।
कथाकार भावना परिष्कृत सुनुवारको कथाकृति “उन्मुक्त यात्रा” लोकार्पण ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१५ श्रावण, काठमाडौं । भावना परिष्कृत सुनुवारको पहिलो कथाकृति “उन्मुक्त यात्रा”को लोकार्पण होटेल हार्दिक, बागबजार, काठमाडौंमा भएको थियो । लोकार्पण कृतिमाथि मन्तव्य साहित्यकार तथा समालोचक डा. सुधा त्रिपाठी र वरिष्ठ साहित्यकार अतीत मुखियाले दिनु भएको थियो भने शुभकामना तथा मन्तव्य उपाध्यक्ष तथा प्रकाशन विभागका प्रमुख, नेप्रप्र बेलायतका गणेश राईले दिनु भएको थियो । कार्यक्रमको सभापति श्रावण मुकारुङ र प्रमुख अतिथिमा निवर्तमान कुलपति नेपाल प्रज्ञा प्रतिष्ठानका बैरागी काइँलाले गर्नुभएको थियो ।
आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न ।
सुनुवार डट ओआरजि समाचारदाता ।
१२ श्रावण, काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन कोटेश्वर स्थित सुनुवार सेवा समाजको सभाहलमा सम्पन्न भएको थियो । प्रमुख अथितीमा सूचना तथा संचार मन्त्री डा. मिनेन्द्र रिजाल र सभाअध्यक्षमा प्रती माया पुन हुनुहुन्थ्यो । कार्यक्रममा निम्न पदादिकारीहरु चयन भएको थियो ।
अध्यक्ष : अमृत बहादुर सुनुवार
उपाध्यक्ष : टोमा लामा
उपाध्यक्ष : परशुराम चौधरी
उपाध्यक्ष : सुकुमाया मोक्तान
महासचिव : पुर्खाजित राई
सचिव : सृजना सुब्बा
सचिव : बिविश कुमार मगर
कोषाध्यक्ष : युग बहादरु गुरुङ
सहकोषाध्यक्ष :
इलाम, पाँचथर सुसेस सम्पर्क तथा षाँदरग्योर व्यवस्थापन समितिको साधारणसभा हुंदै
सोम सुनुवार (काःतिचा)
इलाम प्रतिनिधी, असार मसान्त । इलाम, पाँचथरको सिमावर्ती गाउँ विकास समितिका किरात सुनुवार (कोइंच) सम्मिलित संस्था सुनुवार सेवा समाज (सुसेस) सम्पर्क एबं ष्याँदर ग्योर व्यवस्थापन तथा विकास समिति, लुम्देको नवउं बाषिर्क साधारण सभा भव्य रूपमा अयोजना गरिने भएको छ ।
समितिका अधयक्ष बुद्ध सुनुवारका अनुसार यही साउन ९ गते रबी बजारस्थित गाविस भवनमा इलाम, पाँचथरका १० गाविसका कोइंच सदस्यहरूको सहभिगतामा साधारण सभा गिरंदैछ ।
सभामा सुसेस इलामका अध्यक्ष किरण मुखिया, पाँचथरका सन्तबहादुर सुनुवारलगायतका अगुवा तथा अथितिहरूको उपस्थिती रहनेछ ।
सो अवसरमा कोइंच शिललगायतका परम्परागत साँस्कृतिक बान्कीहरूसिहत रबी बजार परिकरमा गरिने कायकरमसमेत रहेको
समितिले जनाएको छ ।
सभामा मुख्य गरी अथिर्क छलफल गिरने छ भने काय योजनासमेत तय गरिनेछ ।
सो षाँदर ग्योर दुइ जिल्लाका तीनसय घरधूरीका करीव एक हजार पाँचसय कोइंच्हरूको अश्थाको केन्द्र हो । सो केन्द्रमा इलामका लुम्दे, जगुरमुखी, इभाङ, फुयँतप्पा गरी चार र पाँचथरका हांगुम, वलने, सराङडाँडा, अरूबोटे, लिम्बा र रबी गरी छ गरी जम्मा १० गाविसका कोइंच (सुनुवार) हरू अबद्ध छन् ।
लुम्देको माल्टेनीस्थित ष्याँदर ग्योर २०६१ सालमा स्थापना भएको हो । जसको उद्घाटन तत्कालीन सुसेस केन्द्रिय उपाध्यक्ष महेन्द्र मान सुनुवारले गरेका थिए ।
वल्लो किरात स्वायत्त प्रदेशको लागि तात्तिन लाग कोइँचहरु
सुनुवार डट ओआरजि समाचारदाता ।
३० जेठ, नयाँ बानेश्वर । करिब करिब निरास भएका आदिवासी जनजातिहरु आजको धर्ना कार्यक्रमले केही आशाको सञ्चार गरेको छ । नेपाल आदिवासी जनजाति महासंघको आयोजनामा २०७१ साल जेठ ३० गते शुक्रवार वृहत् रुपमा धर्ना कार्यक्रम सफल भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै सुनुवार सेवा समाज तथा वल्लो किरात संघीय राज्य परिषद्का अध्यक्ष मनप्रसाद सुनुवारले धर्ना कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै अगामी आन्दोलन सशक्त बनाउन सहयोग पनि अपिल गर्नु भयो ।
५० भन्दा बढी कोइँच सुनुवारहरुको उपस्थिति रहेको महासंघको सदस्य संगठन सुनुवार सेवा समाज जत्तिकै अन्य सदस्य संगठनको सहभागिता न्यून देखिन्थ्यो । तर सुनुवार सेवा समाजको कार्य समिति तथा विभागमा पदासिन हुन जति खिचातानी गरिन्छ त्यत्तिकै कोइँचको मानवाधिकार सुनिस्चित गर्ने आन्दोलनमा सरिक भएको भने देखिएन । सुनुवार सेवा समाजकका सबैलाई फोन तथा मेसेज गरे पनि केन्द्रीय समितिका अध्यक्ष मनप्रसाद सुनुवार, प्रथम उपाध्यक्ष रणवीर सुनुवार, महासचिव समीर मुखिया सुनुवार, कोषाध्यक्ष उत्तमकुमार सुनुवार, सदस्य तथा संस्कृति तथा अनुसन्धान प्रमुख अमृत सुनुवार, सदस्य मोहन सुनुवार बाहेक अन्य सदस्यको उपस्थित नभएको गुनासो संस्थाका तर्पmबाट सूचना प्रवाह गर्ने कर्मचारीले बताएका छन् । टंककुमारी सुनुवार, बुद्धिबहादुर सुनुवार बाहेक अन्य सदस्य तथा पदाधिकारी उपत्यका भित्र भए पनि उपस्थिति भएको देखिएन ।
सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अबको आन्दोलन सशक्त बनाउन सबैलाई सहयोग गर्न तथा समाजले आव्हान गरेको आन्दोलनमा सरिक हुन अनुरोध गर्नु भएको छ ।
सुनुवार विद्यार्थी समाजका कोषाध्यक्ष छविराज सुनुवारले अब आदिवासी जनजातिको आरक्षणको कोटामा पाउने सुविधाको लागि सुनुवार सेवा समाजले गर्ने सिफारिसमा पहिचान विरोधीहरुलाई सिफारिस नगर्न तथा सुनुवार सेवा समाजको सिफारिस वेगर कतै पनि आदिवासी जनजातिको कोटामा सुविधा उपाभोग गरिएको भेटिए रद्द गर्नु पर्ने विचार पनि राख्नु भयो ।
हुन पनि समाज अन्य कोइँचले आन्दोलनको सहयोग गर्न आव्हान विभिन्न सञ्चार माध्यममा नकरात्मक टिप्पणी गर्नेहरुका अभिलेख राखी सामाजिक बहिस्कार तथा आदिवासी जनजातिको सिफारिसमा कढाइ गर्न जिल्ला तथा गाउँ समितिहरुलाई निर्देशन दिन आन्दोलनकर्मीहरुले सुनुवार सेवा समाजलाई माग गरेका छन् ।
आन्दोलनमा सहभागी कोइँचहरु
मनप्रसाद सुनुवार, रणवीर सुनुवार, समीर मुखिया सुनुवार, उत्तमकुमार सुनुवार, अमृत सुनुवार, मोहनकुमार सुनुवार, गोपाल सुनुुवार, आशिस सुनुवार, शोभा सुनुवार, सागर सुनुवार, हेम सुनुवार, सुवास सुनुवार, विवेक सुनुवार, रमिला सुनुवार, मुना सुनुवार, सामुयल सुनुवार, चन्द्रप्रकाश सुनुवार, रमेश सुनुवार, असोक सुनुवार, तिलक सुनुवार, मनबहादुर सुनुवार, छविराज सुनुवार, कृष्ण सुनुवार, कान्छाराम सुनुवार, सरिता सुनुवार, जंगमाया सुनुवार, फत्तमाया सुनुवार, प्रविन सुनुवार, सविता सुनुवार, सूर्यप्रकाश सुनुवार आदि …
