All about Sunuwar

Literature

now browsing by category

Literature, Songs, Poems

 

सुशुप्त कथा

कोइँचबु काःतिच (उत्तम)
आज विहान आचानक नयाँ बानेश्वरमा दुर्गासँग भेट भयो । छोराको स्कूलमा हिडेकी रहिछे साथीहरुसँग । नाम त उसको दुर्गादेवी भट्टर्राई हो । तर म उसलाई दुर्गा भन्न रुचाउँछु ।
‘मामे मेरे मेरे बाप-फो । मादुक हाइ दे इँकालि’ भन्दै गोरु हकार्दा ‘होइन ऐ ! चेरेहाम्सो, त्रि्रो गाईगोरुले कहिलेदेखि ‘तेरे मेरे तेरे मेरे’ भन्ने हिन्दी बोल्न थाले हँ ?’ खितिती खित्का छाडेर जिस्किन्थी । उनी अघि-अघि दौडिन्थी । म पछि पछि लघार्थेँ ।
उनी बाहुन्नी भए पनि हामी कोइँच भाषामै बातचित गर्थ्यौं । मिल्ने साथी, दवाँले थियौं । सँगै स्कूल जन्थ्यौं । सँगै गाई गोरु, भैंसी चराउँथ्यौं । उनी बाहुन्नी । म कोइँच । हामीमा जातभातको कुनै मतल थिएन । भर्खरै चौंध-पन्ध्र वर्षी कल्कलाउँदी दुर्गा डिट्ठीनी बजैको एक्ली छोरी थिइन् । डिट्ठा बाजेको काम जिल्ला सदरमुकाम थियो । त्यसैले छोरालाई भने आफुसँगै राखेर जिल्लाको राम्रो नाम चलेको स्कूलमा पढाउनु भएको थियो । Read More

प्रेमानुभूति

आज एका विहानै हावाको एक झवाक्काले मेरो कानको जरीमै बलियो र अनौठो उच्द्ध्वास दिएर गयो । मेरो आङ नै जिरिरि गर्‍यो । कस्तो कस्तो नौलो । कता कता काउकुति लगाउँदा पेट संकुचित भए जस्तो । मनमा तुलबुल तुलबुल । अनौठो चुम्बन, भित्री मनदेखि त्यसलार्इ कहिल्यै नविर्सीने गरी अनुभूत गरेँ । मन मनै कुरा खेल्न थाल्यो । जा है ! आज विहान किन यस्तो भर्इ रहेको छ ? दिनहरु सधैंका जस्ता छन् । हिउँदाको समय । काठमाडौंको यो चीसो, कठिङ्ग्रीने जाडो मौसम । विहानहरु साधैं आउँथे जान्थे । उस्तै लाग्थ्यो । हुस्सुले ढाक्यो अलि तातो । खुला भयो चीसो तुषारो । मलार्इ कहिल्यै फरक अनुभूति हुँदैन थियो । किन आज त्यस्तो भयो । मन मनै अनेक प्रश्न खेलीरहृयो र प्रश्नको जवाफ खोजीरहेँ । मनभित्र अनेक तर्क-वितर्कहरुको अपासमा घमासन युद्ध भयो । दस बर्से जनयुद्धाको जस्तै छापामार शैलीमा । मेरा गोर्खाली दाजुभाईले अफ्गानिस्तान, इराक, मलेसिया र फोकल्याण्ड टापुमा युद्धा गरे जस्तै ।
जिन्दगीमा कहिल्यै प्रेम गरेको अनुभूति थिएन न युद्ध नै । अरुले भनेकोसम्म सुनेको थिएँ ‘प्रेम अन्धो हुन्छ’ । शायद हो रहेछ क्यार । थाहै नपार्इ मेरो कसैसँग मायापिरती बसीसकेको रहेछ । हिजो मात्र मेरो कपाललार्इ काटेको थिएछु । साला, यति सम्भिmनु पनि कति समय लाग्यो । कानको जरी न्यानो राख्न मैले कपालसँग पो प्रेम गरेको रहेछु ।

समयको सत्ता

-आँकाला

खै ! गर्भमा कष्ट प्रद
कुर्दा कुर्दा
ग्रह ब्रम्हाण्ड दगुरेनन बेस्कन
अरुको शाहारामा जीवन जिउने क्रम
अनायासै थोपरी दिएर
कहिले सक्षम स्वावलम्बी बन्ने ?
सूर्यलाइ चुम्बकीय शक्ति तीव्र पार्न
बाल मुस्कान टक्र्याए
सौर मण्डल तिब्र गतिमा दौडाउन
ताथैया बामे सारें
अहँ ! कान बन्द गरेर बसे झैं भान भो !
नाकका सिंगान जाडोमा
कलिलो हत्केला
पोटिलो गालामा लत्पतिंदा
हिउँदे सिरेटोमा
अलिकति धुलो मिश्रण
चरचरी फुटेर रगत तप्प खसे / Read More

नेपालको वर्तमान स्थिति

-सिर्जना (ङावाच) सुनुवार

ककनी, कटुञ्जे ४, चुप्लु (ओखलढुङ्गा)

 

वर्षौ बित्यो नेपालमा संविधान बन्ने मिति

गरिब दुःखी जनताहरुको उस्तै छ खै स्थिति

दिनानुदिन बढ्दै गा’छ कानुन बन्ने नीति

जता हेर्‍यो भद्रगोल छ सरकारको स्थिति ।।१।।

 

जान्ने बुझने नेताहरु कुर्सी नै प्यासी बन्छन्

जनताहरुले न्याय मागे आशावादी बनाइदिन्छन्

राजनीतिज्ञ नेताहरु एकापसमा छलफल गर्छन्

सहमति कहिल्यै हुन्नन् जनताहरु द्वुविधामा पर्छन् ।।२।।

 

भाषाण सधैं गर्ने गर्छन् महिलाको छ ३३ प्रतिशत अधिकार

झनै बढी वृद्धि भा’छ महिला हिंसा अनि बलात्कार

तोकिए जति अधिकार पाउने महिलाको नि गरौं असल काम

लैंगिक विभेद होइन नेपाल नारी पुरुष समान ।।३।।

 

जलविद्युतको दोस्रो धनी देश नेपाल २४ घण्टा लोडसेडिङ

पा’का छैनन् नेपालीले स्वच्छा पिउने पानी

फोहोर फाल्ने खाडुल बन्यो काठमाडौंको वाग्मती

आशा गरौं कहिले हुन्छ यो देशमा विकासको गति

यस्तै छ खै नेपालको वर्तमान स्थिति, यस्तै छ खै नेपालको वर्तमान स्थिति ।।४।।

-सैपाल एकेडेमी, धुमवराही पिपलबोट, काठमाडौं, सेक्सन ए व्यवस्थापन

(चुप्लु (ओखलढुङ्गा) ककनी कटुञ्जेकी प्लस टु अध्ययनरत यी कोइँच (सुनुवार) चेली सिर्जना ङावाच सुनुवारले वर्तमान नेपालको ब्रि्रँदो स्थिति वारे जे जस्तो अनुभव गरिन् शायद यो अनुभूति सबैलाई भएको हुनसक्छ । आम र्सवसाधारण नेपालीले वर्तमान नेपाललाई कसरी हर्ेछन र मुल्याङ्कन गर्छन् भन्ने उदाहरण हो यो । अहिलेको जमाना चुपचाप संस्कृतिको जमना होइन । केही लेख्नुस्, केही बोल्नुस्, केही भन्नुहोस् । आदरणीय कोइँच दाजुभाई दिदीबहिनीहरु तपाईँहरुको मनमा पनि यस्तै उकुशमुकुशहरु हुन सक्छ । विना हिच्किचाहट हामीलाई तपाईको सिर्जना पर्ठाई सहयोग गरिदिनहुन हार्दिक अनुरोध छ । – चुप्लु समाज, सुनुवार डट ओआरजि, दर्ुदा डट कम, नयाँ नेपाल गोरखापत्र कोइँच भाषा पृष्ठ ।)

लाँ कोःशा

-होम दासुच सुनुवार
थोचे थोचे दिश थोचे
गोमि रिम-ताङ लाँ कोःशा
नाः दाम-ना दाम-ना नाः सोशा
मि-चिइयो ब्ला ब्ला दुम-ता
एर ओत-थि गेत-थि लुअÞच लाँ कोःशा ।
Read More

गत चैत्र १४ गते शनिवार चुप्लुमि कोइँच शारिरेँशो कार्यक्रममा वाचित सिर्जनाहरु :

इन्द्रसेन सुनुवारको गजल
…………………….
मौसम त्रि्रो जिन्दगीको अदलबदल भयो
अस्तिसम्म झोपडि थियो, आज महल भयो र्।
सविधानले निस्चित गर्छ भन्थ्यौ हाम्रो हक पनि
त्रि्रो जवाफ चाहिएको छ के के पहल भयो –
कामकुरा विर्सर्ीीतमी कुम्लो बोकि हिड्दा ठिमी
निरंकुशता फर्की आउने सम्भावना प्रबल भयो ।
इमान जमान बिर्सर्ीी संविधान सभा पनि
जनता झुक्याई आशा मात्रै बेच्ने पसल भयो ।
न त डाक्टर न ओखति न त कुनै शल्याक्रिया
रोगीलाई पो आफ्नो आयु आफैं थप्न सरल भयो ।
========
कोइँच तासलाहामसो (साङखु बुजिच)को कोइँच कबिता ब्लोइँचि
…………………….
ताँ एको आँ ब्लोइँचि दोदेँशो दोदेँशो –
खेखे शेमशेम फुइलि ब्लिःशो गारिला
ख्योेपलोङ ख्युपलुङ, क्युपशा लाअशो बाकु खोदेँशो ।

शाँबु थिमचा सेलिन लोपशो
चिरसि, चेरबि, लिच, लिँकुमि ङामशो खोदेँशो
बुकुकु जेशो, जिःजः ङास खोदेँशो, एको आँ ब्लोइँचि
गारिमि ग्युत ग्युत नेअसिशा चोअशो शाँबु खोदँेशो ।
Read More

एकदशकीय एकै शैलीको कोइँच लोः कविता वाचन क्रम भंग

दिश दारश-शो आँ प्लेतति !
– प्रेम सुनुवार (थाङराअच आसोक)
हायुः आइदि पुँमि लिकु शोलोलो
आइत-था पियामि लापचानेआ थुमकि
आ हा दिश दारश-शो आँ प्लेतति !
Read More