Literature
now browsing by category
Literature, Songs, Poems
कतारबाट राजु सुनुवारले पठाउनु भएको गजल
कोइँच पहिचानको लागि साहित्य र सञ्चार नारा सहित चुप्लुमि शारिरेँसो कार्यक्रमको लागि कतारबाट राजु सुनुवारले पठाउनु भएको यो गजल ।
जिबन् अति मिठो तर, निर्दयी छ काल यहाँ,
जिउने रहर् हुँदा हुँदै, मृत्यु को नै जाल यहाँ l Read More
मृगतृष्णा
समयको कुनै विन्दुमा
उष्णताले छोपिएको
सपनाको महलभित्र
सुन्दर भविश्य खोज्न
जिवन संघर्षका पटाङ्गिहरुमा
रहरका बिस्कुन सुकाउँदै
बाँचिरहेको म एउटा यायावर । Read More
दाऊ दाऊ दाऊ
-कोइँचबु काःतिच (उत्तम)
दाऊ दाऊ दाऊ
कलो कलो कलो
च्व् च्व् च्व्…!
तर्सिएका आस्थाका पर्खालहरू
लगलग कामेर आँत्तिदाखेरी
बारम्बार सातो डाकेर खुवाउँदाको हैरानी,
का˜तीच पोइँबो सानेलाई ।
दाऊ दाऊ दाऊ
कलो कलो कलो
च्व् च्व् च्व्…! Read More
सलफैँदा थुँ
सलफैँदा थुँ थुङुनु
इन नमला अँ थुँ मि चुङुनु,
मिचिमि गेरशेा पेलेकु देामलि लेक देमत,
सलफैँदा थुँ चेार पेलेमत ।।१।। Read More
वानेश्वरमा संसद भयो जुवातासको खाल जस्तै… इन्द्रसेन कोरमोच सुनुवारको गजल
सुस्त सुस्त हिर्डाई देशको कछुवाको चाल जस्तै
समयको रफ्तार भने सुनकोशीको छाल जस्तै ।
साँढे जुद्धा बाछाहरु मिचाइमा त परेकै छन्
रगतको होली खेल्या उही पुरानो साल जस्तै ।
देश दुःखेर निस्सासिँदै आशाहरु चोइटा पर्दा
वानेश्वरमा संसद भयो जुवातासको खाल जस्तै ।
सडकभरि रगत पोती गणतन्त्र आए पनि
परिवर्तन भन्नु मात्रै सबै राणा काल जस्तै ।
-माझगाउँ (दाःथेदेल) खिँची, चुप्लु ओखलढुंगा
(यो गजल सुनुवार डट ओआरजि, दुरदा डट कम र चुप्लु समाजको संयुक्त साहित्यिक तथा चलचित्र प्रदरसनी कार्यक्रममा वाचन गरिएको हो ।)
