All about Sunuwar

Archives

now browsing by author

 

कोइँच लोःमि बाइबाल ; केही खुशी, केही विचार बहस

सुनुवार डट ओआरजि समाचारदाता । १० फागुन, यालाखोम । बल्खु एमाले केन्द्रीय कार्यालय परको गैरा । रिङरोडभित्र लगभग दर्ुइ सय मिटरमा सानो खोल्सा तरेपछि ठूलो कम्पाउण्डमा जस्ताको भव्य सालोन चर्च । देशी-विदेशी पाहुनाहरु वीच कोइँच भेषभूषामा सजिएको कोइँच युवायुवती, बालबालिका र वृद्धाहरु । आत्यधुनिक बाजागाजामा सेमी कोइँच भाषामा कोइँच लोःमा अनुदित बाइबलका भजनहरुको गुञ्जन । अनुशासित तौरले साना साना बालबालिका समेत भर्ुइमा पलेटी कसेर बसेका । लाग्थ्यो, कुनै तालिम प्राप्त सैन्यको टुकडीले कुनै शुभोत्सवको एक्काइस तोपको सलामी दिनाको लागि Read More

सुनुवार विद्यार्थीका पदाधिकारीहरुलाई शुभकामना तथा वधाई

सुनुवार डट ओआरजि समाचारदाता
६ फागुन, यालाखोम । सुनुवार सेवा समाज केन्द्रीय कार्य समितिले औपचारिकरुपमा आज सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना तथा बधाई दिएको छ । सुनुवार सेवा समाजको भवन, कोइँचनगर कोटेश्वरमा शुभकामना तथा वधाई कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा सुसेस सल्लाहकार लोकप्रिय सुनुवारले शुभकामना तथा वधाई दिँदै धेरै वर्षछि नयाँ जोश र जाँगर बोकेर आएको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले कोइँच चिनारीको लागि नयाँ योजना बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै गरी अर्का सल्लाहकार टेकबहादुर सुनुवारले पनि सुविस नयाँ समितिले कोइँचको पहिचान अक्षुण्ण राख्ने काममा लागी पर्नु पर्ने बताउनु भयो । कानुनी सल्लाहकार अतीत मुखियाले युवा जोश र जाँगरले भरिएका नयाँ कार्यसमितिले अध्ययन अनुसन्धानतिर लाग्नु पर्ने जसले गर्दा कोइँच पहिचान स्थापित गर्न सहयोग पुग्ने बताउनु भयो । Read More

बल्ला दुई प्रतिष्ठानले कोइँचलाई पत्तायो : बौद्धिक प्रतिस्परधा शुरु

-कोइँचबु काःतिच
२६ माघ, यालाखोम । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र  नेपाल प्रज्ञा प्रतिष्ठानले क्रमशः आदिवासी कोइँच मौलिक साहित्य थेअनिको सैद्धान्तिक सौन्दर्य अध्ययनको लागि ईश्वरकिरण सुनुवार र कोइँच भाषाको निजात्मक निवन्ध लेखनको लागि डा. लाल श्याँकारेलु रापचालाई थोरै भए पनि अध्ययन तथा लेखन खर्च दिएको छ । कोइँच (सुनुवार) भाषाको साहित्य लेखनको चार दशक पछि बल्ला नेपाली साहित्यको इतिहासमा कोइँच भाषाको साहित्यमा सौन्दर्यशास्त्र छ भन्ने महसुश राज्यले गरेको छ । हुन त माओवादी सरकारका वेला विवादित प्राज्ञ चयन हुँदा टिकाराम सुनुवारको नाम पढ्न र देख्नमा आएको थियो । तर ती सुनुवार कोइँच सुनुवार हुन वा दलित सुनार हुन् अभैm अत्तो पत्तो छैन र हाम्रो सम्पर्क आएका पनि छैनन् र उनको नाम ठेगना अभैm पत्तो पाउन सकेका छैनौं । र, कोइँच सुनुवार नै हुन् भने पनि कोइँच भाषा साहित्यका प्रवद्र्धक अवश्य पनि होइनन् र थिएनन् । निजात्मक तीन वटा लामा बास्साइ बाजा, टुङना गीत लेखेर कोइँच साहित्य लेखनको वाश पिदार गर्ने दोलखा फाचे नेपानेका क्या. तिलकबहादुर सुनुवार अहिले धोवघिाट ललितपुरमा बुढौलीले गलेर बसेका छन् । कोइँच सवाई कथ्ने टि. पारगाच कहाँ छन् को हुन् अत्तो पत्तो छैन । (पारुहाङ सम्पादक टंकबहादुर राईका अनुसार उनी खिँचीका हुन् रे भन्नेसम्म सुनियो तर पतता लाग्न सकेको छैन ।) देवी बहादुर, डिकमान विरही, के.वि. जेँतिच यस संसारबाट विदा लिईसक्नु भयो । Read More

वानेश्वरमा संसद भयो जुवातासको खाल जस्तै… इन्द्रसेन कोरमोच सुनुवारको गजल

सुस्त सुस्त हिर्डाई देशको कछुवाको चाल जस्तै
समयको रफ्तार भने सुनकोशीको छाल जस्तै ।

साँढे जुद्धा बाछाहरु मिचाइमा त परेकै छन्
रगतको होली खेल्या उही पुरानो साल जस्तै ।

देश दुःखेर निस्सासिँदै आशाहरु चोइटा पर्दा
वानेश्वरमा संसद भयो जुवातासको खाल जस्तै ।

सडकभरि रगत पोती गणतन्त्र आए पनि
परिवर्तन भन्नु मात्रै सबै राणा काल जस्तै ।

-माझगाउँ (दाःथेदेल) खिँची, चुप्लु ओखलढुंगा
(यो गजल सुनुवार डट ओआरजि, दुरदा डट कम र चुप्लु समाजको संयुक्त साहित्यिक तथा चलचित्र प्रदरसनी कार्यक्रममा वाचन गरिएको हो ।)

आइँके दा बैंजा रोङगुमि ः कोइँच देलमि कोइँच लोः, मुलकेम नु ओलोके रेँमसार

कोइँचबु काःतिच
नामसेवाल हाइ नाम सेवाल
प्लेततिमि जाअÞबा नेलआनकाल
नाया सालङा सालङा नामसेवाल
नामसेवाल हाइ नाम सेवाल
नामसेवाल हाइ नाम सेवाल ।
सिमेबुमे देउता पानिको
वाशरेलु पुजा पानिको
शाँदार सिल पाचा नाइला
पाउनाके थुँ काइयो माखाइला
एकोन आइँ थुँमि मिमशो चाउँ
एकोन आइँ थुँमि मिमशो चाउँ ।
वाशरेलु पुजा पाकानु
शाँदार थान जाःकानु
पाउना नेलकालि रिमशो चाउँ
इनकालि थुँले मिमशो चाउँ ।
नामसेवाल हाइ नाम सेवाल
प्लेततिमि जाअÞबा नेलआनकाल
नाया सालङा सालङा नामसेवाल
नामसेवाल हाइ नाम सेवाल
नामसेवाल हाइ नाम सेवाल । Read More

भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम

सुनुवार डट ओआरजि समाचारदाता–
माघ २०, यालाखोम । सुनुवार सेवा समाजको भवनमा भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन समिति, सुनुवार सेवा समाज, केन्द्रीय समिति, कोटेश्वर, काठमाडौंले भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन अभिमुखीकरण कार्यक्रम ऋगकतयmबचथ ब्लअभकतचब िज्यmभबिलम ःबउउष्लन या प्ष्चबलतष्(प्õष्तक इचष्लतबतष्यल उचयनचबmmभ आज शुरु भयो । स्थलगत अध्ययनकर्ताहरुलाई भूमि, भू–अधिनत्व तथा प्राकृतिक स्रोत मामिला अध्ययन गर्न सहज र सहयोगी बनाउन जिपिएस, जिआइएस, पुरख्यौली थलो र प्राकृतिक स्रोत अध्ययनको तौरतरिका बारे सामान्य जानकारी गराउने उद्देश्य रहेको सो कार्यक्रम दुई दिन सञ्चालन हुने छ । आज डा. बि.बि. मुखिया र डा. लाल रापचाले अनुशिक्षण दिनु भयो । कोइलँचबु काःतिच (उत्तमकुमार सुनुवार), रणवीर सुनुवारले सहजीकरण गर्नु भएको थियो भने सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्दै शुरु भएको सो कार्यक्रम भोलिसम्म चल्ने छ । भोलि प्रकाश झा, योगेन्द्र गुरुङ, खगेन्द्र जगेबुले अनुशिक्षण गर्नु हुने छ ।

सुनुवार कालाकार ताथा चालचितराकारमि गाउँ सामिति गाथान

चुपलु दामलोच-
१८ ङारिच, प्लेतति । सुनुवार कालाकार ताथा चालचितराकारमि सामाज प्लेतति गाउँ सामिति गाथान दुमता । केनदिरिये आदचचे आमरित सुनुवारआ मुलिनामसोचआ रापसिमि ९ सादासिये गाथान दुमशोमि आदाचचे, उपादेचचे, साचिब, साहसाचिब, कोसादेचचे नु सादाससे पेनमारिशा नामि सानतोस सुनुवार, मिना सुनुवार, तेज सुनुवार, सिमा सुनुवार, चित्र सुनुवार, देविाद सुनुवार । Read More