Archives
now browsing by author
सुनुवार सेवा समाजको आठौं पुरक सम्मेलन सञ्चालन हुँदै
सुनुवार डट ओआरजि समाचारदाता ।
३० मङ्सीर, काठमाडौं । चार जना प्रतिनिधि (प्रकाश, उदय, दिपक, विष्णु सुनुवार) तथा आयोजक समिति सदस्य मावर सुनुवारको उजुरीको कारण पुनः सुनुवार सेवा समाज आठौं पुरक सम्मेलनको आज सुनुवार सेवा समाज कोटेश्वरमा आयोजना हुँदै छ । हाल १६९ प्रतिनिधिको उपस्थिति छ ।
कोइँच सुनुवारहरुबीच पुनः यस्तो दशा नदोहोरियोस्
विशेष सम्पादकीय
किरात कोइँच सुनुवारहरुको सामाजिक संरचना बुझ्न नसकी सुन कमाउने सुनार भनेर राजधानीको एउटा पत्रिकाले छापिँदाको आक्रोशबाट संगठित भएर आफ्नो पहिचान स्थापित गर्नुपर्दछ भन्ने हेतुले २०४५ सालमा सुनुवार सेवा समाजको जन्म हुन पुगेको सर्वविदितै छ । पञ्चायती कठोर शासकहरुको आँखा छल्दै संगठित भएका कोइँच सुनुवारहरुले बहुदलीय व्यवस्थापश्चात् खुलेर अगाडि आउने मौका मिल्यो ।
संस्था केवल समाजमा आफ्नो पहिचान स्थापित गर्ने हेतुले स्थापना भएकोले केही समयसम्म सामाजिक संस्थाका रुपमा निर्विवाद अगाडि बढ्यो । जहाँसम्म केही राम्रा कामका थालनी भए अनि सुनुवारहरुबीच संगठित हुने सुनौलो अवसर पनि जु¥यो । यस किसिमले चौथो समितिसम्म आइपुग्दा केही मतमतान्तरका आवाजहरु गुन्जन थाले । ती आवाजहरु भित्रभित्रै चर्किन थाले पनि सुनुवार सेवा समाजले कुनै पनि प्रतिउत्तर दिन चाहेन अन्ततः ती आवाजहरु केही हदसम्म हौवा भएको सबै कोइँच सुनुवारहरुले बुझे ।
२०४६ पश्चात् दलीय राजनीति स्थापना भएपछि पाँचौ समितिबाट राजनीतिक खिचातानीको झड्का महसुस कोइँच सुनुवारहरुले गरे । जसका कारण निकै समय पदाधिकारीबीचको समन्वय हुन नसकी दुईतीनजना पदाधिकारीहरुमाथि मात्र यसको जिम्मेवारी रहेको हो कि भन्नेसम्मको बोझ महसुस भयो । राजनीतिक अभिष्ट प्रवेश भएको यो समितिबाट प्रस्ट देखिन्छ । जुनबेला नेपाली कांग्रेसका व्यक्तिहरुले नेतृत्व लिएकै कारण निकै कटाक्ष रहेको सुनिन्थ्यो । यो कटाक्ष उत्पन्न हुन स्वभाविक पनि थियो यस अर्थमा कि संस्था खण्डित गर्ने मनस्थितितिर केही समूहहरुको सोचाइ बढिसकेको थियो । संस्थामा रहेका चलअचल सम्पत्तिलगायत संस्थाबाट सञ्चालित सांस्कृतिक कला प्रशिक्षण केन्द्र बन्द गर्ने खेल सुरु भयो । अन्ततः सांस्कृतिक कला प्रशिक्षण केन्द्रलाई तुहाउन दुवै पक्षको ठूलो हात रह्यो ।
माइक्रोसफ्टका सिनियर इन्जिनियर टंकराज सुनुवारद्वारा प्रदान गरिएको कम्प्युटर, प्रिन्टरलगायत संस्थाका सांस्कृतिक बाजागाजा पटक–पटक गरी चोरी भयो । यसपछि पदाधिकारीहरु संस्थाको कार्यालयमा उपस्थित हुन पनि चाहेनन् कारण संस्था रहेको घरभाडा दिनानुदिन बोझ हुँदै गएको थियो । एकातिर पार्टी मानसिकताले जरो गाडिदै गयो अर्कोतिर संस्था रुग्न हुँदै गयो । यसैक्रममा देशमा राजनीतिक खिचातानीले गर्दा २०५६ को आमनिर्वाचनमा केही कोइँच सुनुवारहरुले उम्मदेवारको टिकट प्राप्त गरे । जसअनुसार रामेछापबाट कमलप्रकाश सुनुवार, हरिकुमार सुनुवार र राधादेवी सुनुवार, ओखलढुंगाबाट चम्पक सुनुवार, सिरहाबाट हिराबहादुर सुनुवार, सिन्धुलीबाट खड्गबहादुर सुनुवार र रामबहादुर सुनुवार र पाँचथरबाट बुद्धमाया मुखिया रहेका थिए ।
आम कोइँच सुनुवारहरुको प्रतिनिधित्व हुने आशामा सुनुवार युवाहरुको एक टिमले ‘सुनुवार उम्मेदवार सहयोग समिति’ बनाइ निर्वाचनका लागि आर्थिक संकलनमा अग्रसर हुँदा देशविदेशका सुनुवारहरुबाट दिल खोलेर सहयोग प्राप्त भयो । जुन सहयोगबाट एक मात्र उम्मेदवार रामेछापबाट कमलप्रकाश सुनुवार निर्वाचित भए । सुनुवारहरुको प्रतिनिधिका रुपमा अगाडि सारिएका कमलप्रकाश सुनुवारले कहिल्यै आफ्नो समाजलाई फर्केर हेर्न भ्याएनन् । बरु पटक–पटकको अभिव्यक्तिमा सुनुवारहरुले के गरे मेरो लागि भन्ने पनि सुनिन थाल्यो । यस्ता अभिव्यक्ति दिनु कतिको उचित थियो भन्ने कुरा आम सुनुवारहरुले सजिलै बुझिसकेका छन् ।
यसपछि सुनुवार सेवा समाज पटक–पटकको आह्वानपछि पाँचौ कार्य समितिले पाँच वर्षपछि सम्मेलन गर्न सफल भयो । उक्त सम्मेलनपश्चात् राजनीतिक ध्रुविकरण स्पष्ट रुपमा देखियो । राप्रपा नेतृत्व भएको संस्था भन्ने हल्ला बेलाबेलामा सुनिन थाल्यो र एकहदसम्म राप्रपाकरणको झल्को झल्किएको पनि यथार्थ हो । राजनीतिक आक्षेपका लागे पनि यो समितिले ऐतिहासिक कार्य संस्थाको भवन निर्माण सम्पन्न भने गरेको छ । जुन संस्थाको भवन निर्माणका लागि देश–विदेशका सुनुवारहरुले छाती खोलेर सहयोग गरे पनि राजनीतिक पटाक्षेपका कारण केही समूह असहयोगको खेल खेल्न पछि परेन । पटाक्षेपले स्पष्ट रुप देखाउँदै जाँदा सातौं सम्मेलनमा खुलेर एमालेको प्रवेश भयो । त्यतिबेलासम्म संस्थामा राजनीतिक विजारोपण भइसकेको थियो ।
राजनीतिक विजारोपण बढ्दै जाँदा देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको थियो । आदिवासी जनजातिका मुद्दा संघीय राज्य, आत्मनिर्णयको अधिकार र राज्यमा समानुपातिक प्रतिनिधित्वको चर्को आवाज उठिरहेको थियो । जसमा नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा हुँदा जातीय संस्थाको प्रतिनिधि अनिवार्यता थियो । यसमा सुनुवार सेवा समाजले सहभागिता जनाउँदा संस्थागत उपस्थिति न्यून रह्यो । जहाँ दुइतीनजना पदाधिकारीहरुमा मात्र सीमित रह्यो । चर्को विरोध उठिरहँदा सुनुवारहरुको उपस्थिति न्यून भएको टिप्पणी पनि अन्य संस्थाबाट नउठेका होइनन् । यी कुरा उठ्दाउठ्दै अर्को जमात सुनुवारहरुको उपस्थिति सोही कार्यक्रमहरुमा बाक्लो देखिन्थ्यो । यसबाट के स्पस्ट हुन्छ भने संस्थागत नेतृत्व शून्य बनाएर पार्टीको उपस्थिति बलियो छ भन्ने प्रमाणित गर्न खोजिएको स्पस्ट देखिन्थ्यो ।
यस्ता सानातिना भूलले गर्दा नै आठौं सम्मेलनमा भएका भाँडभैलोहरु शायद यसैका परिणाम थिए । संस्थामा राजनीतिक रुप विकराल हुँदै गएका कारण नै आयोजक समितिले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको पनि स्वीकारि सकेका छन् । राजनीतिक विजारोपणले जन्मिएको भद्रगोल स्थिति आयोजक समितिको प्रतिनिधि चयनका त्रुटिहरुले देखाइसकेको छ । जुन ठाउँबाट प्रतिनिधि चयन हुनुपर्ने थियो त्यो नभएर संगठन विभागको कमजोरीको फाइदा उठाउँदै असम्बन्धित प्रतिनिधि प्रवेशले विवादका विषय चुलिएको थियो । यही विवादका कारण जिल्ला प्रशासन कार्यालयदेखि सर्वोच्च अदालतसम्म संस्थाले अनावश्यक झन्झट व्यहोर्नु परेको थियो । जसले गर्दा पुनः साधारणसभाको आह्वान गर्न संस्था बाध्य भयो ।
सुनारको आक्षेप मेटाउन स्थापित भएको यो संस्था आज अपरिपक्व राजनीतिक उचाचाक्लीले आम सुनुवारबीच कोकोहोलो मात्र मच्चाएको छैन आफू सुनुवार भए पनि जनजाति दलित उत्थान केन्द्र नामको संस्था चलाएर बसेका व्यक्तिहरुले यसलाई पुनः दलित महासंघमा दर्ज गराउन त प्रयासरत छैन भन्ने सम्पूर्ण सुनुवारहरुको मनमा शंका उब्जिएको छ । अर्कोतर्फ संस्थाप्रति माया अत्यन्त भएको भन्ने जिम्मेवार भद्रभलाद्मीहरुले नै संस्थाको प्रतिवादीका रुपमा खुलेर अभिव्यक्ति दिँदा छर्लङ्ग भएको छ कि को सँग कति माया रहेछ यो संस्थाप्रति ? यस्तो दहिचिउरे अभिव्यक्तिका कारण यो संस्था आज अवसानको घडीमा पु¥याउने कोसिस भएको छ । त्यसैले यो संस्थाको रक्षा गर्न तमाम सुनुवारहरुको दायित्व होइन र ?
साधारण सभाको लागि सुनुवार सेवा समाजबाट पत्रचार कार्य शुरु
सुनुवार डट ओआरजि समाचारदाता, १८ मंसीर । सुनुवार सेवा समाजको विषम परिस्थितिमा हुन लागेको साधारण सभाका लागि साधारण सभा आयोजक समितिले आजदेखि पत्रचार कार्य शुरु गरेको छ । सबै गाउा, नगर, जिल्ला र क्षेत्रीय समितिलाई संगठन विभागले आज ९४ गाउा, नगर, जिल्ला र क्षेत्रीय समितिलाई पत्रचार गरेको छ । संगठन विभाग केन्द्रीय समितिमा कतिपय जिल्ला, नगर, गाउा समितिको गठन तथा अद्यावधि नभए ता पनि मंसीर ९ गतेको भेलाले सबै सुनुवार दाजुभाई दिदीबहिनी मिलेर जानु पर्ने भएको हुादा सबै क्षेत्रका सुनुवार समेट्न यसरी पत्रचार गरीएको बताइएको छ ।
लाँ कोःशा
-होम दासुच सुनुवार
थोचे थोचे दिश थोचे
गोमि रिम-ताङ लाँ कोःशा
नाः दाम-ना दाम-ना नाः सोशा
मि-चिइयो ब्ला ब्ला दुम-ता
एर ओत-थि गेत-थि लुअÞच लाँ कोःशा ।
Read More
चालीस हजार सुनुवार घटे तर एघार हजार सुनुवार भाषी बढे
चुप्लु दामलोच । १२ मङ्सीर, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०६८ को अन्तिम परिणाम हिजो सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा नेपालको कुल जनसंख्या २६४९४५०४ देखाएको छ भने जनसंख्या वृद्धिदर १.३५ प्रति वर्ष देखाएको छ । Read More
मङ्सिर ३० मा सुनुवार सेवा समाजको राष्ट्रिय सम्मेलन
मङ्सिर १०, काठमाडौं । सुनुवार सेवा समाजको वध्येत्मक राष्ट्रिय सम्मेलन यही मङ्सिर ३० गते सम्पन्न गर्ने निर्ण्र्ाापारित भएको छ । सुनुवार सेवा समाजको आठौं सम्मेलनबाट निर्वाचित आठौं कार्यसमितिलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि यो विशेष सम्मेलन गर्नु परेको हो । समाजको तत्कालीन सङ्गठन विभागको अपारदर्शी व्यवहारको काारण यस्तो घटना घट्न गएको हो ।
यस विशेष सम्मेलन सम्पन्न गर्नको लागि सुनुवार सेवा समाज आठौं समितिले जिल्ला प्रशासन कार्यालयमा -द.नं. १०७७) मङ्सीर ९ गते क्षेत्र तथा जिल्ला अध्यक्ष र संस्थापक, पर्ूव अध्यक्ष र उजुरीकर्ताहरु बसी एक सम्मेलन आयोजक समिति गठन गरी सम्मेलन गर्ने जानकारी गरेको थियो । यसै समय खाकानुसार वरियताक्रमका आधारमा र यस विषम परिस्थितिका जिम्मेवार भएको नाताले सातौं केन्द्रीय कार्यसमितिको अध्यक्ष टंकराम सुनुवारको संयोजकत्वमा आठौं केन्द्रीय कार्यसमिति अध्यक्ष मनप्रसाद सुनुवार सहसंयोजक र आठौं केन्द्रीय कायलसमितिका उपाध्यक्ष रणवीर सुनुवार सङ्गठन विभाग प्रमुख रहने गरी तीन सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ । तीन सदस्यीय आयोजक समितिले सातौं समितिका सक्रिय सदस्य र आठौं समितिका सम्पर्ूण्ा सदस्य आयोजक सदस्य रहने गरी सदस्य मनोनयन गर्ने कार्यभारसहित सम्मेलन आयोजना गराउने जिम्मेवारी अख्तियर गरेको छ ।
सुनुवार सेवा समाजको विधानमाा संस्थामा राजनीति गर्न नपाइने प्रवधान भए ता पनि राजनीतिकरण गर्न खोजिएको हुँदा समाजले यस्तो भवितव्य व्यहोर्नु परेको हो भन्छन् संस्थापकहरु ।
नेपाल आदिवासी जनजाति महासंघको चौथो तथा पाँचौं वैठक हुँदै
चुपलु दामलोच । ९ मङ्सीर शनिवार । नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषदको वैठक अहिले स्थानीय विकास प्रतिष्ठान, जावलाखेलमा सम्पन्न हुँदै छ । सो सम्मेलनमा पूर्व अध्यक्ष पासाङ शेर्पाले आदिवासी जनजातिले पार्टी खोले तर रहरले हो कि करले बुझ्नु पर्ने बताए । अब महासंघले आउँदो रणनीति बनाइ आदिवासी जनजातिको हकअधिकार सुनिस्चतताका लागि जानु पर्ने बताए । परिषद वैठक भोलिसम्म चल्ने छ ।
