All about Sunuwar

आदिवासी ज्ञान र संस्कृतिको पुनःस्थापना गर्न जागरुक कोइँचहरु

-कोइँच बु काःतिच

२० माघ, सिरहा । आदिवासी जनजाति दनुवार र वल्लो किरातको आदिवासी ज्ञान र संस्कृतिको खोजी गर्दै सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. कमलदहमा विश्व सिमसार दिवस मनाइयो । चुरे क्षेत्र जलाधार संरक्षण समितिबाट आयोजित कमलदह सिमसार क्षेत्र संरक्षण सचेतनात्मक अभियानमा विभिन्न व्यापार, सरकारी निकायका प्रमुख लगायत स्थानीय व्यापारी तथा सामुदायिक वनका अध्यक्षले आ-आफ्ना धारणा राखेका थिए । सचेनात्मक अभियानका प्रमुख अतिथि धानोदेवी महराले आफ्नो ठाउँको लागि सदनमा जोडदार कुरा उठाउने बताइन् । सभाध्यक्ष डम्बरबहादुर सुनुवारले कमलदहमा नन्वाबाट देविले सुनचाँदी गहनाहरु राँगाको गाडामा लिएर कमलदहमा लुकाएर राखेको मिथक रहेको हुँदा यो मिथक हिन्दू धर्मको नभई आदिवासी जनजाति दनुवार र वल्लो किरातको किरातीको लोक मिथक भएकोले आदिवासी जनजाति नै सिमसार क्षेत्रका संरक्षक भएको बताउनु भयो । साथै उहाँले कमलदहमा पानी मुला, पानी अमला र अन्य ठाउँमा नपाइने आदिवासी कमलको फुल रहेको दाबी गर्दै जैविक विविधता संरक्षणको लागि आदिवासी जनजाति र स्थानीय जनता लागीपर्नु पर्ने धारणा प्रस्तुत् गर्नु भयो । अहिले कमलदहमा पाँच वर्षो ४० लाखमा माछा पालनको लागि सामुदायिक वनले ठेक्का दिएको छ । तर घर्ुर्मी सामुदायिक वन भने दिनानुदिन विनास भइरहेको छ भने जैविक विविधता संरक्षणको कुनै उपय अबलम्बन गरिएको देखिदैन । न त यहाँका आदिवासी जनजाति दनुवारको आदिवासी ज्ञान र उनीहरुको भूमिको सुरक्षा गरिएको छ । त्यस्तै गरी यहाँका आदिवासी जनजाति दनुवार पनि आफ्नो पुख्र्यौली थलोको लागि सचेत भएको पाइँदैन । आदिवासी जनजाति कोइँच सुनुवार भने २०३९ साल देखि सिरहाली सुनुवार समिति गठन गरी संगठित भए पनि खासै उपलब्धिमूलक काम गर्न सकेको देखिँदैन । बरु मधेसी यादबहरुको हरेक क्षेत्रमा दबदबा प्रष्ट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *