All about Sunuwar

Archives

now browsing by author

 

कालीमायालाई सहयोग रकम हस्तान्तरण

kali_2समीर मुखिया सुनुवार
ओखलढुंगा, २६ मंसिर । लामो समयदेखि ओढारमा बस्दै आएकी कालमिाया सुनुवारलाई सुनुवार सेवा समाजले नगद सहयोग प्रदान गरेको छ । बैदेशिक रोजगारमा रहेका सुनुवारहरुबाट प्राप्त ३२ हजार ८ सय ८० रुपैयाँ सुनुवार सेवा समाज केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवारको उपस्थितिमा सुनुवार सेवा समाज ओखलढुंगा जिल्ला समितिका सचिव देवीध्वज सुनुवारमार्फत सुनुवार सेवा समाज पात्ले गाउँ समितिका सचिव खड्गबहादुर सुनुवारद्वारा ‘कालीमाया संरक्षण सरोकार समिति’का अध्यक्ष शारदा सुनुवारलाई हस्तारण गरियो ।
‘नासम’ मासिक वर्ष २, अंक ७, २०६८ भाद्र महिनाको अंकमा पहिलोपटक कालीमायाको अवस्थाबारे प्रकाशन भएको थियो । त्यसपछि सुनुवार सेवा समाजका केन्द्रीय प्रथम उपाध्यक्ष रणवीर सुनुवार र केन्द्रीय सदस्य उत्तमकुमार सुनुवार पुगी निरीक्षण गरेका थिए । २०७१ चैत ६ गते कान्तिपुर दैनिकमा कुम्भराज राईले पुनः समाचार प्रकाशन गरेपछि विभिन्न संघसंस्था तथा व्यक्तिहरुको चासोको विषय बन्न थालेपछि सहयोग जुट्न थालेको हो । कान्तिपुरलगायत विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशनपश्चात् जिल्लाका राजनीतिक नेता, स्थानीय बुद्धिजिवीको सहयोगलगायत गाउँ विकास समितिबाट पनि आर्थिक सहयोग प्राप्त हुनका साथै स्थानीय संघसंस्था तथा जनश्रमदानबाट आवास निर्माण गरिएको छ । कालीमाया सुनुवार आफैं नगद व्यवस्थापन गर्न नसक्ने भएकाले स्थानीय संघसंस्था तथा बुद्धिजिविहरु मिलेर कालीमाया संरक्षण समिति गठन गरि सो समितिबाट खर्च व्यवस्थापन गर्ने कुरा समितिका कोषाध्यक्ष काजी तामाङले बताए ।
ओखलढुंगा जिल्लाको पात्ले गाविस लप्सेडाँडामा वि.सं. २००५ मा वर्जमान सुनुवारसँग विवाह गरेपछि ८ जना सन्तान भए पनि हाल जिवित रहेका दुई जनाले पनि नहेरेको स्थानीयबासीको भनाइ छ । पति बर्जमानको क्षयरोगले मृत्यु भएपछि आफूसँग भएको थोरै जग्गा जमिन पनि कान्छो छोराले बेचेर सिध्याइ आमाको पैसा चोरेर हिँडेपछि हालसम्म नफर्केको स्थानीयले बताए । आफूले जन्म दिएको छोराले विष ख्वाएर मार्ने प्रयास गरेपछि कालीमायाको मानसिक सन्तुलन गुमाएकी छिन् ।

कुलदीप सुनुवारको आठौं स्मृति दिवस सम्पन्न

Kuldeepसमीर मुखिया सुनुवार
ललितपुर, २६ मंसिर । स्व. कुलदीप सुनुवारको सम्झनामा आठौं स्मृति दिवस सम्पन्न भएको छ । कुलदीप सुनुवार स्मृति कोष समितिको कार्यालय धापाखेलस्थित कोषका अध्यक्ष टीकाराम मुलिचाले दीप प्रज्ज्वलन तथा स्व. सुनुवारको तस्विरमा माल्र्यापण गर्नुका साथै सुनुवार परम्परानुसार कुलपुरोहित नाःसोले जोर सगुन राखी पिदार गरी आरम्भ गरियो । ‘शुरुका केही वर्ष विभिन्न साहित्यिक प्रतियोगिता गर्दै आए पनि विगत वर्षदेखि गतिविधि शून्यजस्तै भएको बताउँदै स्थानीय जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएकोमा सो कार्यलाई निरन्तरता दिन नसकिएको’ कुरा कोष अध्यक्ष मुलिचाले बताए ।
आठौं स्मृति दिवसको अवसरमा कोषले खिजीकातीस्थित प्रस्तावित कुलदीप स्मृति भवन निर्माण गर्ने निर्णय गर्दै उक्त भवन निर्माणका लागि समिति बनाएर प्रारम्भिक कार्य अगाडि बढाउने कुरा बताउँदै विगत केही वर्षदेखि स्थगित रहेको छात्रवृत्ति वितरणलाई यो वर्षदेखि निरन्तरता दिने कुरा कोषका उपाध्यक्ष राजन सुनुवारले बताए । सो स्मृति भवन निर्माणपश्चात् स्थानीयस्तरका विभिन्न कार्यक्रम सञ्चालन गर्न सहज होस भन्ने उद्देश्य रहेको कुरा पनि प्रष्टयाए ।
विगतमा राम्रो कार्यक्रम गरिए पनि कोषको उद्देश्य परिपूर्तिका लागि केही वर्षदेखि कार्यगति अगाडि बढाउन नसकिएको कुरा कोषका सल्लाहकार तथा सुनुवार सेवा समाजका प्रथम उपाध्यक्ष रणवीर सुनुवारले बताए । साथसाथै कार्यक्रमलाई निरन्तरता दिन सम्पूर्ण मुलिच दाजुभाइको सहयोग तथा गुठीको आवश्यक रहेको र समन्वय गरेर अगाडि बढ्नुपर्ने कुरा कोषका सल्लाहकार ओमबहादुर सुनुवारले बताए ।
ओखलढुंगा जिल्ला खिजीकाती गाविस फोतीमा जन्मिएका सुनुवार सामाजिक तथा साहित्यिक क्षेत्रमा विशेष रुचि राख्ने स्व. सुनुवारको २०६४ मंसिर २६ गते असामयिक निधन भएको थियो ।

साउदी आरेबियमा सुनुवार सेवा समाज गठन हुदै

swssसुनुवार डट ओआरजी सम्वाददाता
साउदी अरेबिया, ५ डिसेम्बर । खाडी मुलुक साउदी अरेबियामा सुनुवार सेवा समाज गठन हुने भएको छ । संस्था गठनका लागि हिजो साउदी अरेबियाका विभिन्न शहरमा छुट्टाछुट्टै शहरमा भेटघाट कार्यक्रम राखिएको थियो । जसअनुसार दमाममा देव सुनुवार संयोजकमा नौ सदस्यीय समिति, रियादबाट बुद्धिराज सुनुवार सहसंयोजक र प्रचारप्रसार संयोजक गणेशकुमार सुनुवार रहेका छन् । सोही भेलाबाट आगामी दिनमा औपचारिक रुपमा संस्था गठनसम्बन्धी छलफल गरिएको कुरा संयोजक देव सुनुवारले बताए । सो अवसरमा साउदी अरेबिया निकै ठूलो देश भएकोले यहाँ कार्यरत सुनुवारहरु निकै टाढा टाढा बस्ने र एकठाउँमा आउन कठिन भएको बताउँदै आआफ्नो कार्यक्षेत्रबाट सहयोग गर्न समेत अपिल गरे ।
सुनुवार सेवा समाज साउदी अरेबिया गठनका सुरुवात भएकोमा सम्पूर्ण सुनुवार बन्धुहरुले सहयोग गर्नुभएको खुशी व्यक्त गर्दै प्रवासमा रहेर विभिन्न देशमा सुनुवार सेवा समाज गठन गर्न संयोजन गरिरहेका किशोर सुनुवारले बताए । साउदी अरेबियास्थित सबै जिल्लाबाट नेतृत्व हुने विश्वास र सहयोग गर्न अनुरोध गर्दै ऐतिहासिक भेटघाट भएकोमा जिम्मेवारी पाउने मित्रहरुका साथै साउदीका कार्यरत कोइँचहरुलाई धन्यवाद तथा कार्य समिति गठनका लागि शुभकामना समेत दिए ।

साउदी आरेबियमा सुनुवार सेवा समाज गठन हुदै

swssसुनुवार डट ओआरजी सम्वाददाता
साउदी अरेबिया, ५ डिसेम्बर । खाडी मुलुक साउदी अरेबियामा सुनुवार सेवा समाज गठन हुने भएको छ । संस्था गठनका लागि हिजो साउदी अरेबियाका विभिन्न शहरमा छुट्टाछुट्टै शहरमा भेटघाट कार्यक्रम राखिएको थियो । जसअनुसार दमाममा देव सुनुवार संयोजकमा नौ सदस्यीय समिति, रियादबाट बुद्धिराज सुनुवार सहसंयोजक र प्रचारप्रसार संयोजक गणेशकुमार सुनुवार रहेका छन् । सोही भेलाबाट आगामी दिनमा औपचारिक रुपमा संस्था गठनसम्बन्धी छलफल गरिएको कुरा संयोजक देव सुनुवारले बताए । सो अवसरमा साउदी अरेबिया निकै ठूलो देश भएकोले यहाँ कार्यरत सुनुवारहरु निकै टाढा टाढा बस्ने र एकठाउँमा आउन कठिन भएको बताउँदै आआफ्नो कार्यक्षेत्रबाट सहयोग गर्न समेत अपिल गरे ।
सुनुवार सेवा समाज साउदी अरेबिया गठनका सुरुवात भएकोमा सम्पूर्ण सुनुवार बन्धुहरुले सहयोग गर्नुभएको खुशी व्यक्त गर्दै प्रवासमा रहेर विभिन्न देशमा सुनुवार सेवा समाज गठन गर्न संयोजन गरिरहेका किशोर सुनुवारले बताए । साउदी अरेबियास्थित सबै जिल्लाबाट नेतृत्व हुने विश्वास र सहयोग गर्न अनुरोध गर्दै ऐतिहासिक भेटघाट भएकोमा जिम्मेवारी पाउने मित्रहरुका साथै साउदीका कार्यरत कोइँचहरुलाई धन्यवाद तथा कार्य समिति गठनका लागि शुभकामना समेत दिए ।

नाम–सि फु कोइँच गीति एल्बमको गीतहरु

१.सालाक कुम–सो

जुजिल चुइँ–चिमि, सिलिचुङ लाअÞशा
यार–मालुला सोशा बोशा गेत–थि कुया नु
पाइ–होप दुङ–लेवा, खिँचि दुम–शा
दुमा लाप–चो रोअÞशा लाङ–गा ग्लुया नु दो
शाँदार–पिदार पाइँताक
थारिकुति जाअÞताक
खिँङा मुरु नेल–लि ग्लुङेने
सुरो गाअÞसो चाअÞताक
(ग्लुङेन)६
(ग्लुङेन हाइ ग्लुङेन)२

इँगि रेखि, चेरि रेखि
दुमा रेखि आप–शा देयि थोया नु
हाल–का फालेङमि, बुब बÞा जार–शा
ङाकु बिर–कु खोइश–शा ङोइति बार–या नु दो ।
चाफो निफो सामि बु
देयिलिकि थुअÞशामिन
आदार पिदार ख्लाइताया
आम–नुच वार–चि बु दुशामिन
खु खु खुये खुये
खुये हाइ खुये

इँगि बुप–थेल, सुना खाराङ–गा
रुपा गुइँगुइँ ताप–शा थोप–ला गेया नु
इँगि लिःब्लाः, सुना खुर–मि
लावा तोःलो कुर–शा मेवाल सोइय–या नु दो ।
जाकेन आम–नुच बाअÞमुया
योकि लोःसि पामुया
राम–शि किम–शि फ्लादाया
ख्लाँःते रोँदे ताइताया
खु खु खुये खुये
खुये हाइ खुये

चाफोनिफो, थारिकुति
आम–नुच दुमोच बुअÞशा याब्ले थुअÞया नु
खादिमुदि, पार–मोसिरि,
वाशेरेलु दाम–शा सेवाल ख्लेइ–या नु दो ।
कोब नेब वार–चिपुकि जाअÞकिने
चुस–दो सामा फ्लेँदाया
खिँङा मुलि जाअÞकेने
सुरो गाअÞसो ताअÞकिने
(जाअÞकेन)६
(जाअÞकेन हाइ जाअÞकेन)२

इँगि लालो, क्योहो नारु
आया फाङ–सार काःथा खुल–शा जाया नु
इँगि याब–ब्ले, शाँदार देयिनु
सुरो गाअÞसो पुइँशा चोया नु दो ।
आदार पिदार पाइँताक
आगुन सागुन ताअÞताक
चेरे शेरे ग्येताक
सुरो गाअÞसो चोअÞतनक
(बाअÞकेन हाइ बाअÞकेन)४ (बाअÞकेन)८ बाअÞकेन हाइ खुये … Read More

कोइँच सुनुवार महिलाको लागि खुशीको खबर

के तपाईँ फेसन डिजाइनर बन्न चाहनुहुन्छ ? जेवु, यदि चाहनुहुन्छ भने तुरुन्त सुनुवार सेवा समाजमा सम्पर्क राख्नु होस् । सुनुवार सेवा समाज (सुसेस) केन्द्रीय समितिले सम्बन्धित सुसेस जिल्ला समितिको सिफारीसमा ४० जना महिलाहरुको लागि ३ महिने सिलाईबुनाई तालिमको भर्ना फारम धमाधम वितरण गर्दै छ । छुट्ला है ।
भर्ना फारम पाइने स्थान ः सुनुवार सेवा समाजको भवन कोटेश्वर काठमाडौं ।
विशेष जानकारीको लागि सम्पर्क ः सुनुवार सेवा समाज केन्द्रीय समिति, काठमाडौं । ९८४९०५२५९९, ९८५१०७९९३३, ९७५१००७०२८, ९८४१२३९३५२

 दक्षिण कोरियाका सुनुवार सेवा समाजका अध्यक्षलाई व्याडमिन्टन उपाधि

12312279_1232648003418169_1980954085_n-किशोर सुनुवार

नेपाल कोरिया न्युज डट.कम द्रारा यहीँ नोमेम्बर २९दिन आयोजित ब्याडमिन्टन दक्षिण कोरिया को जुङ्गु स्पोर्ट्स मा सम्पन्न भएको छ उक्त कार्यक्रम को नेपाल कोरिया न्युज डट.कमका सन्चालक पुरु जोशिको सभापतित्वमा भएको थियो भने प्रमुख आतिथी एन आर एन ए को राजु क्षेत्री रहनु भएको थियो नेपाली हरु रोजगारि शिला शिला मा पुगेर पनि खेल प्रति देखाएको चासो निकै उदाहरणी छ जम्मा ३६ जना खेलाडी सभागिता रहेकोे मध्य सिङल मेन्स मा १६ जना थिए भने डबल मा १० जना थिए फाईल खेलमा डबल को इन्छन ए ले कन्चनजघा लाई हराउँदै एन्छन ए को हुसेन सिङ सुनुवार र नरेन्द्र ले प्रथम उपाधी हात परे प्रमाण पत्र सहित पाँच लाख वन दोस्रो उपाधी कन्चनजघा ले २ लाख वन जिते भने सिङल तर्फ राजु लामा लाई हराउदै रोहन सुब्बा ले ३ लाख हात परे बिदेश रहे पनि खेल प्रति देखाएको चासो ले नेपाली हरु ले हरेक छेत्र मा पसिना सग सगै आफ्नु प्रगति गर्नु राम्रो पक्ष हो