All about Sunuwar

Archives

now browsing by author

 

कोइँच दृष्टिकोणमा नेपालको संविधान र हतास कोइँच युवाप्रति

DSCN8979–कोइँच बु काःतिच
१९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेदेखि नेपालमा लिखित कानुनको शुरुआत भएको पाइए ता पनि इष्ट इन्डिया कम्पनी त्र्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भइसकेको अवस्थामा हुकुमी शासन नटिक्ने ठानी पद्म सम्सेरले नेपालको बैधानिक कानुन २००४ नामक पहिलो लिखित संविधान बनाउन लगाए तर यो आंशिकरुपमा मात्र लागु भयो । जसमा शक्ति बाँडफाँडको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संवैधानिक व्यवस्था गरिए पनि राणा शासनलाई लामो समय टिकाइ राख्न श्री ३ महाराज राणा प्रधानमन्त्रीको अधिकारलाई कुनै कन्जुस्याई नगरि पूर्णरुपमा अधिकारसम्पन्न बनाइएको थियो । तर नागरिकको मौलिक हक, स्थानीय निकायको व्यवस्था, महालेखा परिक्षक, लोकसेवा आयोग, निशूल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था भने विना कञ्जुस्याईँ संविधानमा गरिएको थियो । यतिसम्म कि मुलुकको शासन सञ्चालन गर्न निर्वाचित तथा मनोनित प्रतिनिधिले मात्र सक्ने कुरा संविधानमै उल्लेख गरिएको थियो । त्यस्तै त्यस्तै नक्कल संविधान सभाले २०७२ सालमा बनाएको छ ।
उही खस बाहुनलाई माथिल्लो दर्जाको संवैधानिक जाति र हामीलाई चाहिँ तेस्रो दर्जाको नागरिक । यसमा होमा हो का साथ लाहाछाप लाउने आदिवासी जनजाति भनौदा पाजीहरुको के कुरा गर्नु तर चिन्नु जरुरी छ जनताको शक्ति हामीसँगै छ । दिन आउँछ । नथाक्नुहोस् आदिवासी जनजाति नेता र नथाक्नुहोस् आदिवासी जनजातिको अधिकार वहस पैरवी गर्ने सामाजिक कार्यकर्ताहरु । हाम्रो पहिचानको लडाईँ निरन्तर जारी छ ।
सुनुवार र मुखिया जडौरी पहिचानबाट मुक्त भै खाँटी कोइँच पहिचानको लागि अहोरात्र खट्नुहुने सबै कोइँच सामिबुमा आफ्नो पहिचानको युद्धमा कहिल्यै हतास नहुन अनुरोध छ । यो युद्धमा हिड्ने युवा साथीहरुमा हिजै मात्र पनि आत्मग्लानि र दिक्दारीको रुवावासी चल्यो । तर यि आँशुले एक दिन सार्थकता पाउने छ । हाम्रा शत्रु खस बाहुन हुन् भनेर रट्नु भन्दा पनि कोइँचको नाममा राजनीति गरेर ढाँडमा टेकेर घाँटीमा हान्ने सुनुवारहरु नै हाम्रो पहिलो शत्रु हुन् भन्ने कुरालाई पनि अब बिर्सनु हुन्न । सर्पसँग थोरै भए पनि बिख हुन्छ, खोइ कुन्नी अब कोइँचमा इख छ कि छैन समयले देखाउने छ । जाग युवा सधैं यही अवस्था रहँदैन, हाम्रो पनि पालो आउँछ । जालझेल र हेपुवाचेपुवा प्रवृति सधैं रहँदैन । छेउको सियो वीच र कुनामा पनि पुग्छ । कोइँच पहिचानको लागि लागी पर्ने एक जना जुझारु कोइँच युवाले सुनुवार सेवा समाजको भवनमा झारेका नुनिला आँशुले तमाम कोइँचको मन पोल्छ पोल्दैन कितनसाथ भन्न नसके पनि पहिचानवादी हामी कोइँचहरुलाई सदादिन पिरोली रहनेछ । हेरौं अभैंm बाहुनवादी कोइँच बन्न नसकेका सुनुवारको बाँकी दिनहरु कति नुनचुक दल्नमा उत्प्रेरित हुनेछन् । तर मन अमिलो बनेको छ, भाई … हतास नहुनु, हरेस नखानु, हिजोभन्दा भोलिको दिन सुनौलो छ अवश्य । अरु सधैं अरुकै लागि लडीरहेको बेला तिमी आफ्नै पहिचानको लागि लडेका छौं यो लडाइमा हाम्रा खाँटी कोइँचहरुले सम्झीरहनेछन् ।

किरातीहरुले कतारमा येले सम्बत् भव्यताका साथ मनाए

kaatar–भानु सुनुवार

१५ जनवरी २०१६ दोहा, कतार

किरातीहरुका नयाँ साल नक येले थोचे÷येले दोङ÷येले तङबे–५०७६ को शुभकामना आदान–प्रदान तथा बन भोज कार्यक्रम कतारमा भब्यताका साथ मनाए । कार्यक्रम तीन किराती संस्था सुनुवार सेवा समाज शाखा, किरात राई यायोक्खा शाखा र किरात याक्थुङ चुम्लुङ कतारको संयुक्त आयोजनामा भएको थियो । यहि १५ जनवरी शुक्रवारका दिन कतार स्थित अल समाल पब्लिक गार्डेनमा आयोजित कार्यक्रममा किरात मूल समारोह समितिका संयोजक सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष नर बहादुर सुनुवारको सभापतित्व र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरीको प्रमुख आतित्थ्य, किरात मूल समारोह समितिका उप–संयोजक किरात राई यायोक्खा कतार शाखाका अध्यक्ष अमृत कुमार राई, किरात मूल समारोह समितिका उप–संयोजक किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष मन कुमार आङबोको विषेश आतित्थ्य र कतारमा स्थापित विभिन्न राजनैतिक, सामाजिक, जातिय संघ÷संस्था र बुद्धिजीविहरुको आतित्थ्य रहेको थियो । पूर्खाहरुले कन्दमुल खाएर जीविका गरेको स्मृतिमा कन्दमुलमात्र खाएर मनाइने पर्वका रुपमा हाल चलनचल्ति पात्रो अनुसार माधे सक्रान्तिमा अहिले पनि किरातीहरु काँचो बन तरुलको टिका लगाउदै सबेरै काँचो बनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमुल भोजनका रुपमा ग्रहण गर्ने गर्दछन् । यसै दिनलाई किरातीहरुले नयाँ साल मान्दै आएकाछन् । उपस्थित अतिथिहरुले शुभकामना मन्तव्यको क्रममा किरातीहरुले आयोजना गरेको कार्यक्रमको सह्राना गर्दै किरात नयाँ सालको शुभकामना दिएका थिए । उल्लेख्य संख्यामा किराती तथा गैरकिरातीहरुको उपस्थित रहेको कार्यक्रम किरात मूल समारोह समितिका सदस्य सचिव कियाचु कतारका महासचिव डम्बर लिङखिम र किराया शाखा कतारका महासचिव एकराज राईको संयुक्त सञ्चालनमा भएको थियो ।

सबै चाड सिर्जित नै हुन, तामिसामिलाई टिका लगाएर शुभाशिर्वाद दिँदै येले थोचे सम्पन्न

-कोइँचबु काःतिच
DSCN8975१ माघ, काठमाडौं । सबै चाड सिर्जित नै हुन३ । हिन्दु, क्रिस्चियन, बौद्ध, मुस्लिम धर्मका चाडहरु पनि विस्तारै मानव सिर्जित चाड नै हुन । तपाईँहरुले धेरै पर जानै पर्दैन एक दुई दशक अगाडिको पात्रो हेर्नु भयो भने पनि त्यो थाहा हुन्छ । पहिला बाहुन्नीहरुले मनाउने तीज चलनचल्तीमा थिएन । अहिले जतासुकै व्यपकता पाएको छ । गुरु पुर्णिमा, बुबा तथा आमाको मुख हेर्ने के के हो के के चाड दिनानुदिन बढी रहेको छ । तर हामी कोइँचले नयाँ चाड सिर्जना गर्नु पर्दैन पुरानै चाडलाई पुनर्जिवित गरे पुग्छ । सामिबु पिदार हामीले मान्दै आएको चाड हो । तर माघे संक्रान्तिले गर्दा गौण मात्र पारेको हो । यही अवसरमा किराती कोइँचको नयाँ वर्ष पनि पर्ने भएको हुँदा सबै कोइँँच तथा किराती दाजुभाईहरुलाई सुख, शान्ति, समृद्धिको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु । सुनुवार सेवा समाजका अध्यक्ष मनपरसाद सुनुवारले कोइँच सामिहरुलाई पिदार गर्दै टिका लगाएर फलाहार दिएपछि सामिबु पिदार तथा येले थोचे ५०७६को शुभकामना आदानपरदान कार्यक्रमलाई सम्बोधन गर्नु भयो ।
सुनुवार सेवा समाज काठमाडौं जिल्ला समितिका लागि शोभा तथा जीवनकुमार सुनुवार किरातले आयोजना गर्नु भएको शुभकामना कार्यक्रममा सुनुवार सेवा समाज केन्दरीय समितिका कोषाध्यक्ष उत्तमकुमार सुनुवारले, सामिबु पिदार कुनै नयाँ नौलो चाड नभै हामी कोइँचहरुले परम्परागत रुपमा मान्दै आएको चाड हो । हाम्रो चाडपर्वका वारेमा न त पाठयपुस्तकमा पढन पाइन्छ न त नेपाल सरकारको सम्बन्धित निकायले नै खोजविन तथा प्रचारप्रसार गरिदिएको छ । यसैले सिलाम खाने, बनतरुल खाने, फापरको बटुक खाने, स्कुसको जरा, घर तरुल खाने अनि विहानै पानीको मुलमा नुहाएर प्रकृतिको पुजागरी छोरीचेलीलाई दहीचामलको टिका लगाई दक्षिणा दिने, दाल, गेडागुडि र चामाल दिने चलन कोइँचको चलन हो । यसदिन साउने संक्रन्तिमा पर्ने राँके पिदारमा राँके फालेको सिटा वा दियालोको ठुटा बालेर खिर पकाइ खुवाउने चलन छ । कतिपय कोइँच घरमा पितृ पुजा र दान गर्ने चलन छ भने यसै दिन किराँतीहरुकोा पहिलो राजा यलम्बरको सम्झनामा मनाइँदै आएको किराती सम्वत येले नै किराती सम्बत३ भएको समेत जानकारी गराउँनु भयो ।
इतिहासविद३हरुले समेत येले सम्बत प्रथम किरात राजा यलम्बरको स्मृतिमा मानिदै आएको सम्बत भएको तथ्या पस्केको बेला सुनुवार सेवा समाजले आजभन्दा पाँच वर्ष अगाडि नै कोइँचले मनाउने वर्षभरिको चाडपर्वको सुची सार्वजानिक गरेको छ । Read More

सामि पिदार तथा नयाँ वर्ष येले थोचे ५०७६

–कोइँचबु काःतिच (उत्तम)
हिन्दू संंस्कारमा लोग्ने पूजा, गुरु पूजा हुन्छ । साथै कालीको पूजा गर्ने भनेर निर्वस्त्र कन्य केटीको योनी पूजा गर्ने चलन छ । अनि बुबाआमाको मुख हेर्ने तिथि पनि निर्धारण गरिएको छ । तर नारी पूजाको कतै उल्लेख छैन । बरु नारी देवी हुन् । नारी शक्ति हुन् । नारी धर्ती हुन् भनेर फुक्र्याउने काम गरिन्छ । अहिले मनाउने गरेको फेब्रुअरी ८ नारी दिवस कुनै चाड होइन । तर किरात कोइँचमा प्रत्येक वर्ष माघ अर्थात् ङारिच १ नाबु (गते) चेलीबेटीको पूजा गरिन्छ । यस दिन महिलाको सम्मान स्वरुप कोइँच सुनुवारहरुले छोरीचेलीको पूजा गर्छन् । विहानै पानीको मूलमा गई मुख धुन्छन् । ढुङ्गाको प्रतिमा बनाउँछन् अनि फुको धागोेले त्यो प्रतिमालाई सात फन्को बाँधी माइ वा धर्तीमाताको प्रतिमा मानेर बनतरुल तथा अन्य फलाहार चढाई प्रकृति पूजा गरिन्छ र सुख, शान्ति, समृद्धिको बर मागिन्छ । त्यही बर मागी पितृ भाकेर घरमा बनतरुल ल्याइन्छ । छोरीचेलीको पूजा गरिन्छ । कालो मासको दाल, गेडागुडी, चामल पातको बोहतामा राखेर दाही चामलको टिका लगाएर दक्षिणा दिई मिठा मिठा खानेकुरा खुवाइ पूजा गर्ने परम्परागत चलन छ । यसै दिन फापर (तिते, मिठे) को रोटी, आप्mनो वरिपरि पाइने अन्य कन्दमूल खाने चलन छ । सम्भवतः जाडोको मौसम भएर होला गेडागुडीको परिकार र कन्दमूल खाने चलन चल्दै आएको हो । Read More

बाँदो (कथा)

–कोइँचबु काःतिच
आगो बली रहेको छ । अगेनामा रक्सी पारिँदै छ । तोअशिलको भाउजु मिकुन बाटाबाट पानी फाल्दैछिन् । तोअÞशिल विरामी भएको तीन दिन भइसकेको छ । उ ओच्छ्यानमा पल्टीरहेको छ । जोखना हेर्न काँसाको थालमा तोअÞशिलको आमा, क्लेम्लीले अक्षेता दालसोर पोइँबोलाई दिन्छिन् । तोअÞशिल खुइ गर्दै भित्तामा सिरानीको अडेश लागेर यि सबै गतिविधि हेरीरहेको छ । उसको ओच्छ्यानको छेउमै एलोपेथिक औषधि, पानीको भाँडा छन् ।
दालसोर, तीन औंलाले अक्षेता च्यापेर थालमा राख्छ । सुइ सुइ सुसेला हल्दै चिङ–गा हेर्दै जान्छ ।
ला ला केटाको ग्रह बलियो भएर मात्र हो भाउजु, नभए त चानचुने मान्छे खप्दैनन् त । अलि साह्रो गाहे नै भएको रहेछ । टाउको हल्लाउँदै दालसोरको आमा क्लेम–लिलाई बताउँछ । ला भाउजु मेसेल्मीलाई बाँदो उठाएर पिदार गर्नुपर्छ । अलि खर्च र दुःख त हुन्छ । तर डराउनु पर्दैन । निको हुन्छ ।
क्लेम–लिले कोदो, रातो सेतो ध्वजापतका, भेटी ल्याएर राख्छिन् । दालसोरले तोअÞशिललाई यताउता मन्साउँछ । र, चामल, बेसार मोलेर खुवाउँछ । अनि तीन महिनाभित्र पिदार गर्ने वाचा बन्धन गर्दै मेसेल–मिको बाँदो उठाउँदै बाँधो बाल बच्चा र अन्य जातिले छुन नसक्ने गरी दलिनमा झुण्डाउँछ दलसोरले । बाँदो उठाएपछि साँच्चिकै चमात्कारिक रुपले तोअÞशिलको विमारमा परिवर्तन र क्रमशः सुधार हुँदै आउँछ । उ पहिलेको जस्तै गाउँभरको हरेका कार्यक्रममा संलग्न हुन पुग्छ । Read More

हार्दिक श्रद्धाञ्जली

baju adहार्दिक श्रद्धाञ्जली

रिमाचोमा 

स्थान ( बैठक कोठा ), समयः दिउसो , पात्रहरूः तोसिल , नम्सीफु , सेवल
तोसिल सोफामा आरामले बस्दै ष्याँदर सीलको भिडियो अन गर्न थाल्छ । उनकी श्रीमती नम्सीफु रंगीचंगी धागो सुल्झाउदै फेनेरेल्फ बुन्नमा व्यस्त छिन १ ढ्याम्म ,ढ्याम्म ,ढ्याम्म ।।।झ्याकुम ,झ्याकुम झ्याकुम ।।। ढोल र झ्याम्टाको ताल र धुनले नम्सीफुको ध्यानभंग हुन्छ ।
नम्सी – जब आफ्नो जरी (चाड ) आउछ तब हामि जस्तै बिदेशमा बस्नेहरु नोस्टाल्जिक हुन् पुग्छन भन्थे ! हो बामेबात आन बाबु, उसमाथि पनि आफ्नो रिमाचोमा जतिको प्यारो अरु हुने सक्दैन १ बरु छोरा छोरीहरुसँगै बसेर हेर्दा राम्रो हुने थियोकि बुढो ?
तोसिल – हेरुम्लानी फेरि पनि के भो र ! आफ्नो गाउघर तिर श्यांदर आउदा मैनाभर ढोल सिल गर्दै गाउ घुमिन्थ्यो रे उइले ! अब ऐले हामि अडियो सुन्दै भिडियो हेर्दै मैना बिताम्ला ! तिमि बरु त्यो झल्लरि मल्लारी छाडी देउ । ढोल र झ्याम्टाको ताल धुन खुबै मिलेको छ । आऊ बरु नाचौँ बुढी बुढा१ यो घ्याप्पे पेट पनि हलुङ्गो होलाकी कतै !(नाम्सिको हात तान्दै) ।
नम्सी – होइना अब श्यादर आउदै छ फेनेरेल्फा लगाउनु पर्दैन तिमि बुढालाई रु फुर्का सबै चुट्टेको रछ र यसो बल्ल तल्ल मौका मिलाई गास्दैछु कहा नाची बस्न पाउछु म १ एकछिन पछि सबैलाई भोक लाग्छ भन्सेरी बन्ने पर्यो ! आफु भरखर थाकेर आकोछु कामबाट कुन जागरले नाचौ अब ! उ सेवाल आयो, अब बाबु छोरा नाच ! मलाइ आफ्नो काम गर्न देउ (बैठक कोठामा सेवलको प्रबेस)
सेवाल –आज बाबा हजुरको काम छैन (सिधै बाउतिर प्रश्न गर्छ)
तोसिल- किन हौ, मेरो खाली कामै मात्र भइरहोस् भन्छौ जस्तो छ नि तिमरले रु म बुढो गोरु हु तर हलो तान्नुमा अझै तिमरलाई पछि राख्छु ल रु किरातीको छोरो पो हु बाबै ! अनि खै त् तेरो लोबम (सोफामा बस्दै)
सेवाल – त्यसो भनेको हैन बाबा ! प्राय हजुरको कामै हुन्छ । आज यसरी घरमा रमाइलो गर्दै बस्नु भएको देख्दा खुसी लाग्यो ,मेरो इन्टेन्सन गलत थिएन ! हजुर आफूले नेगेटिभ लिनुहुन्छ भने हामीले के नै भन्न सक्छौ र रु मिम्सिमा त काममा गाकिछे आज उनको लेट सिफ्ट हो राति अबेर मात्र घर फर्किन्छे !अनि चण्डी हेर्नु भएको रछ्नी त्यै भएर बाबालाई जोस चलेको जस्तो छ डान्स गर्नलाई ! चण्डी डान्स क्या फनि लाग्छ !(हास्दै)
तोसिल- सेवाल ,आजदेखि चण्डी भन्न बन्द गर श्यादर भन्न सिक श्यादर ! ल योश्यादर भिडियो पछी हेरम्ला ऐलेलाइ भने बसेर बात नै मार्नु जरुरि लाग्यो ! कुराको प्रसंगमा उठेको बिषय बस्तुलाई ठिक समयमा क्लियर कट गर्नु बेस्ट हुन्छ ! ममी ल तिमि पनि साथ् देउ है मलाइ ! ल आइजा बस छोरा बाउको छेउमा ! अब छोरीलाइ भने उनको हाम्रो फुर्सद मिल्दा बताम्ला ! ( छेउमा छोरालाई सबाउदै)
तोसिल- आज छुट्टि हो मेरो कति मात्र ओभर टाइम गर्नु । शरीरलाई पनि आराम दिनुप¥यो नि ।खासमा त् नाइट डिउटी थियो मैले अफ लिए ! आज साँझ ढोल सिलको प्राक्टिस गर्ने सल्ला भाकोछ ! अनि तँ आज दिनैभरि घरैमा छस् रु सुतेर बसिस् ?
सेवाल- रातभरि काम गरेर बिहान ६ बजे त आएर सुतेको हो नि म पनि । आज अलि छिट्टै उठेको युनिको एसाइनमेन्ट गर्न । त्यही गर्दै बसेको थिएँ । तपाइले चण्डीको भिडियो लगाउनु भएछ । ढोल झ्याम्टाको धुनले मलाई पनि बसेको ठाउबाट उठाएरै छाड्यो ।
तोसिल – ल हेरन चण्डी भन्यो फेरि ! हामी किराँतीहरुको विशेष पर्व उधौली र उभौलीलाई ,हाम्रो कोइंच सुनुवार भाषामा श्यांदर जरी भन्छौ ! राइहरुले साकेला ,लिम्बुहरुले सिसेक्पा र अन्य किरातीहरुले आ आफ्नो जातीय भाषामा बिभिन्न नामले आफ्नो रिमाचोमा झल्काउने नामबाट उभौली उधौली मान्छन ! चण्डी शब्द हिन्दु संस्कृति बाट आएको हो खास गरि हाम्रो जिजु किकि पिकिहरुको पालोमा ! यहि चण्डी शब्दले हाम्रो रिमाचोमा झल्काउने जरीको श्यांदर नाम ओझेलमा परेको हो १ यो थाहा भएदेखि गाउ देखि ठाउ सम्म आफ्नो मौलिक रिमाचोमा झल्काउने चाड पर्वलाई आफ्नै जातीय बोलीमा पुकार गर्ने अभियान चलेको छ १ पिता पुर्खाहरुले आदिम काल देखि मानि आएको र भनि आएको संस्कृतिलाइ रिति थितिलाई संरक्षण र सम्बर्धन गर्नु हाम्रो ठुलो दायित्व हो छोरा बुझी राख्नु तिमीले
नाम्सिफू – अब यसले बुज्ला र यस्तो कुरा रु अलि अंग्रेजी भाषामा भान्दिदा प्रष्ट हुन्छ होला १
तोसिल – गलत १ एकदम गलत ११ आफ्नो बारेमा बुझाउनु पर्दा आफ्नै भाषामा बुझाउनु राम्रो कुरा हो नाकी अरुको भाषामा १ त्यै भएर तिमि हामीले आफ्नो छोरा छोरीलाई घर भित्र आफ्नै नेपाली भाषा नै सिकाएको हैन र रु अझ हामीले त् आफ्नो मातृ भाषा कोइच लो सुनुवार भाषा पनि बोल्न सिकाउनु पर्छ र आफुले पनि बोल्नु पर्छ १ भाषा र संस्कृति रहे सम्म हरेक मानिसको आफ्नो जातीय र राष्ट्रिय पहिचान रहन्छ १ जब भाषा र संस्कृतिको अवसान हुन्छ तब मान्छेको पहिचान र अस्तित्व समाप्त हुन्छ १ हामि जुनसुकै देशमा जुन उद्देश्यले बसोबास गर्न पुगे पनि नेपाली नै भएर बाँच्ने छौ ,कोइंच सुनुवार नै रहने छौ ! बुजिस छोरा तैले  ( सेवाल तिर हेर्दै )
सेवल – बाबा ,ममि म राम्रो संग बुझ्न सक्छु आफ्नो राज्यको भाषा तर आफ्नो सुनुवार भाषा कोइंच लो भने सिक्ने तरखरमा छु ! अनलाइनबाट कोइंच लो र सुनुवार भाषा सिक्ने चाँजो मिलाउदैछु कातिच सरसंग ! घर भित्र हजुरहरु प्राय नेपालीमा बोल्नु हुन्छ ! हामीलाई सिक्ने मौका मिलेको छैन १ अनि ममि ,मेरो समकालीन साथीहरु सबलाई यो युकेको हावाले छोको छैन १जसको बाबु आमा हजुरहरु जस्तै बिचार धाराका छन् उहाहरुको छोरा छोरीले आफ्नो देश र आफ्नो बारेमा सरोकार राख्ने कुराहरु आफ्नै भाषामा सुन्न र भन्न रुचाउछन १ अनि ममि एउटा कुरा थप्छु म , मानिसलाई उसले बुझ्ने भाषामा भन्दा उसको दिमाखमा छुन्छ र उसको आफ्नै भाषामा भन्दा सिधै उसको मुटुमा छुन्छ १आमा तिर हेर्दै भावुक बन्दै०म अंग्रेजी भाषा राम्रो संग बुझ्छु तर यसले मेरो दिमाग सम्म मात्र छुन्छ भने नेपाली र कोइंच लोमा ,मेरो आफ्नो भाषामा भनेको कुराले मुटुमा सिधै मुटुमा छुन्छ १
तोसिल – स्याब्बास छोरा १ बल्ल अब चाइ केटो सप्रेछ १ यति भए पछि त् बाउ बाजेको नाक थाम्ने छ बुढी हाम्रो हिरोले १ अनि अघि तैले श्यादर सिल्लाई किन फनि लाग्छ भनेको हा रु
सेवल – बाबा ,त्यो चाइ मैले सत्य भनेको हो है १ अब गाउ घरमा यस्तो हुन्छ उस्तो हुन्छ भन्नु हुन्छ तर हामीले देख्न पाएका छैनौ १ शहरतिर जन्मी हुर्कियो १ स्कुलमा खालि दशैँ, तिहार,तीज आदि हिन्दु पर्वको बारेमा पढियो र नेपाल देखि विदेश जहा बसे पनि नेपालीहरुको मुख्य चाड पर्वमा दशैँ ,तिहार र तिजको मात्र चर्चा भएको देखिन्छ १ अनि मिडियाबाट पनि दशैँ तिज जसरि श्यादर ,साकेला ,लोसार ,जितिया तपाइहरुले भन्नु भए जस्तै बिभिन्न जात जातिहारुको चाड पर्वको बारेमा चर्चा नै हुदैन त् जति हुनु पर्नेहो १ अब यस्तोमा यदाकदा कलरफुल लुगा गहनामा ड्रम बजाउदै बुरुक बुरुक उफ्रेर नाचेको देख्दा फनि लाग्दैन त् १(हास्दै )
नम्सी – सिसि पाउ १ आफ्नो रिति परम्परालाई त्यसरी हाँसोमा उदाउनु हुन्छ रु अब त्यै दशैँ र तिज जस्तो एकल भाषा धर्म संस्कृतिको पहिचान दिने पर्वको मात्र चर्चा मिडियाले गरे पछी, समाजमा लादे पछी अन्य धर्म संस्कृतिका पर्वहरु ओझेलमा परेका हुन् र पारिएका हुन् भनेर त अघि नै तिम्रो बाबाले भनि सक्नु भयोनी १ यी सब राजनीतिक चलखेलका कुरा हुन् र राज्य सत्ता एकात्मक्बादीहरुको पन्जामा फसेको हुनाले हामि जस्तो आदिबासीहरुको पहिचानहरु ,अधिकारहरु धमिलियेका हुन् र खोसिएका हुन् १ तिम्रो बाबा ,बाजे ,बराजुहारु लाहुरे भर्तिहुनु ,बाजेहरूले किताव छुन नपाउनु ,हामि आफ्नो धर्म संस्कृति खुलेर मान्न नपाउनु ,भाषा बोल्दा जंगली भनि माग्नु र बोल्नबाट बन्चित हुन् ,जबर्जस्ति हिन्दुकरण गरेर हाम्रो अस्तित्वलाई मास्न खोज्नु आदि जस्ता प्रसस्तै कारणहरु छन् आफ्नै देश भित्र हामि जस्तो मुल्बासिहरुले भोगेका पीडाहरु १ अन्याय र विभेदका दलदलमा छन् हाम्रै आफ्नाहरू अझै आफ्नो देशमा आफ्नो अपनत्व महसुस गर्न नपाएर १
तोसिल – आजको समयमा हामीले राजनीतिक बिषय माथि अपडेट हुन् त् अत्यन्त जरुरि छ १ जसको कारणले हामि धेरै पछि परेका छौ र आफ्नै राज्यमा ,आदिम कालदेखि रजगज गरि आएका हामि ,फिरन्तेहरुबाट शोसित दमित हुदै हुदै आज दोस्रो दर्जाको नागरिक बनेका छौ १ हाम्रो भाषा ,धर्म , संस्कार ,भूगोल खोसिएर नाङ्गो अवस्थामा छौ र यो हाड र छाला मात्र दिन बाकि रहेको अवस्थामा चेत जगाउन नसके अगाडी अन्धकार मात्र रहने छ १ भै गो अब यो बिषयलाई मोडौ अर्को दिन बिस्तारै छलफल गर्दै गरम्ला १ एलेलाई हाम्री आउना लागेको श्यांदर पिदारको बारेमा छलफल गरम १
सेवाल – कुरा अब प्रष्ट भयो अलिकति भए पनि १ जे होस् म यसलाई गहिराइमा बुझ्न चाहान्छु १ आखिर किन यस्तो पक्षपात एकाइ देशको नागरिक हरु माथि भनेर सोच्ने त् गर्थे म १कुरा त् पोल्टिकल के भन्छ राजनीतिले पो ठुलो भूमिका खेलेको रहेछ १ म यसलाई आजको दिनबाट अध्यन गर्न थाल्नेछु १ ल बताउनुस बाबा ममी श्यादर लाइ उधौली अनि उभौली किन भनेको हो ?
नाम्सिफू – ल बाउ छोरा मजाले श्यादरको गनथन गर म चाइ खाजा बनाउन जान्छु बरु के खाने रु
तोसिल – युकेको चिसोमा फाल्गी खाना पाए मज्जा आउने थियो आफ्नै गाउको याद गर्दै नत्र नया पाकेको अन्नको जाइतुइ बनाउन शयादर जरिमा खाना मिल्ने १(हास्दै जिस्केको भावमा ) Read More