Archives
now browsing by author
चुप्लुहोपो आ खोँमिग्युग्र्युर
–कोइँचबु काःतिच
मार केक्खी दिङ्ना
मार कचो ओचो सोअÞशो
मार सोशो सोपिक्का
माराइ बाला
दोदेशोन बाला
गो चुप्लु होपो
नेल्लिकालि क्लोत जेश्शो बुदि जेद्नुङ
नेल्लिकालि नाअशा पुलु तेअनुङ ।
तुइतानि पुलु रोइआ रोल्सिचास मे
मातुइतानि ग्लाँगा पुइँलारि फुर्कु मे
गो वाँचेर आ चासि जासि सेल्बा ख्लाबालु
नेल्लिआ क्यारि चोँतेक चोँःफालु
मिम्तानि रिम्शो गो
बुबु बुल्बुल
थुँ केर्पा कोतिनि गो
केराः काक खारनि क्लोँकुल ।
गो दा नेल्लिकालि शाअÞ फ्लिप्शा
नेल्लिनु गार्शा बालामि बाला फोअ ख्लोप्शा
इनकालि यो आनकालि यो
नेल्लिकालिनु गार्शा शाअ ब्लिप्शा
चुप्लुमि प्लोँपिल खिअशा ताँगे किया
नोले इःशिकोम्थि गाप्तेक थारि होइयो काका देँशो नाङ
आँकालि दा लाप्लो चोअÞशो लाङ्गा होदिङा मेरे
गो ला मार इँकालि मिम्चा
गो यो चुप्लु होपो नाङ
गो यो माराइ माराइ जेन्ने चाप्नुङ
चोगे, गो देनादेन नुङ
मिः शाअÞचा मादुम्बा
चुः तारि गाअÞचा मादुम्बा
चुले ः नाअÞचा मादुम्बा
साउ–हिक्वा शाअÞचा मादुम्बा
देनादेन नुङ कोङ खे
गो चुप्लुहोपो, ग्लोमि
आँ चुप्लु दोपा राइचा माल्शो गोमि तुइश्शो नुङ
आँ ङोइँति थेसेलेश्शा खोइलि बेर हाम्शा
इ ताइलि माकोइँदि ।
—————-
काःत, खिँचि, चुप्लु (ओखलढुङ्गा)
ब्लाङ
–कोइँचबु काःतिच
सुनि नोम्ले गो ब्लाङ जिति
गो आँ नोले लोः ख्लोइबा ला मामे
आँकालिन सिर्बा ग्युरा पेरा यो शुशि कोइँच थिदुनु ।
गो ब्लाङ जिति
आँ ङोइँति रिश्शा गुइः हार्बान
आँ ताना तान माहेश्शो चुअबुमि थेशेल पा सिर्दिनु ।।
चोगे एँ चोगे
कोइँच वार्चि सामिबु
गो साइरे देँशो नाङ शाँ
कोइँचआ जेब जिअबा कोइँचिन नामि ।
तुइतिनि माइँ शाँ
मुल दा आइँ लाँ तेअबा सु बाअमे दे ?
शेङ्ना
तुइति तुइतिके यो मातुइश्शो तोज पाइनिनि
मिनुकाका
आम लोतो !
ब्लाङ जिअनुङ !
रिङ्ने कोइँच !
ग्याबार्गिबिर निप्शा
प्लेके ख्लिः ग्लिचिक ग्लिचिक दिम्शा
आन शोःमि ताइचाङा,
ताँ आम मुर्पुकिन !
सुकालि मो पाचा देँचा ?
मिम्शा गो आँमिन ब्लाङ जिअनुङ ।
—————
काःत, तिसुप, चुप्लु ओखलढुङ्गा
रामेछापको पुरानो फुटबल खेलाडी सुतेका ओच्छ्यानमै मृत
सुनुवार डट ओआरजि समाचारदाता ।
१२ माघ, काठमाडौं । रामेछापका प्रितिका फुटबल प्रेमी तथा खेलाडी जगत बहादुर सुनुवार हिजो बेलुकी आफन्टको (भक्तपुर) मा पाहुन जाँदा सुतेकै ठाउँमा सुतेको सुत्यै हुनुभए पछि अहिले त्रि.वि.वि. शिक्षण अस्पताल, महाराज गञ्जमा पोष्ट मार्टम भइरहेको छ ।
रामेछाप प्रिती लुँखी गाउँका टंक लुुँखिच र प्रिती ग्युदुका प्रेम सुनुवार लगयत उहाँको परिवार शिक्षण अस्पतालमा पोष्टमार्टम गराउँदै हुनुहुन्छ । जगत सुनुवार पहिलो पटक लिखुबेल्टमा गोल्डकप आयोजना गराउने व्यक्तित्व हुनुहुन्छ ।
खोटो संविधानको विरुद्धमा पुतलीसडकमा विरोध प्रद्र्शन
–कोइँचबु काःतिच
संसारकै उत्कृष्ट संविधान भनेर खोक्न लाज नमान्ने नेताहरुको अगाडि मौन जुलुस र धर्नाको के औचित्य ? धेरैलाई यस्तै प्रश्नले गिदीमा विचारको ख्यु
रा रयालिनु स्वभाविक हो । ता पनि आदिवासी जनजाति नेपालको इतिहा मा मानव अधिकारको लागि सडकमा उत्रिन भने छाडेका छैनन् । आन्दोलन कहिले उत्कर्षमा पुगेको महुशूस गराउँछन् त कहिले आन्दोलन शेम्शा गएको भान पार्छन् । जे होस् युद्धमा अनेक रणनीतिको प्रयोग हुन्छ । यस्तै यस्तै धेरै आन्दोलन, अभियान र विरोधको ढाँचालाई पच्छाउँदै गएका आदिवासीहरुले आज पुतलीसडकमा मौन धर्ना सहित विरोध प्रदर्शन गरेका छन् ।
सो विरोध प्रदर्शनमा सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा कोइँच सुनुवारहरु पनि प्रदर्शनमा उभिएका छन् । नेपालका आदिवासी जनजतिहरुको अधिकार सम्बन्धि वकिल समूह –लाहुर्निप) को अगुवाईमा केही महिनादेखि आयोजित यस्तो विरोध कार्यक्रमले नेपाल सरकारलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा दबाब सिर्जना भएको जानकारी पनि प्राप्त भएको आन्दोलनका सहभागीहरुले बताएका छन् ।
राजधानीको मुख्य मुख्य चोकमा आदिवासी जनजातिको मानव अधिकारसम्बन्धिका विभिन्न प्लेकार्ड सहित उपस्थित भएका आदिवासी जनजातिहरुको यो अभियानलाई बुद्धिजीवि वर्गले प्रशंसानीय आन्दोलनको अभियान भनेका छन् । “यस्तो विरोध प्रदर्शनले हामी काम गरेर खानेलाई राम्रै गरेको छ । कुन दिन कहाँ यस्तो कार्यक्रम गर्ने भन्ने जानकारी सामाजिक सञ्जलमा शेयर भए एक दिन फुर्सद मिलाएर म पनि सहभागी हुने थिए”ँ, एक ट्याक्सी चालकले आफ्नो धारणा राखेका थिए । Read More
जयकृष्ण सुनुवार परिवारलाई सुनुवार सेवा समाज शाखा साउदी अरेबियाको सहयोग।
साउदी अरेबिया 24 जनवरी 2016। आगलागी बाट पीडित पाचथर ओलने दशमी बजार निवासी जयकृष्ण सुनुवार परिवार लाई सहयोग स्वरुप सुसेस साउदी अरेबिया को तर्फबाट 40,000 रुपैया र रोजगारी को सिलसिला मा रहनु हुने सहयोगी टिक बहादुर सुनुवारबाट 11,500 गरि 51,500 रुपैया सम्बन्धि त स्थान मा हस्तान्तरण गरिएको छ। सुसेस शाखा साउदी का संयोजक देव सुनुवार को संयोजकत्वमा सुसेस साउदी को कार्यसमिति का पदाधिकारीहरु को विशेष पहलमा सुनुवार सेवा समाज केन्द्रिय कार्यलय काठमाडौ को माध्यम बाट सो रकम हस्तान्तरण गरिएको हो। सुनुवार सेवा समाज केन्द्रिय अध्यक्ष श्री मन प्रसाद सुनुवार ज्यु ले सो कार्य सुनुवार एकता को कारण सम्भव भएको र समस्त सुनुवारहरु को दुख,सुख को साथी सुसेस यस कार्य प्रती आभारी रहेको बताउनु भयो। गत हप्ता पीडित जयकृष्ण सुनुवार को घर उक्त घटना घटेको थियो। भौतिक सम्पत्ती को व्यापक क्षेती भए पनि परिवार सुरक्षीत रहेको र पीडित जयकृष्ण सुनुवार लाई साधारण चोट लागेको थियो। उक्त आगालागी बाट करोडौं को क्षति भएको सूचना प्राप्त भएको छ।
थोरै आदिवासी जनजातिहरु मानवाधिकारको लागि एक जुट हुँदै
–कोइँचबु काःतिच
माघ १०, काठमाडौं । संसारको उत्कृष्ट भनि दाबी गरिएको संविधानसभाबाट जारी संविधानले थोरै जनसंख्या भएका आदिवासी जनजातिहरुको मानवाधिकार कुण्ठित गरेको हुँदा एक जुट भएका छन् । २०४७ सालमा संविधान जारी गर्दा पछि उत्पपिडक शासक वर्गले सन्सारकै उत्कृष्ट संविधान भनि सार्वजानिक रुपमा बोलेका थिए । आखिर ४ वर्षमा जनयुद्ध निम्तायो । अहिले पनि लाजै नमानी खसबाहुन शासक र खसबाहुनको ढोके, हुक्के, सुसारेले संसारकै उत्कृष्ट संविधान भन्ने गरेका छन् तर नेपालको इतिहासमा संविधान जारी भएपछि कित्ता काट गरेर स्कर्टिङमा राती सवारी चलाउनु पने, महँङ्गीको मार जनताले खेप्नु पर्ने र आफ्नै भूमिमा संविधान जारी गर्ने सभासद्ले पाइला राख्न नसकेको अवस्था सिर्जना गर्ने र कार्यन्वयन नभै जारी भएको चार महिनामै संविधान जारी गर्नु पर्ने संविधान चाहिँ संसारमा नेपालकै हो । यस्तो विषम् परिस्थितिमा थोरै जनसंख्या भएका आदिवासी जनजातिको मानवाधिकार कुण्ठित भएको हुँदा निरन्तर संघर्षको लागि संगठित भएका हुन् । आज धुमबराही एस आए क्याटरिङमा आदिवासी जनजातिको ऐन २०५८ अनुसार सुचीकृत आदिवासी जनजातिमा ४८ आदिवासी जनजातिहरु थोरै जनसंख्यामा छन् । भर्खरै नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले २३ अल्पसंख्याकहरुको स्वायत्त क्षेत्र जारी गरेपछि सोही विषयमा पनि छलफल गरिएको थियो । उक्त स्वायत्त क्षेत्र भनेको गाउँपालिका जस्तो अधिकार विहीन स्वायत्त क्षेत्र हुनसक्ने पनि सहभागीहरुले छलफलमा वहस उठाएका थिए । आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष पासाङ शेर्पाको अगुवाईमा भएको सो भेलामा २५ भन्दा बढी आदिवासी जनजातिको उपस्थिति रहेको थियो । सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले अबका दिनमा आन्दोलन भने पनि अभियान भने पनि एजेण्डा प्रस्तुत गरेर आगामि दिनमा कसरी अगाडि बढ्ने र को को सँग सहकार्य गर्ने कार्य योजना बनाउनु पर्ने छलफलमा प्रस्ताव राख्नु भयो ।

