All about Sunuwar

खोटो संविधानको विरुद्धमा पुतलीसडकमा विरोध प्रद्र्शन

–कोइँचबु काःतिच
संसारकै उत्कृष्ट संविधान भनेर खोक्न लाज नमान्ने नेताहरुको अगाडि मौन जुलुस र धर्नाको के औचित्य ? धेरैलाई यस्तै प्रश्नले गिदीमा विचारको ख्यु12583761_1050837848271658_368624087_nरा रयालिनु स्वभाविक हो । ता पनि आदिवासी जनजाति नेपालको इतिहा मा मानव अधिकारको लागि सडकमा उत्रिन भने छाडेका छैनन् । आन्दोलन कहिले उत्कर्षमा पुगेको महुशूस गराउँछन् त कहिले आन्दोलन शेम्शा गएको भान पार्छन् । जे होस् युद्धमा अनेक रणनीतिको प्रयोग हुन्छ । यस्तै यस्तै धेरै आन्दोलन, अभियान र विरोधको ढाँचालाई पच्छाउँदै गएका आदिवासीहरुले आज पुतलीसडकमा मौन धर्ना सहित विरोध प्रदर्शन गरेका छन् ।
सो विरोध प्रदर्शनमा सुनुवार सेवा समाजको अध्यक्ष मनप्रसाद सुनुवारको नेतृत्वमा कोइँच सुनुवारहरु पनि प्रदर्शनमा उभिएका छन् । नेपालका आदिवासी जनजतिहरुको अधिकार सम्बन्धि वकिल समूह –लाहुर्निप) को अगुवाईमा केही महिनादेखि आयोजित यस्तो विरोध कार्यक्रमले नेपाल सरकारलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा दबाब सिर्जना भएको जानकारी पनि प्राप्त भएको आन्दोलनका सहभागीहरुले बताएका छन् ।
राजधानीको मुख्य मुख्य चोकमा आदिवासी जनजातिको मानव अधिकारसम्बन्धिका विभिन्न प्लेकार्ड सहित उपस्थित भएका आदिवासी जनजातिहरुको यो अभियानलाई बुद्धिजीवि वर्गले प्रशंसानीय आन्दोलनको अभियान भनेका छन् । “यस्तो विरोध प्रदर्शनले हामी काम गरेर खानेलाई राम्रै गरेको छ । कुन दिन कहाँ यस्तो कार्यक्रम गर्ने भन्ने जानकारी सामाजिक सञ्जलमा शेयर भए एक दिन फुर्सद मिलाएर म पनि सहभागी हुने थिए”ँ, एक ट्याक्सी चालकले आफ्नो धारणा राखेका थिए ।
“विगतमा नेपाल बन्द गर्दा टाएर बाल्नुको सट्टा नाचगान र साङ धुप बालेर चोकचोक नै मग्मग सुगन्ध पैmलाएरु चर्चा कमाएको आदिवासी जनजातिको यो विरोधको शैली मलाई मन परेको छ । जसरी पनि सरकारलाई आफ्नो माग प्रति आकर्षण गर्नु र आम जनतालाई जानकारी गराउनु हो र कुटनीतिक दबाब दिनु हो यसरी महत्वपूर्ण ठाउँमा बसेर विरोध कार्यक्रम आयोजना गरेकोमा धन्यावाद दिन्छु आदिवासी जनजातिहरुलाई पुतली सडक, जहाँ मौन विरोध प्रदर्शन गरिरहेका छन्,” का एक मोटरपार्टस् व्यवसायीले आफ्नो विचार पोखे ।
आदिवासी जनजातिका परम्परागत तथा प्रतिनिधि संस्थाहरु तथा व्यक्तिगतरुपमा उपस्थित भएका आदिवासी जनजातिहरुको यो विरोधको शैली सधैं यस्तै रहने हो कि फेरिन सक्छ भन्ने प्रस्नको जवाफमा सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवार भन्छन्, “आदिवासी जनजातिको आन्दोलन निरन्तर चलीरहेने छ र यो चरणगत आन्दोलन हो । हामीले अहिलो पहिलो चरनमा जनताहरु मधेसी आन्दोलनको कार12606756_1050837818271661_1205609362_nणले मारमा परेको हुँदा यसरी कसैलाई बाधा नपर्ने तर आदिवासी जनजातिहरुको आवाज सबै माझ पुराउनको लागि आयोजना गरिएको हो । हाम्रो आन्दोलनका विभिन्न रुपहरु तय गरेको छौं । त्यो विस्तारै सार्वजानिक गर्ने छौं । एकल जातिय, एकल भाषिक, र एकल धार्मिक राज्य व्यवस्थाको अन्त्य हुनु पर्नेमा झनै खस बाहुन चाहिँ संबैधानिक जाति घोषणा गरेर सैनिकको घेरामा जारी गरेको संविधानले हामी आदिवासी जनजातिको मानवाधिकार सुरक्षा गर्दैन बरु त्यसको उलंघन गर्दै छ । यसको लागि पनि हाम्रो आन्दोलन जारी रहनु जरुरी छ र यो वर्म अप हो अब निर्णयक आन्दोलन गर्न बाँकी नै छ । त्यो निर्णयक आन्दोलन भनेको जब सबै आदिवासी जनजाति जाग्छन् कुनै न कुनै दिन हुने नै छ । हाम्रो आन्दोलन सधैं यसरी नै अगाडि भने जाँदैन । स्वरुप अवश्य नै फेरिन्छ ।”
१९१० मा जंगबहादुर राणाले मुलुकी ऐन जारी गरेदेखि नेपालमा लिखित कानुनको शुरुआत भएको पाइए ता पनि इष्ट इन्डिया कम्पनी त्र्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भइसकेको अवस्थामा हुकुमी शासन नटिक्ने ठानी पद्म सम्सेरले नेपालको बैधानिक कानुन २००४ नामक पहिलो लिखित संविधान बनाउन लगाए तर यो आंशिकरुपमा मात्र लागु भयो । जसमा शक्ति बाँडफाँडको सिद्धान्तानुसार कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको संवैधानिक व्यवस्था गरिए पनि राणा शासनलाई लामो समय टिकाइ राख्न श्री ३ महाराज राणा प्रधानमन्त्रीको अधिकारलाई कुनै कन्जुस्याई नगरि पूर्णरुपमा अधिकारसम्पन्न बनाइएको थियो । तर नागरिकको मौलिक हक, स्थानीय निकायको व्यवस्था, महालेखा परिक्षक, लोकसेवा आयोग, निशूल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था भने विना कञ्जुस्याईँ संविधानमा गरिएको थियो । यतिसम्म कि मुलुकको शासन सञ्चालन गर्न निर्वाचित तथा मनोनित प्रतिनिधिले मात्र सक्ने कुरा संविधानमै उल्लेख गरिएको थियो । त्यस्तै त्यस्तै नक्कल संविधान सभाले २०७२ सालमा बनाएको छ ।
“उही खस बाहुनलाई माथिल्लो दर्जाको संवैधानिक जाति र हामीलाई चाहिँ तेस्रो दर्जाको नागरिक । यसमा होमा हो का साथ लाहाछाप लाउने आदिवासी जनजाति भनौदा पाजीहरुको के कुरा गर्नु तर चिन्नु जरुरी छ जनताको शक्ति हामीसँगै छ । दिन आउँछ । नथाक्नुहोस् आदिवासी जनजाति नेता र नथाक्नुहोस् आदिवासी जनजातिको अधिकार वहस पैरवी गर्ने सामाजिक कार्यकर्ताहरु । हाम्रो पहिचानको लडाईँ निरन्तर जारी छ ।”- आदिवासी जनजातिको आन्दोलन शिथिल हुँदै गएको भनेर निरास जनाउने युवाहरु तथा नेताहरुलाई सबैलाई आश्वस्त पार्दै सुनुवार सेवा समाजका उपाध्यक्ष रणवीर सुनुवारले भन्नु भयो ।

तस्वीर : शोभा सुनुवार “जुलियट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *