Archives
now browsing by author
एउटा नटवर लालको अवसान पश्चात ढटुवारलालको शासन शुरु ?
-शंकर लिम्बु.
केपी नम्बर वान नटवरलाल देखिए । नटवारलाल भन्ने धुर्त ठग रहेछ । ठगीको अपराधमा जेलको सजाय मुक्त भएर जेल बाहिर आउँदा जेलरलाई नै जेल विक्रि गरेर ठग्ने काम गरे जसले नटवरलाल चर्चित भए जस्तै के पी ले झुटमुठको खेतिले जनता र देशलाई अन्तत्व ठग्न कुनै कसर राखेका छैनन् । पछि थाहा हुँदै जानेछ असली कुराहरु ।
म मधेश आन्दोलनको मानव अधिकार अनुगमनको सिलसिलामा भारदह जहाँ निर्दोष राजिव राउतलाई गोली हानेर मारिएको थियो सुरक्षाकर्मीहरुबाट । त्याँहा जनताले मार ओली मार कति मार्छस् मधेशीलाई भन्दै जनताले आक्रोस् व्यक्त गरेको अझै ताजै छ मेरो मश्तिष्कमा । भदौ ७ को कैलाली घटना पछाडी थारुहरुलाई घरघरबाट लखेटेको, झुट्टा मुद्दा लगाएको थारु भएकै आधारमा अपराधी जस्तो व्यवहार गरेको । निर्दोष ५८ जनालाई ज्यानमुद्दा, ज्यान मार्ने उद्योग र ढाका मुद्दा लगाईएको छ । १२३ जनाको नाममात्र फरार सूचीमा छ । जो पायो त्यसलाई समात्न मिल्ने गरी मुद्दा बनाएर राज्य आतंक सृजना गरेको छ कैलाली र टिकापूरमा । हो ७ जना प्रहरीको दुखद मृत्यू भएको छ । तर कसरी त्यो घट्ना घट्यो राज्यले स्वतन्त्र आयोग हालसम्म बनाएको छैन । बास्तविकता आजसम्म ल्याइएको छैन । किन विना तयारी सुरक्षाकर्मी पठाइयो त्यस ठाउँमा वा त्यसभन्दा पहिला कहिल्यै नघटेको घट्ना किन त्यस दिन नै घट्यो ? शान्तिपूर्ण आन्दोलनमा कसरी त्यसतो घट्ना घटयो? कतै धानखाने मुसो चोट पाउने भ्यागुतो त भएको छैन ? राज्य यसरी लागेको छ थारुको विरुद्धमा मानौ थारु भएर जन्मनै नै यो देशमा अपराध हो ।
संविधान बनेपछि राज्यले निर्दोष मधेशी जनताहरुको ज्यान लिएको छ । बालबालिकामाथि गोली प्रहार भएको छ । यी घटना अन्तराष्ट्रिय कानूनको नजरमा जनसंहार र मानवता विरोधी अपराध हो । त्यसको कुनै छानवीन भएको छैन । केपीको शासन तथाकथित राष्ट्रबादको नारा उरालेर आफ्ना काला कर्तुत ढाक्नमा नै व्यस्त भए । निकै सहयोग गरे नश्लबादी मिडिया र पक्षपाति हरुले । ती नश्लबादको पृष्टपोषण गर्ने आदिवासी र मधेशीहरु पनि त्यतिकै रहे को को रहे? भखैरै सदनमा रोदन गर्नेहरु हेर्दा निकै रहेछछन् बागडबिल्लाहरुभन्ने थाहा पाइयो ।
तर आदिवासी जनजाति र मधेशीको कत्लेआम गर्ने खेलमा संविधान जारी गर्न १६ बुँदे सहमति कायम गर्नेहरु (एमाले, काँग्रेस र माओबादी ) नै हुन् । त्यसैले त यो संविधान तीन पार्टीको संविधान हो जनताको होइन ।
माओबादी जनयुद्धका महानायक पुष्पकमल दाहाल कसैका लागि मसिहा होलान् । राम्रा काम पनि गरेका होलान् । तर आदिवासी जनजाति र मधेशीलाई धोका दिएकै हुन् । जनयुद्धताकाका मुद्दा छाड्ने र ३३ दलीय गठबन्धनलाई लत्याएर आफ्ना अनुजहरुसँग घाँटी जोडेका पुष्पकमल अहिले फेरि आदिवासी जनजाति, थारु र मधेशीका कुरा उठाएका छन् अविश्वासको प्रस्तावमा । तर त्यो तपसीलमा राखिएको छ मुख्य एजेण्डामा होइन । उनै हुँदैछन् प्रधानमन्त्री काँग्रेसको समर्थनमा । ब्यक्तिगतरुपमा मान्छेहरु ठीकै होलान् तर राजनीतिकरुमा केपी नटवरलाल हुन भने पुष्पकमल दाहाल ढँटवरलाल हुन् ।
उनी पछि शेरबहादुर देउबाको पालो रे प्रधान मन्त्री हुने । यो बाहुन क्षेत्रीको राज निरन्तर नै जाने भएकोले आदिवासी जनजाति र मधेशीले के पाउँछन् हेर्न बाँकी नै छ । थारुहरुको मुद्दा झन पेचिलो हुनेछ । किनकि शेरबहादुर देउवा र माओबादीका लेखराज भट्ट नै हुन थरुहट विरुद्ध अखण्ड शुदुर पश्चिमका पक्षपातिहरुलाई ताउ दिने । कहिलेसम्म हो नटरवलाल र ढँटवारलालहरुको शासनको घनचक्करमा पर्ने आदिवासी जनजाति र मधेशीहरु ?
सम्पुर्ण साउदी वासी दाता सुनुवार बन्धुहरुलाई आभर

रामेछाप जिल्ला खिम्ती गा.वि.स.का अग्नि पीडितहरुलाई प्राप्त सहयोग रकम सुनुवार सेवा समाज,रामेछाप मार्फत खिम्ती पुगि पीडितहरुलाई वितरण गरियो ।
सुनुवार सेवा समाज,रामेछाप र सुनुवार सेवा समाज,केन्द्रीय समितिको सहयोग आव्हानमासु.से.स. साखा साउदी को पहलमा प्राप्त सहयोग रकम ५०,०००/- र सुनिल मुखिया सुनुवारको ममतामयी आमा सुनिता मुखिया सुनुवारको सम्झनामा १,०००/- रकम सुनुवार सेवा समाज,जिल्ला समिती रामेछाप मार्फत पिडित रामबहादुर सुनुवार, हर्कबहादुर सुनुवार , सोमबहादुर सुनुवार र टुकबहादुर सुनुवारलाई उक्त रकम खिम्ती गा.वि.स.मा वितरण सम्प
न्न गरियो । सहयोगी हातका सम्पुर्ण साउदी वासी दाता सुनुवार बन्धुहरुलाई आभर व्यक्त सहित मुरि मुरि धन्यबाद दिन चाहान्छौ ।
चेरेदुमिन !!!
अग्निपीडितलाई साउदी अरेवियाकाबाट सहयोग
-कोइँचबु काःतिच
अग्निपीडित रामेछाप खिम्ती गाविसका सुनुवार परिवारलाई आर्थिक सहयोग उपलब्ध भएको छ । साउदी अरेवियाका सुनुवार सेवा समाजको पहलमा साउदी अरेवियामा कार्यरत सुनुवारहरुले एक मुष्ट रकम रु. ५०,००० (पचास हजार) सहयोग गरेका हुन् । सुनुवार सेवा समाजको कोषाध्यक्ष शोभा सुनुवारले रामेछाप खिम्तीका अग्निपीडित सुनुवारलाई उपलब्ध गराउन सुनुवार सेवा समाज केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला अध्यक्ष रमेशकुमार सुनुवारलाई हस्तान्तरण गर्नुभएको छ । आजै रामेछाप मन्थली जानु भएका सुसेस रामेछाप जिल्ला अध्यक्ष सुनुवारले भोलि नै खिम्ती पुगेर पीडितहरुलाई सहयोग रकम उपलब्ध गराउने बताउनु भएको छ । अग्निपीडितहरुलाई सहयोग रकम उपलब्ध गरेको तस्वीरसहितको रिपोर्ट सहयोग रकम वितरण गरेपछि केन्द्रीय समितिलाई उपलब्ध गराउने र केन्द्रीय समितिले साउदी अरेवीय सुसेसलाई जानकारी गराउने कोषाध्यक्ष शोभा सुनुवारले बताउनु भएको छ ।
अग्निपिडीतहरुको सहयोगका लागि सुनिल मुखियाले पनि रु. १००० (एक हजार) सहयोग गर्नुभएको छ । अग्निपीडितहरुलाई सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार रहेको छ ः 
नाम–सि फु (पिरतीका फु)
बल्ला फक्रियो पिरतीको पूmल नाम–सि फु । एक वर्ष नै लाग्यो पिरतीको मुना फुल बन्न । अब चलचित्र सुटिङको तयारीमा । ७ वटा गीतको सँगालो नाम–सि फुमा शिव, शिशिर, महेश, काःतिच, पाम, लेखबहादुर, कोर्मोच अरुण, बबिता, सर्मिला, रमिला सुनुवारको स्वर समेटिएको छ । सलाक, ठाडो भाका (रामदले), टुङ्ना, बास्सैबाजा र पूर्वेली मारुनीको जुवारी लगायत शिर्ष गीत लोक आधुनिकमा गाइएको छ ।
अब बजारमा चाँडै आउँदै छ ।
१४ वर्षपछि कोइँच साहित्यमा पहिचानको बाटोमा
–कोइँचबु काःतिच ।
१८ आषाढ, काठमाडौं । होन्बा बिन्दार्वादेखि जस्तै कोइँचहरु आफ्नो भविश्य आपैंmले अन्यौल बनाइरहेको भावसहितको कोइँच कविता शङ्खु बुजिचले बाचन गरेसँगै नेपालको राजनीतिक भद्रगोलका बारेमा सपना सुनुवारले आफ्नो व्याङ्ग्य बाण हानेको थिए भने रणचण्डी बनेर उक्रिनु पर्ने धारणा रिस्ता सुनुवारको थियो । रुपक सुनुवारले कोइँचको भेषाभुषा र संस्कार संस्कृति नै पहिचानको घोतक हो भन्ने तर्क पस्के भने इँगिहोपो शिर्षक विहीन कविता पस्केर हाम्रा नेताहरुको शिर्ष स्थान नै कहाँ छ र भन्ने तर्क गर्दै यो देशको सासकीय व्यवास्था र यो देशसँग के सम्बन्ध छ के परिवर्तन भयो भन्ने विचार पोखे ।
शोभा सुनुवारको कोइँच कविताले कोइँच कविको इतिहास बकेको थियो भने भिमप्रकाश सुनुवार र ललित सुनुवार कविताको सट्टा कोइँच गीत गाउनु भएको थियो । सागर सुनुवारले दुई छोटा तर उत्कृष्ट कविता पस्केको धारणा टिप्पणीकारको थियो । यता कविताको विट मार्दा मनोरमा –काःतिच रामा) ले आमाको भावनाले ओतप्रोत गजल प्रस्तुत गरेकी थिइन ।
चुप्लु चुल्हाचौकामा साहित्यिक जमघटमा अशोक सुनुवार काल्पनिक यात्रीले कविताको इतिहास वारे लेख सहित गलज प्रस्तुत गरेका थिए । ११ बजे शुरु हुने भनिएको कविता गोष्ठी साँडे १२ बजे शुरु भएको थियो ।
वाचित कविता वारेमा सुनुवार विद्यार्थी समाजका अध्यक्ष मानबहादुर सुनुवारले धेरै राम्रो कविता प्रस्तुत् भएको र वाचित कविताहरुले कोइँच पहिचानको लागि वाकलता गरेको बताउनुभयो । साहित्यले समाज परिवर्तन मात्र होइन देशको राजनीतिक महौला नै परिवर्तन गर्न सक्छ साहित्यकारले दरोसँग नियामित लेखन कर्म अगाडि बढाउनु पर्ने बताउनुभयो नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवार ।
सुनुवार सेवा समाजका संस्थापक कोषाध्यक्ष टिकाराम मुलिचा र सदस्य प्रेम हाँबालिको उपस्थितिमा सञ्चालित साहित्यिक गोष्ठीमा सुसेस पाँचौं अध्यक्ष लोकप्रिय सुनुवारले कोइँच साहित्यको भविश्य उज्यालो रहेको बताउनु भयो । संस्थापक प्रेम हाँबालीले साहित्य यथार्थभन्दा अर्कै सन्सार हो । त्यो सन्सारमा हराउँन सकियो भने साहित्य उत्कृष्ट हुन्छ । हिँजोको साहित्य र अहिलेको साहित्यमा धेरै अन्तर भएको जानकारी गराउनु भयो । Read More
पारुहोपो सुम्निमामा (नाम्सि फु)
– Koinch Bu Kaatich
पार्मोसिरिको सौन्दर्य सिर्जनाले वनजङ्गलले पृथ्वी हरियाली हराभरा भयो । विभिन्न किसिमको फलपूmलले पृथ्वी सुगन्धमय त भयो । तर घाँसपात, फलपूmल खाइदिने कुनै पनि जीवजन्तु नभएपछि त्यसै कुहिएर गए । त्यसै त्यसै भुइँमा झरेर खेर गयो । झारपात, लहरा, रुख विरुवाले पृथ्वीलाई ढाक्दै गयो । जलथल सबै हरियो नै हरियो भयो । यस्तो अवस्था देखेर इँगिले पुनः तायारिप्चि सायारिप्चिलाई प्राणीको सृष्टि गर्न अह्राउनुभयो । सर्वव्यापी इँगिको आज्ञापालन गर्दै तायारिप्चि सायारिप्चिले पार्मोसिरिको सहयोगमा ब्रह्माण्डका विविध तत्वहरुको समायोजन गरेर र्य र रजको सृष्टि गर्नुभयो । यही वीर्य र रज धारण गर्ने शरिरका रुपमा बिभिन्न जलचर थलचर तथा उभयचर जीवहरुको सृजना गर्नुभयो । ती मध्ये सबैभन्दा पहिला जलमा बस्ने प्राणीको सृष्टि गर्नुभयो । यसरी पृथ्वीमा साना मसिना जीवहरुको सृष्टि गर्दै ठूला ठुला अजङ्ग शरीर भएका साकाहारी जीवहरुको सृष्टि गर्नुभयो । सबै जीवहरुलाई सन्तान उत्पादन गर्न एक निश्चित आयुको निर्धारण गर्नुभयो । जीवहरुले बोट बिरुवा खाएर बोटविरुवा नियन्त्रणमा ल्याए पनि जीवजन्तु पशुपंक्षीहरुको संख्या भने तीब्ररुपकमा बढ्न थाल्यो । यो त झन अनिष्ट हुने भयो भनि पार्मोसिरिलाई जीवहरुको संख्यामा सन्तुलन ल्याउन फेरि परभाक्षी मांसाहारी जीवहरुको सृष्टि गर्न लगाउनुभयो । यसरी विभिन्न खाले जीवहरुको सृष्टि गरेपछि पार्मोसिरि बढो हर्षविभोर हुनुभयो । अनि आफुभित्र भएको स्त्रीरुप र पुरुषरुपलाई छुटाएर छुट्ट छुट्टै विचरण गर्ने विचार गर्नु भयो । यसैले पुरुष रुप पारुहोपो र स्त्रीरुप सुम्निमामा अलग अलग हुनुभयो । पुरुषरुप पारुहोपो सेतो रङमा परिणत भएर आकाशमा घामतिर लाग्नुभयो । स्त्रीरुप सुम्निमामा अर्थात् सिरि धर्तीमै चराचुरुङ्गी, जीवजन्तुहरुसँग रमाउन थाल्नुभयो । धेरै समयसम्म पनि उनीहरुको भेटघाट भएन आ–आफ्नै सन्सारमा रमाएर बस्न थाले । सुम्निमामालाई सुसि बारिङ होपो हावाले संरक्षण प्राप्त भयो । उनले सुसि बारिङ होपोसँग तान बुन्ने सिप सिकीन । पारुहोपोले पनि सुम्निमामा के गर्दै होलिन् भनेर सम्झिे । सुनको थाक्रि र सुखुप अनि क्योङ मायाको चिनो बोकेर आकाशबाट धर्तीतिर सुम्निमामा खोज्दै आए । सुम्निमामाले जिन्दगीको कथालाई अजङ्गको ठूलो तानमा बुनीरहेकी थिइन् । पारुहोपोले उनको लगाब देखेर त्यस्तो शुभ कामलाई नविथोल्ने विचारले सुनको सुखुप, थाक्रि, क्योङ उनको अगाडि खसाइ दिए र फर्के घामतिरै आकासमा । पशुपंक्षीको जोडी देखेर उनले प्रेमभाव जाग्यो । र, पारुहोपोलाई सम्झिन थालिन । उनलाई आफ्नो अर्धाङ्ग पारुहोपो नै हो भन्ने शंका लागेर मुक्दुमि विद्या जापेर दिव्यदृष्टिले हेर्दा साँच्चिकै पारुहोपो आकाशमा कावा खाँदै आफ्नै तालमा स्वाच्छन्द घुमीरहेको देखिन । अनि तायारिप्चि सायारिप्चिलाई पारुहोपोको प्रेम प्रस्ताव स्वीकार गरेको बताइन् । तायारिप्चि सायारिप्चि पारुहोपोलाई आफ्नो बुबा रुमुहोपो राँकोच सूर्यलाई लिएर सुसि हावासँग सुम्निमामा माग्न जान आह्राए । पारुहोपो तायारिप्चि सायारिप्चि कोङ्पि लिएर आफ्नो बुबा रुमुहापो साथमा सुम्निमामाको बुबा सुसि बारिङहापो भएको ठाउँमा गए । तायारिप्चि सायारिप्चिको मुखबाट सुसि बारिङ होपोले पारुहोपो र सुम्निमामा वीचको प्रगाढ प्रेमका वारेमा थाहा पाए । अनि सुसि बारिङ होपोले नाम्सि फु, मायाको पूmलको प्रतिक स्वरुप वसन्तमा फुल्ने सुन्दर गुलाफी रङ्गको खालाम पूm रुमुहोपोको हातमा सुम्पिँदै भन्नुभयो, “मेरो फुलबारीको सुन्दर फुल, मेरो कुलको गहना, यो धर्तीको सुन्दर मायाको पूmल नाम्सि फु, तायारिप्चि सायारिप्चि साँक्षी राखेर तपाईँको फुलबारी सजाउन सुम्पेको छु । ओइलिएर नजाओस् । सुकेर नजाओस् । हाँगा भाँचिए पनि बोट नभाँचियोस् । पात झरे नि बोट नढालोस् ।” अनि जीवजन्तु र चराहरुको लालालस्कर लगाएर विवाह भयो । यसैले अभैm पनि कोइँचमा मायाको चिनो दिँदा काइँयो, बिनायो, ठाक्री दिने र विवाहमा बेहुलीको बाबुले बेहुलाको बाबुलाई छोरी दिँदा मायापिरतीको पूmल स्वरुप एक थुँगा पूmल नाम्सि फु दिने चलन छ । कुनै केटाकेटी वीच मायापिरती बस्न लागेको रहेछ भने अभैm पनि ए इः नाम्सि फु बोने, भनेर जिस्काउने चलन यथावत छँदै छ ।
आखिर गरे के हुन्न रैछ र ! कोइँच खाना प्रदर्शनी सफल ग¥यौं
–शोभा सुनुवार ।
नेपाल सरकार कृषि विकास मन्त्रालय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले “परम्परागत, पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं ।” भन्ने मुल नारासहित आयोजित दुई दिने खाद्य मेला २०७३ सम्पन्न भएको छ । परम्परागत पोषिलो खाना प्रदर्सनी मेलामा भाग लिन एक रातको निर्णयले भए पनि सफल नै बनायो । न त पूर्व तयारी न कसैसँग सल्लाह गर्न पाइयो । उकुसु दाजु नहुने हो भने शायद यो काममा हामी सफल नहुने थिएनौं । जे होस् हौसला र तरिका थाहा पाइयो । आँट्यो भने जुनसुकै अप्ठ्यारो काम पनि हुनेरहेछ । बिहानै सामान किनेर प्रदर्शनमा सबै तयारी गर्नु पनि कम्ती चुनौती थिएन । तै पनि हिम्मत हारिएन । बिहानै ४ बजे उठेर प्रदर्शनीको लागि मेरै घरमा बनाएँ । प्रदर्शनीमा चाहिने खानाको कच्चा सामाग्री मेरै घरमा उपलब्ध हुनाले मैले घरमै कोइँच खाना बनाउन सुरु गरेँ । रिस पनि उठ्यो । सचिवलाई फोन ग¥यो स्वीच अफ । अध्यक्षलाई फोन ग¥यो उठ्दैन । मलाई परिक्षा लिए जस्तो लाग्यो । जसरी पनि प्रदर्शनीमा सहभागी हुन्छ भन्ने आँट गरेँ एक्लै । बल्ल ६ बजे उकुसु दाइले फोन गर्नुभयो । रिसाइ दिएँ । उहाँ केही समयमा मेरो घर आइपुग्नु भयो । अध्यक्ष ज्यूलाई पनि रिसाइ दिएँ । उहाँ र विवेक प्रदर्शनी स्थल भृकुटीमण्डप पुगेर त्यहाँको अवस्था जानकारी गराउन अह्राई पठाएँ । बल्ल उकुसु दाई आइपुग्नु भयो । मैले तयार पारेको कोइँच खानाको परिकारहरु मोबाईलमा कैद गर्नुभयो । सामाजिक सञ्जालमा राख्नुभयो । खाना सर्भिसीङ डेकोरेट मिलाउनु भयो । त्यसपछि पदम भाईलाई ट्याक्सी लिएर आउन फोन गरी कोइँच खाना बनाउने भाँडाकुडा, पानी, आलु, पिठो, दुध, टपरी बटुल्दै कपन, चाबेल, बानेश्वर, मैतिदेवी हुँदै प्रदर्शनी स्थल पुगियो । त्यहाँ सबैको स्टल पुरै डेकोरेट थियो । हाम्रोमा प्रदर्शनी टेबलको टेबल पोस पनि थिएन । न त व्यानार नै थियो । त्यहाँ पुगेर ग्याँस जोड्यौं । कसैले टेबल पोस किन्न गयौं र उकुसु दाई भने व्यानार बनाउन लाग्नुभयो । काम गर्दा गर्दै १२ बज्यो । बल्ल १ बजेबाट सहजरुपमा खाना प्रदर्शनी गर्न सफल भयौं ।
पहिलो दिनमै हाम्रो खानाले धेरै नै प्रसंशा पायो । धेरैले नयाँ परिकार देखियो । फरक स्वाद पाइएको बताए । तर खानासँगै राई र सुनुवारको फरक बुझाउँदा बुझाउँदा हैरान भइयो । किन कि सुनुवारलाई पनि राई भनेर सम्बोधन गरिरहन्थे । सबैले यसो भनेको सुनेर त इङ्गिहोपो र केर कोइँच दुई भाइले त हातैले किरात कोइँच सुनुवार भनेर भित्तामै टाँसी दिए । गोपाल सुनुवार दाईले पटक पटक सुनुवारको डिफिनेसन दिँदा थाकेर उ माथि हेर्नोस् भनेर व्यानारमा देखाउन थाल्नुभयो ।
धेरैले कोइँच खानाको नाम सुनेर नै छक्क परे । कसैले ल यो त अनुसन्धान नै गर्नु पर्ने रहेछ भने । कसैले ल अहिलेसम्म नसुनेको खानाको नाम रहेछ । तैंँले सुनेको छस् भन्दै एकार्कामा सोधासोध गर्थे । Read More
