All about Sunuwar

Archives

now browsing by author

 

कति छ गोर्मालिमा पोषण तत्व : पहिलो पटक कोइँच खानाको गुणस्तर निर्धारण

–कोइँचबु काःतिच ।
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रणले पहिलो पटक कोइँच खाना गोर्मालिको गुणास्तर निर्धारण गरेको छ । सुनुवार सेवा समाजले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट गोर्मालिको गुणस्तर निर्धारण गराएको हो । कोइँच युवाहरु दिनदिनै विदेश पलायन भई रहेका छन् । र, नेपाल फर्केपछि उनीहरु के गर्ने भनेर अन्यौलमा रहेको पाएपछि सुनुवार सेवा समाजले “पहिचानसहितको आर्यआर्जन : युवाहरुको उद्यमशील चिन्तन” अभियानलाई अगाडि सारेको छ भन्छन् महासचिव समीर मुखिया सुनुवार । युवाहरुलाई उद्यमशील बाटोमा नडो¥याए कोइँच सुनुवारहरुको भोलिका दिनमा कोइँच पहिचानको मार्ग दिग्भ्रमित हुने देखिएको ठानी सुनुवार सेवा समाजले आर्थिक गतिविधिको लागि आफ्नै सहकारी सुनुवार समाज वचत तथा ऋण सहकारी, आफ्नै सञ्चार माध्यम रेडियो लिखु स्थापना गरिसकेको छ भने अब इको कल्चरल टुरिजमको आयआर्जन अवधारणलाई अगाडि बढाएको छ, कोषाध्यक्ष शोभा सुनुवारले बताउनुभयो ।
समाज अब प्रतिस्पर्धी भएको हुँदा कोइँचका हरेक गतिविधि र प्रविधिलाई वैज्ञानिकीकरण पनि गर्नुपर्ने वाध्येता सिर्जना भएको हुँदा गोर्मालिको रसायनिक पोषण सम्मिश्रण सहितको गुण निर्धारण गरिएको छ । यसरी गुण निर्धारण गरे पछि व्यवसायी र ग्राहक दुवैलाई फाइदा पुग्ने भएको छ भन्नुहुन्छ सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवार ।
गोर्मालिको रसायनिक सम्म्रिश्रण प्रति १०० ग्राममा
प्रोटिन : ९.८६ ग्राम ।
फ्याट : २.३६ ग्राम ।
कार्बोहाइड्रेट : ५५.७ ग्राम ।
इनर्जी : २८२.० क्यालोरी ।
मिनरल्स : १.८७ मिलिग्राम ।
क्याल्सियम : १२०.८ मिलिग्राम ।
फोस्फोरस : १३४.६८ मिलिग्राम ।

कोइँच खाना खाद्य मेलामा : जनचासो अत्याधिक

20160624_165306[1]–कोइँचबु काःतिच ।
१० आषाढ, काठमाडौं । “कोइँच सुनुवार खाना … । ल कुनै पनि नसुनेको नाम छ त, ब्लाम प्लुतुक, गोर्मालि, पुुर्सुङ, एरि दिङ्ना … । यो भनेको के हो ? …” भन्दै कोइँच खाना प्रदर्शनीमा फरक स्वादका पारखीहरु “कस्तो हुन्छ ? चाखौं न ।” कोइँच स्वाद चाख्न अत्याधिक भीड लाग्यो । “परम्परागत, पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं ।” नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको खाद्य मेला २०७३ मा सुनुवार सेवा समाजले पनि “पहिचानसहितको आय आर्जन ः युवाको उद्यमशील चिन्तन” अभियानका लागि मेलामा सहभागीता जनाएको हो ।
गत वैशाखमा सम्पन्न सुसेसको नवौं राष्ट्रिय सम्मेलनले इको–कल्चरल टुरिजम भावि नीति तथा कार्यक्रम पारित गरेको छ । सोही भावी नीतिअनुसार कोइँच पहिचानलाई अक्षुण्ण राख्न परम्परागत कोइँच खानाको प्रवद्र्धन आवश्यक रहेको हुँदा खाद्य मेला २०७३ मा सहभागिता जनाइएको बताउनुहुन्छ महासचिव समीर मुखिया सुनुवार । पारित इको–कल्चरल टुरिजम भिलेज अध्ययनका लागि पुवामझुवा इलाम, महादेवडाँडा सिन्धुली, प्लेत्ति रामेछाप र चण्डेश्वरी तथा पोकली ओखलढुङ्गा पहिलो चरण समेटिएको छ ।
“कोइँच इको–कल्चरल टुरिजम भनेर मात्र भएन । यसका पूर्वाधारहरु के–के हुन् भन्ने कुराहरु पनि अध्ययन हुनुप¥यो । अहिलेका नेपालीहरु पनि स्वादका पारखी भइसकेका छन् । यसैले फरक खानाको स्वाद चाख्न नयाँ–नयाँ ठाउँ घुम्ने बानी बसिसकेको छ । त्यसैले त्यस्ता पारखीहरुलाई कोइँच स्वादमा लोभ्याउन पनि हामीले कोइँच खानाको प्रवद्र्धन गर्नुपर्ने भयो । जब कोइँच खानाको स्वाद सबैले चाख्ने छन् अनि कोइँच स्वादका पारखीहरु कोइँच गाउँ पस्ने छन् अनि मात्र कोइँच इको–कल्चरल टुरिजमको सपना पूरा हुनेछ । पहिचान र आय आर्जनलाई सँगसँगै लैजान सकेनौं भने पहिचानको नारा मात्र फोस्रो हुनेछ । त्यसैले यो हाम्रो नमूना प्रदर्शनी पनि हो ।” सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले भन्नुभयो । Read More

सुश्री एस्तर सुनुवारलाई उपचार खर्च

13450089_209824686078146_8376259942491868325_n-सुनुवार सेवा समाज, शाखा युएई |

रामेछाप जिल्ला गुप्तेश्वोर गा.वि.स. वडा नम्बर १ चुलेपू निवासी श्री रुद्र बहादुर सुनुवारको साईली छोरी सुश्री एस्तर सुनुवार रोजगारीको सिलसिलामा मिति २०७१/०१/३१ मा यु.ए.ई. को अबुधाबी स्थित ईमिरेटस मोडेल बिल्डिंग मेन्टेनेनस एल.एल.सी. आउनु भएको थियो | तर उक्त कम्पनीले १५-२-२०१५ मा मात्र भिसा लगाएको कारण हवाई टिकट पनि नदिने बुझिएको र यस सु.से.स. शाखा यु.ए.ई. गठन पूर्व भेटघाट मीटिंग देखिनै एकेब्दैता जनाउदै आउनु भएको आजीवन सदस्य एस्थर सुनुवार विगत एक वर्षा देखि पेट सम्बन्धि रोगले ग्रस्त हुदै आएको र हाल निकै रोगले चेप्दै लागेको हुनाले र मासिक तलब भन्दा औषधि उपचार खर्च बढी हुन गएकोले, १३-५-२०१६ मा सु.से.स. यु.ए.ई. प्रथम बार्षिक साधारण सभामा यस सुसेस शाखा युएई को सचिब श्री मोहन बहादुर सुनुवार ले राखेको सहयोग प्रस्ताब अनुसार यस सुसेस युएई को कार्य समिती,सल्लाहकार समिती, आजिबन र साधारण सदस्यहरुको सहमतिमा सुश्री एस्तर सुनुवारलाई उपचार खर्च जुटाई सहायो गर्ने निर्णय गरिए अनुरुप १९-६-२०१६ का दिन हवाई टिकट र संकलिंत रकम समेत उपलब्ध गराई उपचारको लागि नेपाल पठाईएको छ | उहाको उपचार सफलता पुर्बक होस् भन्ने सुसेस युएई परिवारको कामना छ |
सहायो दाताहरु र सहयोग अनरुप प्राप्त रकम यस अनुरुप छन् | Read More

फुल्दै गरेको पिरतीको फूल नाम्सि फु

–काःतिच ।
पचासको दशकमा एक हुल युवा गाउँघरको पाखाभित्तामा बेबरिसे फूल्ने सुन्दर फुल सेरेम फू काखी च्यापेर झुल्किए । कतिले उनीहरुको यो दुस्साहसलाई सलामी ठोके त कतिले प्रेस विज्ञाप्ति नै जारी गरेर विरोध गरे । दुर्भाग्य भन्नु पर्छ । त्यो पूmल त्यसै त्यसै ओइलाएर मर्नु न बाँच्नु भएर बसेको बेला लगभग एक दशक पछाडि तामिचाइमिहरु जुर्मुराए सेरेम फुको साख जोगाउन । तै पनि कोइँच युवाहरु वालाइ पा बाअ्चा दुम भनेर नै चुपचाप गुमनाम बसे । झण्डैले एक दशक आधा कटेपछि सेरेम फुको अर्को औतार दोमोका दार्शो सेरेम फु लिएर देश विदेश भौतरिना लागे । कसैले मुख फोरेर मायाको दुई शब्द पस्किने आँट गरेनन् । बरु नाच्न नमिल्ने आँगान टेँडो भने जस्तै गर्दा गर्दा पनि कसैले चट्ट माया मार्न भनेक सकेको देखिएन । र, अहिले आँट गरेर मुख फोरेका छन् ति संगीतका पारखीहरुले ङा दाः बा ङा मिम्चा इ ने फ्लुअ्ता । नाम्सी फु नाम्सी फु । बल्ल पो दुई दशक पछाडि पिरतीको फुल फुल्न लागेको छ, नाम्सि फु ।
हजुर, अब तपाईँको घर आँगनमै ७ वटा गीत समेटिएको कोइँच भाषाको चौथो गीति एल्बम नाम्सि फु (पिरतीको फूल) आउने कोशिशमा छ । यो गीति एल्बमले धेरै ऐतिहासिकता पनि बोकेर आएको छ । यो एल्बमले पाँच जना नयाँ कलाकारको जन्म गरेको छ ।
सबै गीत कोइँच मुलबस्तीमा गाइने गीतलाई शब्द मात्र फेरेर जस्ताको तस्तै पस्किएको छ ।

सुनुवार सेवा समाज पुवामझुवाको अध्यक्षमा रत्नदेवी

-सुजता सुनुवार

इलाम, ५ असार । सुनुवार सेवा समाज इलामका संयोजक पृर्थसिहं भुजुवार सुनुवारले आफ्नो भाषा र संस्कृतिको जर्गेना गर्न एकजुट भई अगाडि बढ्न सुनुवार समुदायलाई आग्रह गर्नुभएको छ । इलामको पुवामझुवामा हिजो आयोजित सुनुवार सेवा समाज पुवामझुवाको पाँचौ अधिवेशन उद्घाटनका क्रममा उहाँले आफ्नो पहिचानको संरक्षण गर्नकै लागि २०४८ सालमा संस्थाको जन्म भएको स्मरण गर्नुभयो ।
‘आदिवासी जनजाती सुनुवारहरुको भाषा, संस्कार र संस्कृतिलाई लोप हुन नदिन अग्रज व्यक्तिसँगै तमाम् युवाहरुले आफ्नो ढोल र कलम आफूसँगै अगाडी लैजान आवश्यक छ’ उहाँले भन्नुभयो, ‘त्यसो गर्नसके मात्र संस्थाको सबै प्रकारको चुनौतिको सामना गर्न सकिन्छ ।’कार्यक्रममा सांस्कृतिक समितीका संयोजक नरबहादुर सुचिचा सुनुवारले संस्थाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । सचिव देवकुमारी प्रेतिचा सुनुवारले एक लाख ४५ हजार छ सय ९३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने प्रगति प्रतिवेदन सदस्य कमल थोलोचा सुनुवारले प्रस्तुत गर्नुभएको थियो । Read More

भट्ट परिवारलाई सहयोग प्राप्त

13436023_1372039616145673_1575714816_nसुनुवार डट ओआरजि समाचारदाता ।
काठमाडौं । एकै परिवारका चार जना सदस्य विकलङ्ग भएको हुँदा कोरियामा भट्ट परिवारको लागि सञ्चालित सहयोग अभियानबाट केदर भट्ट परिवारको सानीमा बैंकमा रहेको खातामा रु. पाँच लाख पैतिस हजार रुपैंया सहयोग प्रदान गरिएको छ । द्वन्द्वपिडीत था अपाङ्गा समाज नेपाल, सलम्बुटार, साँखु काठमाडौंमा आश्रय लिइ बसेका भट्ट परिवारलाई कोरियाबाट सहयोग लिएर आएका विक्रम ठाकुरीले सो रकम हस्तान्तरण गर्नु भएको हो । संस्थामा आश्रय लिइ बसेको ४२ जना द्वन्द्वपीडित तथा अपाङ्गहरुको लागि चालिस इञ्चको सामसुङ टिभी, १९० लिटरको प|mीज पनि हस्तान्तरण गरिएको जानकारी समाजका संस्थापक तथा अध्यक्ष युवाराज थापाले जानकारी गराउनु भयो ।
संस्थामा आश्रय लिइरहेका बयालिस जना द्वन्द्वपीडित तथा अपाङ्गहरुको सहयोगका लागि एबिसी टेलिभिजनको चर्चित लोकगीत कार्यक्रम इन्द्रेणी पनि आज सोही संस्थाको प्राङ्गाण सुटिङ गरिएको जानकारी कतारबाट किशोर सुनुवारले बताउनुभएको छ । उहाँको अनुरोधमा समाजसेवी आङ काण्डी शर्ेपाले चार बोरा चामाल, तेज, विस्कुट सहयोग गर्नुभएको छ ।
इन्द्रेणी कार्यक्रमका सञ्चालक श्रीकृष्ण कँडेल लगायत इन्दे्रणी परिवार, कोरियामा सहयोग अधियान सफल बनाउनु हुने संयोजक गोविन्द गौतम र संतोष अधिकारी लगायत सम्पर्ूण्ा सहयोगदाता, भट्ट परिवारलाई अस्पताल आउन जान निःशूल्क यातायात सहयोग गर्नुहुने कमल सुनुवार, र विक्रम ठकुरीलाई पनि कृतज्ञता जाहेर गर्दै अगामि दिनको लागि पनि सहयोग गर्न रेगिस्तानमा बसेर पनि समाजसेवामा लागि पर्ने अभियान्त किशोर सुनुवारले हार्दिक अनुरोध गर्नुभएको छ ।

के गर्दै छ सुनुवार सेवा समाज ?

–कोइँचबु काःतिच

एक महिना नाघेको छ, सुनुवार सेवा समाज नवौं राष्ट्रिय सम्मेलन भएको । धेरैलाई कौतुहल हुनुपर्छ, यतिबेला सुनुवार सेवा समाज के गरिरहेछ ? यसरी जनचासो हुनु सबैको सूचना पाउने अधिकार हो । यसर्थ सुनुवार सेवा समाजले एक महिनामा गरेको कार्य विवरणहरु देहाय बमोजिम छन् ।

प्रथम बैठक

प्रथम बैठक वैशाख २६ गते विहान ३ बजे बसेको थियो । उक्त बैठकले आठौं पुरक समितिलाई विदाई तथा सम्मेलनमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने र सुनुवार सेवा समाजको तत्कालिन कार्य सम्पादन गर्नको लागि वैठक बसी निर्णय गर्न गराउनको लागि ७ सदस्यीय सचिवालय गठन गरेको थियो ।

सोही निर्णय बमोजिम सुनुवार सेवा समाजले तत्कालीन राष्ट्रिय चाड शाँदार पिदारको उपलक्ष्यमा जेठ ७ गते विहान ११ बजे सुनुवार सेवा समाजका अग्रज संस्थापक सचिव गुञ्जबहादुर सुनुवारको आतिथ्यमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै गरी जेठ २१ गते आठौं समितिका पदाधिकारी तथा सदस्यहरुलाई विदाई तथा सम्मेलनमा सहयोग गर्नेहरुलाई सम्मान गर्नेक्रममा कलाकार, स्वयम्सेवकहरुलाई सम्मान गरियो । उक्त विदाई कार्यक्रममा निवर्तमान अध्यक्ष मनप्रसाद सुनुवार, सचिव अमरदीप सुनुवार, सदस्य मोहन सुनुवार, नारायणबहादुर सुनुवार, प्रेमकुमार सुनुवार, शोभादेवी सुनुवार, दिर्घबहादुर सुनुवार उपस्थित हुनुहुन्थ्यो ।

कामहरुको समिक्षा

समाजको दोस्रो बैठक जेठ २२ गते बस्यो । सो बैठकमा सर्वप्रथम कार्यसमितिले गरेका कामहरुको समिक्षा गरियो । उक्त समिक्षामा अध्यक्षले केन्द्रमा बसी दैनिक कार्य सम्पादन गर्दै शाँदार पिदारका दिन हात्तिवन मन्दिरमा र सिन्धुलीको बस्तीपुर शाँदारथानमा आतिथ्यता ग्रहण गर्नु भएको साथै सुनुवार सेवा समाज ललितपुरले ठूलो दुर्लुङमा आयोजित अमूर्त सम्पदा संरक्षण सचेतना कार्यक्रममा आतिथ्यता गरी त्यहाँका सुनुवारहरुलाई सचेतनामा जागरुक गराउनु भएको जानकारी भयो । उपाध्यक्ष अमृतबहादुर सुनुवार लगायत सदस्य रमेश सुनुवारले रामेछाप दुरागाउँमा धेरै वर्ष पछाडि पुनः शुरु गरिएको शाँदार पिदारमा आतिथ्यता गर्नु भएको र रेडियो लिखु मार्पmत शाँदारपिदारको प्रचार प्रसारमा संयोजनकारी भूमिका निर्वाह गरेको जानकारी भयो । उपाध्यक्ष किरण मुखियाले झापाको कालिकास्थान स्थित शाँदारथान तथा झापा सुसेस जिल्ला सम्मेलनमा आतिथ्यता ग्रहण गर्दै रेडियो लिखुबाट झापा शाँदारको छ मिनेट प्रत्यक्ष प्रसारण गरेको जानकारी दिनुभयो । महासचिव समिर मुखियाले हात्तिवन शाँदारथान संलग्न हुँदै सुनुवार सेवा समाज काठमाडौंद्वारा लब्सीफेदि सुनुवार गाउँमा आयोजित भूकम्प जोखिमबाट बच्ने उपय र सुनुवार सेवा समाज ललितपुरले ठूलो दुर्लुङमा आयोजित अमूर्त सम्पदा संरक्षण सचेतनाको स्रोत व्यक्तिको रुपमा सचेतना कार्यक्रममा सहभागी हुनुको साथै होटल सोल्ठीमा आदिवासी प्रतिष्ठानले आयोजना गरेको भुकम्प विपद व्यवस्थापन विचारगोष्ठीमा समाजको तर्पmबाट सहभागी भएको जानकारी गराउनु भो । सचिव कोइँचबु काःतिचले इलाम जिल्लाको पहिलो शाँध्दारथान पुवा मझुवाको चैतेमा सदस्य देवकुमारी सुनुवार, सुनुवार विद्यार्थी समाजका उपाध्यक्ष सागर सुनुवार, सचिव विवक सुनुवारसहित सहभागी भएको र सुनुवार विद्यार्थी समाज केन्द्रीय समितिले पाँचथर इथुङ र काठमाडौंमा आयोजना बगरेको एक हप्ते सुनुवार भाषा शिक्षक प्रशिक्षण  कार्यक्रमको प्रशिक्षक भएको जानकारी दिनु भो । कोषाध्यक्ष शोभा सुनुवार सुनुवार सेवा समाजले गरेको शुभकामना आदानप्रदान तथा विदाई र सम्मान कार्यक्रममा कोइँच खाजा व्यवस्थापन गर्नको साथै सुनुवार सेवा समाज काठमाडौंद्वारा लब्सीफेदिमा आयोजित भुकम्प विपद व्यवस्थापन सचेतना कार्यक्रमको सहजीकारण गर्नको साथै सुसेस ललितपुरको शाँदार पिदारमा घरघरमा सुरो हुल्ने कार्यक्रममा सहभागी भएको जानकारी गराउनु भयो । त्यसै गरी सदस्य किशोर र सुरज सुनुवारले सुनसारी धरानको शाँदारथानमा सहभागिता जनाएको, सदस्य आशिषले खिजीकातिको शाँदारथानमा, ओखलढुङ्गामा, सदस्य चम्पक सुनुवारले खिजी चण्डेश्वरीको शाँदारथानमा सहभागी भएको, सदस्य रेवातिरमणले पोकलीको शाँदार पिदारको वारेमा जानकारी गराउनु भयो भने सदस्य जीवनकुमार सुनुवारले दोलखाको हाँवा र सिन्धुली दुधौलीको मगरकट्टी शाँदारथानमा आतिथ्यता गरेको जानकारी गराउनु भयो । सदस्य बुद्धिबहादुरले सर्लाही शाँदारथानको आयोजना गरेको र सदस्य महेन्द्रमानले सिन्धुली महादेवाडाँडा र दुधौलीको शाँदारथानमा आतिथ्यता गरेको साथै सदस्य टंककुमारी सुनुवारले सिन्धुलीमाडीको शाँदार पिदार नाअ्शो जुठो परेको हुँदा शाँदार पिदार हुन नसकेको जानकारी गराउनु भो । पदेन सदस्य मानबहादुर सुनुवारले मातृभाषा संरक्षणको लागि विद्यार्थीले पाँचथर र काठमाडौं गरी ५४ जना कोइँच मातृभाषा प्रशिक्षक उत्पादन गरेको जानकारी दिनुभयो । अन्तमा सचिवले सदस्य देवकुमारी सुनुवार, बुद्धिबहादुर सुनुवार, दिपा सुनुवारले विशेष काम परेको हुँदा वैठकमा उपस्थित हुननसक्ने जानकारी दिएको सबैलाई जानकारी गराउनुभयो । Read More