All about Sunuwar

अग्निपीडितलाई साउदी अरेवियाकाबाट सहयोग

Agnipidit-कोइँचबु काःतिच
अग्निपीडित रामेछाप खिम्ती गाविसका सुनुवार परिवारलाई आर्थिक सहयोग उपलब्ध भएको छ । साउदी अरेवियाका सुनुवार सेवा समाजको पहलमा साउदी अरेवियामा कार्यरत सुनुवारहरुले एक मुष्ट रकम रु. ५०,००० (पचास हजार) सहयोग गरेका हुन् । सुनुवार सेवा समाजको कोषाध्यक्ष शोभा सुनुवारले रामेछाप खिम्तीका अग्निपीडित सुनुवारलाई उपलब्ध गराउन सुनुवार सेवा समाज केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला अध्यक्ष रमेशकुमार सुनुवारलाई हस्तान्तरण गर्नुभएको छ । आजै रामेछाप मन्थली जानु भएका सुसेस रामेछाप जिल्ला अध्यक्ष सुनुवारले भोलि नै खिम्ती पुगेर पीडितहरुलाई सहयोग रकम उपलब्ध गराउने बताउनु भएको छ । अग्निपीडितहरुलाई सहयोग रकम उपलब्ध गरेको तस्वीरसहितको रिपोर्ट सहयोग रकम वितरण गरेपछि केन्द्रीय समितिलाई उपलब्ध गराउने र केन्द्रीय समितिले साउदी अरेवीय सुसेसलाई जानकारी गराउने कोषाध्यक्ष शोभा सुनुवारले बताउनु भएको छ ।
अग्निपिडीतहरुको सहयोगका लागि सुनिल मुखियाले पनि रु. १००० (एक हजार) सहयोग गर्नुभएको छ । अग्निपीडितहरुलाई सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार रहेको छ ः 13711483_995498940547909_588827647_o

Leave a Reply

Your email address will not be published. Required fields are marked *