Archives
now browsing by author
सु.से.स., जि.स, ललितपुरको पहिलो प्रयास “बुल्फे थुल्तेक” कार्यक्रम
[singlepic id=404 w=320 h=240 float=left]ताल्चिखेल, ललितपुर्; सुनुवार सेवा समाज, ललितपुर ले यही २०६७ साल को ष्यांदर सिलि पर्व मनाउने कार्यक्रम् अन्तर्गत “बुल्फे थुल्तेक्” कार्यक्रम् को आयोजना गर्यो । कार्यक्रम् साँझ को समय भएतापनि उपत्यकाका कोइंचहरुको को बाक्लो उपस्थिति थियो। गाउँ घर मा “बुल्फे थुल्तेक्” अनिवार्य भएतापनि उपत्यकामा यो नै पहिलो पटक भएको खुलासा आयोजक समिति, ललितपुर ले गर्यो । २०६७ सालको कोइंच ष्यांदर पर्व यहि जेष्ठ १३ गतेका दिन भब्य रूपमा मनाइदैछ ।Click here for more photos
* निमन्त्रणा *
२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवाको उपलक्ष्यमा सम्पूर्ण किरात दाजुभाइलाइ सबैलाइ शुभकामना सहित
* निमन्त्रणा *
यहि २०६७ साल जेठ १३ गते हामी कोइँच जातिहरुको महान पर्व ” षाँदर पिदार” पर्ने भएको हुँदा यस दिन “षाँदर पिदार सिल” हात्तिवनमा विहानको कार्यक्र्म पश्चात मध्यान्तरमा ललितपुर नखिपोट क्लबमा उपसि्थत भई भव्यताका साथ मनोरञ्जन गरी गराउनका साथै यहि जेठ १२ गते साँझ ६:३० बजेदेखि बेलुका ८ बजेसम्मा “बुल्फे” कार्यक्रममा पनि उपस्थित भइ दिन हार्दिक अनुरोध गर्दछौ।
ए आँ दायु होपो (Sunuwar Music Video)
[flv image=”http://www.sunuwar.org/video/song/dau.jpg”]http://www.sunuwar.org/video/song/dau.flv[/flv]
“ए आँ दायु होपो” Sunuwar Music Video
Documentary of Shyadar (षाँदर पिदार )
[flv image=”http://www.sunuwar.org/video/doc/shyadar.jpg”]http://www.sunuwar.org/video/doc/shyadar.flv[/flv]
Video documentary of shyadar (षाँदर पिदार)
प्रसंग…. जाति र अस्तित्वको
नरेश सुनुवार
हङकङमा पाईला टेकेको पनि थाहै नपाई दशक बितेर गोडा तीन वर्ष अरु थप भईसकेछ । व्यस्तताले मान्छेलाई साँच्चै एकोहोरो नै बनाउँदो रैछ कि क्या हो जस्तो भान भएको छ भने अर्कोतर्फ यान्त्रिक्ता होईन्छ कि भन्ने भय उत्तिकै छ । हङकङमा रहेका साथीभाई, ईष्टमित्रसँग समेत वर्षौ भेट हुन नसक्नुको कारकतत्व यही व्यस्तता नै हो । बरु नेपाल लगायत विश्वमा छरिएर रहेका कतिपय मित्रजनहरूसँग टेलीफोन वा बिजुलीपत्रको माध्यमबाट भेटवार्ता गरिरहेको छु । यस अर्थमा आजको यो एक्काईसौं शताब्दिको उत्तरआधुनिक साईबर दुनियाँ तथा विश्वग्राम जे भनैं, भूगोलको कुना कुनामा पसेका साथीहरूसँग भेट्ने मौका जुराई दिएकोमा सलाम गर्छु यो साईबर युगलाई । हुन त यसका कतिपय नकरात्मक पक्षहरू पनि छन् र अविवेकीहरूको लागि यो एक प्रकारले बाँदरलाई लिस्नु पनि भएको छ । तर अरुले के गरे के गरेनन् तेतापट्टी जान्न बरु म चाहिँ जतिसक्दो यस प्रविधिबाट प्राप्त हुने सकरात्मक र उपयोगी कुराहरूको फाईदा उठाउन चाहन्छु र उठाई रहेको पनि छु । Read More
सुख शन्ति र समृद्धिको लागि किराँत चाड शाँदार
“सुख शन्ति र समृद्धिको लागि किराँत चाड शाँदार”
– उत्तम सुनुवार, कात-६ चुप्लु ओखलढुङ्गा
कोइँच् (सुनुवार/मुखिया/शिकारी) आदिवासीले व्यक्तिगत रुपमा प्रत्येक दिन शाँदारको पूजा आराधना गर्दछन् । तर सामूहिक रुपमा मनाउँदा शाँदार पिदारलाई स्थानभेदानुसार छ महिना एक वर्ष तीन वर्ष पाँच वर्षमा एक पटक धुमधामसँग मनाउँछन् । विश्व मानव समुदायको सुख शान्ति तथा समृद्धिको कामना गर्दै प्रकृति र पितृलाई पूजा आराधना गरिने यो चाड भावनाले ओतप्रोत हुन्छ । शाँदार पिदार व्यवस्थित र प्रणालीगत चेतपूर्ण सामाजिक चाड हो । यस चाडलाई केन्द्रीय विषय वस्तु बनाइ गहिरो अध्ययन अनुसन्धान गर् यो भने किराँतकालीन सभ्यता तथा राज्य व्यवस्थाको जीवित अवशेष भेट्टाउँछौं । शाँदार पिदारको परम्परागत संगठन तथा सामाजिक जनजीवनले किराँतकालीन राज्य व्यवस्था कस्तो थियो भन्ने कुरा थाहा पाउन सक्छौं । मुक्दुम आफैंमा किराँती ऐतिहासिक सभ्यताको उत्खनन हो, कलात्मक साहित्य हो नीति र दर्शन हो । ढुंगा पुज्नु माटो पुज्नु आकाश पुज्नु धर्ती पुज्नु पानी पुज्नु हावा पुज्नु पशुपंक्षीलाई पुज्नु पितृ पुज्नु किराँतकालीन सभ्यताको नीतिगत र दार्शनिक प्रमाण हुन् । शाँदार पिदार किराँत सभ्यता र दर्शनको ऐतिहासिक खुला दस्तवेज हो । यो चाड न त कसैले स्थापना गरेको चाड हो न कसैको अस्तित्व जोगाई राख्न गुणगाण गाएर भोजभतेर लगाउने चाड । यो चाड त किराँती जीवनपद्धतिको यथार्थलाई पुनःस्मृति गराउने चाड हो । जसलाई सामुहिक रुपमा एकै ठाउँ जम्मा भएर मनाउने गरिन्छ । एक व्यक्ति वा एक परिवारले मनाउँछु भनेर यो चाड मनाउन सकिँदैन । यो मनाउन समाजमा सामाजिकीकरण हुनै पर्दछ भन्ने मान्यता राख्दछ ।
Read More
yele sambat (किराँत येले सम्वत ५०७०)
lekhak: होम सुनुवार दशुचा, केदार सङ्केत
किराँत येले सम्वत ५०७०
नयाँ बर्ष भन्नुनै हार्दिकता र खुशीको पर्व । नयाँ बर्षको प्रसङ्गलाई निकाल्दा आफ्नो नातेदार इष्टमित्र प्रेमी प्रेमीका वीच एकआपसमा शुभकामना आदानप्रदान गर्ने चलन चल्दै आएको छ । मानिसहरु समयलाई घडि पला दिन रात हप्ता महिना र वर्षमा आफ्नो तिथीमितिका साथ विश्वमा आफ्नो धर्म संस्कृति र रीतिरिवाज भव्यताका साथ मनाउने गरेको कुरा कुनै नौलो नै हैन ।
