Archives
now browsing by author
किराँतहरुको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै टुडिखेलमा ..
[singlepic id=537 w=320 h=240 float=center]
२९ मे २०१०: किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित टुडिखेलमा हर्ष उल्लस सगँ मनाइयो ।Click here for more photos
Photos of Dharan Shyandar
[nggallery id=16]
धरानबाट निरमला सुनुवार ज्यूले, sunuwar.org को लागि पठउनु भएको केही फोटोहरु
उपत्यकामा पहिलो पल्ट घर-घरमा “शुरो चो:तेक” कार्यक्रम को थालनि
[singlepic id=488 w=300 h=220 float=left]२७ मे २०१०, ललितपुर, नेपाल; यसै उभौलि ष्याँदर पर्व देखि सु. से. स., जि. स. ललितपुर ले ष्याँदर पर्वलाइ गाउँ घरकै जस्तो पुर्णता प्रदान गर्दै लाने योजना अनुरूप “बुल्फे थुल्तेक” र “शुरो चो:तेक” कार्यक्रम को थालनि गरेको छ । पहिला हतिवन, टुडिंखेल र कोइंच भवन म सिमित ष्याँदर सिल अब “बुल्फे थुल्तेक” देखि शुभारम्भ भएर “शुरो चो:तेक” सम्म पुगेको छ । “शुरो चो:तेक” कार्यक्रम अन्तर्गत आज ललितपुरमा बसोवास गर्ने कोइँच वन्धुहरुको घर-घरमा शुरो अर्थात लक्षिण (सह) पुर्याउने काम गरियो । Click here for more photos
किराँत सामुदायको महान चाड उभौली
[singlepic id=458 w=300 h=220 float=left]२७ मे २०१०, ललितपुर, नेपाल; किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित हातिवन मन्दिरमा उल्लासमय ढङ्गले मनाइयो । विभिन्न किराँत पुजारी ( नाँसो, नाक्सो आदि ) हरुले आफ्नो इष्ट देवी देवताहरुको पुजा-आजा गरि सम्पुर्ण मानव जातिको सुख र सम्वृद्दिको लागि वरदान मागे । विहान सबेरै देखि आफ्ना देवी देवताको दर्शन गर्न किराँत समुदायका भक्तजनहरुको घुइँचो लागेको थियो । किराँतहरु प्रकृति पुजक हुन, उभौलि पर्वको दिन बर्षा भएमा त्यो सालभरिको लागी शुभ साइत हो भन्ने जनविश्वास किराँतहरु माझ अझै छ । Click here for more photos
२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …..
[singlepic id=406 w=300 h=220 float=left]२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा,सम्पूर्ण किरात दाजुभाइ तथा दिदिबहिनी ले सारा विश्व भरि उल्लास पुर्वक मनाइ रहेका छन् । यसै पावन अवसर मा काठमान्डु उपत्यका मा बसोवास गर्ने सम्पुर्ण किरांत समुदायले ललितपूर स्थित हातिबन को षाँदर, साकेला, चासोक ताङनाम चोसोवा मन्दिर मा उपस्थित भै शुभकामना आदान-प्रदान गर्नका साथै आफ्ना इष्ट देवी देवता को पुजा गरि ष्यादर, साकेला, चासोक ताङनाम सिली गारिरहेका छन । कोइंच किरांत को ष्यांदर सिली तस्विर हरु यहां हेर्न सक्नु हुन्छ : Click here for more photos
बुल्फे थुल्तेक कार्यक्रमको चलदृश्य (भिडियो)
[flv image=”http://www.sunuwar.org/video/doc/bulfe.jpg”]http://www.sunuwar.org/video/doc/bulfe.flv[/flv]
कोइन्चहरुको माहान चाड ष्याँदर पर्वको पुर्वसन्ध्यामा मनाइने बुल्फे थुल्तेक कार्यक्रमको चलदृश्य (भिडियो)
सु.से.स., जि.स, ललितपुरको पहिलो प्रयास “बुल्फे थुल्तेक” कार्यक्रम
[singlepic id=404 w=320 h=240 float=left]ताल्चिखेल, ललितपुर्; सुनुवार सेवा समाज, ललितपुर ले यही २०६७ साल को ष्यांदर सिलि पर्व मनाउने कार्यक्रम् अन्तर्गत “बुल्फे थुल्तेक्” कार्यक्रम् को आयोजना गर्यो । कार्यक्रम् साँझ को समय भएतापनि उपत्यकाका कोइंचहरुको को बाक्लो उपस्थिति थियो। गाउँ घर मा “बुल्फे थुल्तेक्” अनिवार्य भएतापनि उपत्यकामा यो नै पहिलो पटक भएको खुलासा आयोजक समिति, ललितपुर ले गर्यो । २०६७ सालको कोइंच ष्यांदर पर्व यहि जेष्ठ १३ गतेका दिन भब्य रूपमा मनाइदैछ ।Click here for more photos
