All about Sunuwar

Archives

now browsing by author

 

कठमाण्डौंमा पनि घर घरमा सुरो बडीने

sunuwar.org सम्बाददाता।
कठ्माणडौं, १९ जेष्ट। सुनुवार सेवा समाजको सकृयतमा काठ्माण्डौमा ष्यादर पिदार गरेको झन्डै १० बर्षा पछाडी काठ्माण्डौ उपतेकामा सुनुवारहरुको घर घर घुमेरा सुरो बड्ने सस्क्रीतिको थालनी भयको छ । ललितपुर सु से सले ष्यादर पिदारको दिन ललितपुर जिल्लाका सुनुवारहरुको घर घरमा पुगेर सुरो थन्कौने कार्यक्रमको सुरुवात गरेपछि कठ्माण्डौ उपतेका छेतरिय समितिले यहि सनिबार कठ्माण्डौ बासि सुनुवारको घर घरमा पुगेर सुरो थनकौने जन्कारी क उ क्ष समितिका सचिप प्रेम कुमार सुनुवारले दिनुभयो । कोइन्च सुनुवारहरुले ष्यादार पिदार गर्दा उनिहरुको पुर्खा र बतबर्ण र प्रक्रीति सङा अनिकाल नलागोस बाली सपृयोस धन सम्पतीमा सह बसोस भन्ने कमना गर्दै प्रक्रीति सङ्ग सह ( लक्षिन) घर घरमा हुल्ने चलन छ।

किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा तेश्रो ष्याँदर २०६७

[singlepic id=546 w=300 h=220 float=left]सुनुवारहरुको माहन चाडँ षाँदर सारा विश्व भरि छरिएर बसेका सुनुवारहरुले आ-आफ्नै किसिमले उल्लास पुर्वक मनाए । यसै पावन अवसरमा  किराँत सुनुवार सेवा समाज युकेको संयोजकत्वमा युकेमा बसोवास गर्ने कोइंच किरांतहरुले पनि आ-आफ्नै किसिमले मनाए। जुन तपाईहरुले याहँ हेर्नसक्नुहुन्छ ।Click here for photos

किराँतहरुको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै टुडिखेलमा ..

[singlepic id=537 w=320 h=240 float=center]
२९ मे २०१०: किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित टुडिखेलमा हर्ष  उल्लस सगँ मनाइयो ।Click here for more photos

Photos of Dharan Shyandar

[nggallery id=16]

धरानबाट निरमला सुनुवार ज्यूले, sunuwar.org को लागि पठउनु भएको केही फोटोहरु

उपत्यकामा पहिलो पल्ट घर-घरमा “शुरो चो:तेक” कार्यक्रम को थालनि

[singlepic id=488 w=300 h=220 float=left]२७ मे २०१०, ललितपुर, नेपाल; यसै उभौलि ष्याँदर पर्व देखि सु. से. स., जि. स. ललितपुर ले ष्याँदर पर्वलाइ गाउँ घरकै जस्तो पुर्णता प्रदान गर्दै लाने योजना अनुरूप “बुल्फे थुल्तेक” र “शुरो चो:तेक” कार्यक्रम को थालनि गरेको छ । पहिला हतिवन, टुडिंखेल र कोइंच भवन म सिमित ष्याँदर सिल अब “बुल्फे थुल्तेक” देखि शुभारम्भ भएर “शुरो चो:तेक” सम्म पुगेको छ । “शुरो चो:तेक” कार्यक्रम अन्तर्गत आज ललितपुरमा बसोवास गर्ने कोइँच वन्धुहरुको घर-घरमा शुरो अर्थात लक्षिण (सह) पुर्‍याउने काम गरियो । Click here for more photos

किराँत सामुदायको महान चाड उभौली

[singlepic id=458 w=300 h=220 float=left]२७ मे २०१०, ललितपुर, नेपाल; किराँत सामुदायको महान चाड उभौली ष्याँदर, साकेला, चासोक ताङनाम चोसोवा यहाँ स्थित हातिवन मन्दिरमा उल्लासमय ढङ्गले मनाइयो । विभिन्न किराँत पुजारी ( नाँसो, नाक्सो आदि ) हरुले आफ्नो इष्ट देवी देवताहरुको पुजा-आजा गरि सम्पुर्ण मानव जातिको सुख र सम्वृद्दिको लागि वरदान मागे । विहान सबेरै देखि आफ्ना देवी देवताको दर्शन गर्न किराँत समुदायका भक्तजनहरुको घुइँचो लागेको थियो । किराँतहरु प्रकृति पुजक हुन, उभौलि पर्वको दिन बर्षा भएमा त्यो सालभरिको लागी शुभ साइत हो भन्ने जनविश्वास किराँतहरु माझ अझै छ । Click here for more photos

२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा भब्यरुपमा मनाइदै …..

[singlepic id=406 w=300 h=220 float=left]२०६७ सालको षाँदर, साकेला, चासोक ताङनाम चोसोवा,सम्पूर्ण किरात दाजुभाइ तथा दिदिबहिनी ले सारा विश्व भरि उल्लास पुर्वक मनाइ रहेका छन् । यसै पावन अवसर मा काठमान्डु उपत्यका मा बसोवास गर्ने सम्पुर्ण किरांत समुदायले ललितपूर स्थित हातिबन को षाँदर, साकेला, चासोक ताङनाम चोसोवा मन्दिर मा उपस्थित भै शुभकामना आदान-प्रदान गर्नका साथै आफ्ना इष्ट देवी देवता को पुजा गरि ष्यादर, साकेला, चासोक ताङनाम सिली गारिरहेका छन । कोइंच किरांत को ष्यांदर सिली तस्विर हरु यहां हेर्न सक्नु हुन्छ : Click here for more photos