Archives
now browsing by author
आदिवासी जनजाति सभासदको अवधारणा
समाचारदाता
ललितपुर, ४ असार । आदिवासी जनजाति सभासदहरुको संस्था (ककस) ले संविधान सभामा आदिवासीको विषयमा विषयगत समितिले प्रस्तुत् गरेको अवधारण पत्र माथि के कति कुराहरु पुगेको छैनन भन्ने सन्दर्भमा दुईदिने कार्यशाला गोष्ठी नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा सुसम्पन्न भयो । शंकर लिम्बु, डा। ओम गुरुङ, डा। चैतन्य सुब्बाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यशालाको सभाध्यक्ष सभासद पृथ्वीसुब्बा गुरुं र सभासद सुरेश आले मगरले गर्नु भएको थियो ।
द्येदेङलेच्चा ( sunuwar poem with nepali subtitle)
[flv image=”http://www.sunuwar.org/video/kabita/gedhenlechcha.jpg”]http://www.sunuwar.org/video/kabita/gedhenlechcha.flv[/flv]
Atit Mukhiya
निर्देशन तथा छयाङकान तालिम लिदै

तालिम लिदै
३० जेठ, काठमाडौं । सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज केन्द्रीय समिति, काठमाडौले आज देखि तिन दिने चलचित्र निर्देशन तथा छयाङकान तालिम संचालन शुरु गर्यो ।
सुनुवार सेवा समाजको २१औ बार्षिक दिवास सुसम्पन्न

parmukh atithiko sambodhan
समाचारदाता
२९ जेठ, काठमाडौं । सुनुवार सेवा समाजको २१ औं बार्षिक दिवस सम्पन्न भयो । संस्थाको २१ औं दिवसको अवसरमा आयोजित कार्यक्रममा लधुकथा प्रतियोगिताका विजेता झनकुमारी सुनुवार (खोटाङ) प्रथम, प्रेमकुमार सुनुवार (रामेछाप) द्वितीय, मिलन सुनुवार (खोटाङ) तृतीय र बुद्धिचाल प्रतियोगितका विजेताहरुलाई नगद तथा प्रमाण पत्र वितरण गर्दै प्रमुख अतिथि सभासद माननीय श्रीमती दालकुमारी सुनुुवारले भन्नुभयो, सुनुवार सेवा समाजले आप्म्नो एकाइसौं दिवस मनाउदै गर्दा अव थपिएको संविधान सभामा हाम्रो बारेमा के कस्तो नियमकानुन बन्छ भनेर सबै सुनुवार सचेत हुनु परेको छ । खास बाहुनहरुले जातिय, भाषिक तथा क्षेत्रिय स्वायत्त प्रदेश हुनुहुँदैन भनिरहेका छन । यसैले सुनुवार सेवा समाजले दबाबमूलक कार्यक्रम अगाडि सार्नु पर्छ । तर दुःखको कुरा के भने यत्रो होल (हल) मा सुनुवारहरुको उपस्थिति न्यून छ । कसरी अगामि कार्जेकारम अगाडि बढाउन सकिन्छ । कार्यकारी समििितले सोच्नु पर्ने बेला भएको छ । भर्खर वल्लो किरातको अवधारण अगाडि सारेका छौं सबै सुनुवारले आआप्म्नो क्षेत्रबाट सहायोग गर्नु पर्दछ । सहयोग गरौं भन्छु । Read More







