Archives
now browsing by author
युकेमा आदिबासी महिलाले मनाए नारी दिवस l
नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा १९ मार्च आइतबारको दिन लन्डन स्थित नर्थहल्ट सोसियल क्लोबमा ,१०७औ अन्तराष्ट्रिय नारी दिवस भब्यता पुर्बक सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बिमला कुमारी राइको अध्यक्षता रहेको उक्त कार्यक्रममा, नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्यालको प्रमूख आतिथ्य ,त्रिभुवन बिश्व विद्यालयकी प्राध्यापक तथा साहित्यकार सुमाया राइ,समिदा वुमन डेभलोपमेन्ट फोरमकी सस्थापक अध्यक्ष शर्मिला थापा र किराया प्रा क स लण्डनका संस्थापक मेजर मान ब राइको बिशेष आतिथ्य रहेको थियो।यसै गरि बेलायतमा अबस्थिक बिभिन्न संघसंस्था, आदिबासी जनजाति महिलाहरुको जातीय संस्थाबाट र गोर्खा च्यानलकी संयोजक तथा बरिष्ठ पत्रकार बिमला सेने लगायत अन्य आमंत्रित अतिथिहरुको उपस्थिति रहेको थियो । सभापति र प्रमुख अतिथि दुवारा पानसमा दिप प्रज्जोलित गरेर कार्यक्रमको समुदघाटन गरिनुको साथै सबै अतिथिहरुबाट पनि १०७ निर्मित क्यान्डलमा दिप जलन गरिएको थियो । संस्थाकी उपाध्क्ष युमा लिम्बु नेत्रकलाले उपस्थित अतिथि र सम्पूर्ण सहभागीहरुलाई स्वागत मन्तब्य र सचिव सुमिरा सुनुवारले स्वास्थ्य अनि सुरक्षा सम्बन्धि जानकारी सहित कार्यक्रम माथि प्रकाश पारेका थिए। Read More
किरात सुनुवार महिला समाज युके अध्यक्षमा मीना सुनुवार
४ मार्च सन् २०१७ आइतबार बेलायत स्थित फान्ब्रोरोमा किरात सुनुवार महिला समाज युकेको ऐतिहासिक प्रथम अधिबेशन भब्यताको साथ सम्पन्न भएको छ l श्रीमती गङ्गा माया सुनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा, नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष श्रीमती बिमला कुमारी राइको प्रमुख आतिथ्य रहेको थियो l अधिबेशन कार्यक्रमलाई सभा अध्यक्ष र प्रमूख अतिथि दुवारा पानसमा दिप प्रज्वलित गरेर समुद्घाटन गरिएको थियो l बेलायतमा छरिएर बसोबास गरेका किरात सुनुवार महिलाहरुको एकता ,व्यक्तित्व र नेतृत्व बिकासको उद्देश्ले सन् २०१३ मा किसुमस युकेको स्थापना भएको थियो l १०७औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर “परिबर्तनको लागि साहस ” लाइ आत्मसात गदै,महिला सशक्तिकरण र सचेतना खातिर आफुहरु पूर्ण रुपमा जागरुक रहेको भन्दै, सहभागी महिलाहरुबाट नारी दिवसको शुभकामना ,आमन्त्रित अतिथिहरुबाट मन्तब्य एबम संस्थाको संगठानिक प्रतिबेदन प्रस्तुति संगै पहिलो चरणको कार्यक्रमलाइ बिट मारिएको थियो l कार्यक्रमको दोस्रो चरणमा श्रीमती मीना देवी सुनुवारको अध्यक्षतामा किसुमस युकेको प्रथम कार्य समितिको चयन गरिएको छ जसमा निम्न पदाधिकारिहरु चयन भएका छन् ।
पदाधिकारीहरु Read More
प्रधानमन्त्रीले तोप होइन, अधिकार दिने प्रतिवद्धता दोहोर्याउनु भयो ।
मिङमा सिं तामाङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङहरुलाई अधिकार दिन तयार रहेको बताउनु भएको छ । प्रदेश नम्बर ३ को भेला काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले तोप होइन, अधिकार दिने प्रतिवद्धता दोहोर्याउनु भयो । उहाँले भन्नु भयो ‘ल्होछारमा तोप पड्काएर काम छैन्, अधिकार दियो भने काम हुन्छ ।’
भेलालाई सुरुमा नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोलेले ल्होछारमा टुडिखेलमा तोप पड्काएर प्रधानमन्त्रीज्यूलाई सलामी गर्नुपर्ने भन्दै माग राखेका थिए । प्रधानमन्त्रीले भेलाको सफलताको शुभकामना दिनु हुँदै आदिवासी जनजातिको कार्यक्रमहरुमा सरकार पनि मिलेर भव्य रुपमा मनाउने बताउनु भयो । उहाँले भन्नुभयो–माओवादीको दशबर्षे जनयुद्ध सफल पार्नमा तामाङहरुको बिशेष योगदान रहेका छ ।
भेला सुरु हुनुअघि दिउँसो १२ बजे काठमाडौंको भृकुटीमण्डपबाट भव्य र्याली शुरु भई सहिदगेट, एनएसी भवन, भोटाहिटि, जमल हुँदै कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइपुगेको थियो । र्यालीमा बृहत ताम्सालिङ प्राप्तीका नाराहरु लगाईएको थियो । नेपाल तामाङ घेदुङ– जिन्दवाद, तामाङ एकता – जिन्दवाद, तामाङ घेदुङ एक हौऔँ – एक हाँऔं, तामाङ युवा एक हौऔँ – एक हौऔँ, ताम्सालिङ विरोधि होसियार – होसियार होसियार, ताम्सालिङ प्रदेश घोषण गर – घोषण गर, पहिचान, संघिय संरचना कायम गर– कायम गर.., राष्ट्रिय जनवार गाई खारेज गर – खारेज गर, ताम्सालिङ बिनाको संविधान मान्दैनौं – मान्दैनौं, समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर–सुनिश्चित गर, आई एल ओ १६९ कार्यान्वयन गर– कार्यान्वयन गर, सरकार र ताम्सालिङ संघर्ष समिति बीचको सहमती कार्यान्वयन गर– कार्यान्वयन गर जस्ता नाराहरु लगाईएको थियो । र्यालीमा विभिन्न भाषिक संघसंस्था, तामाङ डाजाङ, तामाङ सेमलेङ न्हान, नाङसाल क्लब नेपाल लगायत संघसंस्थाहरुको ब्यानरसहित सहभागीता रहेको थियो ।
र्यालीमा घेदुङकै साँस्कृतिक विभागका साँस्कृतिक टोली, तामाङ कलाकार संघ, विभिन्न जिल्लाका घेदुङका समितिहरु, विद्यार्थी घेदुङ, महिला घेदुङ, युवा घेदुङ लगायतका संस्थाहरुको ब्यानरसहित सहभागीता रहेको थियो । भेलामा तामाङ कलाकारहरुले गीतहरु प्रस्तुत गरेका थिए। प्रादेशिक भेला उद्घाटन शत्र सकिएपछि बेलुकी ६ बजेबाट बन्दशत्र तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।
किराँतीहरूले उधाैली हर्षाेलासका साथ मनाए ।
सुनुवार डट ओआरजी समाचारदाता ।
२८ मंसीर, ललितपुर । प्रकृति र पित्री पुजक किराँतीहरुले परिश्रम गरेर रोपेको अन्नबाली घरमा भित्राउन पाएकोले मंसीर पुर्णिमा अन्नबाली प्रकृतिलाई चढाइ (नोवागी) पुजा गरी आफुहरुले खानुका साथै इश्टमित्र र नातागोता सँग मिलर खादै हर्षोलासका साथै ढोल झ्याम्टा बजाउदै उधाैली पर्व अाज ललितपुर, इलाम र विभिन्न ठाऊहरुमा मनाए ।
सुनुवार सेवा समाज बचत तथा ऋण सहकारी लि.को चौथो साधार सभा सम्पन्न ।
सुनुवार डट ओआरजी समाचारदाता ।
काठमाडौं । सुनुवार समाज बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्र्षिक साधारण सभा सुनुवार सेवा समाज भवन कोटेश्वर ३५मा शनिबार सम्पन्न भएको छ । साधारण सभा कार्याक्रममा प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय कार्य समिति अध्यक्ष रणवीर सुुनुवार रहेका थिए भने कार्यक्रमको सभा अध्यक्ष मन प्रसाद सुनुवार रहेका थिए । उक्त कार्यक्रम सभाअध्यक्ष सुनुवारले सहकारीको भाविनिति तथा योजना बारे र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अतिथि निर सुनुवारले सम्पूर्ण सुनुवार समुदाय एक हुनु जरुरी रहेको बताए । त्यसैगरी डा.लाल रापचले पनि सबै सुनुवारहरुले सामुहिक लगानी गर्न आबश्यकता रहेको बताए । टिकाराम मुलिचाले अरुबाट भन्दा पनी सुरुवात आफूबाटै गर्नु जरुरी रहने कुरा प्रस्ट पारेका थिए ।
चौथो बार्षिक साधारण सभा सम्बन्धी सूचना
यस सुनुवार सानज बचत तथा ऋण सहकारी संस्था लि.को मिति २०७३/०८/१२ गते बसेको संचालक समितिको बैठक बाट निर्णय भए बमोजिम निम्न मिति, स्थना र समयमा संस्थाको चौथो बार्षिक साधारण सभा बस्ने भएको हुदा सम्पूर्ण शेयरधनी सदस्य महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ ।
सभा हुने स्थान र समय
मिति २०७३/०८/२५ गते
स्थान : सुनुवार सेवा समाज भवन ३५, काठमाडौं
समय : दिनको १२ः ३० बजे
आदिबासी जनजाति चलचित्र महासंघमा पुनः अमृतबहादुर सुनुवार अध्यक्षमा निर्वाचित ।
सुनुवार डट ओआरजी समाचारदाता।
१८ भदौ, काठमाडौं । आदिबासी जनजाती चलचित्रकर्मीहरुको हक अधिकार तथा बिकासको साथै आदिबसीको सस्कृती पहिचान एवम जगेर्नाको निमित्त स्थापित आदिबासी जनजाति चलचित्र महासंघको चौथो महाधिवेशन सम्पन्न भएको छ । महादिधवेशनले पुनः अमृतबहादुर सुनुवारलाई अध्यक्षमा निर्वाचित गर्नुको साथै नौ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा सृजना सुब्बा, युगबहादुर गुरुङ, बिकु थोकर, महासचिबमा पुर्खाजित राई, सचिबमा बिवश बुढा मगर, सिजिका माझी, र कोषाध्यक्षमा बिजेन्द्र बज्रचार्य निर्वाचित भएका छन् भने सहकोषाध्यक्ष पछि मनोनयन गरिने भएको छ ।
