All about Sunuwar

Archives

now browsing by author

 

यायोक्खाको २३ औं स्थापना दिवस: तीन विद्यावारिधिसहित सम्मान

गणेश राई
काठमाडौं, २२ साउन २०६७ ।
किरात राई यायोक्खाले आफ्नो २३ औं स्थापना दिवसका अवसरमा समुदायका विभिन्न व्यक्तित्वलाई सम्मान तथा विद्यार्थीलाई छात्रवृत्ति र पुरस्कार प्रदान गरेको छ । यसैगरी यायोक्खाका संस्थापक १८ सदस्यलाई सम्मान गरेको छ । ललितपुरको मानवभवनमा आयोजित समारोहका प्रमुख अतिथि एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष जितपाल किरात, यायोक्खाका केन्द्रीय अध्यक्ष चतुरभक्त राईलगायतले प्रदान गरेका हुन् ।
सम्मान समारोहमासंस्थापकमध्ये कार्यवाहक अध्यक्ष जितमान राई, पूर्वमन्त्री मन्त्री तथा सभासद् गोपाल किराती, विक्रम राई, उद्धव राई, वेदना थुलुङ राई, डा.सन्तमान राई, देविका राई, तेज राई र माओ यलुङ राई उपस्थित थिए । कावा अध्यक्ष राईले तात्कालीन पंचायत व्यवस्थालाई चुनौती दिंदै २०४५ साल साउन २२ गते ‘किरात राई सांस्कृतिक संघ’ स्थापना गरेको उल्लेख गर्दै पटक पटक राज्य प्रशासनबाट धम्की र जेलसमेत हालेको बताए । २०४६ सालको राजनीतिक परिवर्तनसँगै २०४७ सालमा संघको प्रथम राष्ट्रिय सम्मेलन उक्त संघको नाम परिवर्तन गरी ‘किरात राई यायोक्खा’ (किराया) राखिएको हो । यायोक्खा आज संसारभरि रहेका किरात राई जातिको एकमात्र सामाजिक धरोहर गौरवशाली संस्था बनेको छ । यसको देशभरि १७ जिल्लामा कार्यसमिति छन् । किरात राई यायोक्खा संस्थाको नामबाट हङकङ, ब्रुनाई, बेलायत, अमेरिका, जापान, कतार, साउदीलगायतका मुलुकमा किरात राईहरु संगठित छन् । Read More

राज्य पुनःसंरचना आयोगमा गैर आदिवासी …

सुओ समाचारदाता
यालाखोम, २१ खुबनाच । विश्व आदिवासी दिवास २०१० को अवसरमा संविधान सभा पुनः संरचना तथा राज्य शक्तिको श्रोत बाँडफाँड समितिद्वारा प्रस्तावित संघीय राज्य र राज्य पुनःसंरचना आयोग गठनको औचित्य विषयक अन्तरक्रिया कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भयो । सोह्रौं विश्व आदिवासी दिवस भएको हुँदा विभिन्न संघसंगठनमा आवद्ध अतिथिहरुले सोह्रा वटा मैनवत्ती बालेर उद्घाटन गरिएको सो कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका महासचिब पासाङ शेर्पाले महासंघको संघीय संरचनाको बारे अवधारण प्रस्तुत गर्दै अगाडि भन्नुभयो, संघीय राज्य र राज्य पुनःसंरचना आयोगको औचित्य समाप्त भएको छ । यसले फेरि आदिवासी जनजातिको माग बमोजिम जातिय क्षेत्रीय राज्य पुनःसंरचना गर्न नदिने षडयन्त्र मात्र हो । यदि आयोग बन्यो भने त्यस आयोगमा गैर आदिवासी राखिनु पर्दछ ।
त्यसै गरी प्रमुख अतिथि लोकेन्द्र विष्ट मगरले अहिले संघीय राज्य र राज्य पुनः संरचना आयोगको गठन लगन पछिको पोते भने जस्तो भएको बताउँदै अगाडि भन्नु भयो, आयोगको काम प्रतिवेदन तयार गरी राज्य पुनसंरचना तथा राज्य शक्ति बाँडफाँड समितिलाई सिफारिस गर्नु पर्ने थियो । तर आयोगले गर्ने काम सबै समितिले गरि सकेको छ अब आयोग बनाउनु भनेको हास्यस्पाद कुरा हुन् । पुनः घुमाउरो बाटो प्रयोग गरी राज्य पुनःसंरचना खास बाहुनको पक्षमा गर्ने षडयन्त्र हो ।
आम गुरुङ, परशुराम तामाङ आदिले बोलेको सो कार्यक्रमको आयोजक आदिवासी जनजाति युवा महासंघ थियो । उक्त अन्तरक्रियामा मानिसहरुको उपस्थिति अति न्यून थियो ।

एस एल सि उत्तीर्ण विद्यार्थी सम्मानित

प्रेमकुमार सुनवार
यालाखोम, खुबनाच २२ । नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ युवा तथा विद्यार्थी विभागले २०६६मा एस एल सी उत्तीर्ण कोइँच (सुनुवार) विद्यार्थीलाई सम्मानित गरेउ । प्रमुख अतिथि नेलोकिसुसंका अध्यक्ष कमलप्रकास सुनुवारले यस्तो कार्यक्रमले सुनुवार युवा तथा विद्यार्थीहरुलाई शैक्षिक स्तर सुधार गर्न सहयोग पुराउने बताउनु भयो । अनेरास्ववियुका नवाराज पौडेल, सुनुवार सेवा समाजका अध्यक्ष टंकराम सुनुवार लगायत अन्य अतिथिहरुले पनि बोले सो कार्यक्रमको सभाध्यक्ष उर्मिला सुनुवारले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन मनोजकुमार सुनुवारले गर्नु भएको थियो ।

जातिय मुक्ति सम्मान विजय सुब्बालाई

समाचारदाता
यालाखोम, साउन २१ । जातिय मुक्तिको लागि साहित्य मुख्य नारासहित चौथो वार्षिकोत्सव मनाएको किरात राई लेखक संघले किरात राई यायोक्खा, कोटेश्वरको सुम्निमा हलमा विजय सुब्बालाई जातिय मुक्ति सम्मान २०६७ ले सम्मान गरेउ । प्रमुख अतिथि जीतपाल किरातले पगरी बाँधेर शीर उठाउँदै कास्य सम्मान पत्र साथ नगद प्रदान गर्नु भएको थियो ।

… अधिकारको उपयोग गर्न नपाउने ?

कोइँच (सुनुवार) सेवा समाजले २०६३ सालदेखि आधिकारीक रुपमा वल्लो किरात स्वायत्त प्रदेशको प्रस्ताव अगाडि सार्दै आएको भए त पनि इतिहासले वल्लो किरातको अस्तित्व प्रष्ट रुपमा उल्लेख गरेको छ । सुनुवार सेवा समाजको काठमाडौं घोषणा पत्र सार्वजानिक भए पछि वल्लो किरातको रुपमा विभिन्न समयमा स्थानीय संघसंस्थाका मुखपत्र, पत्रिका र कोइँच मातृभाषाका सञ्चार माध्यममा वल्लो किरातको आवाज उठी नै रह्यो । त्र राज्यको एकात्मक भाषिक विभेदका कारण यो आवाजलाई देशव्यापी गर्न नसकिएको कसैबाट लुकाउनु पर्ने कुरा भएन । तै पनि कोइँच (सुनुवार) समाज चुपचाप लागेर बसेन । केन्द्रीयस्तरको जातीय नेताहरुले बाध्ये भएर २०६६ मा वल्लो किरात मस्यौदा समिति गठन ग¥यो । जसको संयोजन सुनुवार सेवा समाजका उपाध्यक्ष मनप्रसाद सुनुवारले गर्नु भएको थियो । उहाँको संयोजनमा वल्लो किरातका किराती (जेरो, बाहिङ, सुरेल, हायु, थामी, जिरेल, कोइँच÷सुनुवार) हरु आफ्नो ऐतिहासिक पहिचानको लागि एकजुट भए र अहिले वल्लो किरात स्वायत्त प्रदेशको साझा अवधारण पत्र सार्वजानिक गर्दै सशक्त संघर्ष गर्न वल्लो किरात संघीय राज्य परिषद गठन भएको छ । उक्त परिषदको अध्यक्ष मनप्रसाद सुनवारसँग वल्लो किरात स्वायत्त प्रदेश सम्बन्धि कुराकानीको केही अंश: Read More

राज्य यथास्थितिवादी सोँचबाट मुक्त हुन सकिरहेको छैन

नविन सुब्बा, इन्डिजिनिअस फिल्म अर्काइभ (आइफा) का अध्यक्ष, नेपाली चलचित्रवृतमा फरक सोंच बोकेका एक योद्ध हुन् जसका विचारले धेरै आदिवासी चलचित्रकर्मीलाई पहिचानको लडाइमा डोराएको छ, भनीरहँदा तागेरा निङमाफुमाको अगाडि सृष्टिको बखान गरे जस्तै हुने छ । मुक्दुमका सलाक (ऋचा) हरु नाअ्सोलाई जस्तै गरी उनलाई नआउन सक्छ । तर रामायाण, महाभारत, बाइबाल, कुरान, त्रिपिटक भन्दा बढी उनी मुक्दुमलाई नै सुम्सुमाउन सक्छन् । हो, यही अनुभूतिले उनलाई सधैं नयाँ काम गर्ने जाँगर दिँदो हो । र त, सधै जोस जाँगर छ उनमा, ‘केही परम्परावादी सोंचले ग्रस्त चलचित्रकर्मीहरुलाई मेरो सम्बन्धमा राजनीतिकर्म बढी र चलचित्रकर्म कम लाग्ला । हिजोकै जस्तो एक भाषा, संस्कृतिलाई प्रवद्र्धन हुने किसिमको चलचित्रहरु बनिनु हुँदैन । चलचित्रकर्मी पनि सामाजिक, राजनीतिक रुपले सचेत हुनुपर्छ । चलचित्रले पनि बहुभाषी, बहुजाति, बहुसंस्कृति भएको नेपाली समतामूलक समाजको चित्रण गर्नु पर्छ भन्नु अस्वभाविक हुन्छ जस्तो लाग्दैन । यस अभियानलाई कसै न कसैले त जिम्मेवारी लिनु नै पर्ने हुन्छ । त्यही जिम्मेवारी मात्र वहन गरेको हुँ । ’ Read More

एस एल सी उत्तीर्ण कोइँच विद्यार्थीहरु सम्मानित हुने

समाचारदाता
यालाखोम, १८ खुबनाच । नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ, युवा तथा विद्यार्थी विभाग बागबजार काठमाडौंले गएको वर्षमा जस्तै यो वर्ष पनि एस एल सी उत्तीर्ण गरेका कोइँच (सुनुवार) विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । सुनुवार युवा तथा विद्यार्थीहरुलाई गोलवद्ध गरी जातिय पहिचानको लागि निरन्तर संघर्षमा कटिवद्ध रहन कार्यक्रम आयोजना गरेको युवा तथा विद्यार्थी विभागका संयोजक उर्मिला सुनुवारले बताउँदै अगाडि थपिन, ‘यसरी सम्मान कार्यक्रम गर्दा कोइँच किशोरकिशोरीहरुलाई उत्प्रेरण प्रदान भई भोलि उच्चा शिक्षा अध्ययनको लागि हौसला प्रदान हुने छ । त्यसैले आम कोइँच सामिबुलाई कार्यक्रममा उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछु ।’
उनका अनुसार विद्यार्थी सम्मान कार्यक्रम यही साउन २२ गते शनिवार दिउँसो ११ बजे विश्वाभाषा क्याम्पसको हलमा हुने भयोको छ । साथै आयोजक संस्था नेलोकिसुसंले एस एल सी गरेका कोइँच विद्यार्थीहरुलाई आप्mनो प्रमाण पत्रको प्रतिलिपि नेलोकिसुसं कार्यलय बागबजारमा उपलब्ध गराइ सहयोग गरिदिन पनि सूचना जारी गरिएको छ ।