All about Sunuwar

Archives

now browsing by author

 

प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न भयो ।

सरिता पुमा राई, अषाढ २०, काठमाण्डौं ।

आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको तिन दिने प्रथम आदिवासी जनजाति चलचित्र महोत्सव काठमाण्डौको भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डमा सोमबार सम्पन्न भएको छ ।
महोत्सवमा शनिबार कर्म क्या (कर्मको बाटो) , बन्थि , पेके ,गुठ चलचित्र प्रदर्शन भएको थियो भने आईतबार दखल , पुवालो , व्याःसाल (पैचो) , नागा , जितिया ,कल्ली , स्टोरी अफ टाईम , लोम्बा र सोमबार ङयाथुमै , टाढाको माया ,त्याग ,छयाबाहानी ,पेकोसामा , बुम्बा प्रर्दसन भएको थियो । महोत्सवमा किरात , लिम्बु , गुरुङ्ग , तामाङ्ग , थारु , नेवार लगायत अन्य समुदायको चलचित्रहरु प्रर्दशन भएको थियो ।
त्यसैगरी महोत्सवमा गुरुङ भाषाको कर्म क्या (कर्मको बाटो) चलचित्रले पब्लीक च्वाईज अवार्ड जितेको थियो भने उक्त चलचित्र जसमाया (जसु) गुरुङले निर्देशन गर्नुभएको थियो । सो चलचित्रले नगद २५ हजार पुरस्कार पनि हात पार्न सफल भएको थियो । महोत्सवमा तामाङ भाषाको चलचित्र बुम्बा र मगर भाषाको चलचित्र लुम्बालाई पनि दर्शकहरुले मन पराएको थियो । महोत्सवमा तिन महिलाले निर्देशन गरेको चलचित्रहरु जसु गुरुङ , टोमा लामा र विन्दु माझी पनि छनौटमा परेको थियो । Read More

आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने ।

सरिता पुमा राई, अषाढ १२, काठमाण्डौं ।
आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने भएको छ । यहि असार १७, १८ र १९ गते महोत्सव हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महोत्सवले आदिवासी जनजातिहरुका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण प्रर्वधनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य लिएर महोत्सवको आयोजना गर्ने लागेको महासंघको अध्यक्ष अमृत सुनुवारले जानकारी दिनुभयो । त्यसैगरी आदिवासी चलचित्र ‘शिलु’ २०४४ सालमा निमार्ण भएदेखि झण्डै ५०० भन्दा बढी कथानक आदिवासी चलचित्र निमार्ण भईसकेका छन् । Read More

युकेमा आदिबासी महिलाले मनाए नारी दिवस l

17454865_994011774064141_1886933704_oनेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतको आयोजनामा १९ मार्च आइतबारको दिन लन्डन स्थित नर्थहल्ट सोसियल क्लोबमा ,१०७औ अन्तराष्ट्रिय नारी दिवस भब्यता पुर्बक सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष बिमला कुमारी राइको अध्यक्षता रहेको उक्त कार्यक्रममा, नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष तुल छन्त्यालको प्रमूख आतिथ्य ,त्रिभुवन बिश्व विद्यालयकी प्राध्यापक तथा साहित्यकार सुमाया राइ,समिदा वुमन डेभलोपमेन्ट फोरमकी सस्थापक अध्यक्ष शर्मिला थापा र किराया प्रा क स लण्डनका संस्थापक मेजर मान ब राइको बिशेष आतिथ्य रहेको थियो।यसै गरि बेलायतमा अबस्थिक बिभिन्न संघसंस्था, आदिबासी जनजाति महिलाहरुको जातीय संस्थाबाट र गोर्खा च्यानलकी संयोजक तथा बरिष्ठ पत्रकार बिमला सेने लगायत अन्य आमंत्रित अतिथिहरुको उपस्थिति रहेको थियो । सभापति र प्रमुख अतिथि दुवारा पानसमा दिप प्रज्जोलित गरेर कार्यक्रमको समुदघाटन गरिनुको साथै सबै अतिथिहरुबाट पनि १०७ निर्मित क्यान्डलमा दिप जलन गरिएको थियो । संस्थाकी उपाध्क्ष युमा लिम्बु नेत्रकलाले उपस्थित अतिथि र सम्पूर्ण सहभागीहरुलाई स्वागत मन्तब्य र सचिव सुमिरा सुनुवारले स्वास्थ्य अनि सुरक्षा सम्बन्धि जानकारी सहित कार्यक्रम माथि प्रकाश पारेका थिए। Read More

किरात सुनुवार महिला समाज युके अध्यक्षमा मीना सुनुवार

kirat mahila४ मार्च सन् २०१७ आइतबार बेलायत स्थित फान्ब्रोरोमा किरात सुनुवार महिला समाज युकेको ऐतिहासिक प्रथम अधिबेशन भब्यताको साथ सम्पन्न भएको छ l श्रीमती गङ्गा माया सुनुवारको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा, नेपाल आदिबासी जनजाति महिला महासंघ बेलायतकी अध्यक्ष श्रीमती बिमला कुमारी राइको प्रमुख आतिथ्य रहेको थियो l अधिबेशन कार्यक्रमलाई सभा अध्यक्ष र प्रमूख अतिथि दुवारा पानसमा दिप प्रज्वलित गरेर समुद्घाटन गरिएको थियो l बेलायतमा छरिएर बसोबास गरेका किरात सुनुवार महिलाहरुको एकता ,व्यक्तित्व र नेतृत्व बिकासको उद्देश्ले सन् २०१३ मा किसुमस युकेको स्थापना भएको थियो l १०७औ अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर “परिबर्तनको लागि साहस ” लाइ आत्मसात गदै,महिला सशक्तिकरण र सचेतना खातिर आफुहरु पूर्ण रुपमा जागरुक रहेको भन्दै, सहभागी महिलाहरुबाट नारी दिवसको शुभकामना ,आमन्त्रित अतिथिहरुबाट मन्तब्य एबम संस्थाको संगठानिक प्रतिबेदन प्रस्तुति संगै पहिलो चरणको कार्यक्रमलाइ बिट मारिएको थियो l कार्यक्रमको दोस्रो चरणमा श्रीमती मीना देवी सुनुवारको अध्यक्षतामा किसुमस युकेको प्रथम कार्य समितिको चयन गरिएको छ जसमा निम्न पदाधिकारिहरु चयन भएका छन् ।

पदाधिकारीहरु  Read More

प्रधानमन्त्रीले तोप होइन, अधिकार दिने प्रतिवद्धता दोहोर्याउनु भयो ।

tamang-ghedungमिङमा सिं तामाङ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङहरुलाई अधिकार दिन तयार रहेको बताउनु भएको छ । प्रदेश नम्बर ३ को भेला काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्रीले तोप होइन, अधिकार दिने प्रतिवद्धता दोहोर्याउनु भयो  । उहाँले भन्नु भयो ‘ल्होछारमा तोप पड्काएर काम छैन्, अधिकार दियो भने काम हुन्छ ।’
भेलालाई सुरुमा नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोलेले ल्होछारमा टुडिखेलमा तोप पड्काएर प्रधानमन्त्रीज्यूलाई सलामी गर्नुपर्ने भन्दै माग राखेका थिए । प्रधानमन्त्रीले भेलाको सफलताको शुभकामना दिनु हुँदै आदिवासी जनजातिको कार्यक्रमहरुमा सरकार पनि मिलेर भव्य रुपमा मनाउने बताउनु भयो । उहाँले भन्नुभयो–माओवादीको दशबर्षे जनयुद्ध सफल पार्नमा तामाङहरुको बिशेष योगदान रहेका छ ।
भेला सुरु हुनुअघि दिउँसो १२ बजे काठमाडौंको भृकुटीमण्डपबाट भव्य र्याली शुरु भई सहिदगेट, एनएसी भवन, भोटाहिटि, जमल हुँदै कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आइपुगेको थियो । र्यालीमा बृहत ताम्सालिङ प्राप्तीका नाराहरु लगाईएको थियो । नेपाल तामाङ घेदुङ– जिन्दवाद, तामाङ एकता – जिन्दवाद, तामाङ घेदुङ एक हौऔँ – एक हाँऔं, तामाङ युवा एक हौऔँ – एक हौऔँ, ताम्सालिङ विरोधि होसियार – होसियार होसियार, ताम्सालिङ प्रदेश घोषण गर – घोषण गर, पहिचान, संघिय संरचना कायम गर– कायम गर.., राष्ट्रिय जनवार गाई खारेज गर – खारेज गर, ताम्सालिङ बिनाको संविधान मान्दैनौं – मान्दैनौं, समानुपातिक प्रतिनिधित्वको सुनिश्चित गर–सुनिश्चित गर, आई एल ओ १६९ कार्यान्वयन गर– कार्यान्वयन गर, सरकार र ताम्सालिङ संघर्ष समिति बीचको सहमती कार्यान्वयन गर– कार्यान्वयन गर जस्ता नाराहरु लगाईएको थियो । र्यालीमा विभिन्न भाषिक संघसंस्था, तामाङ डाजाङ, तामाङ सेमलेङ न्हान, नाङसाल क्लब नेपाल लगायत संघसंस्थाहरुको ब्यानरसहित सहभागीता रहेको थियो ।

र्यालीमा घेदुङकै साँस्कृतिक विभागका साँस्कृतिक टोली, तामाङ कलाकार संघ, विभिन्न जिल्लाका घेदुङका समितिहरु, विद्यार्थी घेदुङ, महिला घेदुङ, युवा घेदुङ लगायतका संस्थाहरुको ब्यानरसहित सहभागीता रहेको थियो । भेलामा तामाङ कलाकारहरुले गीतहरु प्रस्तुत गरेका थिए। प्रादेशिक भेला उद्घाटन शत्र सकिएपछि बेलुकी ६ बजेबाट बन्दशत्र तथा प्रशिक्षण कार्यक्रम भएको थियो ।

किराँतीहरूले उधाैली हर्षाेलासका साथ मनाए ।

shyandarसुनुवार डट ओआरजी समाचारदाता ।
२८ मंसीर, ललितपुर । प्रकृति र पित्री पुजक किराँतीहरुले परिश्रम गरेर रोपेको अन्नबाली घरमा भित्राउन पाएकोले मंसीर पुर्णिमा अन्नबाली प्रकृतिलाई चढाइ (नोवागी) पुजा गरी आफुहरुले खानुका साथै इश्टमित्र र नातागोता सँग मिलर खादै हर्षोलासका साथै ढोल झ्याम्टा बजाउदै उधाैली पर्व अाज ललितपुर, इलाम र विभिन्न ठाऊहरुमा मनाए ।

सुनुवार सेवा समाज बचत तथा ऋण सहकारी लि.को चौथो साधार सभा सम्पन्न ।

shakariसुनुवार डट ओआरजी समाचारदाता ।
काठमाडौं । सुनुवार समाज बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्र्षिक साधारण सभा सुनुवार सेवा समाज भवन कोटेश्वर ३५मा शनिबार सम्पन्न भएको छ । साधारण सभा कार्याक्रममा प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय कार्य समिति अध्यक्ष रणवीर सुुनुवार रहेका थिए भने कार्यक्रमको सभा अध्यक्ष मन प्रसाद सुनुवार रहेका थिए । उक्त कार्यक्रम सभाअध्यक्ष सुनुवारले सहकारीको भाविनिति तथा योजना बारे र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अतिथि निर सुनुवारले सम्पूर्ण सुनुवार समुदाय एक हुनु जरुरी रहेको बताए । त्यसैगरी डा.लाल रापचले पनि सबै सुनुवारहरुले सामुहिक लगानी गर्न आबश्यकता रहेको बताए । टिकाराम मुलिचाले अरुबाट भन्दा पनी सुरुवात आफूबाटै गर्नु जरुरी रहने कुरा प्रस्ट पारेका थिए ।