All about Sunuwar

आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने ।

सरिता पुमा राई, अषाढ १२, काठमाण्डौं ।
आदिवासी जनजाति चलचित्र महासंघले तिन दिने महोत्सवको आयोजना गर्ने भएको छ । यहि असार १७, १८ र १९ गते महोत्सव हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । महोत्सवले आदिवासी जनजातिहरुका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण प्रर्वधनका साथै पर्यटन विकासका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवर्धन गर्ने लक्ष्य लिएर महोत्सवको आयोजना गर्ने लागेको महासंघको अध्यक्ष अमृत सुनुवारले जानकारी दिनुभयो । त्यसैगरी आदिवासी चलचित्र ‘शिलु’ २०४४ सालमा निमार्ण भएदेखि झण्डै ५०० भन्दा बढी कथानक आदिवासी चलचित्र निमार्ण भईसकेका छन् । महासंघले स्थापना काल देखि नै आदिवासी जनजाति चलचित्रको प्रवर्धन तथा संवद्दन गर्नका लागि हरेक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको थियो । त्यसै अनुरुप यस वर्ष महोत्सवको आयोजना गरिएको महासंघले जनाएको छ । आयोजकले यस महोत्सवमा जातिय संस्थाबाट छनौट भई सहभागिता जनाउने सबै चलचित्रहरुलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरिने समेत जनाएको छ । पब्लीक चोईज अवार्ड पाउनेलाई नगद २५ हजार रुपैया पुरस्कार प्रदान गर्ने आयोजकले जानकारी दिएको छ । भने महोत्सवमा चलचित्रहरु कर्म क्या (गुरुङ) वन्थी (माझी) फेके (मुगाल),दखल(राजवंशी) , पुवालो(राई) , ब्यासा (राई) , नागा ( नागा) , पेकोसामा ( लिम्बु) , जितिया(थारु) ,लोम्बा (.मगर) ,बुम्बा (तामाङ) ,कल्ली ( नेवार) , अस्टोरी अफ टाईम ( नेवार) ,ङ्यो थमै (गुरुङ) ,त्याग ( गुरुङ) टाढाको माया (गुरुङ) , छ्याबाह्रामी (गुरुङ) ,गुठ (मगर) प्रर्दशन गर्ने भएको छ । महोत्सवको सुरुमा झागी पनि प्रस्तुत गर्ने आयोजले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *