All about Sunuwar

सुनुवार सेवा समाज बचत तथा ऋण सहकारी लि.को चौथो साधार सभा सम्पन्न ।

shakariसुनुवार डट ओआरजी समाचारदाता ।
काठमाडौं । सुनुवार समाज बचत तथा ऋण सहकारी संस्थाको चौथो बार्र्षिक साधारण सभा सुनुवार सेवा समाज भवन कोटेश्वर ३५मा शनिबार सम्पन्न भएको छ । साधारण सभा कार्याक्रममा प्रमुख अतिथि सुनुवार सेवा समाज केन्द्रीय कार्य समिति अध्यक्ष रणवीर सुुनुवार रहेका थिए भने कार्यक्रमको सभा अध्यक्ष मन प्रसाद सुनुवार रहेका थिए । उक्त कार्यक्रम सभाअध्यक्ष सुनुवारले सहकारीको भाविनिति तथा योजना बारे र प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा अतिथि निर सुनुवारले सम्पूर्ण सुनुवार समुदाय एक हुनु जरुरी रहेको बताए । त्यसैगरी डा.लाल रापचले पनि सबै सुनुवारहरुले सामुहिक लगानी गर्न आबश्यकता रहेको बताए । टिकाराम मुलिचाले अरुबाट भन्दा पनी सुरुवात आफूबाटै गर्नु जरुरी रहने कुरा प्रस्ट पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *