All about Sunuwar

Archives

now browsing by author

 

बारि थुँ

baarithun

बेलायत आदिबासी महासंघका अध्यक्ष तुल छन्त्याल !

uk_mahasangगत ३१ मे आइतबार नेपाल आदिबासी जनजाति महा संघ बेलायतको दोस्रो महाधिबेशनले बेलायत छन्त्याल संघका तुल छन्त्याललाई अध्यक्ष पदमा चयन गरेको छ ! यसै गरि बरिष्ठ उपाध्क्षमा किरात सुनुवार सेवा समाजका पुर्व अध्यक्ष तथा बर्तमान सल्लाहकार जंग सुनुवार ,उपाध्क्षमा देबीमाया पुन र लोकेन्द्र लिम्बु ,महा सचिव कर्म शेर्पा ,सचिव जगत गुरुङ ,कोषाध्यक्ष पेम्बा शेर्पा र सह कोषाध्यक्ष पूर्ण दुरा चयन भएका छन् भने बेलायतमा रहेको ११ वटा जातिय संस्थाबाट एक एक जना कार्य समितिका लागि महा संघका सदस्य रहनेछन !

यथासम्भव चाँडो राहत दिलाउनुपर्छ

shree prasad limbu-अध्यक्ष
श्रीप्रसाद लिम्बू
नेपाल आदिबासी जनजाति महासंघ बेलायत

गोर्खाआर्मीका डब्लु ओं टु बाबा धनबहादुर लिम्बू र आमा बिष्णुकुमारी लिम्बूकोकोखबाट मलेसियामा ५० बर्ष अगाडि जन्मेका श्रीप्रसाद लिम्बूको पुर्खौली घरताप्लेजुङ्ग खेवानमा हो । २५ बर्ष ब्रिटिश आर्मीमा सेवा गरेपछि सन् २००४ मालेफ्टिनन्ट पदमा अवकास लिएका उनी सगरमाथा गोर्खा नेपाली समाज फोक्सटनयुकेका संस्थापक अध्यक्ष हुन् । किराँत याक्थुंग चुमलुंग बेलायतको अध्यक्षपदमा ४ बर्ष जम्मा दुई कार्यकाल नेत्तृत्व प्रदान गरिसकेका लिम्बू सन्२०१२ देखि नेपाल आदिबासी जनजाति महासंघ बेलायतको अध्यक्ष पदमा नेतृत्व हाँकिरहेका छन् । यसै गरी एन आर एन बेलायत,संघीय समाजबाद बेलायत आदि जस्ताअन्य सामाजिक तथा राजनीतिक संघ संस्थाहरुमा सल्लाहकार समेत रहेका छन् ।नयाँ बर्ष२०७२ बैशाख १२ गते मंगलबार मातृ भूमिमा गएको महाविनाशकारी भुकम्पपीडितहरुलाई राहत वितरण गरेर लिम्बू हाल बेलायत फर्केका छन् । प्रस्तुत छनेपाल आदिबासी जनजाति माहासंघका अध्यक्ष श्रीप्रसाद लिम्बूसँग राहत वितरणसम्बन्धी गरेको छोटो कुराकानी ।

प्रश्न – भुकम्प पीडितहरुलाई राहत कहिले वितरण गर्नुभयो ?
उत्तर – बैशाख १२ गते महा प्रलयकारी भुकम्प आउनु अगाडि म आफ्जोमातृभुमिमा पारिवार तथा आफन्तहरुसँग भेटघाट गर्ने क्रममा पुगेको थिएँ।भुकम्प आउने दिन म भेडेटारमा थिएँ । सिङ्गो देश रोदनमा थियो । मर्महात हुँदैम राजधानी हानिएँ। मे दुई तारीखको दिन साँखुमा मैले रु।पाँच लाख राहत रकमआदिबासी जनजाति राष्ट्रिय आन्दोलनका अध्यक्ष पद्मरत्न तुलाधरकोनेतृत्वलाई हस्तान्तरण गरे । Read More

हार्दिक अनुरोध !!!

SWS-Letter-Bhukampa

बेलायतमा श्यादर पिदार सम्पन्न !

uk1—–भावना परिष्कृत सुनुवार

किरातहरुको महान साझा राष्ट्रिय पर्व उभौली बैशाखे पूर्णिमा बुद्द जयन्तिको दिनमा पर्ने गर्दछ ! प्रतेक बर्ष धुमधामले हर्ष उल्लास सहित घरदेश देखि परदेश सम्म ,सुनुवार ,राई ,याक्खा,लिम्बु,जिरेल ,सुरेल ,हायू ,थामी आदि किरातीहरुले उक्त पर्वलाई परापुर्वकालदेखि मनाउदै आइ रहेका छन् ! पितृ र प्रकृति पूजक किरातहरु उभौली पर्वलाई ,सुनुवारहरुले श्यादर पिदार,सालिवा ,राइहरुले साकेला,,चसुवा ,तोसी ,लिम्बुहरुले चासोकताङ्गनाम आदि नामले मनाउने गर्दछन ! नया बाली लगाउने बेला र नया अन्न भित्राउने बेलामा पितृ ,इष्ट देवहरुको आरधना संग संगै प्रकृति शक्तिको पूजा गर्दै , नया बालीहरु सप्रियोस ,बिश्व भरि साकाल रहोस ,शान्ति छावस ,दैविक प्रकोप ,प्राकृतिक प्रकोप नहोस , ,बन पाखामा सदा हरियाली कायम रहोस, रोग भेद नहोस ,अकाल मृत्यु नहोस ,सबै कुरामा सुब्य फाब्य रहोस आदि जस्तो सामाजिक कल्यानार्थ कामना गर्दै ,नया अन्नबाट बनेको खान्कीको परिकार पितृ र देवलाई अर्पण गरेर नौगी खादै मानिने उभौली पर्वको सार सबै किरातहरुको एकै पाइन्छ ! Read More

गायक शिव मुखिया लन्डन तताउदै !

the axe—–भावना परिष्कृत सुनुवार फानबरो बेलायत
नेपाली संगीत जगतका एक्स ब्याण्ड सुप्रसिध्द पप स्टार शिव मुखिया हाल लण्डनको विभिन्न स्थानमा कन्सर्ट दिदै व्यस्त छन् !बेलायतको स्थानिय “बी13″ नामक नेपाली सांगीतिक समूहको आयोजनामा ” द एक्स ब्याण्ड युके टूर २०१५ “को सांगीतिक यात्राको दौरानमा गत १६ मार्चका दिन गायक मुखिया लन्डन आइ पुगेका हुन् ! लन्डन टेके देखि अति व्यस्त मुखियाको २१ मार्च साँझ फान्ब्रोरो स्थित ओकफम कम्युनिटी हलमा कन्सर्ट सम्पन्न भएको छ ! एउटा चिठीको सहाराले तिम्रो मन जित्न चाहन्न , तिम्रो केशमा लुक्न देउ मलाइ , हामी नेपाली हाम्रो नेपाल , हिजै राती सपनीमा तिमीलाई भेटेको ,चियाबारीमा डाडापारीमा लगायत शिवको थुप्रै चर्चित गीत संगीतले चिसो फान्ब्रोरो तात्तिएको थियो ! दर्शकहरुमा अत्त्याधिक युवा युवतीहरुको चाप थियो !” वन्स ओर वन्स मोर” भन्दै हरेक प्रस्तुति पछि दर्शकहरु आफ्नो प्रिय गायकलाई माया र अनुरोध दर्शाई रहेका थिए ! उक्त कन्सर्टमा बि १३ समुहका कलाकारहरुको पनि जोडदार प्रस्तुति रहेको थियो ! “छोटो समयको लागि आएको अति नै व्यस्त छ समय तालिका ! हंगकंग तिर जस्तै नेपालीहरुको बस्ति एकै ठाउमा होला भनेर सोचेको थिए !तर बेलायतमा त् चारै तिर टाढा टाढा छरिएर बस्नु भएको रहेछ हाम्रो नेपालीहरु ! धेरै खुशी लाग्यो , यति दूर देशमा आफ्नै घर आगनीको परिवेश देख्दा ! देश चित्रमा हैन मुटु भित्र हुदो रैछ… ” ! अन्य थुप्रै मुलुक पुगेका तर बेलायतमा भने पहिलो पटक आएका गायक मुखियाले भाबुक हुदै भने ! यहि बिचमा तुरुन्तै आयोजक बि १३ समुहाले एक्स ब्यान्डलाई लिएर स्कटल्याण्ड जाने चटारोमा रहेको, २८ मार्चमा अशफोर्ड र २९ मार्चमा लण्डनमा मुखियाले कन्सर्ट दिने बारे आयोजक प्रशान्त कर्माले बताए ! आगामी ३० मार्चमा मुखिया स्वदेश फर्कदै छन् ! अन्य देशको लागि सांगीतिक यात्राको तयारि रहेको उनले बताए ! –

अन्तराष्ट्रिय नारी दिवस एक छोटो चर्चा !

bhawanaप्रतेक बर्ष मार्च आठ तारिखका दिन मनाइने अन्त्राष्ट्रिय नारी दिवस कुनै खुशियालीको उत्सव नभएर उत्पीडित महिलाहरुको लैगिक बिभेद बिरुद्धको आवाज हो संघर्ष हो । महिला सशक्तिकरणको अभियानलाई बिश्वब्यापी रुपमा बुलंध पारिदै, महान संकल्प र अठोटको साथ् निरन्तर जारि राखिने अनन्तकालिन महायात्रा हो । बिगत बर्षहरु जसरि यो बर्ष पनि “१०५ औ” अन्तराष्ट्रिय नारी दिवसलाइ मार्च आठको दिन संसार भरिका महिलाहरुले नारी दिवस मनाउदै छन् ! उसो त पुरै हप्ता नारी दिवस सप्ताहको रुपमा महिला अधिकार सम्बन्धि चर्चा परिचर्चा गरिदै मानिने प्रमुख महिला दिवस हो ।

प्रतेक नारी दिवसमा एउटा एउटा मुख्य बिषय (थिम) मा आधारित नाराहरु बनाइन्छ । प्रतेक देशले आ आफ्नै समसामयिक बिषयहरुलाई समाबेस गरि नाराहरु बनाउने गर्दछन । यो पटकको “१०५ औ) को नेपालको लागि राष्ट्रिय नारी दिवस नारा (राष्ट्रिय महिला आयोगबात् ) “लैगिक मैत्री संबिधान महिला हिंसाको निदान” रहेको छ । यी नाराहरुलाई नाराको रुपमा मात्र सिमित नराखेर कार्यात्मक रुपमा अगाडी बढाउनु सबै भन्दा महत्वपूर्ण रहन्छ । यसरि नारी चेतनासँग सम्बन्धित नाराहरु निर्माण भई.बिकासको यस अवस्थासम्म आइपुग्नुमा नारी जागरणको सिंगो इतिहास जोडिएको छ भन्नुमा कुनै अतियुक्ति नहोला ।

अन्तराष्ट्रिय नारी दिवसको इतिहासलाई फर्केर हेर्ने हो भने एक सय पांच बर्ष भन्दा पनि पुरानो प्रारम्भिक चरणको काल खण्डलाइ हामीले स्मरण गर्नु पर्ने हुन्छ । २९ फेब्रुअरि सन् १९०९ ताका जसको प्रथम अध्याय लेखिने काम सयुक्त राष्ट्र संघमा केहि सामाजिक ,जागरुक र चेतनशील महिलाहरुबाट थालनी भएको थियो । त्यसपछि सन् १९१० मा डेनमार्कको राजधानी कोपेनहेगनमा अन्त्राष्ट्रिय महिलाहरुको बृहत भेला भएको थियो । जसमा १७ वटा देशका १०० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । पुरुष सरह श्रमिक महिलाहरुले समान ज्याला र सुविधाहरु पाउनु पर्ने ,सदियौ देखि नारी माथि सामाजको नाममा ,धर्मको नाममा ,जाति र बर्गको नामा हुदै आइरहेको बिभिन्न खाले अन्याय ,अत्याचार ,शोषण ,दमन ,हिंसा जस्ता लैगिक र अमानबीय ब्यबहारहरु प्रति खुलेर संघर्षको यात्रालाई अघि बढाउने जस्ता महान कार्यको थालनी भएको थियो ति साहसिक महिलाहरुबाट । जसको फल स्वरुप लैगिक विभेद ,सामाजिक ,शैक्षिक ,राजनीतिक ,सांस्कृतिक ,आर्थिक जस्ता बिबिध क्षेत्रहरुमा भएको शोषण ,दमन र विभेदको बिरुद्धमा आवाज बुलान्दित गर्दै ,अन्तराष्ट्रिय स्तर सम्म प्रभाव जमाउन सफल भए ति नारी अग्रजहरु । सन् १९११ मा यस प्रकारको महिला जागृतिले बिभिन्न राष्ट्रमा पहिलो पटक अन्त्राष्ट्रिय नारी दिवस मनाउने क्रमको शुभारम्भ गराई छाड्यो । यहि क्रमलाई निरन्तरता दिदै रशियाका नारीहरुले १९१३ मा ८ मार्चको दिन नारी दिवस मनाए । यसै समय देखि सबै युरोपेली राष्ट्रका नारीहरुले सोहि दिन उक्त दिवसलाई मनाउन थाले महिला मुक्ति संघर्षको अभियानलाई अघाडी सारेर । सन् १९१७ ताका आइ पुग्दा रसियाका नारीहरुले विश्व युद्धको बिरुद्ध ,शान्तिको निम्ति ,रोटीको निम्ति ,प्रेमको निम्ति ,महिलाहरुको मत अधिकारको निम्ति ,तथा सबै क्षेत्रमा पुरुष समान हक अधिकार प्राप्तिको निम्ति मार्च आठकै दिन आवाजलाई झनै बुलान्दित पारेका थिय। जसको फल स्वरूप रसियाका नारीहरुले मत अहिकार सुनिश्चित गराउन सफल भएका थिए । यसरि नै सन् १९१७ देखि १९७६ सम्म मार्च आठले नारी दिवसको निरन्तरा पाई रह्यो l सन् १९७७ मा संयुक्त राष्ट्र संघले नारि दिवस मनाउने सबै राष्ट्रका प्रतिनिधिहरुलाई बोलाएर ,आठ मार्चकै दिन प्रतेक बर्ष अन्तराष्ट्रिय नारी दिवस मनाउने निर्णय गर्दै अधिकारिक रुपमा घोषणा गरेको थियो। त्यस पश्चात आठ मार्चमा मनाइने उक्त नारी दिवसले बिश्वब्यापी रुप लिदै आजको अवस्था सम्म आइ पुगेको हो। Read More