सुनुवारी बाजा च्योङ् (विनायो) का हस्ति पान्थरे डम्बरबहादुर लस्पाच

सोम सुनुवार/का:तिच
इलाम, माघ ९/पांचथर, फिदीम–९ को नाम्दु/मझुवास्थित कर्णमाया सुनुवारको परिवारमा बैबाहिक कार्जे सिद्धिंदै थियो । स्थानीय लगनशिल युवा समूहका सदस्यहरु सफलतापूर्बक कार्जे सम्पन्न गरी सामाजिक सरसामानको थान्को र जिम्माको सिल्शिलामा थिए । बिचैमा चारखोला (इलाम) का एक निम्तारुले तीमध्येका एक सदस्य डम्बरबहादुर लस्पाच (सुनुवार) लाई मुसार्दै अङ्गालो हाली अलि पर लगे । अनि अनुरोध गरे–‘ल माल्दाइ, रन्काउनुस् विनायो ।’
सामाजिक कार्यको व्यस्तताका बाबजुद उनी उता गएर साथीहरुलाई के के कुरा गर्छन् । सायद, साथीहरुले पनि स्वीकृति दिए । त्यसैले उनले हाास्दै खल्तिबाट निकाले एक जोर नयाा विनायो । अनि वजाउन थाले बिभिन्न भाका हालीहाली । काम छोडेर युवा र किशोरहरु झुम्मिए डम्बर लस्पाचकै वरिपरी । यतिकैमा उनीसित अर्को विनायो मागेर साथ दिन थाल्छन् मजुवा, धुपीडााडाका अविरमान भुजिचा (सुनुवार) पनि । डम्बरबहादुर पछिका युवाहरुमा भुजिचा पनि बिनायोप्रति चासो राख्ने व्यक्तित्वका रुपमा आउदा रहेछन् । त्यस्तै सो जम्घटमा डम्बर पत्नि कमला लस्पाच, सरस्वति लस्पाच, लिलामाया सुनुवारलगायत महिलाले पनि बिनायो वजाएर आआफ्नो कला र क्षमता प्रस्तुत गरेका थिए ।
तत्कालीन पौवासार्ताप–९, हालको फिदिम–९ रमाइलो चोक नजिकै आमा शुकमाया र वाबु सहबिर सुनुवारका माइला छोराको रुपमा जन्मिएर हुर्किएका डम्बरबहादुर लस्पाच (५५) आफ्नो बिगत सम्झिंदै भन्छन्, ‘मैले स्कूल पढ्न त पाइन । तर बस्तु भाउ र खेतीपाति गर्दै निकै सानो उमेरबाटै विनायो वनाउन, वजाउन र बिक्री गर्न थालेको हुं ।’ स्थानीय सांप्राली काइंलो र छेलेटार कान्छोसित गोठालो गर्दै विनायो वनाउने कला सिकेको वताउदै उनी स्मरण गर्छन्, ‘शुरुमा एक सातामा ४५ देखि ५० वटासम्म विनायो वनाएर बेच्ने गर्थें । त्यो बेला एउटा विनायोको दाम मात्र २५ पैसा थियो । एक सातामा वनाएको ४८ वटा विनायो बेचेर गज्जवको छालाको जुत्ता किनेर लगाउने मान्छे मै हुं ।’ उनले विगतको आफ्नो कामप्रति गर्व गर्दै अरु मसला हाले । ‘तर अहिले भने आाखा कम्जोर भयो दिनमा एउटा विनायो मात्रै वनाउन सक्छु । दाम भने डेढसयदेखि लिएर दुईसय रुपैंयासम्म लिने गरेको छु ।’ विनायो मात्रै होइन, डम्बरबहादुर लस्पाच मुर्चुङ्गाको खोल, वाासुरीजस्ता अन्य वाजा त वनाउछन् नै डोका, डालाजस्स्ता घरायसी सामान वनाउन पनि खप्पिस छन् उनी ।
सिलौटी र अप्ठ्यारे पाखामा वस्तु चराउदै विनायो, वाासुरी वनाएको र रन्काएको सम्झना उनमा आज पनि आलै रहेछ । घमाइलो पाखाको मालिङ्गोबाट मात्रै विनायो वनाउन उपयुक्त हुने वताउछन् उनी ।
लस्पाचले बिनायो सुनुवारहरुको परम्परागत बाजा भएकाले आफूले सानैदेखि यसप्रति चासो राखेको बताए । उनले अहिलेसम्म बिशौं हजार विनायो बनाएको सुनाए । कुरैकुरामा उनले पहिले तरुनी–तन्नेरीहरुले अनिवार्य रुपमा विनायो वजाउने तर अहिले चाहीं कतै कतैका वूढापाकाले मात्रै वजाउने गरेको तुलनात्मक अनुभव पोखे । ‘पहिले उमेरदारी महिलाको साथमा खोलसहितका दुई मचिङ्गा र दुई विनायो हुन्थ्यो । पहिलेका तन्नेरी सुनुवारले आफ्नी मायालुलाई आफ्नै हातले विनायो खोपेर उपहार दिने चलन थियो । अहिले लोप हुन लागेको छ । यसमा मलाई चिन्ता छ ।’
त्यसो त हाल बिनायो र मचिङ्गाको खोलको माग निकै बढेको उनको भनाइ छ । अहिले ठिकै काम गर्दा पनि महिनाको तीन हजार अतिरिक्त कमाई हुने गरेको छ ।’ उनले यसैबाट चामल खान रकमको हर्जा नभएको बताउदै बार्षिक ३०/४० हजार रुपैंया बराबर कमाई हुने पनि सुनाए । उनका अनुसार मचिङ्गाको खोलको तीनसय र विनायोको दुई सय रुपैंया मोल पर्छ । उनको कलाका पारखीहरु पााचथर र खारखोलामा धेरै रहेका बताइन्छ ।
अन्त्यमा उनले फेरि दोहोऱ्याए–च्योंगो/च्योङ् (सुनुवार भाषामा विनायोलाई यसो भनिन्छ) हामी कोइंच/सुनुवारहरुको बाजा हो । यसको संरक्षण र प्रचारप्रसार गरिनु पर्छ ।’

Share

Leave a Reply

Your email address will not be published.