All about Sunuwar

February, 2014

now browsing by month

 

फागुन १0 र २४ का लागि कोइँच युवाहरु जोसिँदै छन्

हिजोअस्तिको भन्दा कम चिसो तर धुम्म छ मौसम आज विहनको । ट्याँ ट्याँ टुँ टुँ चर्को हर्नसहित गाडी आफ्नै गतिमा हुइँकीरहेको छ । सुनिको काममा हिडेका र स्कूल, कलेज जानेहरुको भीडमा जुत्ताको टक टक धुन एकापसमा बढो प्रतिस्पर्धी रुपमा जुवारी खेलीरहेका छन् । म त्यो जुवारीको साँक्षी बनेर हिड्दै छु मनमा नानाथरी कुराहरु उमार्दै । मेरो एकाहोरिएको मौन व्याँडमा फापिदुपि मडारिएर ह्वा.त्त छिर्छ, “सेउ, गोम–रो, दोत–थि ? वोनान गाअÞचा दुम–मे ?” हँ, कस्तो सधैं नजीकबाट अनुभूत गरेको उच्छ्वास । झस्किएर हेर्छु एक हुल हिजो कोटेश्वरमा सँगै नाचेका वार–चिहरुको हुल–मा पो – जीवन, सागर, लेखबहादुर, मिलन, देवराज, दुर्ग, रवि, विक्रम, मुना, मलाई नाच्ने सिकाउने हरिमाया र अरु धेरै ।
“मामे एँ, ते गाअÞचा दुम–मे ?” – मैले सबैलाई साझा शब्द गुच्छा ओकलेँ ।
“ए, गोम–रो यो, था छैन र ? पर्सि फागुन १0 गते कोइँच साँस्कृतिक कार्यक्रम हुँदै छ नि कोटेश्वरमा सुनुवार कलाकार समाजले गर्ने । हो, त्यसको लागि नाच रिहर्सल गर्न कोटेश्वर हिडेको ।”
देवराजको बोली रोकिना नपाउँदै हाँसिला फर्सिला जीवनले जोसिएर थपी गए,– “फागुन २४ गाते सुसेस काथ–मान–दु, विद्यार्थी नु युवापुकि गार–शा पिकनिक यो लानालान निकि । मेकोके तिकात योअÞथि यो गाअÞशो ।” Read More