All about Sunuwar

अवैधानिकले अवैधानिकताको काम गरेपछि

खडोस सुनुवार
पूर्व सचिव, सुनुवार सेवा समाज, केन्द्रीय समिति


यही २०६७।०८।१८ गते सुनुवार सेवा समाज काठमाडौं उपत्यका क्षेत्रीय समितिको सम्मेलन सम्पन्न भयो भन्ने खबर  www.sunuwar.org को समाचारदाताले फोन गरेर मलाई पनि उक्त सम्मेलनको वारेमा सोधे पछि थाहा पाएँ । यस्तो खबर पाएपछि समाजको विकास र उन्नति हुनु राम्रो हो भन्ने लाग्यो । तर भोलिपल्ट वेभसाईट खोलेर हेरेपछि जिल्ला समितिहरुको अनुपस्थिति रहेको पाएँ । अनि यस समितिको विगततिर पनि फर्किएर हेरेँ । यो समितिको अघिल्लो सम्मेलन २०६३ सालमा भृकुटी मण्डपस्थित नेपाल ल क्याम्पसको हलमा सम्पन्न भएको हो । सालको हिसाब गर्दा अहिले पाँच वर्ष भइसकेको रहेछ । त्यसपछि सुनुवार सेवा समाजको विधानतिर पनि सम्झिन मन लाग्यो ।
संशोधित विधान (२०६४) हेर्दा केन्द्रीय समितिको हकमा परिच्छेद– ४ को दफा ११ को साधारण सभा÷सम्मेलन शिर्षकको (क) मा “प्रत्येक १/१ वर्षमा वार्षिक साधारण सभा र प्रत्येक ३/३ वर्षमा राष्ट्रिय सम्मेलन बोलाइने छ । तर आवश्यक परेमा अगावै पनि बोलाउन सकिने छ । यस सभा÷सम्मेलनमा देहाय बमोजिम तोकिएका सदस्य वा प्रतिनिधिहरूले मात्र भाग लिन र मताधिकार रहनेछ । अन्य सदस्यहरूको हकमा केन्द्रीय समितिको निर्णयले तोके अनुसार पर्यवेक्षकको रुपमा रहन सक्ने छन् ।” भनिएको छ ।
क्षेत्रीय समितिका लागि परिच्छेद– ८, दफा २५ तोकेको छ जसमा क्षेत्रीय समिति र जिल्ला समितिको पदाधिकारी तथा सदस्यहरूको पदावधि साधारणतया २ वर्षको हुनेछ भनिएको छ । (हेर्नुहोस् सुसेस विधान, परिच्छेद– ८, दफा २५ र परिच्छेद– ९, दफा  २९)
२०६३ सालको सम्मेलनदेखि गणना गर्दा अहिले क्षेत्रीय समितिको पदावधि ५ वर्ष भैसकेको छ । त्यसपछि भएपछि यो समाजको ३ वर्ष ढिलो गरी सम्मेलन भयो । विधानको पालना गर्ने हो भने यो समाज दुई वर्षअघि नै स्वतः विघटन भएको हो (यदि विधानलाई पक्का गरी पालना गर्ने हो भने) । अब वैधताको लागि कानुनी कुरा गर्ने हो भने पनि माथि नै उल्लेख भइसकेको छ– ‘प्रत्येक १/१ वर्षमा वार्षिक साधारण सभा’ गर्ने । वार्षिक साधारण सभा सम्पन्न गरी म्याद थप गरेको भए पनि वैधानिकता मान्नुपर्ने हुन्थ्यो जहाँ मातहतका सदस्यहरूले सम्मेलन यति समयपछि गर्ने भनि म्यान्डेट दिएको हुन्छ । त्यसो हो भने साधारण सभा पनि नगरी यतिका समय निस्क्रिय भई बसेको छ ।

त्यसो हो भने यो सम्मेलन एकाएक कसरी भयो त ?
यो सम्मेलन गर्न हुन्छ भनि सल्लाह दिने सल्लाहकार विज्ञहरू प्रति पनि यही प्रश्न जान्छ । उहाँहरू हुनुहुन्छ— सुनुवार सेवा समाज केन्द्रीय समितिका अध्यक्ष श्री टंकराम सुनुवार, महासचिव श्री विमला सुनुवार, केन्द्रीय समितिका सल्लाहकार श्री भगतकुमार सुनुवार यस सुनुवार सेवा समाज काठमाडौं उपत्यका क्षेत्रीय समिति र सुनुवार सेवा समाज ललितपुर जिल्ला समितिको समेत सल्लाहकार हुनुहुन्छ । उहाँहरू केन्द्र हाँक्ने नेताहरू हुनुहुन्छ । त्यति मात्र नभई नेपाल राज्यका सम्पूर्ण सुनुवारहरूको नेता पनि हुनुहुन्छ । हे विज्ञहरू हो ! तपाईहरू कहाँको विधान पढेर यो क्षेत्रीय सम्मेलन सम्पन्न गर्ने सल्लाह दिनुभयो ? कि तपाईंहरू नै विधानभन्दा माथिको सर्वेसर्व हो ? वा क्षेत्रीय समिति हो ? आम सुनुवारहरूलाई यो जवाफ दिनुहोस् । आगे कालो इतिहासको धब्बा तपाईंहरू नै जिम्मेवारी ! कि तपाईंहरू विधान नमानी जंगबहादुरीकरण शैलीको मौखिक विधान लागू गर्नुभएको हो ? हो भन्ने सुनुवार समुदायलाई स्पष्ट जवाफ दिनुहोस्– हो भनेर । यो तर्कलाई कुतर्क मान्नुहुन्छ भने यो सम्मेलनको प्रमुख अतिथि, अतिथि र वक्ताहरू तपाईं नै होइन र !

मैले सुनेको खबर !
यो क्षेत्रीय समितिको सम्मेलन विधानसम्मत भएन भन्ने असन्तुष्टि आफ्नै मातहतका जिल्ला समितिहरूबाट पनि उत्पन्न भएको रहेछ । त्यसको आधार काठमाडौं जिल्ला समिति, ललितपुर जिल्ला समिति र भक्तपुर जिल्ला समितिले सम्मेलन नै बहिष्कार गरेको खबर प्राप्त भयो । बहिष्कार मात्र होइन, क्षेत्रीय समितिले अवैधानिक बाटोबाट सम्मेलन सम्पन्न नगरेको कारण अब जिल्ला समितिहरू मिलेर विधान अनुरुप क्षेत्रीय समितिको भेला समेत आयोजना गर्ने सल्लाह भइसकेको खबर पनि प्राप्त भयो ।

अब केन्द्रीय समितिको भूमिका
अब यस्तो विकराल अवस्था सिर्जना हुन नदिन त केन्द्रीय समितिको पहल बिना सम्भव नै देखिएन । त्यसो भए केन्द्रीय समितिले यी ३ जिल्ला समितिहरू र क्षेत्रीय समितिका पदाधिकारीहरूलाई राखेर तदर्थ क्षेत्रीय समिति खडा गरी नयाँ सम्मेलन गराउन सक्षम होला त ! यो असम्भव छ । थुकेको थुक फेरि आफैं चाट्नु बराबर छ । किनकि क्षेत्रीय समितिका सल्लाहकारहरू नै केन्द्रीय समितिका पदाधिकारीहरू हुन् । यदि होइन भन्छन् भने क्षेत्रीय समितिले गरेको यस्तो अन्धो निर्णयमा ल्याप्चे लगाउने गवाँरहरू कसरी केन्द्रीय पदाधिकारी बन्नुभयो ? होइन भने यस्तो गलत निर्णयलाई गलत भन्न सक्नुपथ्र्यो । लागू भएन भने सल्लाहकार पदबाट राजीनामा दिनुपर्दथ्यो । सम्मेलनमा प्रमुख अतिथि बन्नु हुँदैनथ्यो । यी कुराहरू त तपाईंहरूले गर्नु नै भएन त !
नजिरहरू हेर्ने हो भने पनि केन्द्रीय समितिको सातौं सम्मेलन २०६४ साल असोज १३, १४ र १५ गते नेपाल राज्यका सुनुवार समुदाय बसोबास गरेका जिल्ला, क्षेत्र र गाउँका प्रतिनिधिहरू आमन्त्रण गरी वृहत छलफल गरी भावी नीति तथा कार्यक्रम पारित गरी लगभग १६ गते विहान ६ बजे सम्मेलन सम्पन्न भएको हो । स्मरण रहोस्, हामीले पनि एक वर्ष ढिला गरी सम्मेलन गरेका हौं । हामी २०६० सालमा छैठौं सम्मेलनबाट निर्वाचित पदाधिकारी भए तापनि हामीले केन्द्रीय समितिको पूर्ण पदाधिकारीहरूको उपस्थितिमा केन्द्रीय समितिको बैठकमा छलफलको लागि प्रस्तुत गरी केन्द्रीय समितिले पारित गरी साधारण सभा आह्वान गरी एक वर्षको अवधि थप गरेका थियौं । त्यसमा पनि कारण छ । वर्तमान केन्द्रीय भवन निर्माणाधीन अवस्थामा रहेको हुनाले यसो गर्नु परेको थियो । यस सातौं सम्मेलनताका म खडोस सुनुवार केन्द्रीय सचिवको पदभार लिए तापनि महासचिव ९ महिना अगावै विदेश अध्ययनमा जानुभएकोले उहाँको समेत पदभार सम्हाली सम्मेलनमा प्रतिवेदन प्रस्तोता म स्वयम् हुँ । साक्षी छड्के किनारा वर्तमान अध्यक्ष टंकराम सुनुवार (तत्कालीन तृतीय उपाध्यक्ष), महासचिव विमला सुनुवार (तत्कालीन केन्द्रीय सदस्य), सल्लाहकार भगतकुमार सुनुवार (तत्कालीय केन्द्रीय सदस्य) नै हुनुहुन्छ ।
यसरी बिना कुनै नजिर, छलफल र प्रक्रियाभन्दा बाहिरबाट आफूखुशी मनोमानी ढङ्गले सम्मेलनको नाम गरी सम्मेलन आह्वान गरेर आफैं पदासिन हुनु श्री ३ जंगबहादुरकै पुनरावृत्ति सुनुवार सेवा समाजका पदाधिकारीहरूमा वक्रदृष्टि परेको हो कि भन्ने भान भइरहेको छ । यदि यो कुरालाई असत्य मान्नुहुन्छ भने तपाईंहरू कुन विधानअन्तर्गत यस्तो क्रियाकलाप गर्दै हुनुहुन्छ ? विधान हेर्नुहोस् ।
यी हर्कतहरू त सुनुवार सेवा समाज, काठमाडौं उपत्यका क्षेत्रीय समितिको वैधानिक र अवैधानिकताको भए । अर्को संस्करणमा सुनुवार सेवा समाज केन्द्रीय समितिको वैधानिक र अवैधानिक हर्कतहरूका बारेमा एकपटक फेरि तपाईंहरूसमक्ष आउने नै छु । आजलाई कि–बोर्ड स्टप !

7 Comments to अवैधानिकले अवैधानिकताको काम गरेपछि

  1. nabin says:

    khadosh sunuwar gko lekh padhera malai sunuwar haruko nautanki dekhera jhanai haso lagyo. bidhanko byakhya garnu bhako rahechha tara maileta tapale bhane jasto ta bidhanma ta chhainata tapaiko bibhan alag hoki hamile hereko pratilipi alag ho thaha bhaena 3/3 barsha nai ullekh chhina. maile bhanna yeti matra khojeko hu bhidhan ma je bhaepani athawa bhidhan type ma bigriyeko huna sakchha tara hami sunuwar majha sambandha nabigriyos tapai haruko lekh herne ho bhaneta ekle arkako khutta taneko matra dekhinchha janne hu bhanne jati ahamkari ajanne jati kamkari. jay hos sunuwar ko!

  2. shyaral says:

    Nabin, khados sunuwar ko le garnu vayeko kura 100% thik chha. yo sunuwar samaj ma party ko jhhanda ra bahun bad pasisake ko chha. sudda jatiye samaj lai samet tahas nahas banau ne kama vaye chha. yesto garnu vaneko samaj, vasa saskriti, rastiy, ko birudda ma uvinu ho. yasta haru ko na samaj ko maya hunchha na vasa sakriti ko na rasttiy maya hunchha khali swortha lut machhaune haru matra hunchhan.samaj lai tahas nahas banayera faida lutne haru. hisiyar koich haru sachet hunu hola samaj lai jokhim bata bachau nu tir lagnus. cheredum

  3. nabin says:

    shyaral jee maile khadosh sir lai 100% nai thik hunuhunna bhanna khojeko haina lekh anusar maile bhaneko hun. tara tapaile 100%thik dekhnu tapaiko kura ho. arulai rajniti ra bahun bad ko akshap launu bhako rahechha. tyo bhanda uchit tapai sws ma rahera kaslai k karbai hunuparchha ra samajko lagi k garda uttam hunchha kam garera dekhaununai ramro hainara? onthe jabaf din sajilo hunchha tara kam garera dekhauna teti sajilo chhaina jasto lagchha hai malaita!

  4. विकिलिक्स् नै हुने भो त सुनुवार डट् ओआर्जी ? घरभित्रका समस्याहरु उछाल्नु भन्दा पनि सल्लाह-सुझाव, नभए चेतावनि दिंदै सहि मार्गमा डोर्‍याउनु उपयुक्त होला ।

  5. kormoch says:

    मलाइ पनि शुभचिन्तक सरको चिन्तन सहि लाग्यो ।

  6. shyaral says:

    NABIN ji, tapaile kati garnu vayo ta sws ma kam ? hall ko sws kendriye samiti le koich harlai kati ko sammetera kam garna sake ko chha ? tapai ko comm herdata sws bare kehipani thaha chhaina jasto lageu. sws vitra kubd paseko chha ra kasto rajnitik hunchha vanne kura teyha kam gare pachhi thaha hunchha. suvachintak jee le agra ko bot ma bakhra rope jasto chha sunuwar.org le ta nikai ramro kagareu yesta anaitik kam sammiti ko hasta chhyap tapai hami sammmakchhe leyeune kam gare jasto lag chha. je dekheu tehi lekhneta yo suchana mulak kam garne ho sws ko jhhagada milaune kam hona ra milaune adhhikar pani chhaina. yasta kura milauneta sws kendra samiti ma hhami garchha vanne arulai garna nadine rajnitik garne haru ko kam testa ghhana lai heri rakhne haru lai po gali garnu parchha. KORMOCHA JI . LE PANI bahun le je vaneu tehi garnu hudo raichha.

  7. milan sunuwar says:

    khodos g ko lekh study garda malai ta 100%sahi lageu ra mero tarfa bata pani SUNUWAR haru jo kendra ma basera kaam garnu hun6 ti byaktiharu le natabaad,ahambaag lai tyegi samaj ko lagi garnu parne jastai niyam.bidhan dekhi liyera sampurna SUNUWAR harulai sammatera lane ho bhane ekdin SUNUWAR haru ko istar mathi pugna sak chha,hoina bhane maile pani SUNUWAR nalekhi GAUROCHA lekhnu parne hun6.

Leave a Reply

Your email address will not be published. Required fields are marked *