sunuwar.org
Recent Comments
Random Gallery
Koinch Kinglo
Get the Flash Player to see this player.

हार्दिक समावेदना

केर लाँ मालाचा लाल लाँ लाचा
लाल लाँ मालाचा बुइश-शि लाँ लाचा
हाम्रा सहृदयी मित्र तथा सुनुवार सेवा समाज रामेछाप जिल्ला समितिका अध्यक्ष रमेशकुमार ख्योम्पातिच सुनुवारको पुजनीय पिता दिलबहादुर ख्योम्पातिचको ९७ वर्षो उमेरमा असामायिक निधन भएको हुँदा उहाँको आत्मको चिरशान्तिको कामना गर्दै बुइश-शि लाँको बाटो प्राप्त गुरुन् भनि इँगिसोरिसँग पर््रार्थना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समावेदना प्रकट गर्दछौं ।
सुनुवार डट ओआरजि, चुप्लु समाज, रेडियो लिखु, चुप्लु फाउण्डेशन, दर्ुदा डट कम तथा सुनुवार सेवा समाज केन्द्रीय समिति परिवार ।

Share

गणेश र्राईसँगको विशेष कुराकानी

शर्तविहीन आन्दोलन भएको हुँदा पद्मरत्नको नेतृत्वमा हुनलागेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा कसैको स्वार्थ छ भन्न नसकिने भनाई छ आदिवासी जनजातिको मानवाधिकार सम्बन्धि निरन्तर रिपोर्टिङ गरिरहनु भएका पत्रकार गणेश राइको । आदिवासी जनजाति नेतृत्व आदिवासी जनजातिको मानवाधिकारको मुद्दामा भन्दा पनि व्यक्तिगत र्स्वर्थमा बढी केन्द्रित देखिएका हुनाले आदिवासी जनजातिको मानवाधिकार रक्षाको लागि चालिएको आन्दोलन कमजोर भएको विश्लेषण गर्छन् र्राई । नेपाल आदिवासी जनजाति महासंघसहितको आन्दोलन भएको हुँदा वर्तमानमा विभिन्न सञ्चार माध्यमले आदिवासी जनजाति आन्दोलनमा विवाद रहेको बजारीय हल्लामा सत्यता नरहेको वताउनु हुने पत्रकार गणेश र्राईसँग आदिवासी जनजातिको मानवाधिकार सुनिस्चितताको लागि गरिने आन्दोलनको उपलब्धि के कस्तो हुन सक्छ त – यसै सेरोफेरोमा गरिएको गणेश र्राईसँगको विशेष कुराकानी मात्र आदिवासी जनजाति रडियो : रेडियो लिखु ९१.३ मेघाहर्जमा ।

Share

र्सार्कले छोयो कोइँचलाई पनि ।

-कोइँचबु काःतिच

र्सार्क शिखर सम्मेलनको तयारी काठमाडौं जोडतोडले चलेको बेला कोइँचहरुलाई पनि कतै न कतै छोएको छ । हिजो खिम्ती, लिखु, मोलुङ, सुनकाशी वरपर मात्र सिमित उनीहरुको संस्कृतिले विस्तारै पखेटा फिँजाउने काम गरीरहेको छ । के किरात, के हिन्दू, के बौद्ध, के क्रिस्चियन जनुसुकै धर्मावलम्बी हुन् कोइँच भेषभूषालाई छाड्न सकेका छैनन् । हुँदा हुँदा अब नाटक, चलचित्र, म्यूजिक भिडियो, वृत्तचित्रमा मात्र होइन राष्ट्रिय अन्तराष्ट्रिय सभा सम्मेलनमा समेत कोइँच भेषभूषा र वाद्यवादनले आफ्नो दरो उपस्थिति जनाउन थालेको छ ।

र्सार्क सम्मेलनमा पनि खुला आकाशमूनि आफ्नो परम्परागत संस्कृति प्रस्तुत गर्ने ५० जना साँस्कृतिक कलाकार सहभागी रहने छन् । एयारपोर्टदेखि सोल्टी मोडसम्मका विभिन्न स्थानमा रहेर आदिवासी जनजाति कोइँचको परम्परागत बाद्यवादन तथा भेषभूषामा सजिएका पहिलो समूह सुनुवार सेवा समाज काठमाडौंका अध्यक्ष गोपाल सुनुवारको नेतृत्वमा, दोश्रो समूह सुनुवार डट ओआरजिका सञ्चालक पाम सुनुवारको नेतृत्वमा, तेस्रो समूह सुनुवार सेवा समाज केन्द्रीय उपाध्यक्ष रणवीर सुनुवारको नेतृत्वमा, चौथो समूह सुनुवार सेवा समाज केन्द्रीय समिति सदस्य तथा संस्कृति तथा अनुसन्धान विभागीय प्रमुद अमृत सुनुवारको नेतृत्वमा र पाँचौं समूह रेडियो लिखुका प्रतिनिधि तथा विहानी कोइँच भाषा कक्षाका सहजकर्ता जीवन सुनुवारको नेतृत्वमा १०, १० जनाको समूहमा बाँडिएर र्सार्क मुलुकका राष्ट्र प्रमुखहरुलाई स्वागत गर्न उपस्थित हुने अपुष्ट जानकारी सम्बन्धित श्रोतबाट प्राप्त भएको छ । नेपाली सेनाले गर्ने सुरक्षा तथा नेपाल सरकार, संस्कृति मन्त्रालय, राष्ट्रिय नाचघरकोसाँस्कृतिक व्यवस्थापनमा विभिन्न जातजातिका भेषभूषामा सजिएका लगभग ३०० भन्दा वढी कलाकारहरुको उपस्थिति सडक किनारा, चोक चोकमा रहने छ । १० जना तामाङ कलाकार लगायत ५० जना कोइँच साँस्कृतिक कलाकारको नेतृत्व भने सुनुवार सेवा समाज केन्द्रीय समिति संस्कृति तथा अनुसन्धान विभागका सदस्य वृषमान सुनुवारले गर्ने छन् ।

गुनासोको सुनुवाई तथा सुधारको चरण

 सामाजिक सञ्जालमा केही साथीहरुले आफ्नो गुनासो पोखे पछि सुनुवार सेवा समाज केन्द्रीय समितिका प्रथम उपाध्यक्ष तथा केन्द्रीय समिति संस्कृति तथा अनुसन्धान विभागीय प्रमुख र सुनुवार सेवा समाज काठमाडौं जिल्ला समिति अध्यक्षसहितको तीन सदस्यीय गुनासो सुनुवाइ तथा सो व्यवस्थापन जिम्मा दिइएपछि साथीहरुको गुनासोको सुनुवाईका साथै तत्काल कार्यान्वयन हुने भएको छ । ढोल झयाम्टा पुनः मर्मत तथा श्रृङ्गार गर्ने, काठमाडौं जिल्ला समितिका कोषाध्यक्ष शोभा सुनुवारको संयोजकत्वमा नेपालीहरुको महान चाड शाँदार पिदारको शुभकामना आदनप्रदान गर्ने, काठमाडौं जिल्ला सचिव आशिष सुनुवार र सहसचिव देवराज सुनुवार साथै जीवन सुनुवारको संयुक्त संयोजकत्वमा परम्परागत नृत्य व्यवस्थापन तथा प्रशिक्षण गरिने जानकारी सम्बन्धित श्रोतले जनाएको छ ।

 

Share

शाँदार पिदारको आगमनसँगै कोइँच भेषभूषाको बजार बढ्दो : पचास कोइँच युवयुवति र्सार्कमा

-कोइँचबु काःतिच
शाँदार पिदार आउँदै छ यही मंसीर २० गते । धमाधम कोइँच भेषभूषाको विक्री वितरण पनि हुँदै छ । जति कोइँच भेषभूषाले बजार पाएको छ त्यत्तिकै यसको नक्कली व्यापार पनि फस्टाउँदो छ । हामीलाई सम्झना छ २०५८ सालसम्म कोइँच भेषभूषाको चर्चा थिएन । गाउँघरमा सबैले लगाउने यो पोशक बजारमा मात्र होइन गाउँमै पनि लगाउन युव वर्गहरु लजाउँथे । पछिसम्म पनि यो पोशक लगाउन लाज मान्थे । तर हिजोआज यही भेषभूषा लगाउन युवापुस्ता गर्व गर्छन् । नेपाल सरकारले किरात चाड शाँदार, चासोक, चोसुवा र उभौलीलाई सरकारी मान्यता दिँदा यसको बारेमा लेख्नेहरुको अभाव थियो । हुन त कोइँचमा अझै पनि अभाव छ । यसैले किरात चाडको परिचय भन्ने एक पुस्तिका किरात याक्थुङ चुम्लुङले अगुवाई गर्‍यो । तर कोही पनि यस चाड वारे लेख्न तयार भएनन् । मुस्किलले कोइँचबाट म, राइबाट जितपाल किरात, याक्खाबाट लिला रोँगु र लिम्बुबाट अर्जुन लिम्बु मिलेर किरात चाड एक परिचय सम्पादन गरियो । र, त्यसलाई बाँडियो । अझै पनि सुनुवार सेवा समाजमा त्यो पुस्तिका होलान् । भेषभूषाको त्यतिबेला खासै महत्व थिएन । शाँदार नाच्न समेत मान्छे डाक्दा दिनको रु. २०० ज्याला समेत दिनु पर्ने वाध्येता थियो ।
पछि हामीले शाँदार नाचको लागि ढोल बजाउने प्रशिक्षण चलायौं । गीत गाउने प्रशिक्षण दिइयो र केटी मान्छेलाई पनि नचाउनु पर्छ भनेर नचाइयो । अहिले शाँदार पिदार आयोजनाको जिम्मा पछिल्लो पुस्तामा आइपुग्दा समग्र कोइँच पहिचानसहित अगाडि बढेको छ । अति हर्षर खुशीको यो क्षण देख्न पाइन्छ भन्ने कल्पनासम्म पनि हामीले गर्न भ्याएका थिएनौं ।
भेषभूषामा सजिएर शाँदार नाच्ने रहर अहिले सूदुर पर्ूव हङकङदेखि पस्चिम बेलायतसम्म जोडतोडले अगाडि बढेको छ । यही भेषभूषा विकासको पनि आफ्नै कथा छ । पहिलो पटक काठमाडौंमा सुनुवार विद्यार्थी समाजले अनिवार्य भेषभूषा लगाउनु पर्ने निर्ण्र्ाागर्‍यो पदाधिकारी तथा सदस्यहरुको लागि । र, महिला विभागको जिम्मामा भेषभुषा उत्पादन गर्ने कार्यक्रम अगाडि बढ्यो । त्यो जटिल कामलाई तत्कालीन महिला विभागीय प्रमुख कमला सुनुवारले बढो मिहनिेतसाथ अगाडि बढाउनु भयो । र, जम्मा ९० रुपैयाको कच्चा सामाग्रीमा क्लाःतोलि बनाउना लगाउनु भयो । फेरि सक्कली हुनु पर्ने शर्तानुसार दुरुस्त पुरानो क्लाःतोलि जस्तै अर्को उत्पादन गर्न कम झन्झटिलो काम थिएन त्यो पनि त्यस्ता सिपवान आमा दिदीहरु खोजी खोजी कोइँच भेषभूषाको उत्पादन गर्नु भयो र हामी समितिभित्रका सदस्यहरुले अनिवार्य किनेर लगायौं ।
यसरी बढो विषम्र परिस्थितिबाट शुरु भएको कोइँच भेषभूषाको पुनःस्थापना वा पुनःजन्म अहिले गर्वको विषय बनेको छ । यही भेषाभुषा र बाध्यवादनको कारण मुखैमा आएको र्सार्क शिखर सम्मेलनमा र्सार्क राष्ट्र प्रमुखलाइ स्वागत गर्न ५० जना कोइँच युवायुवती कोइँच भेषभूषामा सजिएर आफ्नो बाध्यबादनसहित उपस्थित हुने भएका छन् ।
जतासुकै होस् कोइँच भेषभूषा र वाध्यवादनले सञ्चारमाध्यमको आँखा तानेको छ र विभिन्न राष्ट्रको आँखा लागेको छ । जेनेभा स्वीजरल्याण्ड गएका खिजीकाती गाविसका प्राविधिक जोडी विरकुमार सुनुवारले त्यहाँ कोइँच भेषभूषा मन पराइएकाहरुले कर गरेपछि उतै कोइँच भेषभूषा र ढोल झयाम्टा बेचेर फर्किएका थिए । त्यस्तै गरी ओएचसिआर संयुक्त राष्ट्र संघको फेलोसिपमा तीन महिना पढ्न गएका देवकुमार सुनुवारले पनि साथीहरुले अति गरे पछि कोइँच भेषभूषा उतै जेनभा, स्विजरल्याण्डमा उपहार स्वरुप छाडेर फर्केका थिए । कतारमै पनि कोइँच भेषभूषासहितको साँस्कृतिक झाँकीलाई सरकारी फेसबुक वालको टाइमलाइनमा राखिएको थियो । रेडियो नेपालकै फुलबारी कार्यक्रममा जहिले पनि टप टेनमा परिरहन्थ्यो भेषभूषासहितको गानाबजनामा । विभिन्न साँस्कृतिक झाँकी र प्रतियोगितामा कोइँच शाँदार सिल खाली हात फर्केको इतिहास छैन नेपालमै पनि ।
सुनुवार सेवा समाजका सल्लाहकार टिकाराम मुलिचा भन्नुहुन्छ, हामीले अरु केही गर्न नसके पनि कोइँच भेषभूषालाई भने पुनःजन्म दिन सके छौं । यि गोनु छैन गाँथे । गाउँमि दा नेल्लिनु जोर काः काः वा । आलपुकि दा अनसानान बाअ्बातेमे । यी ए हो नि । आँकालि दा मुलथोचे मेरेके खोदेशो वाः ग्याप्शा गेचा माल्नुङ । नभए दा गो स्कूलन मालाइनुङ । -इ मसँग छैन । गाउँमा त सबैसँग एक एक जोर कोइँच भेषभूषा हुँदो रहेछ । नानीहरु त अनसन नै बस्दा रहेछन् । इ यस्तो हो नि । मलाई त्यसको जस्तो कपडा किनी दिनु पर्‍यो । नभए त म इस्कूल नै जान्न ।)
किन यति गर्व गर्न लायकको हुन्छन् त आदिवासी जनजाति कला – सोचनीय पक्ष यो पनि हो ।
आदिवासी जनजातिको हस्तकला, चित्रकलामा विशेष प्यार्टन हो । सन्सारको आदिवासी जनजातिले प्रयोग गर्ने बुट्टा अर्थात चित्र उस्ता उस्तै लाग्छन् । विशेष गरी प्रकृतिसँग नजिक हुने भएको हुँदा प्रकृति, डाँडाकाँडा, जनवार, रुख पातको आकारलाई ग्राफिकीकरण गर्ने चलन आदिवासी जनजातिमा हुन्छ । कोइँचको फेनेरेल्फु, क्लाःतोलि, किप्शुर फेने, लेजेबास, माचिङ्ग बास, क्योङ, लुजेबास, सेरेम फू नाम्जामा पनि कोइँच सामिबुले पहाड, माछा, मारुको सेप्टीको बुट्टा भरेर बनाका हुन्छन् । ति पौरखी हातहरुलाई सलाम ठोक्नु पर्छ हामीले । ती उत्पादनलाई बजारीकरण गर्न सके कति आनन्द हुन्थ्यो । हामी हामी वीचमा प्रयोग गरेर मात्र आर्थिक उन्नति हुँदैन । यसलाई कोइँचपन दिँदै विश्व बजारको हाते कला व्यापारमा प्रवेश गर्नु जरुरी छ । हाम्रो अनुभव लगभग दश वर्षअगाडि चुप्लु समाजले कोइँच खानाका साथै प्लुप्से, थाक्री, पाला गे, प्लेँकाश, क्योङ र क्लाःतोलि, फेनेरेल्फु, किप्शुर फेने, लुजे बास जस्ता हस्तकलाको पर््रवर्द्धन गर्दा कसैले चासो देखाउँदैनन् थे । तर विश्व बजारमा भने यसको माग भएको थियो । हामीले उत्पादन पुराउन सकेनौ र त्यसै थच्चिनु परेउ । अब पनि नयाँ युवा पुस्ताले यतातिर सोच्नु पर्ने भएको छ । तीतो अनुभव ः शुरुमा फेनेरेल्फू र क्लाःतोलि, किप्शुर फेनेको मूल्य महँगो हुनर्ुपर्छ भनेर जिकिर गर्नेमा कलमी आफै थेँ । किनभने महँगो भए पछि यसको महत्व पनि बढी हुन्छ भन्ने तर्क थियो मेरो । अरुलाई उपहार दिँदा पनि महँगो चिज नै उपहार दिए जस्तो लागोस् भन्ने थियो । त्यसको गुणस्तर चाहिँ हुनु पर्छ भन्थेँ । तर हिजोआज गुणस्तरहिन भेषभूषालाई पनि महँगोमा बेचेको देख्दा र जताततै गुनासो गरेको देख्दा अलि नमिठो लागेकाृे छ । कतिपय ठाउँमा र कतिपय व्यक्तिले टेबुल पोस जस्तो फेनेरेल्फु पनि महँगोमा विक्री गरेको पाइयो । क्लाःतोलि पनि तानमा बुनेको पाइयो । र, लगाउनेहरुले पनि भेषभूषाको अर्थै नबुझी जताभावी लगाइएको पनि पाइयो । आदिवासी जनजातिको भेषभूषा भनेको हातले बुनेको सक्कली हुन्छ । नक्कली काम त फाल्तु बेपारीको हो । यसैले कतिपय कोइँच भेषभूषाको ज्ञान नभएका कोइँचले कोइँच भेषाभूषा कतिको सक्कली र नक्कली हो कसरी लगाउने नजिकको साथीभाईहरुलाई सोधेर मात्र किन्नु, लगाउनु उपयुक्त हुने छ ।
अबश्य पनि कोइँच भेषाभूषा संस्कार संस्कृतिको पर््रवर्द्धन हुनु हामी आम कोइँचको लागि खुशीको कुरा हो । तर दिन दिनै भेषभूषामा विकृति पनि बढ्दै छ । सक्कलीको ठाउँमा नक्कली बढ्दै छ । जताभावी लगाइएको छ । कोइँच भेषभुषाको विशेष अर्थ र महत्व हुन्छ । महत्वै नबुझी देखासेँखीमा बढ्दो सस्तो फेसनको रुपमा हलक्क बढेको ख्यातिले पछि खडेरी पनि ल्याउन सक्छ । यसैले आजै हाम्रो आदिवासी जनजातीय कोइँचपनलाई मर्न नदिन अब विशेष सचेतता पनि अप्नाउँदै जाने पो हो कि ।

Share

सिङ्गापुर पुलिस फोर्सबाट रेडियो लिखुलाई सहयोग

radioचुप्लु दाम्लोच ।
२९ कार्तिक, काठमाडौं । पहिचान र विकासको लागि सञ्चार आदिवासी जनजाति रेडियो ः रेडियो लिखुलाई सिङ्गपुर पुलिस फोर्समा कार्यरत कोइँचहरुले आर्थिक सहयोग गर्नु भएको छ । आज सुनुवार सेवा समाजको भवनमा सिङ्गपुर पुलिस फोर्सका इनिस्पेक्टर टिकाराम जेस्पुज सुनुवारले सुनुवार सेवा समाजका अध्यक्षलाई सो सहयोग रकम हस्तारन्तरण गर्नु भएको छ । यो रकम रेडियो लिखुको स्थायी स्टुडियो भवन बनाउन खर्च गरिने रेडियो लिखुले जनाएको छ । यसभन्दा अगाडि बेलायतमा रहनु भएका कोइँच, हङकङमा रहेका स्वेच्छ वचत समूहका कोइच र ब्रुनाइमा कार्यरत कोइँचहरुले सहयोग गर्नु भएको थियो । हामीलाई कोरिया, मलेसिया, कतारमा रहनु भएका कोइँचहरुले पनि रेडियो लिखुको स्तरोन्नतिको लागि सहयोग गर्ने बचन दिनु भएको छ । विश्वभरी छरिएर रहेका पवित्र कोइँच मनहरुको सहयोग रहेमा रेडियो लिखुले विस्तारै अनलाइन मार्फत विश्वव्यापी आफ्नो सेवा विस्तार गर्ने छ, रेडियो लिखुका प्रबन्ध निर्देशकले बताउनु भयो ।

 

विस्तृत सहयोगदाताको नामसहितको विवरण

 

rakam

Share

दुइ वर्षा नै लाभांश वितरण : सुनुवार सहकारी

sahakariसुनुवार डट ओआरजी समाचारदाता ।
२९ कार्तिक, काठमाडौं । हाम्रो लक्ष्य यहाँहरुकेा सुनौलो भविश्य मूल नारासहित कोइँचहरुले पहिलो पटक सामुहिक आर्थिक कारोवार गर्नको लागि स्थापित सुनुवार समाज ऋण तथा वचत सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्न सफल भएको छ । आज दोश्रो वाषिर्क साधारण सभामा र्सार्वजानिक गरेको लेखा परिक्षण प्रतिवेदनानुसार यस वर्षचार लाख तीन हजार आठ सय अन्ठानब्बे रुपैया त्रिचालीस पैसा आम्दानी गरेको छ । अकुपाई कोइँच ल्याण्ड सोँचसहित सुनुवार सेवा समाज आठौं सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले कोइँचहरुमा छरिएर रहेको अर्थलाई एकै ठाउँमा जम्मा गरी कोइँच युवायुवतीहरुलाई रोजगारी दिने ठूला व्यवसाय स्थापना गर्ने साथै सो व्यवसायको प्रचार प्रसार तथा आदिवासी जनजातिको भाषा, धर्म, कला संस्कृतिको संरक्षण गर्न पहिचान र विकासको लागि सञ्चार आदिवासी जनजाति रेडियो लिखु ९१.३ मेघाहर्ज स्थापना गर्ने अभियान अगाडि सारको थियो ।
सुनुवार समाज सहकारीको सदस्य हुन सुनुवार सेवा समाजको सदस्य हुन अनिवार्य छ । शुरुमा ३६ जना सुनुवार सेवा समाजका सदस्यहरु मिलेर स्थापित सहकारी संस्थाको हालको सदस्य ११२ जना पुगेको छ भने ४ जना कर्मचारीलाई रोजगारी दिएको छ ।
आसार मसान्तसम्मको शेयर पूँजी बीस लाख बयासी हजार पाँच सय छ भने संस्थाको विभिन्न कोषमा तीन लाग तेइस हजार एक सय अठार रुपैंया चौहत्तर पैसा छुटाइएको छ । त्यसै गरी उनन्तीस लाख सतासी हजार नौ सय सतचालीस रुपैया चैसट्ठी पैसा सदस्यहरुलाई ऋण लगानी भएको छ । नेपाल सरकारलाई असी हजार सात सय उनन्तीस रुपैया उनन्सत्तरी पैसा कर दाखिला गरेको साधारण सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाले अगामी दिनमा कोइँच जेहेन्दार विद्यार्थी हौसला नगद पुरस्कार, जेष्ठ नागरिक सदस्य सम्मान, उत्कृष्ट तथा असल ऋणी पुरस्कार प्रदान गर्ने योजना अगाडि प्रस्तुत गरेको छ ।
यस वर्षजम्मा त्रिचालीस लाख तेत्तीस हजार चार सय एक रुपैयाँ अठार पैसाको कारोवार भएको छ ।
अध्यक्ष विश्वकिरण सुनुवारले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ, सुनुवार कोइँच समुदाय आर्फैमा अल्पसंख्यक पिछडीएको वर्गमा पर्ने समुदाय हो । यसैले राज्यको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक एवं व्यवसायिक जस्ता कुनै पनि क्षेत्रमा सुनुवार जातिको पहुँच नपुगेकै कारण राज्यबाट उपलब्ध हुने कुनै पनि कार्यक्रमबाट सोझा, सिधा कोइँचहरु सधैं वञ्चित हुनु परेको पाइनछ । यसैले अबको समय भनेको कोइँच समुदायमा पनि हर क्षेत्रमा समूहगत रुपमा सहकार्य गर्दै आफ्नु समुदायको प्रगति एवं उन्नतिको पथमा लम्कनु आम सुनुवार शेयर सदस्यहरुको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सहकारी नियम परिधी भित्र रहेर आफ्नो आर्थिक कारोवार सुरु गरेको यो सुनुवार समाज वचत तथा ऋण सहकारी संस्था लि. ले आज आफ्नो दोस्रो साधारण सभा यहाँहरु माझ भव्यताका साथ मनाउने शुभ अवसर प्राप्त गरेको छ ।

Share

र थाँति ब ताँति : ओखलढुङ्गाका राजनीतिकर्मीहरुको भेला

सुनुवार डट ओआरजि
महेश कोर्मोचाको आयोजनामा आज धुम्वराही सूर्य क्याटरिङमा विकासको लागि भेला भएका छन् । यो छलफल कार्यक्रम जिल्लाका सरकारी कार्यालय प्रमुखसँग बसेर जिल्लामा पनि आयोजना गर्ने जनकारी राम कार्कीले बताउनु भयो । सो कार्याक्रममा सभासद् यज्ञराज सुनुवारले रातो कितावमा कुन कुन विकास योजना परेको छ पढेर सुनाउनु भएको थियो भने सभासद् रामहरी खतिवडाले पार्टी र जाति भन्दा माथि उठेर ओखलढुंगाको विकासको लागि मरिमेट्ने बताउनु भयो । ओखलढुङ्गाको चारै जना सभासद् र जिल्ला विकास समितिको पूर्व पदाधिकारीहरुको उपस्थिति थियो ।

Share
Subscribe
Archives
b2k Educational
Sekuwa
advertise
Facebook