All about Sunuwar

February, 2017

now browsing by month

 

कञ्चना सुनुवार स्मृति सभा सम्पन्न

kanchanaकाठमाडौं । कञ्चना सुनुवार स्मृती कोषको सहयोग रकम रामेछापका सरोज सुनुवार लाई हस्तान्तरण गरिएको छ । सुनुवार सेवा समाज केन्द्रिय समितिको कार्यालय कोटेश्वरमा आयोजित स्वर्गीय कञ्चना सुनवारको स्मृति सभामा कोषको बार्षिक ब्याजबाट रामेछाप जिल्ला फर्पु–८ का सरोज सुनुवारलाई रु. १४,०००÷– सहयोग प्रदान गरियो । आर्थिक अवस्था नाजुक भएका सरोज सुनुवार जण्डीस रोग बिग्रिएर कलेजो र मृगौला दुबै खराब भई लामो समयदेखि अस्पतालमा उपचार गराईरहेका छन् ।

सहयोग रकम हस्तान्तरणका क्रममा कार्यक्रममा सहभागीहरुबाट पनि व्यक्तिगत रुपमा सहयोग प्रदान गरिएको छ । जसमा सुसेसका उपाध्यक्ष अमृतबहादुर सुनुवारबाट रु. एकहजार, सुसेस रामेछाप जिल्ला चन्द्र सुनुवारबाट रु. एकहजार, फर्पुका पूर्णबहादुर सुनुवारबाट रु. एकहजार, नैना सुनुवार, सुमित्रा सुनुवार, सविता सुनुवार र शुशिल महतबाट क्रमशः रु. पाँचपाँचसय प्रदान गरियो ।

सभामा कञ्चना सुनुवारका तर्फबाट अमृत बहादुर सुनुवार स्मृति सभाबारे प्रष्ट पार्दै आगामी दिनमा कार्यक्रमलाई अझ भव्य रुपमा आयोजना गर्ने कुरासमेत बताए । सुनुवार सेवा समाजमा यो नै पहिलो स्मृति कोष स्वतः स्फूर्त रुपमा स्थापना गरिएको कुरा पनि बताए ।

बिरामीको आर्थिैक अबस्था अत्यन्तै नाजुक देखिएको उक्त रकम हस्तान्तरण गरिएको कोष संचालक समितिका अध्यक्ष प्रितीसिंह ठकुरी सुनुवार ले बताए । मन्तव्यका क्रममा सुनुवार सेवा समाज निवर्तमान अध्यक्ष मनप्रसाद सुनुवारलगायत सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारसमेतले मन्तव्य राखेका थिए ।

दोलखा जिल्ला हावाँ गाबिस स्थित पिता होम बहादुर सुनुवार र माता पदममाया सुुनुवारको कोख बाट २०५१ साल फागुन १० गते जन्मिएका स्वर्गिय कञ्चना सुनुवारको ब्रेनको समस्या भई उपचारको क्रममा न्युरो अस्पताल बाँसबारी काठमाडौं स्थित २०७१ साल मंसिर २८ निधन भएको थियो ।

भट्टि भित्र पण्डितहरु

By सङ्केत

हामीसँग एउटा ठुलो घर छ

जस्लाई भट्टी पसल भनेर

संज्ञा दिन्छन यो गाउँका रैथानेहरु ।

भट्टिमा पस्नु अगाडि

कसैले इजारलाई मज्जाले कसेर पसे ।

किनकी मातेपछी

इजार लाउने हविगत हुन्न इनिहरुमा

उक्त्त भट्टिमा पसे पछी

रक्सिले मात्न मात्र पाइन्न

हल्का भट्टी मालिक्नी सँग

गालामा म्वाई खान पनि पाईन्छ ।

पिउनेहरु त्यहाँबाट मातेरनै निस्कन्छन

नपिउनेहरु पनि त्यहाँबाट

हल्का केही बोतलहरु रित्ताएरनै निस्कन्छन

यो भट्टि भित्र पण्डितहरु छिरेपछी

हल्का चकचक गरेर मात्र बाहिर निस्कन्छन

देखेको छु मैले यदा कता

देखेको छु मैले कता कता

कसै-कसैले गीता हातमा बोकेर

केही पण्डितहरु गंगाजल छर्दै

काँधको जनै निकालेर पनि छिरे

भट्टिमा कसैले मुन्धुमको अक्षर पछार्दै

ठुलो घैटोनै मेरो भनेर

आफ्नै सौन्दर्यको बखान गर्न पनि पसे

यो भट्टिमा कसैले बाइबलका पानाहरु गन्दै

जिसस क्रसलाई छाती भित्र लुकाएर

मनमायाको तातो पेटिकोट सापटी माग्न पनि पसे

भट्टीमा कसैले कुर्आनलाई काखिमुनी च्यापेर

मुल ढोकाबाट हैन

जस्केलाबाट पनि छिरे यो भन्ट्टिमा ।

कसैले बुद्धवचनका मन्त्र तन्त्र सप्पै बोकेर

पहेलो धोतीमात्र भिरेर पनि छिरे यो भन्ट्टिमा ।

शिवजी जस्ता जट्टाधारी भएर

पार्वती सँग रसलीला पनि रचे यो भट्टिमा

१ यिनीहरुले;

हो, तिमीले भनेको ठीक हो भनेर

कहिल्यै भन्न सिकेनन्

२ यिनिहरुले

हजारौ मनमायाका मनका बिस्कुनहरु

उज्यालोमा सुकुन भनेर

कहिल्ले हेक्का राखेनन्

३ यिनिहरुले;

भट्टी भित्र पनि मातेको बेला

प्रदेशको सिमाना छाँटेर

बुरुक्क बुरुक्क बेस्कन उफ्रिए

मनमायाको जिन्दगी बन्दकी राखेर

सन्तबीरलाई रेगिस्तानमा धपाउननि सक्षम भए ।

हेल्लो अर्थोडोक्सहरु

यस्तो पनि हुन्छ

अर्कै देशको जस्तो सिमाना सम्झेर

भट्टी भित्र पनि सधैं देश टुक्रिन्छ

मात्र भनिरहने देश बिग्रिन्छ

मात्र भनी रहने कैले सुध्रियो त्यो देश

अनी कहाँ पुगेउ हामी सुधिएका जनताहरु

हन घर भित्र राम्रा राम्रा कोठा निकाल्दा

कसोरी बिग्रन्छ घरको सौन्दर्य ?

माटोलाई माया गरेर

माटो माग्दा कसरी टुक्रिन्छ देशको माटो ?

टुक्रिएको त हाम्रो मन मात्र हो ।

हेक्का रहोस् पण्डित बाजे !

मनमाया जस्तो सस्तो नसम्झ सप्पैको मनलाई

मनमाया अव तिमीले पनि तिम्रो साँउ-ब्याज तिर्न

रक्सिका बोतल भित्र

जिन्दगीका सपनाहरु साट्न छोड्नु पर्छ

जिन्दगीमा बैश साँचेर बाँच्न सक्नु पर्छ ।

युवा महासंघमा अध्यक्ष पूर्ण राई

16681565_400753883609238_3855811929741057850_n-सुजता सुनुवार/इलाम माघ २९
नेपाल आदीवासी जनजातिका पहिचानको मुद्धा रहरले होइन बाध्य भएर उठाउन जरुरत भएको नेपाल आदीवासी जनजाति केन्द्रिय उपाध्यक्ष किरण सुनुवारले बताउनु भएको छ ।
नेपाल आदीवासी जनजाति युवा महासंघ नेपाल इलामको आज सम्पन्न दोस्रो अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भष्मेखोरिया फाडेर बस्ती बसाल्ने जनजातिलाई संविधानमा जुन रुपमा परिभाषा गरिएको छ त्यो गलत रहेको धारणा राख्नुभयो ।
यस्तै युवा महासंघका केन्द्रिय उपाध्यक्ष राम कुमार राईले सैद्धान्तिक मात्र होइन व्यवहारिक तवरले अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ । जिल्ला महासंघका अध्यक्ष संगीता थामीको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष राम राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उद्घाटन सत्रमा केन्द्रिय महासचिव सुदर्शन चौधरी , आदीवासी जनजाति महिला महासंघका सचिव देवी सुनुवार , किँरात राई यायोख्खाका प्रविना राई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यता अधिबेशनले पूर्ण राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षद्धयमा सुसन बम्जन तामाङ्ग, प्रविन सुनुवार, सचिवद्धयमा सन्तोष लिम्बु, इस्मायल राई , सहसचिवमा अनिता मगर , कोषाध्यक्षमा सञ्जिका थामी चयन हुनु भएको छ । यस्तै सदस्यहरुमा कृष्ण श्रेष्ठ, जीवन थामी, अर्जुन मगर र हुकुम थामी रहनु भएको पुर्व अध्यक्ष संगीता थामीले जानकारी दिनुभयो । सहभागी नभएका प्रत्येक जातिय सस्थाका प्रतिनिधिलाई आगामी बैठकमा सहभागी गराउने वर्तमान अध्यक्ष राईले बताउनु भएको छ ।