कोइँचबु
now browsing by tag
सुख शन्ति र समृद्धिको लागि किराँत चाड शाँदार
“सुख शन्ति र समृद्धिको लागि किराँत चाड शाँदार”
– उत्तम सुनुवार, कात-६ चुप्लु ओखलढुङ्गा
कोइँच् (सुनुवार/मुखिया/शिकारी) आदिवासीले व्यक्तिगत रुपमा प्रत्येक दिन शाँदारको पूजा आराधना गर्दछन् । तर सामूहिक रुपमा मनाउँदा शाँदार पिदारलाई स्थानभेदानुसार छ महिना एक वर्ष तीन वर्ष पाँच वर्षमा एक पटक धुमधामसँग मनाउँछन् । विश्व मानव समुदायको सुख शान्ति तथा समृद्धिको कामना गर्दै प्रकृति र पितृलाई पूजा आराधना गरिने यो चाड भावनाले ओतप्रोत हुन्छ । शाँदार पिदार व्यवस्थित र प्रणालीगत चेतपूर्ण सामाजिक चाड हो । यस चाडलाई केन्द्रीय विषय वस्तु बनाइ गहिरो अध्ययन अनुसन्धान गर् यो भने किराँतकालीन सभ्यता तथा राज्य व्यवस्थाको जीवित अवशेष भेट्टाउँछौं । शाँदार पिदारको परम्परागत संगठन तथा सामाजिक जनजीवनले किराँतकालीन राज्य व्यवस्था कस्तो थियो भन्ने कुरा थाहा पाउन सक्छौं । मुक्दुम आफैंमा किराँती ऐतिहासिक सभ्यताको उत्खनन हो, कलात्मक साहित्य हो नीति र दर्शन हो । ढुंगा पुज्नु माटो पुज्नु आकाश पुज्नु धर्ती पुज्नु पानी पुज्नु हावा पुज्नु पशुपंक्षीलाई पुज्नु पितृ पुज्नु किराँतकालीन सभ्यताको नीतिगत र दार्शनिक प्रमाण हुन् । शाँदार पिदार किराँत सभ्यता र दर्शनको ऐतिहासिक खुला दस्तवेज हो । यो चाड न त कसैले स्थापना गरेको चाड हो न कसैको अस्तित्व जोगाई राख्न गुणगाण गाएर भोजभतेर लगाउने चाड । यो चाड त किराँती जीवनपद्धतिको यथार्थलाई पुनःस्मृति गराउने चाड हो । जसलाई सामुहिक रुपमा एकै ठाउँ जम्मा भएर मनाउने गरिन्छ । एक व्यक्ति वा एक परिवारले मनाउँछु भनेर यो चाड मनाउन सकिँदैन । यो मनाउन समाजमा सामाजिकीकरण हुनै पर्दछ भन्ने मान्यता राख्दछ ।
Read More