All about Sunuwar

कोइँचबु

now browsing by tag

 
 

कोङ कोरोरो फोलफोल

कोइँचबु का:तिअ्च (उत्तम)

उहिले उहिलेको कुरा हो । त्यतिबेला मानिसहरुले लुगा लगाउने चलन थिएन । रुखका झ्याउ बोक्रा र पात लहरालाई नै लुगा बनाएर लगाउने चलन थियो । जंगलमा शिकार गर्ने, जंगली फलफुल, जंगली अन्न, कन्दमूल खोजेर खाने गर्दथे । त्यतिवेला खानेकुरा पकाउने चलन पनि कमै थियो र अहिलेको जस्तो हात हतियार पनि थिएन । पशुपंक्षीहरुलाई पाशामा पारी मार्थे । त्यस्ता पशुका माशुहरु पोलेर खाने गर्थे ।
मानिसहरुको वस्ती पनि थिएन । झुण्ड झुण्ड बनेर बस्ने चलन थियो । बेला बेलामा एक झुण्डा र अर्को झुण्डा वीच झगडा भई नै रहन्थ्यो । यस्तो अवस्थामा कति जोडा जोडीहरु छुट्थे । कति जोडा जोडीहरु मारिन्थे । कति मानिसहरु भाग्नेक्रममा हराउँथे । कति अपहरित हुन्थे । कति बालबच्चाहरु जंगलमा छुट्थे । Read More

मै हुँ भन्नेहरुलाई थारिथिमलो क्याःब र क्याःब नाइलुको गतिलो झापड

–कोइँचबु काःतिच
धेरै कोइँचलाई लाग्न सक्छ कोइँच भाषा बोलेर कुनै फाइदा छैन । फाइदाकै कुरा गर्ने हो भने त कोइँच भएर जन्मिनु मै पनि फाइदा कहाँ छ र । नेपालको हकमा त खस बामन भएर जन्मिदा राम्रो । युके, अमेरिकामा गोरो छालाको वंशमै जन्मिदा राम्रो होइन र !
अवश्य धेरै कोइँचहरुलाई लाग्न सक्छ अवको जमना आइ टी को हो । यो जमना वान टच एराको हो । कोइँच भाषा, धर्म, संस्कृतिमा रत्तिनु, रल्लिनु भनेको काम नपाएकाहरुको दिन कटौनी बेजो मात्र हो । तर भर्खरका यी गधापच्चिसे उमेरका कोइँच बौलाएका नै हुन त ?
खै के स्वर्थ हो उनको प्रत्येक छुट्टीमा नेपाल टेक्दा कोइँच भाषामा एक एक कृति कोइँच समाजलाई दिने गरेका छन् । थाहा भएन किन हो ? उनी के चाहन्छन् ? ब्रिटिश गोर्खा आर्मीको रिक्रुट तालिम सकेर आफ्नो माटोमा पाइला राख्दा उनले कोइँच भाषाको गीतको म्युजिक भिडियोमा अभिनय गरे । अहिले एक वर्षपछि नेपाल फर्किएका छन् । तर उनले सिंगो कोइँच समाजको लागि आफ्ना दाजु थारिथिमलो क्याःबसँग मिलेर कोइँच भाषाको कविता संग्रह आँस इँगि साया उपाहार दिए । उनी केही नभएर पनि केही भएका छन् । सबैले भोलिकै लागि काम गर्ने हो । उनीहरुले पनि भोलिकै लागि काम गरेका हुन । फरक यत्ति हो उनीहरुले भौतिक जीवनको अन्त्य पछिलाई पनि केही गरेका छन् । Read More

कोइँच (सुनुवार) कलाकार तथा चलचित्रकर्मीको सपना कस्तो हुनु पर्छ ?

–कोइँचबु काःतिच
चलचित्र निर्माणमा वृद्धि गर्दै जाने : दशौं योजनाको लक्ष्य । चलचित्र निर्माणात्म कार्यमा परिणात्मक वृद्धि गर्दै गुणात्मक चलचित्र निर्माण कार्य तर्पm लगानी बढ्दै गएको : दशौं याजनासम्मको उपलब्धि स्थिति ।
अद्यावधिक स्थितिको समीक्षा पृ.३८५
चलचित्र निर्माण पेशालाई मर्यादित र व्यवसायिक बनाई मौलिक नेपाली कथानक चलचित्र निर्माण गर्न उत्प्रेरित गर्ने ।
दीर्धकालीन सोच पं ३८७
नेपाललाई आकर्षक चलचित्र क्षेत्रको रुपमा विकास गरी चलचित्र सम्बन्धी सेवा सुविधा तथा पूर्वाधार मुलुकभित्रै स्थापना गर्ने ।
परिमाणात्मक लक्ष्यहरु पृ. ३८७
चलचित्र निर्माणमा निजी क्षेत्रलाई प्रोत्सहन गर्दै नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायाँकन स्थलको रुपमा विकास गर्दै जाने ।
रणनीतिहरु पृ.३८८
चलचित्र क्षेत्रलाई मर्यादित व्यवसायको रुपमा विकास गर्दै मौलिक नेपाली चलचित्र निर्माणमा प्रोत्साहन गरिनेछ । चलचित्रमा अत्याधुनिक प्रविधिको उपयोगमा जोड दिइनेछ । चलचित्र क्षेत्रलाई व्यवस्थित र नियामित गर्न आवश्यक ऐन नियमको तर्जुमा गरिनेछ । चलचित्र जाँचपास व्यवस्थालाई सरल, पारदर्शी, वैज्ञानिक र झन्झटरहित बनाइने छ ।
नीति तथा कार्यनीतिहरु पृ.३९०
विभिन्न भाषामा मौलिक नेपाली चलचित्र निर्माण गर्ने, चलचित्र निर्माणमा नयाँ प्रविधिको प्रयोग गर्ने, फिल्म स्टूडियोको स्थापना गर्ने, छायाँकन स्थलहरुको पहिचान गर्ने ।
कार्यक्रमहरु पृ ३९१
चलचित्र विकास वोर्ड : कार्यक्रमहरु । १०.३३ (रु. करोडमा) । कैफियत : संस्था स्रोत ।
अनुमानित बजेट व्यवस्था पृ. ३९३ Read More

थेःनि : थोलेदेम्बा ल्यक्दाइथ्यो

[flv image=”http://www.sunuwar.org/video/kabita/theni.jpg”]http://www.sunuwar.org/video/kabita/theni.flv[/flv]

आजाद हिन्दका योद्ध : जसको जिन्दगी गाडी चालक बनेर बित्यो

कोइँचबु काःतिच
आजाद हिन्द तक्मा पाउने ११ जना व्यक्तिहरु मध्ये पाँच जना नेपाली पर्छन् । त्यसमा पनि एक जना कोइँच (सुनुवार) पनि थिए भन्दा धेरैलाई आश्चर्य र गर्व दुवै लाग्न सक्छ । हो, उनै आजाद हिन्द जस्ता सम्मानित भारतीय पदक पाउने व्यक्तिको पुरा जिन्दगी गाडी चालक बनेर बित्यो । पुरा भारत देश गाडी र चालक ती योद्धा कोइँच ।
२१ तारिख, फेब्रुआरी १९२५ का दिन दारजिलिंको बान्नोकबारन टि स्टेटमा रबिलाल र साबित्री सुनुवारको कोखबाट यस्तो एउटा कोइँचको जन्म भयो जसले कहिल्यै जीवनमा हार खाएनन् । किशोर अवस्थामै गाडी चलाउन सिकेका उनले विश्व युद्धाको लागि मानव संसाधनको पुरा गरिदिए ब्रिटिशको लागि गुम पहाडको डिपोबाट रिक्रुट बनेर २१ मार्च, १९४१ मा । इन्डियान आर्मी अर्डिन्यान्स कार्पोरेशन टेरेनिं सेन्टर जबालपुर, मध्ये प्रदेशमा तालिम पुरा गर्दा नगर्दै दक्षिण अफ्रिकामा युद्धा गर्न पुगे पुरै पल्टनको साथमा ।
पृथ्विको पल्लो फाँटबाट वल्लो सुर्का सिंगपुर आएर अग्रपंतिमा युद्धा गर्ने क्रममा जापानी युद्धावन्दी बन्न पुगे उनी । युद्धाबन्दीको क्रममा नेताजी सुवासचन्द्र बोसको आजाद हिन्द फौजका रिक्रुट बन्न पुगे १५ फेब्रुअरी १९४२ मा । आजाद हिन्द फौजको पक्षधार भएर उनले फेरि उनलाई भर्ती लिने ब्रिटिस विरुद्ध नै युद्ध गरे बर्मामा शख्त घाइते बन्न पुगे । यसरी घाइते भएपछि उनी आर्मी अस्पतालमा भर्ना भए । आजाद हिन्द फौजको पक्षबाट उनले जापानी फौजलाई शत्रु पक्ष ब्रिटिशलाई पेल्दै आउने क्रममा रंगुन आइपुगेपछि जापानी फौज फिर्ता भयो अमेरिकाले जापानी शहरमा एटम बम खसालेपछि । उनी पुनः व्रिटिशको युद्धावन्दी बने । पछि बर्माबाट उनलाई जेसोर जिल्ला क्याम्प बंगाल ल्याइयो र कोर्ट मार्सल पछि उनको जागिर खारेज गरियो । उनी मुक्त भए । साधारण नागरिकको जीवन जिउन दार्जिलिं फर्किए । Read More

हाम्रो एउटा दाइ

हाम्रो एउटा दाइ

कोही थाहा नपाई बाँचेर पनि मर्छन्
कोही थाहा नपाई मरेर पनि बाँच्छन्
कोही बाँचेर पनि मरेको थाहा पाउँदा पाउँदै
लाज पचाएरै जिउँदो भएको प्रमाण पेश गरि टोपल्छन्
हो, हाम्रो पनि एउटा दाइ छ
साथी हो
उनी त्यसै क्याटगोरीमा पर्छन् । Read More

इपशा बाअ्शो कोइँचपुकि

इपशा बाअ्शो कोइँचपुकि
कोइँचआन नेःमि पिशो केत हारेआन थेँपोसमि
कोइँचबु काःतिच/sunuwar.org

खुबनाच, लिकु थेमराअ्सि । मार पाचाङा ? जोअ्बातुइबा देँशो मासतार नामि । मेकोपुकिमिन माराइ सामलोपाति, दामलोतुइनामसि माकोअ्निमि । एके दा सिलकुमसो बाअ्ताङाना गापता । गेनाइ कोइँच गेतथि बोअ्ने माजाबबाया बाअ्ता । प्लेतति देलङा होबनाकेँसोच हेमराज सुनुवार आन ङेतिशाति –निरास) मोइनिमि ।
आः मेको एबोच माइताचआ नेःमि पिशो केत चिलमाइलि सेलचाकालि सुपचा मालताउ । ओतथिहाँबु नु आइचि हाँबुदे जिमुशा मागारमा यो दे दो पाइ वारचाइ ? कात देलङा नेपालि काङरेसङा तोँबलाच खेमराज सुनुवारमि आम क्यारियारि वोइतेमे । Read More