All about Sunuwar

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आव्हन

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको
कार्यक्रम प्रस्ताव आव्हन
प्रथम पटक प्रकाशित मिति : २०६७/०७/२३ गते

यस प्रतिष्ठानद्वारा आ.व. २०६७/६८ मा जनजातिहरुको उत्थान र विकास गर्ने उद्देश्यानुरुप निम्नानुसारको क्षेत्रहरुमा कार्यक्रम सञ्चालन गर्ने भएकोले सो कार्य गर्न इच्छुक आदिवासी जनजाति सम्बन्धी संघसंस्थाहरुबाट मिति २०६७ मंसिर २७ गते भित्र यस प्रतिष्ठानमा कार्यक्रम परियोजना प्रस्ताव पेश गर्न आव्हन गरिन्छ ।

कार्यक्रम परियोजना सञ्चालन गरिने क्षेत्रहरु :

१.     मातृभाषाहरुको संरक्षण र विकास कार्यक्रम ।
२.     मानव संसाधन विकास कार्यक्रम ।
३.     आदिवासी जनजातिहरुको साँस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बद्र्धन ।
४.     संस्थागत विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम (प्रतिष्ठानको संचालक परिषदको सदस्य रहेका जातीय संस्थाहरुको लागि मात्र) ।
५.     चेतना अभिवृद्धि तथा सशक्तिकरण कार्यक्रम ।
६.     आदिवासी जनजाति महिला सशक्तिकरण कार्यक्रम ।
७.     आदिवासी जनजातिहरुको परम्परागत ज्ञान, सीपमा आधारित आय आर्जन कार्यक्रम ।
८.     लोपोन्मुख तथा अतिसिमान्तिकृत आदिवासी जनजातिहरुको उत्थान कार्यक्रम ।
९.     अध्ययन अनुसन्धान
१०.     अध्ययन सामाग्री  प्रकाशन ।

प्रस्ताव स्वीकृतिका लागि सामान्य मापदण्डहरु

१.     कार्यक्रम वा परियोजना पेश गर्ने संघ÷संस्थाले लक्षित समूह, काम गर्ने स्थल, कार्यक्रमको औचित्य, उद्देश्य, उपलब्धी, कार्यान्वयन प्रक्रिया, अवधि र बजेट समेतको विवरण स्पष्ट किटान गर्नु पर्नेछ ।
२.     अध्ययन अनुसन्धान र प्रकाशनको लागि प्रतिष्ठानको धभदकष्तभ मा राखिएको सामान्य निर्देशिका डाउनलोड गरी विधिपुर्वक प्रस्ताव तयार गर्नुपर्नेछ ।
३.     आदिवासी जनजाति सम्बन्धि संघ÷संस्थाहरुले आफ्नो संस्थाको आवश्यक कागजात ( संस्थाको नवीकरण प्रमाणपत्र, विधानको प्रतिलिपि, कार्यसमितिका पदाधिकारीहरुको नामावली, प्रस्ताव पेश गर्ने बारेमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि साथै अडिट रिपोर्ट अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।
४.     यस प्रतिष्ठानबाट विगत वर्षहरुमा कार्यक्रम सञ्चालन गरेका संस्थाहरुले प्रगति प्रतिवेदन पेश्की तथा बेरुजु अनिवार्य रुपमा फछ्र्योट गरेको हुनु पर्नेछ ।
५.     यसै आर्थिक वर्षमा पेश भएका परियोजना प्रस्तावहरु मात्र छनौटका निम्ति ग्राह्य हुनेछ ।
६     उपरोक्त सम्पूर्ण कागजात पेश नभएसम्म कुनै प्रस्तावहरु कारवाहीको लागि दर्ता हुने छैन ।
७.     कार्यक्रमको सान्दर्भिकता र औचित्य हेरी प्रस्तावहरु छनौट गरी छनौट भएका संघसंस्थाहरुलाई मात्र सूचना दिइनेछ ।

नोट: फ्याक्स इ–मेलबाट पठाइएका प्रस्ताव मान्य हुने छैन । हुलाक तथा कुरियरमार्फत पठाइएको प्रस्तावहरु समयभित्र आइपुग्नु पर्नेछ ।

जानकारीको लागि सम्पर्क
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
जावलाखेल, ललितपुर
फोन नं. ५५५३१७५ (योजना शाखा)

website : www.nfdin.gov.np

One Comment to आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यक्रम प्रस्ताव आव्हन

  1. sarei ramro program garnu bhayeko ma txs hai yest program haru chalaudei janu parchha ani tehi anurup garnu parchha hami sabei sunuwar harule…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *