All about Sunuwar

सार्वजानिक हितका लागि सुनुवार सेवा समाजबाट प्राप्त सूचना आदिवासी जनजाति प्रामाण-पत्रको सिफारीस शूल्क वृद्धि भएको जानकारी तथा सिफारिसको लागि आबश्यक कागजातहरु :

1। सुनुवार सेवा समाजको गाउँ या जिल्ला समितिबाट प्राप्त साधारण वा आजिवन सदस्य पत्रको प्रतिलिपि ।
2। नागरिकता प्रमाण पत्रको प्रतिलिपी ।
3। नाबालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी (जन्म दर्ताको प्रमाण पत्र पनि नभए बाबुको नागरिता प्रमाण पत्रको प्रतिलिपि)
4। छात्रवृत्तिको लागि आफूले उत्र्तिण गरेको शैक्षिक प्रमाण–पत्रको प्रतिलिपी ।
5। अन्तर जातिय विवाह भएको अबस्थामा विवाह दर्ता प्रमाण–पत्रको प्रतिलिपी वा स्थानीय सुनुवार सेवा समजको सिफारीस ।
6। अटो साइजको फोटो ३ र पासपोर्ट साइजको फोटो ३ प्रति
7। सिफारिस शुल्क रु २५० ।

माथि उल्लेखित बुँदा अनुसार आवश्यक कागजातहरु लिइ कार्यालय समय बिहान ११:०० देखि १३.०० बजेसम्ममा सिफारीस लिन सम्वन्धित व्यतिm आफैं उपस्थित हुनुपर्ने छ । अन्यथा सिफारीस दिईने छैन ।
नोट : गैर कोइँच (सुनुवार) सँग विवाह गरेर गएका कुनै पनि कोइँच (सुनुवार) महिलालाई सिफारीस दिन संस्था बध्ये हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *