के गर्दै छन् पहिलो कोइँच लोःका गीतकार ?
उनी लेख्छन् : तर कोइँचहरु पढ्दैनन् ।
उनी दिन्छन् : तर कोइँचहरु लिँदैनन् ।
एक कोइँच श्रष्टाको सिर्जना जिजिविषा (उनको भाषामा इरादा) कोइँचले नै मारिदिए ।
तीसको दशकमा जुन जोस र जाँगार बोकेर आफ्नै गोजीको खर्चले वनारस पुगेर पुस्तक छपाई गाउँ गाउँमा निःशूल्क बाँढे । तर कोइँचले उनको पुस्तकलाई महत्वहीन वस्तु ठाने । कसैले पढी दिएनन् । उनले सोचेँ, जनइच्छा विपरीत कुनै काम गर्नुृ मूर्खता हो । र, लेख्नै छाडे । उनले कोइँच भाषाको ठाडो भाकामा तीनवटा गीत लेखेको पनि पैतीस वर्ष नाघेउ । हो, अहिले पनि कोइँच भाषामा साहित्य सिर्जना र कोइँचको जनचासो त्यस्तै छ । कोइँच बन्न नसकेका सुनुवारहरु अभैm पनि कोइँच भाषामा बोल्ने, लेख्नेलाई पाखेको संज्ञा दिन्छन् र आफु शहरिया विकासित समाजको भेडो सम्झिन्छन् । खोइ कुन्नी कुन मुहुर्तमा उनले यस कामको थालनी गरे । पहिलो गाँसमै ढुंगा परेछ । उनले अर्को कृति लेख्ने जोशजाँगर नै चलाएनन् वा कोइँचहरुले चलाइदिएनन् । बेपत्तासित हराइ दिए – साहित्यिक फाँटबाटै । यसो भेट्नेहरुलाई पनि थाहा छैन उनी कोइँच भाषामा गीत लेख्ने पहिलो व्यक्ति हुन् । के गर्दै छन् त ती कोइँच श्रष्टा हिजोआज ? सबैलाई चासो जाग्नु स्वभाविक हो । आउँदो श्रष्टा स्तम्भमा उनीसँग तपाईको भेटघाट गराउने छौं । सुनुवार डट ओआरजि log on गर्दै रहनुहोस् …
afo ghuda ma afe banchro hanu.