All about Sunuwar

सरकारले नै जनतालाई सडकको बास गराएपछि

यो जग्गा सार्वजानिक हो ? यो कसैको नाममा छैन । वडाध्यक्षले भने । पार्टीलाई सहयोग गरेको समानुपातिकमा परेको हस्यौली ठट्यौली गर्नेहरुको अब आँखा खुल्छ कि ? पार्टीलाई सहयोग गर्दा पनि सडकको बास भने होइने रहेछ । चुनाव हुँदा भोटर चाहिने तर चुनाव जितेपछि कोही नचाहिने व्यवहार स्थानीय जनप्रतिनिधिहरुले गरिरहेको भुक्तभोगीको भनाइ यता पनि लागु भयो । अब आँखा खुल्छ कि ?
हिजो विहान कामनपा वडा नं. ४ टुँडालदेवी नजिकै ठुलीमाया सुनुवार बस्दै आएको घर भत्काएपछि त्यहाँका पञ्चकन्या युवाक्लबले नापी कार्यालय डिल्लीबजारका कर्मचारी बलाएर नापी गरायो । मालपोतका कर्मचारी पनि थिए भन्ने सुनियो तर मैले चिनिन तर वडा अध्यक्ष भने भन्दै थिए यो सार्वजानिक जग्गा हो । सार्वजानिक जग्गामा कसैले हस्तक्षेप गर्न मिल्दैन । तपाइँहरुले भिडियोमा अन्तवार्ता पनि हेर्नुभयो होला । खासमा लालपूर्जा अगाडि हो कि जग्गा अगाडि हो ? भुमाफियाहरुले मालपोत र नापीको कर्मचारीहरुसँग मिलेर जुनजुन जग्गा सरकारको नाममा दर्ता छैन तिनीहरुलाई सकेसम्म आफ्नो नाममा बनाउने नसके सरकारी सार्वजानिक भनेर गरिबनिमुखालाई उठीबास लगाउने गरिरहेका छन् । उहिले मुखियाले उठीबास लगायो भन्थे अहिले वडाध्यक्षले उठीबास लगाउने गर्दोरछ ।
ठुलीमाया सुनुवारले भोग चलन गर्दै आएको जग्गा जुन २०४५ सालमा घर भएको नापी कार्यालयको नक्सामा प्रष्ट देखिएको छ । तर २०२१ सालमा प्रतिजग्गा भनेर देखाएको छ भन्ने तर्क रहेको छ । धेरै सरकारको नाममा नभएको र व्यक्तिहरुको नाममा पनि नभएको जग्गाहरुमा सुकुम्वासी बसेर उनीहरुलाई लालपूर्जा दिइँदै आइएको छ । र, टुँडलदेवी वरिपरि सुकुम्वासीहरुले ओगटेको जग्गाहरु व्यक्तिको नाममा लालपूर्जा आएको र ठुलीमाया सुनुवारको नाममा मात्रै बोल्ने मान्छे नभएको हुँदा लालपूर्जा निकाल्न नसकेको कथन छ । तर दुःखको कुरा जनताको अविभावक भनिने सरकारका स्थानीय प्रतिनिधि वडाध्यक्षले नै आफ्नै वडाको जनताको हुँदाछँदाको घरधुरी किन उठीवास लगायो ? यहीनेर गम्भीर प्रश्नचिन्ह खडा गरेको छ । कुनै जनता भोक नरहुन कुनै जनता दुःखी नरहुन कुनै जनता आकाशमुनि बास बस्न नपरोस् भन्ने सरकार र पाटीहरुले किन हुँदाछँदाको घरबाट आकाशमुनिको बास गराए ? यसपछाडि लुकेको रहस्य के छ ? सबैले घोत्लिनु आवश्यक छ ? के २०२१ सालमा प्रति देखिएको तर पछि व्यक्तिको नाममा नापी नभएको वा व्यक्तिको नाममा लालपूर्जा बनाउन नसकिएको सबै जमीन सार्वजानिक छन् त ? वडाध्यक्षले नै घर भएको मानिसलाई सडकमा बास गराउन मिल्छ ? प्रश्नहरु अनुत्तरीत छन् । जग्गा पहिला कि लालपूर्जा पहिला । जग्गा थियो अनि पो लालपूर्जा दिइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *