All about Sunuwar

फरक अनुभूति : उपयुक्त समयको उपभोग

-कोइँचबु काःतिच
एक दशक आधापछि पहिलो पटक कोइँच कविहरु भर्चुयल सन्सारमा रमाउन सम्भव भयो । नेपाली इतिहासमा भर्चुयल सम्वादमा रमाउने काम कोइँचबाटै भएको इतिहास साँक्षी छ । फोन इन कार्यक्रमका नेपाली प्रणेता क्युइँतिच पाण्डब सुनुवारको आफ्नै वंश परम्परामा यो पहिलो कार्यक्रम हो भर्चुयल कविता गोष्ठी । हुन त भर्चुयल कविता वाचनको शुरुआत पनि कोइँचहरुले नै गरेको हो । तर कोभिड १९ को यो कहरको समयमा आज पहिचानको लागि कोइँच साहित्य भर्चुयल कोइँच कविता गोष्ठी ५०८० मा शोभा जुलियट, तारा सुनुवार, केदार संकेत, शाहकृष्ण सुनुवार, मञ्जुल मिथोच, रोमन लास्पाच, युगल सुनुवार, इँगिहोपो कोइँच सुनुवार, भानु सुनुवार, रणवीर सुनुवार, कोइँचबु काःतिचले कोइँच तथा खस भाषाको कविता वाचन गर्नुभयो । नानीमाया सुनुवार, सहदेव मुखिया, डिबी सुनुवार, होम सुनुवारले कविता उपलब्ध गराए पनि प्राविधिक कारण कविता वाचन गर्नसक्नु भएन ।

कवितामाथि समिक्षा गर्दै केदार संकेतले कोइँच कविहरुले पहिचानको धार समात्न सफल भएको बताउनुभयो । शाहकृष्ण सुनुवारले “पहिचानको लागि कोइँच साहित्य भर्चुयल कोइँच कविता गोष्ठी ५०८०” राम्रो कार्य भएको बताउँदै भन्नुभयो, “कवि होइन तर फुर्सदको समय उपयोग गर्दै जाँदा कविको हुलमा मिसिन पुगेको हुँ “। कवि तारा सुनुवारले यसरी कोइँच कविहरुसँग भेटेर कविता वाचन गर्न पाउनु नै ठुलो कुरा भएको हुँदा यस्तो कार्यक्रम आयोजना भइरहनुपर्ने धारणा राख्नुभयो । इँगिहोपो कोइँच सुनुवारले युवाहरुका लागि यसरी नयाँ फोरम सिर्जना गर्न वाटो खुलाइदिनु भएको हुँदा आगामी दिनमा युवाहरुले साहित्यीक गतिविधि गर्न सजिलो भएको विचार राख्नुभयो ।

शोभा जुलियटले नेपाल प्रज्ञा प्रतिष्ठानले कोइँच मातृभाषाको २५ जना कवि जम्मा पारेर कवि गोष्ठी गरौं भन्दा पनि २५ जना कोइँच मातृभाषी कवि जम्मा पार्न नसकेको दुःखेसो पोख्दै  भन्नुभयो, “उहिलेदेखि कवि गोष्ठीमा हिडे पनि भर्चुयल कवि गोष्ठी पहिलो पटक भएको र यस्तो गोष्ठीले युवाहरुलाई हौसला दिने र अग्रजहरुको संगतले नयाँ नजानेको काम सिक्ने फोरम निर्माण भएको हुँदा खुशीले गद्गद भएको र थोरै जनसंख्यामा थोरै कवि हुने नै भए । १६ जनाको उपस्थिति पनि राम्रै हो ।”  ।

सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले कोइँच कविता वाचन गर्दै भन्नुभयो, “२०६२ सालदेखि कवि गोष्ठी गर्दै आउँदा अभैm पनि नयाँ अनुहार भेट्न देखिन मुस्किल भएको हुँदा अबको अभियानको जिम्मा युवा पुस्ताले लिनु पर्छ ।”

कार्यक्रममा सुसेस कतार अध्यक्ष सामुयल सुनुवार, सुसेस जिरी अध्यक्ष राजेन्द्र सुनुवार, सुसेस ललिपुर पुर्व अध्यक्ष तथा कवि शंखु बुजिच, अनुसन्धाता सपना सुनुवार, शुभेच्छुक चित्र रुपाचाको सहभागिता थियो । कोइँच चुप्लुका प्राविधिक प्रमुख पाम सुनुवारले प्राविधिक व्यवस्थापन गर्नुभएको थियो भने इन्डिजिनिअस टेलिभिजनले स्टुडियो उपलब्ध गराएको थियो । त्यसैगरी जुम फोरम ख्योम्पातिच देबकुमार सुनुवारले उपलब्ध गराउनुभएको थियो । कार्यक्रम दिउँसो ४ बजेबाट साँझा ६ बजेसम्म सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *