All about Sunuwar

५४ मातृभाषी कविहरुले आ-आफ्नो मातृभाषामा कविता सुनाए : सुनुवारको तर्फबाट चेरेहाम्सो क्याब

-सिमोस कोइँच सुनुवार

२१ फेब्रुअरी २०१६, Kathmandu । बङ्गलादेशकि एक महिलाले आफ्नो मातृभाषाको अधिकारका निमित्त लडदालडदै सहादत प्राप्त गरिन । त्यसै दिनको सम्झना र संमान स्वरुप २१ फेब्रुअरीका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस संसार भर मनाउने प्रचलन रहन गयो । तर नेपालमा भने निकै ढिलो गरि यसको थालनी भयो । २१ फेब्रुअरी २०१६ मा नेपाल प्रज्ञाप्रतिष्ठान समितिले अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउँदै गर्दा जम्मा पाँच बर्ष मात्रै पूरा गर्‍यो । अनेक विविधताले भरिपुर्ण देश नेपाल भाषिक तथा सांस्कृतिक रुपमा पनि निकै नै अगाडी रहेको छ । ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस-२०१६’ को अवसर पारेर ५४ मातृभाषी कविहरुले आ-आफ्नो मातृभाषामा कविता सुनाएर कार्यक्रमलाई उर्जामय तुल्याउनु भयो । ११ जातिका समुदायहरुले आ-आफ्नो जातिगत भेषभुषा, नाचगान, बाजागाजा सहित प्रज्ञा भवन कमलादी बाट घण्टाघर, प्रदर्शनीमार्ग, पुतलीसडक, बागबजार हुँदै एक चक्कर झाँकी सहितको र्‍याली पनि यसै अवसरमा सम्पन्न गर्‍यो । आजको कार्यक्रममा सुनुवारको तर्फबाट प्रतिनिधित्व गर्दै चेरेहाम्सो क्याब ज्युले कविता सुनाउनु भयो भने तपसिल बमोजिमका १६ जना सुनुवार बन्धुहरुले झाँकीमा भेषभुषा, ढोलझ्याम्टा सहित सहभागीता जनाउनुभयो । १)श्री देबिका सुनुवार, २)श्री प्रबिना सुनुवार, ३)श्री फत्त माया सुनुवार, ४)श्री मनिषा सुनुवार, ५)श्री लाल बहादुर सुनुवार, ६)श्री जीवन रवाच सुनुवार ७)श्री लेख ब.सुनुवार किरात ८)श्री कञ्चन सुनुवार ९)श्री मिरा सुनुवार १०)श्री बिणु सुनुवार ११)श्री केर सुनुवार १२)श्री बबिता सुनुवार १३)श्री ललित सुनुवार १४)श्री इँगिहोपो कोइँच सुनुवार १५)श्री जीवन सुनुवार किरात १६)श्री सिमोस कोइँच सुनुवार । आजको यस कार्यक्रममा अप्रत्यक्ष रुपमा सहभागी जनाउनुहुने शोभा सुनुवार दिदिलाई पनि मुरि मुरि धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *