All about Sunuwar

इमान्दार यात्रुको कारण भेटियो बस : मृतकको भोलि दाहसंस्कार

–कोइँचबु काःतिच ।
धुलिखेल, ८ फागुन । राजन सुवेदी बेहोसीमै बसले ठक्कर दिएपछि सडकमुनि घारीबाट निस्केर हारगुहार गरी विनोद सुनुवारलाई फोन गरिदिन अनुरोध गर्न भ्याए । रक्ताम्मे सुवेदीलाई यात्रु र ड्राइभरले गाडीमा राखेर अस्पताल लैजाँदै गर्दा मेरो साथी कहाँ छ भन्दै विनोद सुनुवारलाई फोन गरिदिन गोजीबाट मोबाइल झिक्दाझिक्दै उनी बेहोस् भए । त्यसपछि के भयो उनलाई केही थाहा भएन ।
हिजो करिव ३ बजे धुलिखेलनजिकै जङ्गलमा मोटरसाइकललाई ठक्कर दिएर भागेको बसको हुलिया बसका यात्रु, ड्राइभर र खलाँसीबाहेक कसैलाई थाहा थिएन । यस्तै अन्यौलमा प्रहरीले नवराज सुनुवारलाई घटनास्थलबाट धुलिखेल अस्पताल ल्याए पनि उनको प्राणपखेरु उडिसकेको थियो । राजन सुवेदीको होस् आए पनि सेतो गाडी देखेको बाहेक अन्य हुलिया बताउन सकिरहेका थिएनन् । संयोगवश इमान्दार एक जोडी यात्रुका कारण ठक्कर दिइ भाग्ने बस चालक र खलाँसीलाई प्रहरीले हिरासतमा लिन सफल भए तापनि कारवाही अगाडि बढाउन मुस्किल भएको थियो ।

कसरी ठक्कर दियो बसले मोटरसाइकललाई ?
रामेछाप फुलासीबाट काठमाडौं आउँदै गरेको बस नवराज सुनुवारले हाँकेको मोटरसाइकल पछाडि आइरहेको थियो । काभ्रे भञ्ज्याङबाट धुलिखेलतिर आउँदै गर्दा धुलिखेल नजिकै जङ्गलको घुम्तीमा भकुन्डेबेँसीतिर जाँदै गरेको बसलाई साइड दिँदै मोटरसाइकललाई उछिन्न खोज्यो । बसले च्यापेको हुँदा मोटरसाइकल रोड छाडेर ग्राबेलमा गुड्न पुग्यो । करिबकरिब यु टर्न जस्तो घुम्ती भएको हुँदा बस घुम्दा नवराजले हाँकेको मोटरसाइकलको ह्याण्डीललाई ठक्कर दियो । यसरी ठक्कर दिँदा मोटरसाइकल घुम्न पुग्यो र पछाडिको ब्रेक लाइटको भागलाई धक्क दियो र मोटरसाइकल चालक नवराज र सहयात्री राजन उछिट्टिएर नजिकैको रुखमा ठोक्किएर सडकमुनि झाडीमा पछारिन पुगे ।
मोटरसाइकललाई ठक्कर दिएको बसको ढोका छेउ बसेकी लक्ष्मी विक (नाम परिवर्तन), बस खलाँसी र चालकबाहेक कसैले देखेनन् । मोटरसाइकलको मान्छे उछिटिएको देखेपछि विक कराइन, गाडी रोक्नु भन्दाभन्दै बस कुदिरह्यो । शायद अन्य यात्रुलाई यो झमेलामा परियो भने काठमाडौं नपुगिने भएको हुँदा चुपचाप बसे । उनको कुरा कसैले सुनि दिएनन् । तर उनी चुपचाप बस्न सकेनन्, मनमा कुरा खेलिरह्यो, त्यो मोटरसाइकलको मान्छे म¥यो कि के भयो होला विचरा भन्ने खुलदुली लागिरह्यो । कसले उद्दार ग¥यो होला ? मान्छेले भेटे कि भेटेनन् भनी सोच्दै कोटेश्वर ओेर्लेर छोरा बस्ने कोठा ग्वार्को पुगे । आपूm चढेर आएको बसले मोटरसाइकललाई ठक्कर दिएर भागेको कुरा कसलाई भनौं के गरौं भएपछि उनले छोरालाई सुनाए । छोराले मनको भित्री कुनामा उठेको दयाभाव र करुणालाई साथ दिए, ‘यस्तो घटना त जोसुकैलाई पर्छ, यस्तै घटना भोली हामीलाई पनि पर्न सक्छ । प्रहरीलाई खबर गरिदिनुपर्छ ।’ र, उनले प्रहरीलाई खबर गरे ।
प्रहरी मोटरसाइकल ठक्कर दिने गाडिको खोजीमा थिए । प्रत्यक्षदर्शी यात्रुले जहाँ जानु परे पनि जाने र आफुले देखेको यथार्थ बताउने प्रहरीलाई जानकारी दिए । प्रहरीले अरनिको यातायात समितिमा फोन गर्दा मोटरसाइकल ठक्कर दिएको कुरा त होला नि भन्ने जवाफ पाए । यो भनाईले प्रहरीलाई गाडी खोज्न थप बल दियो । सूर्यविनायकमा तेलको क्युमा बसेको बा ३ ख ४८३४ नम्बरको बसलाई ड्राइभर र खलाँसीसहित प्रहरीेले नियन्त्रणमा लियो । स्थानीयको भनाइको आधारमा भकुण्डेबेँसी चल्ने स्थानीय बसलाई पनि नियन्त्रणमा लिइयो । तर चोरको स्वर ठूलो भनेजस्तै ड्राइभर खलाँसीले आफ्नो बसले मोटरसाइकल ठक्कर दिएको अभियोग स्वीकार गरेनन् ।

दालजस्तै गले खलाँसी र ड्राइभर
पूर्व जारी सूचना अनुसार हात्तीवन किरात मन्दिर सरसफाइ कार्यक्रम स्थगित गर्दै विहानैदेखि सुनुवार सेवा समाजका पदाधिकारीलगायत आफन्तजनहरु मोटरसाइकलाई ठक्कर दिने गाडी पत्ता लगाई यथाशिघ्र कानुनी कारवाही गराउन जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जम्मा हुन थाले । सुनुवारहरुको भीड बढ्दै गएपछि बल्ल प्रहरी प्रशासनबाट दु्रतगतिमा कार्य अगाडि बढ्न थाल्यो । घटनाका प्रत्यक्षदर्शीलाई लिन प्रहरी निरीक्षक विदुर थापा आफैं ललितपुर ग्वार्को पुगे । आफूमाथि लगाइएको अभियोग स्वीकार नगर्ने अरनीको यातायातको खलाँसी र ड्राइभर प्रत्यक्षदर्शी जिल्ला प्रहरी कार्यालय धुलिखेल आइपुगी घटना विवरण बताउँदा दालजस्तै गलेर केही पनि बोलेनन् । सबैले बस हेर्ने र फोटो खिच्न थालेपछि प्रहरी र भीडबीच केहीबेर भनाभन चले पनि स्थिति सामान्य रह्यो । नवराजका काका योमनले खिचेका भिडियो र फोटोहरु प्रहरीेले मेटाइ दिएको थियो ।
अन्ततः दिनभरी धुलिखेल बसाईपछि नवराजका काका योमन सुनुवार र अरनिको यातायातसँग सुसेस उपाध्यक्ष रणवीर सुनुवारको रोहवरमा कबुलियत कागज गरियो । नेपाल सरकारले तोकेको ४ लाख ७५ हजार जीवन बीमा २५ हजार क्रिया खर्चसहित पाँच लाख घाइतेलाई उपचार र मोटरसाइकल बनाउने गरी मृत शरीर जिम्मा लिई सिर मेमोरियल हस्पिटल बनेपामा पोष्टमार्टमका लागि राखियो । विद्यालय व्यवस्थापन समिति तथा गाउँले आफन्तजनले विद्यालयमै श्रद्धाञ्जलिका लागि मृतकको लाश ल्याउन अनुरोध गरे पनि प्राविधिक समस्याका कारण काठमाडौंमै अन्त्येष्टि गरिने भएको छ । मृतकका काका योमन सुनुवारका अनुसार पोष्टमार्टमपश्चात् पशुपति आर्यघाटमा दाहसंस्कार गरी रामेछाप भुजी ठिन्केपुमै कोइँच मुक्दुमानुसार क्रियाकर्म गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *