All about Sunuwar

कुबेतबाट पनि सहयोग प्राप्त

kubetसुनुवार डट ओआरजि समाचारदाता
९ माघ, काठमाडौं । दशमी बजार पाँचथरमा रामबहादुर मुखिया (जयकृष्ण सुनुवार) को घरमा आगलागी भएर करोडौं नष्ट भइ आपतकालीन अवस्था भएको हुँदा कुवेतबाट पनि सहयोग उपलब्ध भएको छ । कुबेतमा कार्यरत सुरेश सुनुवार Suresh Dhabs Sunuwar) ले रु. ३९१८.४८ पैसा हिमाल रिमिट मनिट्रान्फरबाट आपतकालिन सहयोग पठाउनु भएको छ । उहाँले व्यक्तिगत रुपमा उपलब्ध गराएको सो रकम सुनुवार सेवा समाज केन्द्रीय समितिले जयकृष्णको नाममा मनिट्रान्सफर मार्पmत उपलब्ध गराइने जानकारी कोषाध्यक्ष उत्तमकुमार सुनुवारले जानकारी गराउनु भएको छ । यसैगरी सुनुवार सेवा समाज साउदी अरबबाट उहाँको लागि सहयोग उपलब्ध गराउन सहयोग संकलन भएको जानकारी अमर सुनुवार र देव ङावाच जानकारी दिनु भएको छ । त्यस्तै गरी सुनुवार सेवा समाज मलेसियाले पनि सहयोग गर्ने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *