All about Sunuwar

सुदूर पूर्वका कोइँचहरु पुनः जागरुक बने

चुप-लु दाम-लोच
साउन, इलाम । लगभग आधा दशक बढी पछि इलाम जिल्लाका कोइँचहरु एकै थलोमा भेला हुने भएका छन् । सुनुवार सेवा समाज जिल्ला समिति इलामको जिल्ला सम्मेलन यहि साउन १२ गते इलाम बजारमा हुने भएको छ । लगभग चार हजार जनसंख्या रहेको इलाम जिल्लाका कोइँचहरु भाषिक, साँस्कृतिकरुपमा विचलित छन् । इलामको जिल्ला लुम्दे, रवि गाउँका कोइँचहरुमा भने केही मात्रमा भाषा र संस्कृति जीवित रहेको छ । स्थानीय तहमा राजनीतिक पहुँच अहिलेसम्म नपुगे पनि पञ्चायतकालमा यसै जिल्लाका तर पछि झापा बसाइ सरेका प्रकाशचन्द्र मुखिया सहायक शिक्षा मन्त्री बनेका थिए । ‘अब हामी इलामका कोइँचहरु साँस्कृतिक र भाषिक रुपमा भइ सकेका छौं । अब राज्यले व्यवस्थितरुपमा लगानी गरीदिनु पर्छ । हामीले चाहेर हाम्रो भाषा, संस्कृतिबाट विमुख भएको होइनौं । राज्यले खस भाषा, संस्कृति लादेको हुँदा हाम्रो धर्म संस्कृति र मातृभाषाबाट बञ्चित हुनु परेको हुँदा यस सम्मेलनबाट पहिचानसहितको संघीयता र आदिवासी जनजाति कोइँचको मानव अधिकारको विशेष किसिमको प्रस्ताव परित गर्ने छौं ।’ सुनुवार सेवा समाज जिल्ला समिति इलामको अध्यक्ष किरण मुखियाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *