All about Sunuwar

कोइँच पहिचानको लागि कार्यालय स्थापना तथा सदस्यता वितरण

गंगा सुनुवार
साउन, सिरहा । सुनुवार सेवा समाज सिरहा जिल्ला समितिले कोइँच पहिचानको लागि आजबाट विधिवत् कार्यालय स्थापना गरी सदस्यता वितरण कार्यक्रम शुरु गरिएको छ । २०३९ सालमै सिरहाली सुनुवार उत्थान संघ खोलेर संगठित हुन खोजे पनि व्यवस्थितरुपमा संगठित हुन नसकेको कोइँच -सुनुवार) हरुलाई २०५५ सालमा सुनुवार सेवा समाजका उपाध्यक्ष महेन्द्रमान सुनुवारले सुनुवार सेवा समाजमा आवद्ध गराउनु भएको थियो । तर त्यो समितिले विधिवत्रुपमा पहिलो सम्मेलन गराए पनि २०५७ सालदेखि कुनै पनि वैठक बस्न सकेको थिएन । केही समयसम्म नाम मात्रको सुनुवार सेवा समाज रहेको थियो । यसरी पक्षघातरुपमा सुनुवार सेवा समाज जिल्ला समिति रहनुको कारण सुनुवार सेवा समाज केन्द्रीय समिति जिम्मेवार रहेको बताउँछन् तत्कालिन अध्यक्ष गंगाबहादुर गौडेली सुनुवार । २०६९ साल चैत २९ गते सुनुवार सेवा समाज केन्द्रीय समितिका उपाध्यक्ष रणवीर सुनुवार र कोषाध्यक्ष उत्तमकुमार सुनुवारको उपस्थितिमा पुनः दोस्रो सम्मेलन गर्न पृथ्वी सुनुवारको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन गरी २०७० साल जेठ १ र २ गते भव्यरुपमा सुनुवार सेवा समाज सिरहा जिल्ला समितिको सम्मेलन सम्पन्न गरेपछि भने सिरहा जिल्लाका कोइँचहरुमा नयाँ जोस र जाँघर जागेको झिनो आसासम्म गर्न सकिन्छ । आज सिरहा जिल्लाका सुनुवारहरुको प्रतितिनिधिमूलक साझा संस्था सुनुवार सेवा समाज सिरहा जिल्ला समितिको कार्यालयको उद्घाटन गरि ५० जना नयाँ सदस्यहरुलाई सदस्यता प्रदान गरिएको छ । पूर्व पस्चिम राजमार्गलाई लमतन्न आफ्नो छातीमा लम्पसार पारेर आफ्नो अस्तित्व बचाइराखेको गोलबाजर स्थित समाजका उपाध्यक्ष नरबहादुर सुनुवारले निःशूल्क समाजलाई कार्यालय स्थापना गर्न कोठा उपलब्ध गराउनु भएको हो । ‘सिरहा जिल्लाका कोइँचहरुलाई मूल बस्ती मात्र होइन अन्य जिल्लाका कोइँचहरुले समिति त्यति वास्ता नगरेको हुँदा र हामी मुख्य केन्द्रबाट बाहिर रहेको हुँदा यातायात सुविधा भएको ठाउँमा समाजको कार्यालय भएको अबस्थामा नेपालभरिका कोइँचसँग सुमधुर सम्बन्ध विस्तार गरी कोइँच पहिचानको लागि संस्थागतरुपमा अगाडि बढ्न सकिन्छ कि भनी मैले गोलबजार मेरो घरमा कार्यालय स्थापना गर्न लागेको हुँ । मलाई विश्वास छ अघि जे सुकै भए पनि अब सिरहा जिल्लाका कोइँचहरु ऐक्यवद्ध भएर पहिचानको मुद्दालाई बुलन्द पर्ने छौं ।’ कार्यालयको लागि कोठा उपलब्ध गराउनु हुने उपाध्यक्ष सुनुवारले आफ्नो अभिमत जाहेर गर्नु भयो ।
‘यस वर्ष कोइँचले जिल्ला विकास समितिबाट वीस हजार अनुदान प्राप्त गरेको छौं । सो अनुदान कोइँच पहिचानको गतिविधिमा खर्च गर्ने निर्ण्र्ाागरेका छौं । सम्भवत् कोइँच भेषभूषा उत्पादनको लागि प्रशिक्षण सञ्चालन गर्ने छौं ।’ समाजका अध्यक्ष पृथ्वीराज गौडेली सुनुवारले बताउनु भयो ।
कोइँच मातृभाषा र संस्कृतिबाट बञ्चित हुनु परेका सिरहाका कोइँचहरुको चाहना, सुनुवार सेवा समाज सिरहा जिल्ला समितिले आफ्नो मातृभाषा र संस्कार संस्कृति पुनःर्जीवित गराउने अभियानलाई प्रथामिकतामा राख्नु पर्ने भन्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *